
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २७ जेठ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले सर्वसाधारण आक्रान्त भइरहँदा स्थायी सरकार मानिएको निजामती प्रशासनसमेत नराम्ररी चुक्न पुगेको छ । लकडाउनको ७६ दिनसम्म संघ, प्रदेश र स्थानीय सरकारमा रहेका झन्डै एक लाख कर्मचारीमध्ये ९० प्रतिशत कर्मचारी निष्क्रिय अवस्थामा रहेका छन् । सरकारले पनि उनीहरूलाई कुनै जिम्मेवारी दिन सकेको छैन । राजनीतिक नेतृत्वले प्रशासनिक नेतृत्व र मातहतका निकायलाई कोभिड १९ नियन्त्रण कार्यमा प्रभावकारी रूपमा परिचालन गर्न नसक्दा कोरोना भाइरस संक्रमण हवात्तै बढ्न पुगेको प्रशासन क्षेत्रका विश्लेषकको तर्क छ । ‘कर्मचारीहरू राष्ट्र र जनताका सेवक हुन्’ भन्ने मान्यता कोभिड १९ को संकटसँगै ओझेलमा परेको देखिएको छ । राजनीतिक नेतृत्व सँगसँगै…
झापा, २७ जेठ । यातायात व्यवस्था विभागले कोरोनाको बन्दाबन्दीमा सार्वजनिक सवारी सञ्चालनको तयारी थालेको छ । बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारी सञ्चालनका लागि निर्देशिका तर्जुमाको तयारी थालेको हो । नयाँ निर्देशिका कोरोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्नका लागि निर्माण गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । निर्देशिकामा छलफल भइरहेको उनले जानकारी दिए । महानिर्देशक हमालले भने, “कोरोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्ने सवालमा प्राविधिक मापदण्ड बनाएको हो, यसमा सरोकारवालासँग छलफल भइरहेको छ ।” उनले अहिलेको अवस्थामा कोरोनाबाट सुरक्षित रहेर सार्वजनिक यातायात सञ्चालन गर्ने कुरा नै प्रमुख रहेको तर सरकारबाट सार्वजनिक सवारी खुला…
झापा, २७ जेठ । देशभर कोरोना भाइरस पहिचानका लागि प्रयोगशालामा ‘स्वाब’ नमुना दिएकाहरूले नतिजा आउन निकै ढिलो हुने गरेको गुनासो गरेका छन् । कोरोना भाइरस संक्रमणको पहिचानका लागि आरटीपीसीआर विधिको प्रयोग हुँदै आएको छ । स्वाब संकलनको संख्या बढेसँगै परीक्षणको नतिजा ढिलो भएको प्रयोगशालाले बताएका छन् । हाल देशभर २१ स्थानमा रहेका प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ । संक्रमण पहिचानका लागि स्वाब दिएका केहीले लामो समयसम्म पनि रिपोर्ट नपाएको गुनासो गरेका छन् । स्वाब नमुना दिए पनि नतिजा नै थाहा नपाएको समेत उनीहरूको गुनासो छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर १ लाख ९ सय ७१ जनाको आरटीपीसीआर विधिबाट…
झापा, २७ जेठ । विगतमा विभिन्न पार्टीको नेतृत्व गर्दै जनता समाजवादी पार्टी (जसपा) बनाएका नेताहरुमा सबैभन्दा बलियो महन्थ ठाकुर र डा। बाबुराम भट्टराई देखिएका छन् । पार्टीले ५१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको छ । यसमा जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता डा। भट्टराई निकट आठ–आठ जना नेताहरु केन्द्रीय समितिमा पर्न सफल भएका छन् । वरिष्ठ नेता राजेन्द्र महतो निकटका ७ र अर्का अध्यक्ष उपेन्द्र यादव निकटका ५ जना नेता मात्र केन्द्रीय समितिमा परेका छन् । वरिष्ठ नेता अशोक राई निकटका ६, महेन्द्रराय यादव निकटका ३, शरतसिहं भण्डारी निकटका २, युवराज कार्की निकटका १ जना नेता…
रुपन्देही, २७ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । डिएसपी खड्गबहादुर खत्रीले एउटा फार्ममा शव भेटिएको पुष्टि गर्दै अनुसन्धानको लागि टोली परिचालन गरिएको बताए । घटना गएरातिको हो । प्रहरी स्रोतका अनुसार बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शवहरु फेला परेका छन् । मृतकको विवरण भने खुलेको छैन । घटनाको अनुसन्धान गर्न प्रहरीले एक जनालाई पक्राए्उ गरेको छ । पक्राउ परेका व्यक्ती लागुऔषध दुर्व्यसनी भएको र उनैले सामुहिक हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
झापा, २७ जेठ । सुगौली सन्धिलगत्तै सन् १८१९ मा प्रकाशित नक्सामा लिम्पियाधुराबाट आउने नदीलाई काली नदी लेखिएको छ । यो नै सुगौली सन्धिपछिको नेपाल–भारत सीमा काली नदी भएको पहिलो नक्सा हो । तत्कालीन इस्ट–इन्डिया कम्पनी कार्यालयमा छापिएको यस नक्सामा लिम्पियाधुराबाटै निस्केको काली नदी लेखिएको छ । साथै, यस नक्सामा लिपुलेकबाट निस्केको नदीलाई कुनै नाम दिइएको छैन । लिपुलेकबाट निस्केको नदी कम महत्वको सानो सहायक नदी हो भन्ने स्पष्ट हुन्छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठ सुगौली सन्धिलगत्तै पहिलो नक्सा १८१९ मा जारी भएको पाइएको बताउँछन् । ‘म्याप अफ प्रोभिन्स अफ कुमाल’ लेखिएको नक्साको उत्तरमा चिनियाँ भूभाग तथा पूर्वमा निपाल (नेपाल) तथा डोटी…
झापा, २६ जेठ । झापामा आज १० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । गौरीगञ्जमा सात जना, हल्दिबारीमा दुई र मेचीनगरमा एक जनामा कोरोना संक्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिनुभयो । हल्दिबारी स्वास्थ्य चौकीको भवनमा रहेको क्वारेन्टिनमा राखिएका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, मेचीनगर–४ को पशुपति माविको क्वारेन्टिनमा रहेका पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको संयोजक चम्लागाईंले बताउनुभयो । त्यस्तै, गौरीगञ्जको गौरीञ्जग प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टिन राखिएका सात जनामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो । संक्रमित सबैलाई उपचारका लागि मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजस्थित कोरोना उपचार केन्द्रमा…
बिर्तामोड, २६ जेठ । झापाको दमक नगरपालिकामा पिकअपको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । दमक–१ को भित्री सडक खण्डमा पिकअपले पैदल यात्रीलाई ठक्कर दिँदा सोही स्थानका ७८ वर्षीय दुर्गाप्रसाद अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । आज दिउँसो करिब ३ः४५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ९१७ नम्बरको पिकअपले ठक्कर दिँदा घाइते भएका अधिकारीको लाइफलाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । ठक्कर दिने पिकअप र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको छ ।
झापा, २६ जेठ । सरकारले आजसम्म जम्मा दुई लाख ५७ हजार ९६२ जनाको कोभिड–१९ परीक्षण गरेको छ । यो सङ्ख्या पिसीआर र आरडिटी विधिबाट गरिएको कूल परीक्षणको सङ्ख्या भएको मन्त्रालयले जानकारी दिएको छ । पिसीआर विधिबाट कूल एक लाख ९७१ व्यक्तिको परीक्षण गरिएको छ भने आरडिटीबाट एक लाख ५६ हजार ९९१ व्यक्तिको परीक्षण गरिएको आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । गत २४ घण्टामा पिसीआर विधिबाट चार हजार ७६६ र आरडिटी विधिबाट ११ हजार ९४२ गरी जम्मा १६ हजार ७०८ परीक्षण सम्पन्न भएको छ । हाल सातै प्रदेशमा गरी एक लाख ६६ हजार ६६८ जना क्वारेन्टिनमा…
झापा, २६ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई राहत एवं पुनरुत्थानका लागि आगामी आर्थिक वर्षको बजेटमा रु एक खर्बको पुनरुत्थान कर्जाका साथै रु ५० अर्बको पुनरुत्थान कोषको व्यवस्था गरिएको बताउनुभएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले कर एवं व्याजदरमा छुटका साथै पर्यटन क्षेत्रमा निजी क्षेत्रबाट सञ्चालित उद्योगी तथा पर्यटन व्यवसायीले उक्त कोषबाट राहत लिन सक्ने बताउनुभयो । बजेटले पर्यटन क्षेत्रका कर्मचारी ९श्रमिक०को सामाजिक सुरक्षा कोषको भुक्तानीमा योगदान गरेको उल्लेख गर्दै उहाँले पर्यटन व्यवसायमा पाँच प्रतिशत व्याजमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइने बताउनुभयो…