
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३० जेठ । लामो समयदेखि जारी बन्दाबन्दी ९लकडाउन० ले राजस्व संकलनमा आएको संकुचन र साधारण खर्चमा भएको उच्च वृद्धिका बाबजुद पनि सरकारले चालु आर्थिक वर्ष २०७६–७७ मा ८ खर्ब ६० अर्ब ८० करोड ६९ लाख ९६ हजार ७ सय ६१ रुपैयाँ आम्दानी गरेको छ । आम्दानी गत २६ जेठसम्मको भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले गत २६ जेठसम्म ८ खर्ब ३९ अर्ब ८१ करोड ३२ लाख ५५ हजार ३ सय रुपैयाँ कुल खर्च गरेको छ । सोही अवधिमा २० अर्ब ९९ करोड ३७ लाख ४० हजार रुपैयाँ बचतमा रहेको महालेखा नियन्त्रण कार्यालयका महालेखा…
झापा, ३० जेठ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ । विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार गर्ने लगायतका विषयमा कार्यविधिमा स्पष्ट गरिने भएको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै विद्यालय तहको कक्षा १० का विद्यार्थीको मूल्याङ्कन सम्बन्धित विद्यालयले गरेको अन्तिम मूल्याङ्कनलाई आधार मानिने छ भने । विद्यालयले तयार गरेको नतिजा सम्बन्धित जिल्लाको जिल्ला शिक्षा समितिमा पठाइने र त्यसले प्रमाणीकरण गरेर राष्ट्रिय परीक्षा बोर्डलाई पठाउनुपर्ने छ । त्यस नतिजालाई बोर्डले प्रमाणपत्र तयार गरी विवरणको व्यवस्था गर्ने जानकारी पनि प्रवक्ता खतिवडाले दिए । आजको गोरखापत्र दैनिकमा…
झापा, ३० जेठ । नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ । करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैङकहरूका सम्पूर्ण राजस्व सङ्कलन गर्ने शाखा, काउन्टर एवं बैङ्कका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउससमेत पूर्णकालीन रूपमा खोल्न निर्देशन दिइएको नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिएका छन् । सार्वजनिक बिदामा पनि करिब चारदेखि पाँच हजार चेक क्लियरिङ हुँदै आएको र दैनिक रूपमा यो बढ्दो क्रममा रहेको राष्ट्र बैङ्कले जनाएको छ । यसबाट सरकारी भुक्तानी, कर तथा राजस्व सङ्कलन र सामान्य…
झापा, ३० जेठ । एसियाली राष्ट्रमध्ये नेपालमा भइरहेको कोरोना परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । विश्वभर कोरोना भाइरस सङ्क्रमणको तथ्याङ्क अपडेट गर्दै आएको वल्र्डमिटरले नेपालको कोरोना परीक्षण दर जापान, थाइल्यान्डभन्दा अगाडि रहेको देखाएको छ । कोभिड–१९ बारे ताजा तथ्याङ्क दिने वेबसाइट वल्र्डमिटरका अनुसार प्रति १० लाख जनसङ्ख्यामा नेपालले नौ हजार ७४५ जनाको कोरोना परीक्षण गरिरहेको छ । जुन सार्क मुलुकमा अरूकोभन्दा राम्रो हो । छिमेकी देश भारतमा १० लाख जनसङ्ख्यामा तीन हजार ६७० जनाको परीक्षण भएको छ । तथ्याङ्कले जापान, थाइल्यान्ड र पाकिस्तानभन्दा पनि नेपाल अगाडि देखिएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।
झापा, २९ जेठ । मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनुभयो । गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा ५७ वर्षका एक पुरुषको बाटोमै मृत्यु भएको थियो । वडा नम्वर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका उहाँको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको हो । घाँटीको शल्यक्रिया समेत गरेका उहाँलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक…
झापा, २९ जेठ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कोरोना भाइरस परीक्षणका लागि पिसिआर विधिको दायरा बढाउन नसकेको भनी सरकारको आलोचना गर्नुभएको छ । जिपी कोइराला लोकतन्त्र सम्बद्र्धन केन्द्रले जुम प्रविधिबाट आज आयोजना गरेको ‘महामारी र काँग्रेस महाधिवेशन’ विषयको साक्षात्कार कार्यक्रममा उहाँले कोरोना नियन्त्रणमा सरकार असफल भएको आरोप लगाउनुभयो । पार्टी महामन्त्री डा शशाङ्क कोइरालाले कोरोनाको महामारीका बीच सहज वातावरण बनाउँदै पार्टीको १४औँ महाधिवेशनका प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । पार्टी नेता कृष्णप्रसाद सिटौलाले महामारीबाट बच्दै आगामी फागुन ७ गते नै पार्टीको १४ औँ महाधिवेशन गर्ने गरी तयारी गर्नुपर्नेमा जोड दिनुभयो । नेता अर्जुननरसिंह केसीले कोरोना नियन्त्रणमा सरकारले प्रमुख प्रतिपक्षी…
झापा, २९ जेठ । कोरोना भाइरस महामारीको रोकथामका लागि लामो समयदेखि जारी लकडाउनलाई सरकारले केही खुकुलो बनाउने भएको छ । सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा.युवराज खतिवडाका अनुसार मोटरसाइकल चलाउन दिने तर एक जना मात्र चढ्न पाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो । चारपांग्रे निजी सवारी साधनमा चालकसहित तीन जना मात्र यात्रा गर्न पाउने भएको छ । त्यसैगरी, सबै प्रकारका ढुवानी पनि खुला गरिएको मन्त्रि खतिवडाले जानकारी दिए । सबै प्रकारका पैदल आवागमन, साइकल पनि चलाउन पाउने निर्णय भएको छ । तर काठमाडौँ उपत्यकाको हकमा उपत्यका भित्र र…
झापा, २९ जेठ । शैक्षिक संस्थाहरुको राष्ट्रिय सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले सरकारबाट माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को परीक्षा नलिई आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेडिङ गर्ने निर्णय भएकामा स्वागत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्को बुधबारको बैठकले स्थगित परीक्षा सञ्चालन नगर्ने र आन्तरिक मूल्याङ्कनलाई आधार मानेर राष्ट्रिय परीक्षा बोर्डले लब्धाङ्कपत्र दिने गरी निर्णय गरेको थियो । साथै आगामी दिनमा उक्त परीक्षाको प्रबन्धका लागि शिक्षा ऐनमा संशोधन गर्ने सरकारको तयारी छ । एनसीई नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले आज विज्ञप्ति जारी गरी सरकारको उक्त निणर्यले लाखौँ बालबालिकामा परेको मनोवैज्ञानिक असर कम गर्ने जनाउँदै…
झापा, २९ जेठ । कोभिड–१९ को सङ्क्रमण आज थप २५० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज २३० पुरुष र २० महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो । थप सङ्क्रमितसँगै अब नयाँ सङ्क्रमतिको सङ्ख्या चार हजार ६१४ पुगेको छ । जसमा पुरुषको सङ्ख्या चार हजार २८५ छ भने महिलाको सङ्ख्या ३२९ छ । सङ्क्रमितको प्रादेशिक विवरणअनुसार प्रदेश नं १ मा १३ जिल्लाका ३०७, प्रदेश नं २ मा आठ जिल्लाका एक हजार ६७१, बाग्मती प्रदेशका १२ जिल्लाका १४७ र गण्डकी प्रदेशका नौ जिल्लाका १४७ जनामा कोरोना…
झापा, २९ जेठ । कोरोना महामारीको रोकथामका लागि जारी लकडाउनको समयावधि लम्बिदै जादा जनताहरु आक्रान्त बन्दै गएपछि सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । चरण चरणमा गर्दै लकडाउनलाई खुकुलो गर्दै सुचारु गर्ने भएको हो । बुधबार बसेको मन्त्रीपरिषद बैठकले कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउनलाई खुकुलो बनाई आगामी असार १ गतेदेखि २१ दिन सम्मका लागि विभिन्न २१ क्षेत्रका सेवा संचालन गर्न दिने निर्णय गरेको हो । उक्त समयमा कोरोना महामारीको अवस्था हेरेर अर्को चरणको लकडाउन कस्तो प्रकारले गर्ने भन्ने निर्णय हुने बताइएको छ । यसबारे बिहीबार आधिकारिक सूचना जारी हुने एक मन्त्रीले जानकारी दिए । विश्व स्वास्थ्य संगठनको…