झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३२ जेठ । कोरोना संक्रमणको जोखिम उच्च रहेकाले भीडभाडमा जानेक्रममा सुरक्षात्मक र सावधानीका उपाय नअपनाउँदा आत्मघाती हुने चेतावनी विज्ञले दिएका छन् । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा समेत चुनौती थपिने विज्ञको भनाइ छ । स्वस्फूर्त र स्वतन्त्र रुपमा प्रदर्शन भइरहेका सभा, समारोह एवं प्रदर्शनीले जोखिम बढाएको संक्रामक रोग विशेषज्ञ (आईसीयू) विशेषज्ञ डा अर्जुन कार्की भन्छन्, ‘भौतिक दूरी कायम पनि नगर्ने र मुखमा मास्क पनि नलगाउने हो भने कोरोना संक्रमण जोखिम बढ्छ ।’ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुई जनाबीच कम्तीमा पनि एक मिटरको दूरी कायम गर्नुपर्ने सुझाव दिएको छ । मुलुकमा अहिले दिनहुँ तीन सयको हाराहारीमा कोरोना संक्रमित…

Read More

झापा, ३२ जेठ । प्रत्येक एक घण्टामा १२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिने गरेका छन् । पछिल्लो एक साताको अवधिमा थप २ हजार १ सय जना संक्रमित थपिएका छन् । पछिल्लो एक सातालाई आधार मान्दा प्रत्येक घण्टामा १२ जनाको हाराहारीमा नयाँ संक्रमित थपिएको देखिन्छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गत आइतबार २ सय १३, सोमबार ३ सय १४, मंगलबार ३ सय २३, बुधबार २ सय ७९, बिहीबार २ सय ५० र…

Read More

झापा, ३१ जेठ । नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७’ लाई प्रतिनिधिसभाको आजको बैठकको दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ । दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट पारित भएको हो । संविधानतः विधेयक पारित हुन प्रतिनिधिसभामा हाल कायम रहेका सदस्यको दुई तिहाइ बहुमत आवश्यक पर्छ । आजको मतदानमा सबै सहभागीले पक्षमा मतदान गरी राष्ट्रियताका विषयमा अभूतपूर्व एकता प्रदर्शन गरेका छन् । आज भएको मतदानमा संशोधनका पक्षमा २५८ मत प्राप्त भएको…

Read More

झापा, ३१ जेठ । कोरोना भाइरस कोभिड–१९ का कारण मुलुक लकडाउन भएको अवस्थामा सरकारले विभिन्न क्षेत्रका कर्मचारी, मजदुरलाई पारिश्रमिक दिन आग्रह र निर्देशन दिइरहेको छ । तर, झापाको भद्रपुरस्थित मेची बहुमुख क्याम्पसको कार्यकारिणी समिति (कार्यसमिति) ले सरकारको आग्रहविपरीत निर्णय गरेको छ । क्याम्पस कार्यसमितिले जेठ २७ गते आन्तरिक स्रोतबाट करारमा नियुक्त गरिएका शिक्षक–कर्मचारीको तलब नदिने निर्णय गरेको हो । उक्त निर्णयले मेची क्याम्पसमा कार्यरत करिब ४० जना शिक्षक–कर्मचारी प्रभावित हुने भएका छन् । कार्यसमितिले करार अवधि थप्ने निर्णय गरे पनि लकडाउन खुलेपछि क्याम्पस सञ्चालन भएसँगै सोही अवधिबाट तलब दिने (काम गरेपछि दाम दिने) निर्णय गरेको नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ मेची…

Read More

झापा, ३१ जेठ । झापाको शिवसताक्षीस्थित सतासी प्राविको क्वारेन्टाइनमा बसेका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वडा नम्वर ११ अध्यक्ष भैरवकुमार श्रेष्ठले यसको पुष्टि गर्दै संक्रमितलाई कोरोना अस्पताल विराटनगर पठाइएको बताए ।संक्रमित ती पुरुष जेठ २८ गते भारतको दिल्लीबाट शिवसताक्षीको कोरेन्टाइनमा आइपुगेका हुन् । १९ जनाको स्वाव संकलन गरी पिसिआर परीक्षणको लागि विराटनगर पठाइएकोमा एक जनामा संक्रमण देखिएको हो ।

Read More

झापा, ३१ जेठ । कोरोना भाइरस कोभिड–१९ बाट आज थप २७३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यसको पुष्टि भएको हो । शनिबारसम्म नेपालमा १ लाख २७ हजार २ सय ८८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५० हजार ५ सय ५० जनालाई क्वारेन्टिनमा राखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुगेको छ। तीमध्ये ९१३ जना उपचारपछि निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ।

Read More

झापा, ३१ जेठ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशलाई चाँडै कोभिड–१९ बाट मुक्त बनाइने बताउनुभएको छ । प्रदेश नं १ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला कमिटीका अध्यक्ष र सचिवसँग आज अनलाइन संवादमा उहाँले सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारीरूपमा काम गरिरहेकाले आगामी चार महिनाभित्रमा कोरोनामुक्त बनाइने दाबी गर्नुभयो । कोरोना सङ्क्रमण देखिएका उदयपुरको भुल्के, धनकुटा जिल्ला अस्पताल, दमक नगरपालिकामा नियन्त्रणमा आइसकेको बताउँदै पछिल्लो समय क्वारेन्टिनमा रहेकाहरुमा सङ्क्रमण देखिएकाले आत्तिनुपर्ने अवस्था नभएको मन्त्री घिमिरेले भन्नुभयो । उहाँले भन्नुभुयो, “अहिले ठूलो सङ्ख्यामा देखिएको सङ्क्रमण क्वारेन्टिनभित्रको हो र त्यहाँ सबै भारतबाट आएकाहरु रहेकाले समुदायस्तरमा कोरोना नफैलिएकाले चाँडै…

Read More

जनसमाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालको भूमिको रक्षाका लागि हिमाल, पहाड र तराईका सबै जनता सजग र संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफावार छलफलमा भाग लिँदै नेता महतोले राष्ट्रियताका सवालमा सबै जनता सजग र संवेदनशील रहेको र यसमा आग्रह र पूर्वाग्रह प्रस्तुत नगर्न आग्रह गर्नुभयो । “अहिलेको संविधानबारे हाम्रो असहमति कायमै छ । यो संविधान सबै वर्ग र समुदायको हुन सकेको छैन तर भूगोलको रक्षाका सन्दर्भमा हामी एक ठाउँमा छौँ । अबका दिनमा विगतमा हामीसँग भएका सम्झौताअनुसार संविधान संशोधनका प्रस्ताव आएको भएको…

Read More

भद्रपुर, ३१ जेठ । सरकारले लकडाउन खुकुलो बनाउँदै गएको छ । पहिलो चरणमा खुल्ने व्यवसायहरूलाई सञ्चालनमा ल्याउन भद्रपुर नगरपालिकाले सहजीकरण गर्न लागेको छ । जिल्ला स्तरीय कोरोना भाइरस उपचार, नियन्त्रण तथा रोकथाम समितिले गरेको निर्णय बमोजिम भद्रपुर नगरपालिकामा शुक्रवार बसेको बैठकले नगर क्षेत्रका पसल खोल्ने समय निर्धारण गरेको छ । नगर क्षेत्रका पसलहरू प्रत्येक दिन बिहान ७ देखि बेलुका ४ बजेसम्म पसल खोल्न पाउने नगरपालिकाले निर्णय गरेको हो । त्यस्तै साप्ताहिक हाटबजार, सार्वजनिक कार्यक्रम, विद्यालय तथा क्याम्पस अर्को सूचना नआउन्जेलसम्म सञ्चालन गर्न पाइने छैन ।

Read More

काठमाडौँ, ३१ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको जमीन गणतन्त्रले फिर्ता ल्याउन लागेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको दफावार छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “देशको भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा हिजो निरङ्कुश पञ्चायती तानाशाहीको प्रारम्भिक दिनमा राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा हामी आइपुगेका छौँ, भूमि राजतन्त्रले गुमायो, गर्वका साथ गणतन्त्रले लिँदैछ, ऐतिहासिक गौरव यो सदनलाई प्राप्त हुँदैछ ।” अध्यक्ष दाहालले हरेक राष्ट्रिय विषयमाम आम नेपाली, राजनीतिक दल तथा नागरिक समाज एक रहेको…

Read More