
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३० जेठ । कोरोना भाइरस (कोभिड–१९)को पिसिआर परीक्षणका लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले इच्छ्या देखाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणका लागि इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेकामा ती मध्ये पिसिआर मेसिन भएका नौवटा प्रयोगशालाले आशयसहितको पत्र पठाएका प्रयोगशालाकी निर्देशक डा रुना झाले जानकारी दिनुभयो । प्रस्ताव पेश गरेका अन्य ११ प्रयोगशाला र अस्पताल पनि रहेका छन् । उनीहरुले आफूसँग अहिल्यै पिसिआर मेसिन नभए पनि परीक्षणको अनुमति पाए, एक महिनाभित्र पिसिआर मेसिन किन्ने र दुई महिनाभित्र परीक्षण शुरु गर्ने प्रस्ताव पेश गरेको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिनुभयो । प्रयोगशालाका निर्देशक डा…
झापा, ३० जेठ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २३ हजार ८८८ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७५ लाख ९९ हजार ६४९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३८ लाख ४३ हजार ७९५ जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख ३१ हजार ९६६ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ९१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको…
झापा, ३० जेठ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले अतिविपन्न परिवारका विद्यार्थीलाई प्राथमिकतामा राखेर उनीहरूको सिकाइको निरन्तरता सुनिश्चित गर्न तथा फरक क्षमताका विद्यार्थीका लािग विशेष व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयललाई निर्देशन दिएको छ । समितिले सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइको सम्बन्धमा प्रभावकारी र निरन्तर अनुगमनको व्यवस्था मिलाउन तथा सामुदायिक विद्यालयलाई सूचना प्रविधिको प्रयोग गर्न सक्ने बनाउन प्रविधि, पूर्वाधार र जनशक्तिलाई तालिमको व्यवस्था गर्न आर्थिक स्रोतको सुनिश्चितताका निम्ति आवश्यक व्यवस्था गर्न सुझाव दिएको छ । सामुदायिक विद्यालयहरुमा प्रविधिको दीर्घकालीन व्यवस्था, पठनपाठन सिकाइमा सामुदायिक र निजी विद्यालयबीच एकरुपता कायम गर्न सुझाउँदै बाल विकासमा कार्यरत शिक्षक र कर्मचारीलाई सरकारले निर्धारण गरे बमोजिमको…
सोलुखुम्बु, ३० जेठ । सोलुखुम्बु महाकुलुङ गाँउपालिका–४ बाट आफ्नै बाबुको हत्या आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही ठाँउका १९ वर्षीय कुवेर राई रहेका छन । हिजो बेलुका साढे ८ बजे घरायसी विषयमा ५७ बर्षीय सन्त कुमार राई र उनकै छोरा कुबेर बिच बादबिबाद भई झगडा हुदा कुवेरले आगो फुक्ने फलामको ढुंग्रोले बाबु सन्त कुमार राईलाई टाउँकोमा प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको भनि आफन्तले आज बिहान साढे ६ बजे ईलाका प्रहरी कार्यालय सोताङमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु समेतबाट प्रहरी टोली खटि गई कुवेर राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप…
मोरङ, ३० जेठ । मोरङ सुन्दरहरैचा–६ स्थितमा बस्ने ४२ वर्षीया हिमा आचार्यको कारको ठक्करबाट मृत्यु भएको छ । हिजो बिहान सवा १० बजे सुन्दरहरैचा दुलारी चौक राजमार्गमा को१च ८४८३ नम्बरको कारले साईकल यात्री हिमा आचार्यलाइ ठक्कर दिई गम्भीर घाईते भई न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेकोमा उपचारकै क्रमम उनको आज दिउसो सवा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार र कार चालक सुनसरी इटहरीका ललित बिक नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, ३० जेठ । भोजपुर र उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई बालिकाको मृत्यु भएको छ । भोजपुर रामप्रसाद राई गाउँपालिका–५ बस्ने १४ वर्षीया पुष्पा पराजुलीको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । हिजो अपरान्ह ५ बजे रामप्रसादराई गाउँपालिका–५ स्थित भित्री सडक खण्डमा को २ त ८७१४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल झरी दुर्घटना हुँदा सोही ट्याक्टरमा रहेकी बालिका पुष्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टरमा रहेका अन्य ५ जना समेत घाईते भएकोले उनिहरुलाई थप उपचारको लागी बिराटनगर तर्फ ल्याउदै गरेको उक्त कार्यालयले जनाएको छ । ट्याक्टर चालक भोजपुर आमचोक बस्ने ३५…
झापा, ३० जेठ । झापा जिल्ला अदालतले सेवा सुचारू गरेको छ । गत चैत ७ गतेयता अदालतको अधिकांश सेवा प्रवाह बन्द रहेको थियो । कोरोना भाइरस प्रकोपको अवस्थालाई मध्यनजर गरी आंशिक रूपमा सेवा प्रवाह गरिरहेको झापा अदालतले रोकिएका अधिकांश सेवा सुचारू गरेको हो । मिति २०७७ साल जेठ २८ गतेको जिल्ला अदालतको निर्णय अनुसार थप काम कारवाही एवम् सेवाहरू दिन थालिएको हो । अदालतले भीडभाड कम हुने मुद्दाका काम गर्ने, मेलमिलापमा जोड दिने, बालबालिका सम्बन्धीका मुद्दा सुनुवाई गर्ने, किनारा लगाउने लगायतको सेवा प्रवाहका काम थालेको छ । सेवा प्रवाह सम्बन्धमा जिल्ला अदालत झापाले जारी गरेको पत्रमा निम्नानुसार उल्लेख गरिएको छ-
झापा, ३० जेठ । सुनको मूल्य कीर्तिमानी स्तरतर्फ उक्लिन थालेको छ । बिहीबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ तोलाको ८९ हजार ६ सय तोकेको छ भने नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले ८९ हजार ७ सय तोकेको छ । लामो समयदेखि यी दुई संस्थाले सुनचाँदीको मूल्य निर्धारण गरेर आफ्ना सदस्यलाई उपलब्ध गराउँदै आएका छन् । त्यसै अनुरूप सुनचाँदीको कारोबार भइरहेको छ । जुन महिनाको सुरुमा सुनचाँदी, रत्न तथा आभूषण महासंघले सुनको भाउ तोलाको ९० हजार रुपैयाँसम्म तोकेको थियो । अर्को महासंघले त्यसबेलासम्म मूल्य निर्धारण स्थगित नै गरेको थियो । सुनचाँदी व्यवसायी महासंघले २५ जेठदेखि सुनचाँदीको मूल्य निर्धारण गर्न…
झापा, ३० जेठ । भारतले कोभिड–१९ पछि नेपालसँगको सीमा विवाद दुई पक्षीय वार्ताबाट निकास निकाल्ने पुनः जनाएको छ । यसअघि पनि भारतले दुईपक्षीय वार्ता कोभिड–१९ पछि अन्तर्राष्ट्रिय उडान खुलेपछि गर्ने बताउँदै आएको थियो । भारतीय विदेश मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा उसले पुरानै धारणा दोहोर्याएको हो । सीमाको विषयलाई लिएर भारत–नेपालबीच देखिएको पछिल्लो तनाव कुन अवस्थामा छ भन्ने जिज्ञासामा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतले आफ्नो धारणा पहिले नै सार्वजनिक गरिसकेको बताउँदै वार्ताबाटै निकास निस्कने स्पष्ट पारेका हुन् । ‘सीमा विवाद र नेपालसँगको सम्बन्धलाई लिएर भारतले यसअघि नै आफ्नो धारणा प्रस्ट पारिसकेको छ,’ श्रीवास्तवले ब्रिफिङमा भने, ‘भारतले नेपालसँग सभ्यता,…
झापा, ३० जेठ । ‘सीमाका विषयमा सिंगो राष्ट्र एकढिक्का भएको यो ऐतिहासिक घडीमा हाम्रो दृढ संकल्प र अटल आत्मविश्वासका साथ हामीले संकलन गरेका यथेष्ट प्रमाणका आधारमा यसअघि नक्सामा छुटाइएका भूभाग समेटेर अद्यावधिक नक्सा सार्वजनिक गर्ने बिन्दुमा आइपुगेका छौँ,’ ७ जेठमा विशेष पत्रकार सम्मेलन गरेर नयाँ नक्सा जारी गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भनेकी थिइन् । त्यसपछि संसद्मा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र अर्याल आफैले पटक–पटक यही कुरा दोहोर्याउँदै आएका छन् । तर, सरकारले नक्सा जारी गरेको तीन सातापछि लिम्पियाधुरासम्म नेपालको दाबी कायम हुने गरी सक्कल वा प्रमाणित नक्कल प्रमाण जुटाउन नौसदस्यीय विज्ञ समिति गठन गरेको छ । बुधबारको मन्त्रिपरिषद्ले विज्ञ समिति…