
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २२ जेठ । बन्दाबन्दी शुरु हुनुभन्दा हप्ता दिनअघि नै ९३ हजार बढीको पूर्वीनाकामा स्वास्थ्य परीक्षण गर्न सफल झापाको मेचीनगर नगरपालिकाले नगरमै प्राइमरी आइसोलेसन बनाउने तयारी गरेको छ । नगरमै प्राइमरी आइसोलेसन बनाउन तयारी गर्ने प्रदेश नं १ मै मेचीनगर पहिलो नगरपालिका हो । नगरपालिकाको वडा नं ११ मा रहेको धाइनजन स्वास्थ्यचौकीमा ३० श्ययाको आइसोलेसनकक्ष बनाउने तयारी गरिरहेको छ । यसअघि सो स्वास्थ्यचौकीलाई क्वारेन्टिन बनाएर भारतलगायत तेस्रो देशबाट आएका नगरवासीलाई राखिएको नगरप्रमुख विमल आचार्यले बताउनुभयो । उहाँले दिनादिनु भारतबाट आउने नेपालीको सङ्ख्या बढ्दै गएको र कचनकवल गाउँपालिकाबाट लगिएको १७ बिरामीलाई केही दिनअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ष्ठानले रातभर अस्पतालको गेट…
भद्रपुर, २२ जेठ । भारतमा सार्वजनिक यातायात सञ्चालन भएसँगै काँकडभिट्टा नाकाबाट दैनिक सयौँ नेपाली स्वदेश प्रवेश गरिरहेका छन् । भारतका विभिन्न स्थानमा रोजगारीमा गएकाहरु रेल, बस र हवाईजहाजको माध्यमबाट सीमासम्म आइपुगेकाले उनीहरुलाई सुरक्षितरूपमा उद्धार गरेर मेचीनगर नगरपालिकाले सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सम्बन्धित जिल्लासम्म पठाउने काम गरिरहेको नगरप्रमुख विमल आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउन भइसकेपछि सीमा क्षेत्रमा अलपत्र हुनुभएका नेपालीलाई उद्धार गरी गन्तव्यसम्म सुरक्षितरूपमा पु¥याउनु हाम्रो दायित्व हो । काँकडभिट्टा नाकाबाट यति धेरै नेपाली आउनु भयो कि उहाँहरुलाई राख्न होल्डिङ सेन्टर बनाउनुप¥यो ।” उहाँले उनीहरुलाई आ–आफ्नो प्रदेश र जिल्लासम्म पुग्नका लागि यातायातको साधनलाई सवारी पाससहित व्यवस्था गरेको बताउनुभयो । सो…
झापा, २२ जेठ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले सामाजिक दूरी कायम राखेर आजदेखि देशैभरका पसल खोल्ने भएको छ । महासङ्घले बुधबार साँझ एक विज्ञप्ति जारी गरी ७२ दिनदेखि जारी बन्दाबन्दीका कारण उद्योग तथा व्यवसाय ठप्प हुँदा घरभाडा, बैंकको किस्ता, कर्मचारीको तलब भुक्तानीमा समस्या परेको भन्दै आजदेखि दैशैभरका उद्योग तथा पसल खोल्ने निर्णय गरेको हो । महासङ्घका अध्यक्ष नरेश कटुवालले मुलुकमा जारी बन्दाबन्दी खोल्नेबारे सरकारले अहिलेसम्म कुनै तदारुकता नदेखाएकाले उद्योगी व्यवसायी व्यवसायबाट पलायन र रोजीरोटी गुम्ने खतरालाई मध्यनजर गर्दै पसल खोल्ने निर्णय गरेको जानकारी दिनुभयो । “बन्दाबन्दीका कारण समस्यामा परेका उद्योगी व्यवसायीलाई सरकारले कर तिर्न ताकेता गरिरहेकाले हामी बाध्य भएर पसल…
रवीन्द्र काफ्ले फिदिम, २२ जेठ । बन्दाबन्दी लम्बिँदै जाँदा यसको निरन्तरता र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक सहयोग पु¥याउन यहाँका सुरक्षा निकायका प्रमुखहरुले जनप्रतिनिधिसमक्ष आग्रह गरेका छन् । जिल्लामा सदरमुकाम फिदिमसहितका मुख्य बजारमा मानवीय चहलपहल क्रमशः बढ्दै गएपछि सर्वसाधारणमा सङ्क्रमण फैलन त्रास बढिरहेको छ तर वित्तीय संस्था, निर्माण क्षेत्र, खाद्यान्नलगायतको निर्वाध सञ्चालनमा छन् । सुरक्षा निकायका प्रमुखहरुले स्थानीय तहले बन्दाबन्दीको कार्यान्वयनमा अगुवाइ गर्नुपर्नेमा जोड दिएका छन् । प्रहरी नायब उपरीक्षक शिद्धराज न्यौपाने ठूला व्यवसायीलाई व्यवसाय सञ्चालनमा छुट दिइएको आमगुनासो सम्बोधन गर्न जनप्रतिनिधिको विशेष भूमिका हुनुपर्ने औँल्याउनुहुन्छ । “ठूला व्यवसाय भनेकै खाद्यान्न र निर्माण क्षेत्र छन् । यी व्यवसाय निर्वाध सञ्चालन भएपछि…
तेह्रथुम, २२ जेठ । आठराइ गाउँपालिकाका–२ जनामा बुधबार कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । आठराई गाउँपालिका–४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा कोरोना भाइरस पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिनुभयो । उनीहरुसहित अन्य १९ जनाको गत जेठ १६ गते स्वाब सङ्कलन गरी विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा परीक्षणका लागि पठाइएको थियो । अन्यको टिपोर्ट आउन बाँकी रहेको प्रजिअ न्यौपानेले जानकारी दिनुभयो । कोरोना पोजेटिभ देखिएकी युवती गत जेठ १३ गते भारतबाट कपिलवस्तु नाका हुँदै तेह्रथुम आएकी हुन् । उनी छ महिनाको गर्भवती रहेको प्रशासनले जनाएको छ…
झापा, २२ जेठ । लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि लगातार लकडाउन गर्दै सवारीसाधन चलाउन तथा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कनसमेत प्रतिबन्ध गर्दै आएपछि पछिल्लो दिनमा सर्वसाधारण समस्यामा पर्न थालेका छन् । जनस्तरबाट लकडाउनको मोडालिटी परिवर्तन गरिनुपर्ने चर्को आवाज उठ्न थालेसँगै सरकारले तहगत रूपमा लकडाउन खुकुलो बनाउने तयारी थालेको हो । त्यसको तयारीस्वरूप प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले लकडाउनको विकल्पबारे राय लिएका थिए । आजको राजधानी दैनिकमा खबर छ…
झापा, २२ जेठ । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले १० अर्ब रुपैयाँ खर्च गरिसकेको जनाएको छ । कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा यो रकम खर्च भएको सरकारको भनाइ छ । यो रकम केन्द्र एउटैले मात्र गरेको खर्च विवरण भने होइन। केन्द्र, प्रदेश र स्थानीय सरकारबाट ४ महिनायता भएको खर्चको एकमुष्ट विवरण हो । खर्च भएको रकममध्ये केन्द्रीय सरकारबाट ६ अर्ब ३ करोड, सातै वटा प्रदेश सरकारबाट १ अर्ब ८ करोड र स्थानीय तहबाट २ अर्ब ७६ करोड रुपैयाँ रहेको जनाइएको छ । केही स्थानीय तहले गरेको खर्च विवरण केन्द्रमा आइनपुगेकाले यो खर्चमा नजोडिएको पनि…
झापा, २२ जेठ । सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । कोरोना भाइरस संक्रमितको संख्या २ हजार नाघेसँगै सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने रणनीति बनाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘कोभिड–१९ स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजना’ मा २ हजार सक्रिय केस पुगेपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्न सकिने उल्लेख छ । स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य संकटकाल घोषणा सम्बन्धमा छलफल गर्दै आएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले गत ११ चैतदेखि लकडाउन गर्दै आएको छ । बुधबारसम्म संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलले स्वास्थ्य संकटकालका विषयमा छलफल भइरहेको…
काठमाडौं, २२ जेठ । संविधान संशोधन विधेयक दर्ता भएसँगै जेठ १८ गते सदनमा पेस भइसकेको छ । पेस भएको विधेयक प्रतिनिधि सभा नियमावली अनुसार सर्वसाधारणको जानकारीका लागि प्रकाशन भइसकेको छ । नेपाल राजपत्रमा पनि सूचना प्रकाशित भइसकेको छ । नियमावली अनुसार प्रकाशनको सात दिनपछि अब विधेयक सात दिनपछि बस्ने कुनै पनि बैठकमा सैद्धान्तिक छलफलका लागि पेस हुन सक्नेछ । सैद्धान्तिक छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव अघि बढ्न सक्नेछ । अर्थात् विधेयकमाथि संशोधनको चरण सुरु हुनेछ । संशोधनका क्रममा जुन धारा संशोधनका लागि ल्याइएको हो, त्यसमा मात्र संशोधन दर्ता हुनेछ । नियमावली अनुसार यसरी संशोधन गर्न पाउने समय ७२ घण्टाको…
झापा, २२ जेठ । कोरोना भाइरसको संक्रमणबाट देश र जनतालाई जोगाउन सम्पूर्ण ध्यान केन्द्रित गर्नुको साटो सरकारको ध्यान अन्यत्र जाँदा मुलुक रोग र भोकको चपेटामा फस्दै गएको छ। लकडाउन सुरु भएको साढे दुई महिना हुन लाग्दा भाइरस संक्रमण देशभरि फैलिने अवस्थामा पुगेको छ। सरकार साढे दुई महिनाको समय कोरोनाविरुद्ध लड्ने थप तयारीमा प्रयोग गर्न चुकेको छ। महामारीका कारण आउनसक्ने संकटलाई ध्यानमा राखेर आवश्यक स्वास्थ्य सामग्रीको जोहो गर्नेलगायतको तयारीमा ध्यान दिन सरकार असफल भएको हो। केही दिनयता संक्रमण तीव्र गतिमा बढेसँगै आइसोलेसन वार्ड अभाव हुन थालेको छ, क्वारेन्टिनको अवस्था दयनीय छ। पछिल्लो समय क्वारेन्टिन नै रोग सर्ने स्थान बन्ने त होइन…