
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कास्की, २६ जेठ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोभिड–१९ एक सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचाररत स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज विज्ञप्ति जारी गरी पुष्टि गरेको हो । निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले यही जेठ २२ गतेदेखि अस्पतालको प्रि–आइसोलेसन कक्षमा उपचार गराइरहेका ती व्यक्तिको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार साँझ कोरोना पोजिटिभ देखिएपछि आइसोलेसन कक्षमा सारिएको थियो । उनी मिर्गौला, मधुमेहलगायतका रोगको बिरामी भएको बताइन्छ ।
झापा, २६ जेठ । कोरोना भाइरस ९कोभिड–१९० महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी९लकडाउन० सुरु गरेको ७६ दिनपछि आइतबार राजधानीमा केही चहलपहल बढेको छ । गत वर्ष चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरिएको हो । सरकारले बन्दाबन्दी खुकुलो पार्नेसम्बन्धी आधिकारिक निर्णय सार्वजनिक नगरे पनि आइतबार विभिन्न कामका लागि स्वतःस्फूर्त रूपमा घर बाहिर निस्कने सर्वसाधारणको चहलपहल देखियो । गृह मन्त्रालयले बन्दाबन्दी खुकुलो पार्ने सम्बन्धमा कुनै निर्णय भइनसकेको अवस्थामा सर्वसाधारण आफूखुसी सडकमा निस्कँदा कोरोनाको जोखिम बढ्दै जाने चेतावनी दिएको छ । गृह प्रवक्ता केदारनाथ शर्माले यस विषयमा निर्णय भइसकेको छैन, सङ्क्रमण बढ्न सक्छ भने । काठमाडौँ उपत्यकाको सडकमा यातायातका सवारी साधनको बाक्लो…
अमित संग्रौलाबिदेशबाट फर्केकालाई दुर्ववहार गर्ने भेदभाव गर्ने गरेको सुन्नमा आएको देखिन्छ । यो अमानवीय कार्य हो । संक्रमण जो कोहि लाई पनि हुन हुन्छ । यस्तो अवस्थामा सचेत हुन जरुरी छ । जनचेतना अभिवृद्धि गर्न आवस्यक छ ।छि छि गरेर दुर्ववहार गर्नेगरेको पाइन्छ जसले गर्दा सामाजिक सद्भाव खलबलिने गर्दछ । कोभिड १९ कोरोना भाइरस जसलाई पनि हुन सक्ने भएकोले यो सरि हाल्छ भन्ने यथार्थ गलत हो तर सचेत र सुरक्षाको उपाय अपनाउन चै जरुरी छ ।गाउँ घरमा कोहि बिदेशबाट आए भने यो मानसिक हटाउन जरुरी देखिन्छ ।हामीले विदेशबाट मानिसहरु घर आए भनेर त्रसित हुनुपर्ने कारण केही छैन । तर अहिले…
झापा, २६ जेठ । पछिल्लो समय कोरोना भाइरसले दुई महिनाको शिशुलाई पनि सङ्क्रमित बनाएको छ । यस्तै कोरोना सङ्क्रमित आमाबाट भर्खर जन्मिएको शिशुमा भने कोरोना देखिएको छैन । धुलिखेल अस्पतालमा सुत्केरी भएकी र पछि कोरोना सङ्क्रमण देखिएपछि महिलाको मृत्यु भयो तर शिशुमा कोरोना देखिएन । के शिशुलाई कोरोना सर्दैन ? शिशुको रोग प्रतिरोधात्मक क्षमता धेरै हुन्छ रु यिनै विषयमा परोपकार, प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा कार्यरत प्रमुख बालरोग विशेषज्ञ डा। कल्पना उपाध्याय सुवेदीसँग कुरा गरिएको छ । उनका भनाइ यस प्रकार छन्ः कोरोना भाइरस शिशुलाई नलाग्ने भन्ने हुँदैन । कोभिड–१९ रोग नयाँ भएकाले यसको अनुसन्धान कम भएको छ ।…
झापा, २६ जेठ । झापाको अर्जुनधारामा दुई जना कोरोना संक्रमित फेला परेका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । अर्जुनधारास्थित शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्वारेन्टाइमा रहेका ५२ जनामध्ये ४४ जनाको स्वाब संकलन गरी कोरोना भाइरस परीक्षणका लागि पठाइएको थियो । क्वारेन्टाइनमा शनिबार ६ जना थपिएर ५८ जना छन् । कोरोना पुष्टि भएपछि ती युवालाई थप उपचारका लागि गोठगाउँस्थित आइसोलेसनमा लैजाने तयारी गरिएको छ । दिल्लीबाट पाँच दिनअघि पूर्वी नाका काँकरभिट्टाहुँदै उनीहरु आएका थिए । दिल्लीबाट बाघडोग्रा एयरपोर्टहुँदै पानीटंकीबाट…
झापा, २६ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाका कारण बजारमा परेको प्रभावलाई न्यून गर्दै आर्थिक क्रियाकलाप अगाडि बढाउनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “कतिपय अवस्थामा बजार र उत्पादन शिथिल हुँदा शेयर बजारमा पनि प्रभाव परेको हुन सक्छ, तर यो सबै अल्पकालीन हो । कोरोनालाई जित्न सकिन्छ । अब कोरोनासँगै आर्थिक क्रियाकलाप पनि अघि बढाउनुपर्छ ।” नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सवलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उहाँले कोरोनासँग जुध्दै आर्थिक गतिविधि अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले अहिलको पहिलो सर्त जीवन रक्षा भए पनि त्यससँगै आर्थिक क्रियाकलापमा अघि बढाउनुपर्ने र उद्योगसमेत क्रमशः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले बोर्डले पनि अब कारोवार अघि…
झापा, २६ जेठ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक कागजपत्र बुझाएको छ । सो पार्टीले दल दर्ताका लागि आज आयोगलाई निवेदनसहित दलको आवश्यक कागजात बुझाएको हो । जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ भएको नेता केशव झाले जानकारी दिनुभयो । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुको घोषणा गरिएको छ । सो पार्टीको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहनुभएको छ । डा बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतोलाई वरिष्ठ नेताका रुपमा हुनुहुन्छ । दल दर्ताका लागि जनता समाजवादीका नेताहरु ठाकुर, यादव, डा…
काठमाडौं, २६ जेठ । नेपाल र भारतबीच सीमाको विषयलाई लिएर औपचारिक संवाद हुन सकेको छैन । नेपालको कूटनीतिक रुपमा ताकेता गरे पनि भारतले चासो देखाएको छैन । औपचारिक तहमा दुई पक्षीय वार्ताको तिथि तोक्न पहिले अनौपचारिक संवाद आवश्यक रहने परराष्ट्र अधिकारीको दाबी छ । यो संवादहीनताको अवस्था लामो समय रहे दुई पक्षीय सम्बन्ध थप जटिलतातर्फ जाने ती अधिकारीले बताए । भारतले नेपाली भूभाग हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक एकतर्फी रुपमा निर्माण गरेपछि नेपालले जेठ ७ मा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्यो ।
झापा, २५ जेठ । नेपालमा आज एकै दिन १०२ कोभिड–१९ का सङ्क्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म ४६७ जनाले कोभिड–१९ लाई जितेका छन् । कोभिड–१९ का सङ्क्रमित दिनहँु बढिरहे पनि निको भएर घर फर्कनेका सङ्ख्या पनि क्रमिक रुपमा बढ्दै गएको छ । शनिबार ३२ जनाको कोभिड–१९ जितेर घर फर्केका थिए भने त्यसअघि शुक्रबार एकै दिन ४३ जनाले सङ्क्रमण जितेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले आज विभिन्न अस्पतालबाट १०२ जना डिस्चार्ज भएका जानकारी दिनुभयो । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा देवकोटाले आज डिस्चार्जमध्ये दुई महिला र १०० पुरुष रहेको बताउनुभयो । अहिलेसम्म डिस्चार्ज हुनेको…
विराटनगर, २५ जेठ । प्रदेश नं १ को प्रदेशसभामा प्रदेश सरकारका तर्फबाट प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि आजदेखि सभासदहरुले बोल्ने क्रम आजदेखि शुरु भयो । नीति तथा कार्यक्रममाथिको छलफलमा सत्ता पक्षले सभासदहरुले सरकारले ल्याएका कार्यक्रमहरुको पक्षमा र प्रतिपक्षका सभासदहरुले विपक्षमा आफ्ना धारणा राख्नुभयो । प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले नीति तथा कार्यक्रम समाजवादउन्मुख भए पनि मजदूरको पक्षमा नीति तथा कार्यक्रम उत्साहजनक नरहेको टिप्पणी गर्नुभयो । सदस्य उमीता विकले नीति तथा कार्यक्रम राम्रो भए पनि दलित महिलालाई सशक्तीकरण गर्न विधेयकमा संशोधन गर्न कार्यक्रममा समावेश भएकाले सरकारलाई धन्यवाद दिनुभयो । सदस्य प्रतापप्रकाश हाङ्गामले मुलुकको अर्थतन्त्रलाई सबल र सक्षम बनाउन स्वदेशी उत्पादनका वस्तुहरु उपभोग…