
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउने विषयमा आज विज्ञहरुसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्रीसहित उच्च अधिकारी एवं अर्थ र स्वास्थ्यविज्ञ तथा सामाजिक अभियानकर्मी सहभागी रहनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । सरकारले यही जेठ ३२ गतेसम्म बन्दाबन्दी कायम गरेको र यहीबीचमा भारतलगायत तेस्रो मुलुकमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने योजना सार्वजनिक गरेको छ । आर्थिक र सामाजिक गतिविधिलाई क्रमशः सञ्चालन गराउनुपर्ने दबाब पनि सरकारलाई बढेको छ । कोरोना सङ्क्रमित दुई हजार नाघेका अवस्थामा सीमित स्रोतसाधनमा…
काठमाडौँ, २१ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यही जेठ २५ गतेभित्र कर तिर्न निर्धारित समयावधि तत्काल फिर्ता गरेर स्थिति मूल्यांकनका साथ संवादमार्फत समयावधि थप गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले आज वक्तव्यमार्फत करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सहजीकरण गर्ने कर्तव्य र जिम्मेवारी सरकारको भएको बताउनुभएको छ । आन्तरिक राजस्व विभागमार्फत नेपाल सरकारले जेठ २५ गतेभित्र विभिन्न कर चुक्ता गर्न ताकेता गरेको जनाइएको छ । “व्यवसायीहरुले भोग्नु परेको व्यावसायिक जटिलतालाई सहजीकरण गर्न आवश्यक नीतिनिर्माण गर्ने र राहतको विविध योजना ल्याउने दायित्व सरकारको थियोे । प्रतिपक्षको पटकपटकको आग्रहका बाबजुद राहतको न्यायोचित प्रबन्ध गर्न सरकार बिलकुल गम्भीर भएन तर बन्दाबन्दी…
द्रोण अधिकारीभद्रपुर, २१ जेठ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण समुदायमा फैलन नदिन विदेशबाट आएकाहरुलाई राख्न निर्माण गरिएको भद्रपुरस्थित मेची क्याम्पस भवनका होल्डिङ हाउस उत्कृष्ट व्यवस्थापनका कारण सुरक्षित आश्रयस्थल बनिएका छन् । नेपाली सेनाको सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारीमा रहेका होल्डिङ हाउसहरू पूर्ण रूपमा रोग संक्रमण जोखिम मुक्त बन्न सफल भएका हुन् । झापाकै सुविधा सम्पन्न होल्डिङ हाउसको अवधारणा लिएर सेनाले सञ्चालन जिम्मा लिएको सो क्षेत्रमा सुरक्षा पोस्ट, भान्साघर, होल्डिङ एरिया जस्ता पक्षका लागि फरक–फरक आवागमन, अत्यन्त सम्वेदनशील सुरक्षण विधिबाट सरसफाई जस्ता आधारभूत कार्यलाई व्यवस्थापन पक्षले विशेष जोड दिएको छ । त्यस्तै, त्यहाँ बस्न आइपुगेका व्यक्तिहरूलाई इन्टरनेटको प्रबन्ध, व्यक्तिगत सरसफाइका लागि सुरक्षित शौचालय…
बिर्तामोड, २१ जेठ । एकका लागि एक अभियानलाई बिर्तामोडको पूर्वेली युवा क्लब र गौरादह उद्योग वाणिज्य संघले नगद सहयोग गरेका छन् । बुधबार अभियानको बैठकमा पूर्वेलीले नगद ५१ हजार र संघले नगद ४० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । पूर्वेलीका अध्यक्ष मनोज बुढाथोकी, उपाध्यक्ष कुशल खतिवडा र पूर्वअध्यक्ष रमेश चौधरी तथा संघका अध्यक्ष जीतबहादुर कार्की र वरिष्ठ उपाध्यक्ष भूपाल कटवालले अभियानलाई सहयोग रकम दिएका थिए । अभियानको कोषमा यो रकमबाहेक हालसम्म ५७ लाख ४१ हजार ९२९ रुपैयाँ जम्मा भइसकेको छ । अभियानलाई देश तथा विदेशमा रहका ५२ वटा संघसंस्था र ६२१ जना व्यक्तिले आर्थिक सहयोग गरेका छन् । अभियानको कोषमा…
झापा, २१ जेठ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३०० पुगेको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको हो । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २०९९ रहेको थियो । यस्तै बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ । यस्तै हालसम्म ८ जनाको मृत्यु भएको छ ।
बिर्तामोड, २१ जेठ । ‘एकका लागि एक’ अभियानले झापामा कोभिड १९ को संक्रमण परीक्षण गर्न प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ । बुधबार बिर्तामोडमा बसेको अभियानका साझेदार संस्थाको बैठकले जिल्लामा पिसिआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । नेपाल सरकारको सहयोग र समन्वयमा प्रयोगशाला स्थापना गरी परीक्षणको दायरा बढाउन अभियानले काम सुरु गर्ने भएको हो । प्रयोगशाला स्थापना गर्न करिब एक करोड १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यसका लागि अभियानले संघसंस्था र व्यक्तिलाई सहयोगको अपिल पनि गरेको सहसंयोजक विनोद बस्नेतले बताए । देशविदेशबाट अभियानलाई सहयोग प्राप्त भइरहे पनि प्रयोगशालाका लागि थप सहयोग…
संखुवासभा, २१ जेठ । संखुवासभाको खाँदवारी नगरपालिका–८ बस्ने दिपक राईको ८ बर्षीया छोरी कोरीना राईको सभाखोलाले बगाएर मृत्यु भएको छ । आज दिउँसो सवा १२ बजेको समयमा दुबै बुबा छोरी दोभानटार तर्फ जाँदै गर्दा बाटोमा पर्ने सभाखोला तर्ने क्रममा अचानक दुबै जना खोलामा लडेर दुवै जनालाई बगाउँदा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बुबा दिपक राई भने पौडिएर निस्कन सफल भएको तथा बालिकालाई बगाएको स्थान भन्दा करिव साँढे १ किलोमिटर तल मृत अवस्थमा फेला पारिएको साथै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
बिर्तामोड, २१ जेठ । बिर्तामोड नगरपालिकाद्वारा २०७४ सालदेखि सुरु गरिएको नगरप्रमुख पकेट ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तरगत वितरित समूहले अर्को समूहलाई बाख्रा फिर्ता गरेको छ । सो कार्यक्रमले बिर्तामोड नगरपालिकाका कृषि समूहहरुलाई अनुदान स्वरुप बाख्रा बितरण गरेको थियो । सो समयमा बितरण गरिएको एउटा समूह बिर्तामोड ९ स्थित नव नमूना बाख्रा पालन समूहले यसरी अर्को समूहलाई बाख्रा फिर्ता गरेको पशु शाखा प्रमुख साबित्राकुमारी दाहालले बताउनुभयो । नगरपालिकाले प्रत्येक समूहका १५ जनालाई ३ बटाका दरले बाख्रा प्रदान गरेको थियो । सो कार्यक्रममा नव नमूना बाख्रा पालन समूहकी अध्यक्ष कमला थापाले आफूहरुले नगरपालिकाको नीति बमोजिम यसरी बाख्रा पाठा फिर्ता गरेको बताउनु भएको…
झापा, २१ जेठ । कोभिड–१९ को सङ्क्रमण ६१ जिल्लामा देखिएको छ । प्यूठानमा एक र पर्वतमा सातजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको जिल्ला ६१ पुगेको हो । कोभिड–१९ को सङ्क्रमण मंगलबार एकै दिन २८८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा २७० पुरुष र १८ महिलामा सङ्क्रमण देखिएको हो । आज देखिएको सङ्क्रमण अहिलेसम्मको बढी हो । यसअघि सोमबार २३९, गत शनिवार १८९ र गत शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो । योसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार ९९ पुगेको छ । तीमध्ये पुरुष एक हजार ९४९ र…
ताप्लेजुङ, २१ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु दुई लाख घुससहित ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ रु दुई लाख घुससहित रङ्गेहात पक्राउ गरिएको हो । उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो । सोहीअनुसार अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट रु एक÷एक लाख घुस लिँदै गर्दा रङ्गेहात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौँ पठाइने बताइएको छ । अख्तियारका…