
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २९ जेठ । राष्ट्रियसभाको आजको बैठकले ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराई उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा सो विधेयकमाथिको छलफलमा सांसदले उठाएका जिज्ञासाका जवाफमा संस्कृतिमन्त्री भट्टराईले कला, साहित्य र सिर्जना तथा स्रष्टाको अधिकार संरक्षण गर्ने ध्येयका साथ सरकारले तत्कालीन ‘प्रतिलिपि अधिकार ऐन’माथि संशोधन गर्न विधेयक ल्याएको स्पष्ट गर्नुभयो । उहाँले स्रष्टाको सिर्जना आफैँमा महत्वपूर्ण हुने भएकाले उनीहरुको अधिकार संरक्षण गर्नु र सम्मान प्रदान गर्न जरुरी रहेकामा जोड दिँदै भन्नुभयो, “नाम चलेका वा नचलेका स्रष्टा सबैलाई यो संशोधनले समेट्ने प्रयास…
झापा, २९ जेठ । विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको निर्णयअनुरुप सरोकारवालासँग बुधबार छलफल गरी नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान दिने तालिका मन्त्रालयले तय गरेको छ । नेपाल एयरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान…
भद्रपुर, २९ जेठ । नेपालको पूर्वी सीमानाका काँकडभिट्टाको प्रवेशद्वारस्थित मेचीपुलमा कलापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा राखिएको छ । नेपाल कम्युनिष्ट पार्टीको भातृ सङ्गठनका रूपमा रहेका राष्ट्रिय युवासङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको संयोजनमा आज सो स्थानमा नक्सा राखिएको हो । सो पुलको मुखमा १० फिट लम्बाइ तथा पाँच फिट चौडाइ भएको होडिङबोडमा नयाँ नक्सा प्रदेश नं १ का सांसदद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीको उपस्थितिमा राखिएको हो । सो अवसरमा सांसद बुढाथोकीले राष्ट्रियताका सवालमा सम्पूर्ण देशवासी एक ठाउँमा उभिएको बताउनुभयो । रासस
झापा, २९ जेठ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले सरकारले बन्दाबन्दी अवधिमा विद्युत् महसुलमा छुट दिने निर्णय गरेको भए पनि कार्यान्वयनमा नआएको भनी गुनासो गर्नुभएको छ । शून्य समयमा नेपाली कांग्रेसकी तारादेवी भट्टले गत चैत र वैशाखको कूल १५० युनिटसम्म २५ प्रतिशत छुट दिने निर्णय कार्यान्वयन नभएकामा आपत्ति जनाउनुभयो । “आफैँले गरेको निर्णय कार्यान्वयन नहुने यो सरकारको कस्तो निर्णय हो”, उहाँले भन्नुभयो । यस्तै नेपाल टेलिकमले ग्राहकलाई विभिन्न सेवामा छुट दिने भनेर गरिएको निर्णयसमेत कार्यान्वयन नभएकामा उहाँले रोष प्रकट गर्नुभयो । सोही दलकी अनिता देवकोटाले यही जेठ १० गते रुकुम –पश्चिम०को चौरजहारी, सोतीमा भएको घटना सेलाउन नपाउँदै सप्तरीमा एक महिलालाई बोक्सीको…
झापा, २९ जेठ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १९ हजार ४१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७४ लाख ५९ हजार ७१४ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार बिहीबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३७ लाख ७८ हजार ५३७ जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख ६२ हजार १६३ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ८८९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको…
भद्रपुर, २९ जेठ । निजी बैंक तथा वित्तीय संस्थाहरूले सरकारको निर्देशन विपरीत ऋण कारोबारी सदस्यहरूलाई छिटोभन्दा छिटो ऋण नतिरे धितो लिलाम गर्ने धम्की दिन थालेको गुनासो बढेको छ । झापा सदरमुकाम भद्रपुर—चन्द्रगढीमा सञ्चालित अधिकांश निजी बैंक तथा बित्तीय संस्थाहरूले ऋण कारोवार गर्ने सदस्यहरूलाई तिर्नु पर्ने मासिक व्याज, किस्ता नतिरे धितो लिलामी प्रकृयामा जाने धम्की दिन थालेको स्थानीय ऋण कारोवारीले गुनासो गरेका हुन् । व्यवसायिक कर्जा लिएका सयौं व्यक्तिहरूको व्यवसायिक कारोवार बन्द भएपछि चैत्र यता बैंक तथा वित्तीय संस्थाहरूको किस्ता र व्याज तिर्न नसकेपछि फोन तथा म्यासेज पठाएर ऋण तिर्न दावव दिन थालेका हुन् । सरकारले बन्दाबन्दीको समय अवधिभर वित्तीय संस्थासित…
सुनसरी, २९ जेठ । सुनसरी कोशी गाँउपालिका–३ स्थितमा बस्ने १६ बर्षीया अन्जिता उरावको लडेर मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे आफ्नै घरमा खाटमा बसि टिभी हेरिरहेको अवस्थामा अचानक खाटबाट लडी बेहोस भएकोमा उपचारार्थ लजादै गर्दा उनको सवाँ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, २९ जेठ । भारतबाट नेपालमा छिर्ने भनिएको सलह कीराको खतरा तत्कालका लागि टरेको कार्यदलले सुझाव दिएको छ । भारत हुँदै नेपालको पश्चिमी सीमाबाट सलह कीरा छिर्ने सम्भावना देखिएको हुनाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गठन गरेको प्राविधिक कार्यदलले बुझाएको प्रतिवेदनमा सो सुझाव उल्लेख छ । मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सलह कीराका लागि प्रतिकूल मौसम सुरु भएकाले नेपालमा तत्काल यसको प्रवेश नहुने निष्कर्ष निकालेको छ । सलह कीराको नेपाल प्रवेशबारे अध्ययन गर्न मन्त्रालयले गठन गरेको कार्यदलका संयोजक तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार नेपालमा मनसुनी वर्षा सुरु भएको हुनाले तत्काल सलह…
झापा, २९ जेठ । मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुृख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा विधेयक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सचिवकै कारण लामो समयदेखि अड्किएको छ । यो कानुन समयमा आउन नसक्दा मन्त्री ह«देश त्रिपाठी तथा सिंगो सरकारकै कार्यक्षमतामाथि प्रश्न सिर्जना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो विधेयक छिटोभन्दा छिटो पारित गराउने गरी भूमिका खेल्न मन्त्री त्रिपाठीलाई निर्देशन दिँदै आए पनि मन्त्री त्रिपाठीले भने प्रधानमन्त्रीको निर्देशनलाई अटेर गर्दै आइरहेका छन् । मन्त्री र सचिवले विभिन्न चलखेल गर्दै यसअगाडि भइसकेको सहमति उल्टाउन खोजेपछि विधेयक अगाडि बढ्न नसकेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मुख्य ‘बिजनेस’…
काठमाडौँ, २९ जेठ । अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक हरिबहादुर थापाले पदबाट राजीनामा दिएको विषय सञ्चारमाध्यममा चर्चामा छ । कर्मचारी र पत्रकारको तलब व्यवस्थापनले नदिएपछि राजीनामा दिएको अभिव्यक्ति थापाले दिएको विषयमा चर्चामा रहे पनि कारण भने फरक रहेको पाइएको छ । कांग्रेस निकट रहेका हरिबहादुरले कम्युनिष्ट निकट पत्रकारलाई हटाउने र कांग्रेस निकटलाई संरक्षण गर्ने गरेकाले अन्नपूर्ण भित्र आन्तरिक विवाद यसअघि देखिनै चर्किएको थियो । सोही कारणले उनको अन्नपूर्णको यात्रा सकिएको छ । आफूले चालेका कदममा थापा सफल नभएको र उनको अन्नपूर्णमा म्याद नथपिने पक्का भएपछि पत्रकार र कर्मचारीलाई तलब नदिएको बहाना बनाउँदै उनले राजीनामा दिएको व्यवस्थापन स्रोतको दाबी छ । लकडाउनका…