झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ५ असार । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ठगेन्द्रप्रकाश पुरी र नेपाली कांग्रेसका प्रकाश पन्थले विधेयकको सैद्धान्तिक छलफलमा भाग लिनुभएको थियो । यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

Read More

काठमाडौँ, ५ असार । नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ । सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गर्नुभएको थियो । नेपाल राजपत्रमा बिहीबारकै मितिमा प्रकाशन भएको छ । नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको संविधान (दोस्रो संशोधन), २०७७ तुरुन्त प्रारम्भ हुने उल्लेख छ । प्रतिनिधिसभाले गत जेठ ३१ र राष्ट्रियसभाले यही असार ४ दुई तिहाइ बहुमतले पारित गरेका थिए ।

Read More

विराटनगर, ५ असार । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालका संविधान दोस्रो संशोधन बिहीबार प्रमाणीकरण भएको खुशीमा विराटनगर–१३ स्थित निवासमा दीप प्रज्वलन गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालका संविधान (दोस्रो) संशोधन विधेयक –२०७७ प्रमाणीकरण भएको हो । नेपालको संविधान (दोस्रो) संशोधनमा लिपुलेक, लिम्पियापुर र कालापानीसहित नेपालको नक्सा अङ्कित निशान छाप गत शनिबार प्रतिनिधि सभाबाट दुई तिहाइ बहुमत र राष्ट्रियसभाबाट सर्वसहमतिमा पास भएको छ ।

Read More

झापा, ५ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेताबीच संसद्मा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा सहमति जुटाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले हिजो साँझ नागरिकता विधेयक र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारेमा छलफल गर्न काँग्रेसका शीर्ष नेताहरुलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाउनुभएको थियो । प्रधानमन्त्री ओलीले नागरिकता विधेयक र एमसीसी बारेमा काँग्रेससँग छलफल गर्न बैठक बोलाउनुभएको र आजको बैठक विशेष गरी नागरिकता विधेयकमा केन्द्रित रहेको बैठकमा सहभागी काँग्रेस उपसभापति विमलेन्द्र निधिले जानकारी दिनुभयो । एमसीसीका बारेमा प्रधानमन्त्रीले छिट्टै अर्को बैठक बोलाउने र आफूहरुलाई तयार भएर आउनुहोला…

Read More

झापा, ५ असार । सरकारले विदेशमा अलपत्र परेका नेपाली कामदारलाई उद्धार गर्न नयाँ कार्यविधि बनाएर अघि बढ्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मुलुकमा अलपत्र कामदारलाई उद्धार गर्न कार्यविधि बनाउन थालेको हो । सर्वोच्च अदालतले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका, करार अवधि नपुगी फर्किन बाध्य भएका, गन्तव्य मुलुक वा रोजगारदाताबाट टिकट प्राप्त गर्न नसक्ने अवस्थामा रहेका व्यक्तिमध्ये पनि पैसा नभई फर्कन नसक्नेलाई सर्वोच्चले कल्याणकारी कोषको रकमबाट फर्काउन भनेपछि सरकार कार्यविधि बनाउन जुटेको हो । यसअघि सम्बन्धित कामदारलाई नै हवाई भाडा तिराएर चार्टर्ड उडानमार्फत स्वदेश फर्काउने कार्य सुरु भइसकेको थियो । मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले…

Read More

झापा, ५ असार । सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका एकसाताभित्र टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा छलफल भइरहेको र एकसातामा टुङ्गो लगाइने विभागले जनाएको छ । यातायात सञ्चालनका लागि तयारीका काम पनि भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । तर सार्वजनिक यातायात कहिलेदेखि सञ्चालन गर्ने भन्ने कुराको टुङ्गो सरकारले नगर्दा अन्योल रहेको विभागले जनाएको छ । सञ्चालन गर्ने वा नगर्ने भन्ने कुराको कुनै जानकारी विभागलाई दिइएको छैन तर बन्दाबन्दी बिस्तारै खुकुलो बनाउँदै गएपछि यातायात पनि सञ्चालन हुन्छ होला भन्ने अनुमानले विभागले काम गरिरहेको छ । हालकै अवस्थामा सार्वजनिक यातायात…

Read More

झापा, ५ असार । सरकारले सीमा सुरक्षाका लागि भारत र चीनतर्फ गरी सशस्त्र प्रहरीको स्थायी बीओपी तत्कालका लागि २ सय २१ पुर्याउने गरी धमाधम काम अघि बढेको बताएको छ । सीमा सुरक्षा व्यवस्थापन गर्न भन्दै सशस्त्र प्रहरी बलको बीओपीको संख्या ५ सय स्थानमा स्थापना गर्ने सरकारको लक्ष्य रहेकामा तत्कालका लागि २ सय २१ पर्याउने गरी काम सुरु गरिएको गृह मन्त्रालयले जनाएको हो । यसअघि १ सय ७ स्थायी बीओपी रहेकामा १ सय १४ थप गरी २ सय २१ पु¥याइने लक्ष्य लिइएको हो । गृहमन्त्री रामबहादुर थापाले बुधबार राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७७ माथिको छलफलमा उठेका विषयका सम्बन्धमा जवाफ दिने क्रममा…

Read More

जाजरकोट, ५ असार । जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डाक्टर भूपेन्द्रप्रकाश मल्ल, अमिन शाह र औसरसिंह राठौरको घर खलंगामै पर्छ। तर, तीनै जना डाक्टर चार दिनदेखि घर जान सकिरहेका छैनन्। उनीहरू जिल्लाबाहिरका डाक्टरसँगै अस्पतालभित्रै बसिरहेका छन्। विगतमा घरबाटै काममा आउजाउ गर्ने उनीहरू यति खेर रूकुम घटनाको पोस्टमार्टम रिपोर्टका कारण सुरक्षा घेरामा बस्नुपरेको हो। रूकुम पश्चिमको सोतीमा जेठ १० गते ज्यान गुमाएका ६ जनाको पोस्टमार्टम रिपोर्टमा डाक्टरले जालझेल गरेको पीडित पक्षको आरोप छ। शवको प्रकृति र प्रहरीको मुचुल्काभन्दा ‘नियोजित तरिका’ले फरक रिपोर्ट तयार गरेको भन्दै पीडित पक्ष डाक्टरविरुद्ध आन्दोलित छन्। पोस्टमार्टम रिपोर्टको विरोधमा उत्रिएकामाथि प्रहरीले हवाई फायर र लाठी प्रहार गर्दा…

Read More

झापा, ४ असार । नेपाली कृषिजन्य उत्पादनको निकासीमा भारतीय प्रहरीले अवरोध गरेको छ । नेपाली उत्पादन लोड भएका मालवाहक ट्रकलाई पानीट्याङ्की भन्सारमा छिर्न भारतीय प्रहरीले अवरोध गरेको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट भन्सार जाँचपास भएर छुटेका २५ वटा मालवाहक ट्रकलाई भारतीय प्रहरीले बिहीवार पानीट्याङ्की भन्सारमा छिर्न अवरोध गरेको छ । भारतीय प्रहरीको अवरोधपछि ती मालबाहक ट्रक नेपाल भारत सीमाको मेची पुलमा अलपत्र परेका छन् । पश्चिम बंगाल सरकारको निर्देशनपछि भारतीय प्रहरीले नेपाली कृषिजन्य बस्तुको निकासीमा निरन्तर अवरोध गर्दै आएको छ । लक डाउनयता झण्डै तीन महिनादेखि मेची भन्सार कार्यालय एकतर्फी रुपमा सञ्चालन भइरहेको भन्सार प्रमुख ध्रुवकुमार विश्वकर्माले बताउँनुभयो ।…

Read More

काठमाडौँ, ४ असार । कोरोना भाइरस कोभिड–१९ बाट आज थप ६७१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यसको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ सय ७१ संक्रमित थपिएको जानकारी दिए। पछिल्लो २४ घण्टामा १९ जना पुरुष कोरोनामुक्त भएका छन्। उनका अनुसार हालसम्म १ हजार १ सय ८६ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। त्यस्तै हालसम्म २० जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै कुल संक्रमित ७ हजार ८४८ पुगेका छन्।

Read More