
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २९ जेठ । सरकारले कोरोना भाइरस संक्रमणको बहाना झिकेर यो वर्ष देशभरका किसानलाई युरिया मलको चरम अभाव व्यहोर्न बाध्य बनाएको छ। आगामी सातादेखि धानबाली रोपाइँ सुरु हुँदै छ। कुनै न कुनै बहानामा युरिया मलका लागि बर्सेनि सास्ती व्यहोर्न बाध्य हुँदै आएका किसान यस वर्ष कोरोना भाइरसको संक्रमण र लकडाउनको मारमा छन्। कृषि तथा पशुपक्षी मन्त्रालयसँगै सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी र पब्लिक प्राइभेट पार्टनरसिपअन्तर्गतको साल्ट ट्रेडिङ कर्पोरेसनले समेत कोरोना (कोभिड १९) भाइरसको संक्रमण र लकडाउनका कारण चाहेर पनि बर्खे धानबालीका लागि किसानलाई युरिया मल उपलब्ध गराउन नसकिने जनाएको छ। कृषि सामग्री र साल्टले कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण…
झापा, २९ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रतिव्यक्ति प्रतिदिन ३८ हजार रुपैयाँभन्दा बढी लाग्ने अनुमानित लागत तयार पारेको छ । मन्त्रालयले संक्रमित बिरामीको अवस्था र आवश्यकताका आधारमा प्रतिसंक्रमित प्रतिदिन ६ हजारदेखि ३८ हजारसम्म खर्च लाग्ने अनुमानसहितको योजना तयार पारेको हो। मन्त्रालयले तयार पारेको ‘कोभिड–१९ हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ मा सामान्यदेखि गम्भीर प्रकारका संक्रमितलाई आधार मानिएको छ। योजनामा सामान्य (माइल्ड), मध्यम (मोडरेटेड), गम्भीर (सेभियर) केसका आधारमा प्रतिदिन प्रतिव्यक्ति लाग्ने खर्च अनुमान गरिएको हो। योजना अनुसार सामान्य अवस्थामा रहेका संक्रमितको केसमा आवश्यकता हेरी प्रतिदिन ६ हजारदेखि साढे १४ हजारसम्म उपचार खर्च लाग्ने देखिन्छ। मध्यम केसमा…
बिर्तामोड, २८ जेठ । झापामा आज पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कनकाई नगरपालिकामा तीन, गौरादह र मेचीनगरमा थप एक/एक जनामा कोरोना पुष्टि भएको हो । कनकाईमा पहिलो पटक कोरोना संक्रमित फेला परेको छ । कनकाई बहुमुखी कलेजको क्वारेन्टाइनमा बसेका उनीहरु भारतबाट आएका थिए । कनकाई–३ र ५ का स्थानीय बासिन्दा उनीहरु १६, १७ र ३५ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै, मेचीनगर–३ को बलभद्र आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । यो सँगै झापामा कोरोना संक्रमितको संख्या १५३ पुगेको छ । नेपालमा कोरोना भाइरस (कोभिड १९) थप २…
झापा, २८ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड १९) थप २ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ३ सय ५० जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा पुष्टि गरेको हो । संक्रमित हुनेमा मोरङका ८ जना, झापाका ५ जना, चितवनका २ जना, उदयपुरका १ जना, नवलपुरका १ जना, सर्लाहीका २ जना, नवलपरासी पश्चिमका ५ जना, पाल्पाका १२ जना, प्युठानका ६ जना, रुपन्देहीका ७ जना, बाँकेका ३ जना र बर्दियाका १ जना रहेका छन् । त्यसैगरी सप्तरीका ६ जना, दैलेखका २५ जना, जाजरकोटका ३ जना, सुर्खेतका ९ जना, दार्चुलाका १…
काठमाडौँ, २८ जेठ । बुधबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको अभिव्यक्ति निन्दनीय र आलोच्य भएको बताएका छन् । यदि आदित्यनाथले नेपाललाई त्यस्तो बोलेको भए नेपाललाई नहेप्न भनेका छन । केही दिनअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सीमा विवादबारे विवादित अभिव्यक्ति दिएका थिए । जहा मुख्यमन्त्री योगीले नेपाललाई तिब्बतले जस्तै गल्ती नगर्न चेतावनी दिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताका सवालमा मङ्गलबार प्रतिनिधिसभामा देखिएको अभूतपूर्व एकताप्रति गर्व महसुस भएको बताउनुभएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सम्बन्धित निकायका शीर्षकमाथिको छलफलमा उठेका…
बनियानी, २८ जेठ । झापा कचनकवल गाउँपालिका स्वाथ्यकर्मी छ बुँदे मागसहित आन्दोलनमा उत्रिएका छन् । कोरोनाको कहरका बेला उनीहरु विभिन्न छ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले विभिन्न चरणमा आन्दोलनको स्वरुप तयार गरेका छन् । मंगलबार बनियानी स्वास्थ्य केन्द्रमा भएको भेलाले संघर्ष समिति बनाएर आफ्ना माग अघि सारेको हो । संघर्ष समितिले कर्मचारीले खाईपाई आएको तलबमा चैतमहिनादेखि शतप्रतिशत भत्ताको व्यवस्था हुनु पर्ने माग अगाडि सारेका छन् । मागपत्रमा पीसीआर नमूना संकलन र ल्याबका कर्मचारी, कन्ट्रायक ट्रेसिङमा जाने सिआइसिटी र आरआरटिएममा खटिएका कर्मचारीलाई खाजा, खाना र यातायात खर्च वापत दैनिक एक हजार भक्ता हुनु पर्ने उल्लेख छ । मागपत्रमा…
झापा, २८ जेठ । भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा झण्डै दश हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९८५ जना संक्रमित भएको पुष्टि भएको हो । योसँगै भारतमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ५८३ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा २७९ जनाको मृत्यु भएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ७ हजार ७४५ पुगेको छ । भारतमा अहिले पनि एक लाख ३३ हजार ६३२ जना संक्रमित अवस्थामै रहेका छन् भने सङ्क्रमण मुक्त…
झापा, २८ जेठ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १३ हजार ७६० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७३ लाख २५ हजार ८३९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३६ लाख ६ हजार ९० जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख ६ हजार ३४६ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार २९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको…
झापा, २८ जेठ । प्रदेश नं १ को मुख्य व्यापारिक मार्गको त्रिदेशीय लिंक रोड जोगबनी–किमाथांका सडक जोडिन १४ किलोमिटर मात्र बाँकी छ । नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना किमाथांका–जोगवनी सडकखण्डको काम भइरहेको उत्तर दक्षिण सडक डिभिजन कार्यालय सङखुवासभाका प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिनु भयो । किमाथांका– चेपुवा –हटिया, –मकालु गापा– चिचिला गापा– खाँदबारी नपा– धर्मादेवी नपा– धनकुटा महालक्ष्मी नपा– पाख्रीबास नपा– धनकुटा नपा– शहीदभूमि नपा– भेडेटार– सुनसरी धरान– इटहरी विराटनगर हुँदै जोगवनी नाकासम्मको दूरी ३९० किलोमिटर छ । सो सडक चीन र भारत जोडिने छोटो सडक हुने छ । त्रिदेशीय लिकंरोड किमाथांका–जोगवनी सडकखण्डको भीर फुुटाउने जिम्मा सेनालाई दिइएको छ ।…
झापा, २८ जेठ । नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने भारत वनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौँ हानगरपालिका–१४ कलङ्कीका ३३ वर्षीय प्रदीप उपाध्याय लुइँटेल रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँ महानगरपालिका–१६ नयाँबजार खुसिबुमा अवैधरूपमा गुणस्तरहीन मानव स्वास्थ्यमा असर पर्ने ह्याण्ड स्यानिटाइजर तथा कस्मेटिक सामान तयार गरी बिक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुले मङ्गलबार पक्राउ गरेको हो । बजारमा अत्यधिक माग भएका ह्यान्ड स्यानिटाइजरलगायत विभिन्न कस्मेटिक सामान नक्कली उत्पादन गरी बिक्री…