झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

द्रोण अधिकारीभद्रपुर, २४ जेठ । वर्षायामले ढोका घच्घच्याउँदै गर्दा भद्रपुर वडा नम्बर ९ का मेची राजमार्गसित जोडिएका लिङ रोड आसपास क्षेत्रका बस्ती प्रवेश गर्ने सडक भत्काएर छोडेका कारण स्थानीय समस्यामा परेका छन् । आर्थिक वर्ष २०७५÷७६ मा सडक विभाग मार्फत निर्माण ठेक्का लागेर निर्माण सुरू भएका ४ वटा सडक ठेकेदारले भत्काएर, खनेर अलपत्र छोडेपछि आवागमनमा स्थानीयलाई समस्या भएको हो । संघीय संसद सुरेन्द्रकुमार कार्कीको संसंद विकास कोष मार्फत करिव ६ करोड रूपैयामा मिलचौक—प्रणमी मन्दिर, लक्ष्मीचौक—मेथीवारी, अस्मिता मार्ग र भद्रपुर १० को सयपत्री मार्ग निर्माण गर्न प्रतिसडक ५ सय मिटरका दरले पक्की नाला सहित सडक ग्राभेलिङ गर्ने जिम्मा लिएको काठमाण्डौ बुढानिलकण्ठको…

Read More

काठमाडौँ, २४ जेठ । एशियाली फुटबल महासङ्घ ९एएफसी० ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेलहरू चार महिनापछि गराउने प्रस्ताव अघि बढाएको छ । नेपालले खेल्ने उक्त खेलहरु आगामी अक्टोबर र नोभेम्बरमा गराउन एएफसीले विश्व फुटबल महासंघ (फिफा)लाई प्रस्ताव गरेको हो । यसअघि गत चैतमा अष्ट्रेलिया, चाइनिज ताईपेइ र जोर्डनसँग छनोट खेल घरेलु मैदानमा खेल्ने तय भए पनि कोरोना भाइरसका कारण स्थगित भएको थियोे । स्थगित खेल अक्टोबर ८ र १३ तथा नोभेम्बर १२ र १७ तारिखमा गर्न प्रस्ताव गरिएको एएफसीले जनाएको छ । विभिन्न देशका फुटबल संघसितको भिडियो बैठक पछि एएफसीले…

Read More

भद्रपुर, २४ जेठ । झापाको दमक नगरपालिका–२ स्थित हुम्सेदुम्से सामुदायिक वनभित्रको रिसोर्टमा काम गर्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सल्यान जिल्ला कालिमाटी गाउँपालिका–४ बस्ने २६ वर्षीय चित्रबहादुर ओली रहेका छन् । शुक्रबार दिउँसो रिसोर्टभित्र काम गर्ने क्रममा बा१क ८०९६ नंको जेसिबीले बिजुलीको तार छोइ करेन्ट लाग्दा उनी घाइते भएका थिए । घाइते ओलीलाई उपचारका लागि आम्दा अस्पताल दमक लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी जेसिबीका सहचालक हुन् । उनको शव आम्दा अस्पताल दमकमा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक साकारराज पन्तले जानकारी दिनुभयो ।

Read More

झापा, २४ जेठ । बन्दाबन्दीको पछिल्लो एक महिनामा विदेशी तथा स्वदेशीको लगानी रहने गरी उद्योगमा पौने तीन अर्ब लगानी भित्रिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एक महिनाका अवधिमा स्वदेशी चार र विदेशी ११ गरी १५ उद्योगमा रु दुई अर्ब ७४ करोड ९० लाख बराबरको लगानी स्वीकृत भएको छ । उद्योग विभागबाट ११ उद्योगमा रु ९२ करोड ७० लाख विदेशी लगानी र चार नयाँ उद्योगमा रु एक अर्ब ८२ करोड २० लाख स्वदेशी लगानी भित्रिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै लगानी चीनबाट भित्रिएको छ । चीनबाट सात उद्योगमा रु ७२ करोड ७०…

Read More

झापा, २३ जेठ । कोभिड–१९ को सङ्क्रमबाट निधन भएका व्यक्तिको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ का कारण मृत्यु भएका बिरामीको शव व्यवस्थानसम्बन्धी कार्यविधि–२०७६ पहिलो संशोधनमा मृत शरीरसँग सिधै सम्पर्कमा नआउने किसिमले धार्मिक विधि पूजापाठ, पानी छर्किनेजस्ता क्रियाकपाल गर्न केही समस्या नहुने जनाइएको छ । अन्त्येष्टि कार्यमा संलग्न सबैले नियमितरुपमा हात धुने, मास्क र पञ्जाको प्रयोग गर्नुपर्ने, बिरामीको परिवारले हेर्न चाहेमा मात्र खोली मृतकको अनुहार देखाउन सकिने र एक मिटरको दूरीमा बसेर हेर्न सकिने कार्यविधिमा उल्लेख गरिएको छ । यस्तै कार्यविधिमा मृतकले प्रयोग गरेका लत्ताकपडा तातोपानी र साबुनमा भिजाएर धुने र…

Read More

काठमाडौँ, २३ जेठ । आफूहरुसँग छलफल तथा परामर्श नै नगरि संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले नयाँ पर्यटन ऐन ल्याउन लागेको भन्दै पर्यटन व्यवसायसँग आवद्ध विभिन्न संघसंस्थाले जारी गरेको विज्ञप्तीप्रति मन्त्री योगेश भट्टराईले आश्चर्य व्यक्त गरेका छन् । पर्यटन व्यवसायसँग सम्वन्धित हान, टान, एनएमए, नाट्टा, नाटो, रेवानलगायतका संस्थाले गत मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै नयाँ पर्यटन ऐन बनाउने सिलसिलामा आफूहरुसँग कुनै परामर्स नगरिएको भन्दै ‘एकलौटी ढंगबाट नयाँ ऐन आएमा नमान्ने’ उल्लेख गरेका छन् । तर, मन्त्रालयले ऐन निर्माणका क्रममा गत पुस १८ मा अन्नपूर्ण होटलमा पर्यटन क्षेत्रसँग सम्बद्ध संगठनका प्रतिनिधि र पर्यटन क्षेत्रका विज्ञहरुलाई बोलाएर राय, सुझाव लिएको थियो ।…

Read More

द्रोण अधिकारीभद्रपुर, २३ जेठ । कुनै बेला नेपाली भएर जन्मेकोमा आत्माग्लानी गरेर सुख सुविधाको बाहनामा परदेश पस्नेहरू विपतमा मात्र जन्मभूमि स्वर्ग सम्झेर परदेश त्याग्न बाध्य हुनु पर्ने रहेछ । परदेशमा कमाएको पैसाले विपतमा काम नदिने अवस्था आएपछि त्यहाँको सुख सुविधा बेकार अनुभूति भएर जन्मभूमि फर्कन बाध्यता हुने कुरा विदेशबाट नेपाल आएकाहरू बताउन थालेका छन् । गोजीमा पैसा भए पनि परदेशमा किनेर खाने खाना समेत नपाएर सयौं किलो मिटर भोकै तिर्खै हिँडेर आफ्नो देशको सिमाना छेऊ आइपुगेका अधिकाम्स त्यहाँ पनि नराम्ररी ठगिएको सुनाउँछन् । नेपाल तथा भारतका ठगहरूले विभिन्न बाहनामा सुरक्षाकर्मीकै अगाडि ठग्ने गरेको दृश्यले उनीहरूको मन नराम्ररी कुँड्याएको छ ।…

Read More

झापा, २३ जेठ । कोरोना भाइरस कोभिड(१९ बाट आज शुक्रबार थप २ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कुल संक्रमितको संख्या २९ सय १२ पुगेको छ । संक्रमितहरुमा बिराटनगरमा गरिएको परिक्षणमा १५ जना, रुपन्देहीमा गरिएको परिक्षणमा २२ जना, हेटौडामा गरिएको परिक्षणमा ४ जना, गण्डकीमा गरिएको परिक्षणमा २ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १९ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा ११ जना, धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा २२ मा संक्रमण भेटिएको छ । कोशी अस्पतालमा गरिएको परिक्षणमा १० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ९७ जनामा संक्रमण भेटिएको छ…

Read More

झापा, २३ जेठ । कोभिड–१९ को सङ्क्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सुर्खेत घर भएका २८ वर्षका पुरुषको मृत्यु भएको हो । उनको यही जेठ २२ गते मृत्यु भएको हो । उनी यही जेठ ८ गतेदेखि क्वारेन्टिनमा बसेर जेठ २२ गते घर गएका थिए । उनीसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । यस्तै आज कोभिड–१९ को सङ्क्रमण आज एकैदिन २७८ मा देखिएको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाले आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २६७ पुरुष र ११ महिलामा सङ्क्रमण देखिएको बताउनुभयो ।…

Read More

झापा, २३ जेठ । अन्तराष्ट्रिय झपाली समाजले झापाका विभिन्न स्थानीय तहलाई कोरोना संक्रमितको परिक्षणका लागि आवश्यक पर्ने भिटिएम किट उपलब्ध गराएको छ । समाजका उपाध्यक्ष नवीन पोखरेल सहितको टोलीले अर्जुनधारासहित कनकाई ,विर्तामोड नगरपालिका र हल्दिवारी गाउँपालिकालाई एक÷एक सय किट उपलव्ध गराएको हो ।झापाली समाजले नगरपालिकामा थ्रोट स्वाब संकलनमा आवश्यक पर्ने भाइरल ट्रान्सपोर्ट मिडियम भिटिएम किट उपलब्ध गराएको थियो । समाजले झापाका १५ वटै स्थानीय तहलाई एक एक सय किट उपलव्ध गराउने समाजका उपाध्यक्ष पोखरेलले जानकारी दिए ।विपद्को यो क्षणमा विभिन्न मुलुकमा रहेका नेपाली दाजुभाईहरुले नेपाललाई सम्झिएर किट उपलव्ध गराउनु आफैंमा राम्रो भएको भन्दै अर्जुनधारा नगरप्रमुख हरिकुमार रानाले भने, अहिलेको यो…

Read More