झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २० जेठ । कोरोना भाइरसको संक्रमित बिरामीका लागि ल्याउन लागिएकोे भेन्टिलेटर विदेशमा अड्किएको छ। नेपाल ल्याउन लागिएको भेन्टिलेटर अमेरिका, जापान र जर्मनीमा अड्किएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। संक्रमितको संख्या बढ्दा उनीहरूलाई राख्ने अस्पतालको आइसोलेसन र भेन्टिलेटरको अभाव खड्किएको छ। जिल्ला अस्पतालमा बाजुरामा भेन्टिलेटर अभावमा आइतबार दुई वर्षीया बालिकाको आइसोलेसनमै मृत्यु भएको थियो। मुलुकमा कोरोना भाइरस संक्रमित केस भेटिएको चार महिना बितिसक्दा पनि आइसोलेसन र भेन्टिलेटरको जोहो गर्न मन्त्रालय असफल भएको छ। मन्त्रालय स्रोतका अनुसार अहिले मुलुकभर कोरोना भाइरस संक्रमित बिरामीका लागि छुट्ट्याएको आइसोलेसनको बेड संख्या १ हजार ६ सय २४ छ। आईसीयू बेड संख्या ३…

Read More

झापा, २० जेठ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेर कोभिड–१९ नियन्त्रणका निम्ति सेना परिचालन गर्ने सरकारको निर्णय अवगत गराएका छन्। प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटमा पछिल्लो राजनीतिक गतिविधि, सरकार सञ्चालन र कोभिड–१९ को कारण देखा परेको असहज अवस्थाबारे जानकारी दिएका हुन्। ‘उहाँहरूबीच सरकार सञ्‍चालन, समसामयिक विषयवस्तु र घटनाक्रमबारे छलफल भएको हो। सरकार सञ्चालन र पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीले रिपोर्टिङ गर्नुभएको हो,’ राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारीले भने, ‘यो नियमित ब्रिफिङ र भेटघाटको सिलसिला हो। सञ्चार माध्यममा सेना परिचालन र अन्य विषयमा जानकारी दिन प्रधानमन्त्री आउनुभएको भनिए पनि त्यसप्रकारको छलफल भएको जानकारी छैन।’…

Read More

झापा, २० जेठ । विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि लकडाउन सुरु हुनु अघिसम्म विदेशी लगानीमा कम्पनीले १० अर्ब दुई करोड ७३ लाख रुपैयाँ लाभांश फिर्ता लगेका हुन् । विभागअन्तर्गत रहेको एकल सेवा बिन्दुमा कार्यरत राष्ट्र बैंकका प्रतिनिधि मदन पण्डितका अनुसार लाभांश लैजान स्वीकृत पाएको एक महिनाभित्र प्रायः सबै कम्पनीले लाभांश लगिसकेका छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

Read More

भद्रपुर, १९ जेठ । बिर्तामोड–१० स्थित महाभारतकालीन इतिहास बोकेको मधु पोखरीलाई पर्यटकको गन्तव्य स्थल बनाउन तीव्र गतिमा काम थालिएको छ । पौराणिक महत्व बोकेर पनि पर्यटकीय आकर्षण बन्न नसकेको विराट राजाको शासनमा निर्माण भएको सो पोखरी पुर्वाधार लगायत कारणले पर्यटकको गन्तव्य स्थल बन्न नसकेपछि स्तरोन्नतिको काम तीव्र पारिएको हो । प्रदेश संसद ओमप्रकाश सरावगीले स्थलगत अनुगमन गरेका छन् । प्रदेश नम्बर १ अन्र्तगत पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्रप्त २० लाख रूपैयामा पहिलो चरणमा पोखरी सफा गर्ने तथा घेरावाराको काम भइरहेको छ । पर्यटकीय क्षेत्र विकासका लागि पोखरी सरसफाई तथा घेरावाराको काम भइरहेको निर्माण समितिका अध्यक्ष छविराम आचार्यले जानकारी दिएका…

Read More

बाँके, १९ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिका २ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार राति भएको दुर्घटनाका मृतकको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको नाम खुलेको छ । एक जनाको सनाखत हुन बाँकी छ । नाम खुले पनि ठेगाना पहिचान नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदय सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिचान भएकामा बुद्धिराम विक, भीमबहादुर विक, दिलबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, रामबहादुर पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्काको पहिचान भएको छ । दुर्घटनामा घाइते २१ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ…

Read More

बिर्तामोड, १९ जेठ । नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका सदस्य ८० जना पत्रकारको कोरोना उपचार बीमा गरिएको छ । महासंघले पहिलो चरणमा उपचार कोषमा आवद्ध भएका ८० जना पत्रकारको बीमा गरेको अध्यक्ष तारामणि सापकोटाले बताए । पेशागत बीमा संघ बिर्तामोड ९इन्स्युरेन्स प्रोफेसन सोसाइटी÷आइपीएस०को सहकार्यमा महासंघले पत्रकारको बीमा गरेको हो । आइतबार पत्रकारको बीमाका लागि पत्रकार महासंघ झापाका अध्यक्ष सापकोटा र उपाध्यक्ष एकराज गिरीले पेशागत बिमा संघ बिर्तामोडका अध्यक्ष सन्तोष उप्रेतीलाई ८० पत्रकारको विवरणसहित रकम प्रदान गरेका थिए । बीमा एक लाख रुपैयाँको हुने बताइएको छ । बीमा गरिएका पत्रकारमा कोरोना संक्रमण देखिए एक लाख रुपैयाँ बीमा…

Read More

बिर्तामोड, १९ जेठ । काठमाडौँका व्यवसायी डिन्सन बोहोराले झापाको बिर्तामोड नगरपालिकाका लागि दुई थान स्वाब कलेक्सन बुथ उपलब्ध गराएका छन् । रोटरी क्लब अफ बिर्तामोड र रोट्याक्ट क्लब अफ बिर्तामोडमार्फत बोहोराले बुथ उपलब्ध गराएका हुन् । उपलब्ध ती दुईवटा बुथ सोमवार बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ बिर्तामोडका प्रेसिडेन्ट ईलेक्ट निर्मल भट्टराई नेतृत्वको टोलीले नगरपालिका कार्यालय पुगेर उपप्रमुख पवित्रा महतरा र कार्यकारी अधिकृत पशुपति खतिवडालाई बुथ हस्तान्तरण गरेको हो । सामाजिक उत्तरदायित्व अन्तरगत नगरपालिकालाई बुथ उपलब्ध गराइएको रोटरी क्लब अफ बिर्तामोडका प्रेसिडेन्ट भट्टराईले बताए । ‘स्वाब संकलनमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि बुथ उपयोगी हुन्छ’, भट्टराईले भने ।…

Read More

झापा, १९ जेठ । मुलुकमा कोभिड–१९ का सङ्क्रमित ठूलो सङ्ख्यामा देखिन थालेपछि सरकारले ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा भोगेन्द्रराज डोटेलले सङ्क्रमित सङ्ख्या अनुमानभन्दा बढ्ने भएकाले ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरिएको बताउनुभयो । उहाँले सङ्क्रमितको सङ्ख्या सोचेकोभन्दा बढ्ने भएकाले तीन महिनालाई पुग्ने गरी एकैपटक सामग्री किन्ने तयारी गरिएको बताउनुभयो । हिजोसम्म एक हजार ५६७ जना सङ्क्रमित देखिएका थिए । उहाँका अनुसार स्वास्थ्य सामग्री खरिदका लागि इपिडिमियोलाजिष्टको समूह गठन गरेर उक्त समूहले कति आवश्यक सामग्री चाहिन्छ भनेर पहिचान गर्नेछ । “सङ्क्रमितको सङ्ख्या हाम्रो हातमा रहेको छैन । केही…

Read More

सन्तोष शर्माझापा, १९ जेठ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको झापामा कोरोना परीक्षणका लागि संकलन गरिएको स्वाबको (पीसीआर रिपोर्ट) रिपोर्ट नआउँदा समस्या भएको छ । कोरोना प्रभावित क्षेत्रका विभिन्न स्थानबाट संकलन गरिएको छ सय जनाको स्वाबको रिपोर्ट नआउँदा समस्या भएको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिनुभयो । “कोरोनाको उच्च संक्रमण देखिएको कचनकवल गाउँपालिकामा संकलन गरिएको तीन सय र अन्य कोरोना प्रभावित क्षेत्रमा संकलन गरिएको स्वाबको रिपोर्ट आएको छैन”, उहाँले भन्नुभयो, “१२ दिन अघिदेखिको रिपोर्ट नआउँदा समस्या भएको छ ।” रिपोर्टको आधारमा संक्रमण फैलिन नदिन कस्तो रणनीति अपनाउने भन्ने योजना बनाउने सम्बद्ध निकायलाई सहज हुन्छ…

Read More

झापा, १९ जेठ । कोरोना भाइरस कोभिड–१९ बाट थप २२६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नया संक्रमितहरु मध्ये २१३ जना पुरुष र १३ जना महिला रहेका छन । संक्रमितहरु जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परिक्षणमा २ जना, पोखरा प्रयोगशालामा गरिएको परिक्षणमा २ जना, प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा ३२ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ४३ जनामा पुष्टि भएको छ। त्यसै गरि धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा २० जना, भेरी अस्पतालमा गरिएको परिक्षणमा ७ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ९ जना, सेती अस्पताल धनगडीमा गरिएको परिक्षणमा १८ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको…

Read More