झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

इलाम, २४ जेठ । पूर्वी पहाडको पहिलो रामसार क्षेत्र इलामको माईपाखेरीमा पर्यटन पूर्वाधार निर्माणको कामले तीव्रता पाएको छ । माईपोखरीलाई सन् २००८ मा विश्व रामसार सूचीमा सूचीकृत गरिएको थियो । रामसार क्षेत्रमा सूचीकृत भएपछि पाँच वर्षे गुरुयोजना बनाइए पनि आर्थिक स्रोत अभावले कार्यान्वयन हुन सकेको थिएन । सङ्घीय सरकारले घुम्नैपर्ने सय पर्यटकीयस्थलमा घोषणा गरी पूर्वाधार र संरक्षणको कामका लागि बजेट प्रदान गरेसँगै अहिले पर्यटन पूर्वाधार र संरक्षणका काम धमाधम भइरहेका हुन् । सदरमुकाम इलाम बजारबाट १३ किलोमिटर यात्रामा पुगिने माईपोखरी क्षेत्रमा अहिले पर्यटकको आकर्षण केन्द्र बनाउन पूर्वाधार निर्माण र जैविक विविधताको संरक्षणको काम गरिँदै आएको हो । सन्दकपुर गाउँपालिकाले माईपोखरीलाई…

Read More

मेचीनगर, २४ जेठ । झापाको मेचीनगर–१० गोलबारीस्थित पूर्वपश्चिम राजमार्गको हडिया पुलको पूर्वदक्षिणी भाग भत्किएको छ । पुलको एक छेउमा दुई मिटर धाजा फाटेर रेलिङ कोल्टे परेको छ । धाजा फाटेको भाग बढ्दै गएको हुँदा बेलैमा मर्मतसम्भार नगरिए राजमार्गको आवागमनमा अवरोध पुग्नसक्ने जोखिम छ । स्थानीयवासी टिकेन्द्र खनालले पुल भत्किन लागेको जानकारी सडक विभागलाई सात महिनाअघि नै गराइएको बताउनुभयो । सो पुल ५७ दशमलब ५० मिटर लामो छ । भत्किएको स्थान जनाउने कुनै सङ्केत पनि राखिएको छैन । पाँच वर्षअघि सोही वडाको लालपानीस्थित पूर्वपश्चिम राजमार्गकै ढुकुरे पुल र विर्तामोडस्थित नयाँ बसपार्कको कल्भर्ट यसरी नै भत्किँदा लामो समय राजमार्ग अवरुद्ध भएको थियो…

Read More

बिर्तामोड, २४ जेठ । निर्माण व्यवसायी संघ झापाले कोरोना परीक्षण प्रयोगशाला (पीसीआर ल्याब) निर्माणका लागि एक लाख एक हजार रुपैयाँ प्रदान गरेको छ । संघले आज बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच पीसीआर ल्याब सञ्चालनका लागि ‘एकका लागि एक अभियान’लाई एक लाख एक हजार रुपैयाँ प्रदान गरेको हो । संघका अध्यक्ष मिलन बस्नेतले झापामा पीसीआर ल्याबको आवश्यकता टड्कारो रुपमा देखिएकाले त्यसका लागि संघको तर्फबाट सहयोग गरेको बताए । ‘पीसीआर ल्याबका लागि केही व्यवसायी साथीहरुले सहयोग गर्नुभएको छ’, उहाँले भन्नुभयो । मोरङको कोशी अञ्चल अस्पताल र सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गरिएको पीसीआर ल्याबबाट प्रदेश १ मा कोरोना परीक्षण हुँदै…

Read More

झापा, २४ जेठ । झापामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै यहाँ संक्रमितको संख्या ११३ पुगेको छ । शुक्रबार गौरादह, गौरीगञ्ज र कचनकवलमा १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । धरान र विराटनगरमा गरिएको प्रयोगशाला परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । गौरादह र गौरीगञ्जमा दुई जना र कचनकवल गाउँपालिकामा १० जना संक्रमित फेला परेका हुन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा गौरादहका २० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यसैगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गौरीगञ्जका ३५ वर्षीय पुरुषमा पनि…

Read More

मोरङ, २४ जेठ । सुनसरी बर्जु–१४ का ४० बर्षीय मनोज कुमार माझीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । हिजो बेलुका ८ बजे मोरङ बुढिगंगा गोकुवा चोक राजमार्गमा को२ च २८८२ नम्बरको ऐम्बुलेन्सले साइकल यात्री माझीलाई ठक्कर दिदा गम्भीर घाइते भएकोमा बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा उनको पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक प्रेम राजबंशी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

ताप्लेजुङ, २४ जेठ । ताप्लेजुङ फुङलिङ–९ स्थितमा गोरु काट्ने दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोहि स्थानका ३८ बर्षीय अर्जुन गुरुङ र ४५ बर्षीय खेमराज गुरुङ रहेका छन । उनीहरुलाई गोरु काटिरहेको अवस्थामा हिजो बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Read More

झापा, २४ जेठ । लकडाउनले दाल, चामल, मैदा, तेललगायत खाद्य सामाग्रीको मूल्य आकासिएको छ । खाद्यान्नको कृत्रिम अभाव सिर्जना गरी बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरिएको छ । कतिपय बिक्रेताले लकडाउनलाई पैसा कमाउने अवसरका रुपमा प्रयोग गर्दा बजारमा समस्या देखिन थालेको हो । लकडाउन जारी रहँदा तरकारीको मूल्य घटे पनि खाद्यान्न र फलफूलको मूल्य बढेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

झापा, २४ जेठ । सरकारले क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको आरटीपीसीआर परीक्षण नगर्ने भएको छ । तर, विज्ञहरूले भने भरपर्दो र विश्वसनीय भएकाले पीसीआर परीक्षण गर्नुपर्ने सुझाव दिँदै आएका छन् । तर, सरकारले उनीहरूको सुझावलाई बेवास्ता गरेको छ । विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरस पहिचानका लागि आरटीपीसीआर विधि नै उपयुक्त भएको बताए पनि क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको आरटीपीसीआर परीक्षण नगर्ने योजनामा सरकार पुगेको हो । जसका कारण संक्रमणको दर अत्यधिक बढ्ने खतरा देखिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस पहिचानका लागि आरडीटी कीट प्रयोग नगर्न पटक पटक भन्दै आएको छ । तर, संक्रमणको स्रोत नै मानिएका क्वारेन्टिनमा…

Read More

झापा, २४ जेठ । हतार–हतारमा एकीकरण गरिएको जनता समाजवादी पार्टी (जसपा) ले नेतृत्व चयन गर्न नसक्दा विवाद बढ्दै गएको छ । विवादकै कारण पार्टी स्ुस्त बन्न थालेको छ । पार्टी एकीकरण भएको डेढ महिना बिते पनि नेतृत्वको टुंगो अझै लाग्न सकेको छैन । नेतृत्व टुंगो लगाउन विगत डेढ महिनामा पटक पटक आन्तरिक बैठक भए पनि नेताहरु आफ्नो अडानबाट टसमस नभएपछि विवाद सतहमै आउन थालेको हो । गत १० वैशाखमा तत्कालीन राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएको थियो । पार्टी एकीकरण गरी त्यसको भोलिपल्ट निर्वाचन आयोगलाई जानकारी दिइएको थियो । निर्वाचन आयोगमा पार्टी एकीकरणका लागि निवेदन दिएको…

Read More

जाजरकोट, २४ जेठ । पश्चिम रुकुमको सोती घटनामा मारिएका सबै युवाको शव क्षतविक्षत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ । शवको प्रकृति हेर्दा उनीहरूलाई हत्या गरेर वा गम्भीर घाइते बनाएर भेरी नदीमा फालिदिएको हुन सक्ने प्रत्यक्षदर्शीले जनाएका छन् । प्रत्यक्षदर्शीको भनाइकै आधारमा सामूहिक हत्याकाण्ड घटाइएको हुन सक्ने आशंका गरिएको छ । घटनापछि बेपत्ता भएका उनीहरूको खोजतलास गर्दा भेरी नदीमा ६ जनाकै शव घाइते र विभिन्न अंगमा गम्भीर चोट लागेको अवस्थामा फेला परेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका रुपमा हेरिएको सोती घटनामा जाजरकोटका ६ युवाको अकल्पनीय मृत्यु भएको छ । भेरी नगरपालिका–४ का नवराज विक, सन्दीप विक गणेश बुढा, वडा–११…

Read More