झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १८ जेठ । प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूची (निशान छाप) मा समावेश गर्न सो विधेयक पेश भएको हो । आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७’ पेश गर्नुभयो । सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि यही जेठ ९ गते सङ्घीय संसद्मा ‘नेपालको संविधान ९दोस्रो संशोधन०, २०७७’ विधेयक दर्ता गराएको थियो । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभाग समेटेर राजनीतिक र प्रशासनिक…

Read More

झापा, १८ जेठ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले राष्ट्रियताका पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शनिबार गरेको निर्णय सकारात्मक रहेको बताउनुभएको छ । उहाँहरुले राष्ट्रिय मु’द्दामा दलीय एकता जरुरी रहेको र दलगत स्वार्थभन्दा माथि उठेर व्यवहार प्रदर्शन भएकामा सन्तोष व्यक्त गर्दै कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नसमेत आमसहमतिमा जोड दिनुभयो । शनिबार बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको थियो । काँग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालका भूभाग भएको र तिनमा निर्बाधरुपले नेपालको…

Read More

काठमाडौँ, १८ जेठ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत र संयुक्त राज्य अमेरिका, कुवेत र सउदी अरबमा एकएक तथा बहराइनमा दुई नेपालीको यो साता निधन भएको हो । संघअन्तर्गत स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६६ गैरआवासीय नेपालको मृत्यु भएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार युएईमा १९ नेपालीको निधन भएको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान…

Read More

मोरङ, १८ जेठ । मोरङको बिराटनगर महानगरपालिका–१६ दरैयाबाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आज बिहान ५ बजेको समयमा बिराटनगर महानगरपालिका–१४ का ४१ बर्षीय संजय यादवलाई डाईलक्स डिसी १०० एमएलको ३१ बोतल, स्पास्मोप्रोक्सिवन १४३ क्याप्सुल, नाइट्राभेट १५० चक्कीसहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Read More

द्रोण अधिकारीविकासका लागि दीर्घकालीन सोच कसैले अगाडि सार्छ भने उसले विज्ञ समूहको स्थलगत अध्ययन तथा पर्यावरणीय प्रभाव अनुगमन गरेपछि काम अगाडि बढाउँछ । यस्तो कार्यमा परियोजना स्थलका सर्वसाधरणले अगाडिबाटै परियोजना वारेमा जानकारी पाउने व्यवस्था हुन्छ । तर, नेपालका विकासका हरेक काम अनुमान, स्वार्थ, दाउपेचका भरमा गरिने परम्परा अहिलेसम्म जीवित भएकै कारण दीर्घकालीन विकास अल्पकालमै विलय भइरहेका प्रस्तै उदाहरण छन् । अझ संघीय शासन प्रणालीमा स्थानीय सरकार जति भरपर्दो र विश्वासिलो सरकार अन्य सरकार हुन सक्दैनन् । संघीयता कार्यान्वयनमा आएको ५ वर्षे अवधिमा संघीय र प्रदेश सरकारले स्थानीय सरकारलाई अहिलेसम्म पनि सरकारी हैसियत दिन नसक्दा विकासका काममा विवाद सिर्जना भइरहेका छन्…

Read More

शेखर पाण्डेछेपारोसंग रंग बदल्नसक्ने गुण हुन्छ । विज्ञानका अनुसार, छेपारोको शरीरमा भएको ’क्रोमाटोफोर्स’ नामक विशेष प्रकारको कोषले रंग बदल्ने कार्यलाई सघाउ पुर्याउँछ ।रंग बदल्नसक्ने छेपारोको गुण र ’क्रोमाटोफोर्स’का बीच के, कति र कस्तो सम्बन्ध हुन्छ भन्ने विज्ञानसम्बद्ध थप ज्ञान छैन मसंग । जेका बारेमा म जान्दिन, त्यस विषयउपर बोल्दिन पनि । सामान्य मानिसमा हुने यो प्राथमिक चारित्रिक गुण छ मसंग । त्यसैले विज्ञानका कुरालाई एकछिन पर्तिर सार्दै केहीबेर समाजको कुरा गरौं ।हाम्रो समाजमा छेपारोको कुनै कमी छैन । जता पनि छन् छेपारा ।सर्वत्र छन् छेपारा हाम्रो वरिपरि ।बदल्नलाई दिन होइन, छिन भए पुग्छ यी छेपारालाई ।यो छिनबाट त्यो छिनमा पुग्दा…

Read More

झापा, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०बारे संसद्ले निर्णय गरेबमोजिम हुने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले एमसीसीबारे छलफल गर्दा त्यस्तो निर्णय गरेको हो । सचिवालय सदस्य एवं पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बजेटमा राखिएको एमसीसी शीर्षकको योजनाबारे बैठकमा छलफल भएको जानकारी गराए । उनले भने, “एमसीसी सम्झौताको प्रस्ताव संसद्मा विचाराधीन छ । त्यसैले बजेटको व्यवस्था पनि त्यसैअनुसार हुनेछ ।” प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नीति तथा कार्यक्रमबारे संसद्मा जवाफ दिने क्रममा संसद्लाई जानकारी गराएअनुसार नै एमसीसी सम्झौता संसद्बाट अनुमोदन भएअनुसार नै हुने यदि संसद्ले त्यसअनुसार अनुमोदन…

Read More

झापा, १८ जेठ । कोरोना सङ्क्रमणको जोखिमका कारण थालिएको बन्दाबन्दीले विश्व बजारसँगै स्वदेशी श्रम बजार पनि प्रभावित भएको छ । विश्व श्रम बजारमा छरिएका नेपालीले त्यहीँ रोजगारी गुमाएर स्वदेश फर्कने अवस्था र स्वदेशकै उद्योगधन्दा व्यापार व्यवसाय सबै बन्द हुँदै स्वदेशी श्रम बजारमा पनि रोजगारी गुमेको अर्को अवस्थाले सरकारलाई रोजगारी व्यवस्थापनमा चुनौती छ तर यस्तो चुनौतीलाई धेरै हदसम्म समाधान गर्नेगरी सरकारले योजना बनाएको देखिन्छ । सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट तथा यसका कार्यक्रम र अन्य नीतिगत व्यवस्थाबाट कम्तीमा सात÷आठ लाख रोजगारी सिर्जना गर्ने योजना बनाइएको छ । उनका अनुसार आगामी आर्थिक वर्षका…

Read More

झापा, १८ जेठ । राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन प्रतिवेदनले नेपाल–भारत सीमामा भारतद्वारा निर्माणाधीन सडकरबाँधरतटबन्धले तराईको अधिकांश भूभाग डुबानमा पर्ने गरेको देखाएको छ । तराई–मधेसका २८ जिल्लामा चार वर्ष लगाएर गरिएको अध्ययनमा भारतले दशगजामा पर्ने २१ वटा ठूला नदीमा बाँधरतटबन्धका साथै पाँच मिटरसम्म अग्लो सडक निर्माण गरिएको पाइएको छ । २०७२ साल असारदेखि आयोगका दुई सदस्यसहित कर्मचारी सम्मिलित विभिन्न २७ वटा टोलीले नेपालको अन्तर्राष्ट्रिय सीमासँग जोडिएकामध्ये २८ वटा जिल्लाका सीमामा पुगी स्थलगत अनुगमन गरेको थियो । भारतले सीमा नजिक निर्माण गरिरहेको एक हजार ७२३ किलोमिटर सडकरबाँधरतटबन्धका कारण तराईका अधिकांश भूभाग हरेक वर्ष वर्षायाममा डुबान तथा कटानमा परी त्यहाँको जनजीवन प्रभावित…

Read More

झापा, १८ जेठ । कर्णालीमा कोरोनाबाट पहिलो मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका– ११ खागीतडाका ३५ वर्षीय युवाको शनिबार बिहान मृत्यु भएको हो। समयमै कोरोना परीक्षण र उपचार नपाउँदा उनको मृत्यु भएको छ। नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका १० दिनसम्म पनि ती युवाको कोरोना परीक्षण हुन सकेको थिएन। समयमै परीक्षण नहुँदा उनलाई आइसोलेसनको साटो गाउँमै रहेको क्वारेन्टाइनमा अरू ७९ जनासँगै राखिएको थियो। त्यही क्रममा शनिबार बिहान चिया खाएर सुतेका उनी ओछ्यानमै मृत भेटिएका हुन्। समयमै पीसीआर परीक्षण नभएका कारण उनले आवश्यक उपचार नै पाउन सकेनन्। कोरोना आशंकामा उनलाई क्वारेन्टाइनबाहिर जाने अनुमति पनि दिइएको थिएन। परीक्षणमा भएको ढिलाइ र उपचारमा भएको लापरबाहीका…

Read More