झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २० जेठ । नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आजको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । नयाँ संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ । यस्तै उनले थप ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएको पनि जानकारी दिए । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किएको संख्या २६६ पुगेको छ । यस्तै हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ ।

Read More

झापा, २० जेठ । असार १ गतेदेखि वैकल्पिक विधिबाट विद्यालयको पठनपाठन सुरु गर्ने गरी शिक्षा मन्त्रालयले नयाँ निर्देशिका ल्याएको छ । ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ हालै शिक्षा मन्त्रालयले स्वीकृत गरेको हो । निर्देशिकामा विद्यार्थीको पाँच तहमा वर्गीकरण गरी विभिन्न वैकल्पिक माध्यमबाट पढाइ गरिने उल्लेख छ । जसअन्तर्गत अनलाइन, टेलिभिजन, दूर शिक्षा लगायत वैकल्पिक विधिबाट पढाइ गरिने बताइएको छ । कम्प्युटर तथा अनलाइनको पहुँच नपुगेका विद्यार्थीलाई पनि निर्देशिकाले समेटेको छ । उक्त निर्देशिका प्रदेश तथा स्थानीय तहका सरकारले असार १ गतेदेखि नै लागू गराउने बताइएको छ ।

Read More

झापा, २० जेठ । राष्ट्रियसभाको बैठक सांसदले कोराना भाइरसको रोकथाम नियन्त्रण गर्दै नागरिकको खाद्य अधिकार सुरक्षा सुनिश्चित गर्न सुझाव दिनुभएको छ । राष्ट्रियसभाको आजको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की इन्दु कडरियाले कोरोना भाइरसका जोखिमबाट बचाउन गरिएको बन्दाबन्दीमा नागरिकले आर्थिक संकटका साथै खाद्यान्न्न नपाएको बताउनुभयो । “बन्दाबन्दीका बेलामा पैसा नहुँदा खाना किन्न पाएका छैनन्, नागरिकलाई खाद्य सुरक्षा गर्दै आर्थिक धराशायी हुनबाट बचाउनुपर्छ”, सांसद कडरियाले भन्नुभयो,“कोरानाबाट बचाउँदै नयाँ रणनीति बनाएर जनजीवन सामान्य बनाउनुपर्छ ।” नेकपाकै कोमल ओलीले प्रदेश नं ५ का १२ जिल्लामध्ये १० जिल्लामा ६४२ सङ्क्रमित भइकेको र दाङमा ६ हजार क्वारेन्टिनमा बसेको उल्लेख गर्दै कोरोना भाइरसको परीक्षणका लागि…

Read More

काठमाडौँ, २० जेठ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख ८३ हजार ८२५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार मङ्गलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २९ लाख २० हजार ८९६ जना निको भएका छन्. । विश्वभरीमा ३० लाख ८५ हजार १४० हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् । हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ७८९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु…

Read More

वासिङ्टन, २० जेठ । संयुक्तराज्य अमेरिकामा सोमबार एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख ६ हजारको कोरोना संक्रमणबाट ज्या’न गएको छ । भाइरस फैलिन थालेयता अमेरिकामा १८ लाखभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् । विश्वमै कोरोना संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ । अमेरिकामा विभिन्न राज्यले कोरोनाभाइरसको प्रसार रो’क्न सा’वधानीपूर्वक यसअघि घरभित्रै बस्न दिइएको आदेशलाई खुकुलो बनाउन थालेका छन् । तर अमेरिकाको राजधानी वासिङ्टन डिसी समेतका धेरैजसो प्रमुख शहरहरुमा एक अश्वेत नागरिकको मृत्युलाई लिएर भ’ड्किएको हिं’साका कारण नि’षेधाज्ञा लगाइएको छ । मानिसहरु ती नि’षेधाज्ञालाई बे’वास्ता गर्दै…

Read More

बिर्तामोड, २० जेठ । डिभिजन वन कार्यालय झापाले यस वर्ष चार लाख दुई हजार बिरुवा वितरण गर्ने भएको छ । विभिन्न जातका वन बिरुवा र फलफूल गरी उक्त संख्यामा बिरुवा वितरण गर्न लागिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिनुभयो । संघीय सरकार अन्तरगत एक लाख ५० हजार र प्रदेश सरकारबाट प्राप्त दुई लाख ३० हजार वन बिरुवा वितरण गर्न लागिएको हो । त्यस्तै, संघीय सरकार अन्तरगत १५ हजार र प्रदेश सरकारबाट सात हजार गरी २२ हजार फलफूलको बिरुवा समेत वितरण गरिने उहाँले बताउनुभयो । टिक, मसला, खमारी, मलेसियन साल, मगोहिनी, खयर, नेमारो, शिरिष, कदम लगायतका…

Read More

झापा, २० जेठ । आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै छ । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो । पूर्वीय दर्शन परम्परामा तुलसीको निकै महत्व रहँदै आएको छ । विविध औषधीय गुणले युक्त तुलसी जेठ शुक्ल एकादशीका दिन दल राखेर एक महिनापछि असार शुक्ल एकादशीका दिन पवित्र मठमा रोप्ने हिन्दू मैथिल परम्परा छ । हरिशयनी भनिने असार शुक्ल एकादशीका दिन आराध्यदेव भगवान् विष्णु समुद्रमा शयन गर्ने र हरिबोधिनी भनिने कात्तिक शुक्ल एकादशीका दिन जागा हुने हिन्दू जनविश्वास छ । पृथ्वीमा रहेका वनस्पतिमा…

Read More

बुधबारे, २० जेठ । “मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो” भन्ने भनाईलाई आत्मसात गर्दै बुधबारे जेसीजले कोभिड–१९ (कोरोना भाइरस) नियन्त्रणका लागि गरिएको लकडाउनको समयमा विभिन्न परोपकारी काम गरिरहेको छ । हालै स्थानीय निकायको समन्वयमा बुद्धशान्ति–१ का १३ बिपन्न परिवारलाई आधा महिना पुग्ने खाद्यान्न वितरण गरिएको बुधाबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफु राईले बताउनु भयो । लकडाउनको समयमा बुधबारे जेसीजले बैशाख २० गते करेन्ट लागेर ज्यान गुमाएका बुद्धशान्ति १ का पदमलाल ९तारा० गड्तौलाको परिवारका लागि घर निर्माण गर्न ३२ हजार आर्थिक सहयोग गरेको छ । त्यस्तै बुद्धशान्ति १ भोटेटारकि एक सुत्केरी महिलाको परिवारको आर्थिक अवस्था नाजुक भएपछि सो परिवारलाई ७…

Read More

झापा, २० जेठ । केही समयअघि बंगाल खाडीसम्म आएको सामून्द्रिक आँधी अम्पुन प्रभाव सकिनेबित्तिकै अरब सागरमा फेरि अर्को सामून्द्रिक आँधी विकास भइरहेको मौसमविद्ले बताएका छन् । यसरी सामून्द्रिक आँधी विकास भइरहेकोले नेपालमा फेरि अर्को चक्रवातको असर पर्ने भएकाले यस वर्षको मनसुन समयमै सुरु हुने उनीहरुले बताएका छन् । हाल दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सदै गरेको छ । आउँदो २४ घण्टामा सो प्रणाली विकसित हुँदै चक्रवातको रुप लिने छ । यसको प्रभावले नेपालमा आगामी २२ देखि २४ जेठसम्म वर्षा हुने र उच्चहिमाली क्षेत्रमा हिमपात हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजको राजधानी दैनिकमा खबर…

Read More

झापा, २० जेठ । झापामा कोरोना संक्रमण तीब्र हुँदै गएको छ । संक्रमितको संख्या थपिँदै गएको हो । सोमवार झापा बाह्रदशीका दुई जनामा संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण भेटिएको गाउँपालिकाका सूचना अधिकारी चेतनाथ न्यौपानेले बताए । संक्रमित दुबै भारतको महाराष्ट्रबाट आएका हुन् । ‘उनीहरुलाई गाउँपालिकामा छिर्नासाथ क्वारेन्टाइनमा राखेका थियौँ’, सूचना अधिकारी न्यौपानेले भने, ‘त्यसैले धेरै कन्ट्याक्ट टे«सिङ गर्नुपर्ने अवस्था छैन ।’ पशुपति माविको क्वारेन्टाइमा राखिएका उनीहरुलाई उपचारका लागि पठाउने तयारी गरिएको छ । नयाँ थपिएकासँगै झापामा संक्रमितको संख्या ११४ पुगेको छ । यसअघि शनिवार झापा घर भइ काठमाडौँमा…

Read More