झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुनसरी, १७ जेठ । सुनसरी बारहक्षेत्र–३ बाङ्गे का ३७ वर्षीय कमल राईको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । हिजो बिहान ६ बजे सुनसरी बराहक्षेत्र–३ इक्राही जमुनाकित्तास्थित प्लटिङ जग्गामा कमल राई मृत अवस्थामा फेला परेका थिए । शरीर तथा टाँउकोमा चोटसहित शंकास्पद अवस्थामा मृत फेला परेका कमलको घटना सम्बन्धमा अनुसन्धान गर्दा उनको हत्या भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । हत्या भएको पुष्ठी भए संगै अनुसन्धान थालेको प्रहरीले राईको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बु र सोही स्थानका १९ बर्षीय प्रदीप राजधामी रहेका छन । पक्राउ परेका…

Read More

बिर्तामोड, १७ जेठ । बिर्तामोड नगरपालिका क्षेत्रका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कोरोना परीक्षणका लागि गत जेठ ११ गते उनीहरुको स्वाब संकलन गरिएको थियो । संकलन गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको बिर्तामोड नगरपालिकाले जनाएको छ । स्वास्थकर्मी, प्रहरी, सञ्चारकर्मी र क्वारेन्टाइनमा बसेकाहरु १०० जनाको पिसिआर परीक्षणका लागि नमूना संकलन गरी पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका प्रेस सल्लाहकार तीर्थ सिग्देलले जानकारी दिनुभयो ।

Read More

बिर्तामोड, १७ जेठ । शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएका झापाका २७ जना संक्रमितलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालले भर्ना लिन अस्वीकार गरेको छ । अस्पतालले भर्ना नलिएपछि संक्रमितहरु शुक्रबार रातभर अस्पतालको गेट बाहिरै बसेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । पुष्टिलगत्तै उनीहरुलाई कचनकवल गाउँपालिका–४ स्थित क्वारेन्टाइनबाट साँझ ६ बजेतिर बसमार्फत धरान लगिएको थियो । तर, धरानस्थित कोभिड अस्पतालले राख्ने ठाउँ नभएको भन्दै भर्ना नलिएपछि संक्रमितहरु रातभरि गेटबाहिरै भएका हुन् । उनीहरुलाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा धरान पठाएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन…

Read More

झापा, १७ जेठ । भारतबाट आउन चाहने नेपालीले झापाका सबै नाकाबाट प्रवेश नपाउने भएका छन् । सरकारले नेपाल प्रवेशका लागि निश्चित २० वटा नाका तय गरी प्रक्रिया मिलाएर प्रवेश अनुमति दिने निर्णय गरेको छ । झापामा अब काँकडभिट्टा बाहेकका नाकाबाट प्रवेश नदिने निर्णय सरकारले गरेको छ । कोभिड–१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले यस्तो गरेको हो । समितिका अनुसार झण्डै तीन लाख नेपाली भारतबाट नेपाल आउन चाहिरहेका छन् । ‘सरकारले भारतबाट नेपाल आउन चाहने नेपालीलाई जुनसुकै नाकाबाट छिर्न नदिने भएको छ’, प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले भने, ‘यसका लागि समितिले २० वटा नाका तोकेको छ ।’ भारतबाट…

Read More

भोजपुर, १७ जेठ । फौजी किराको प्रकोपले मकैबाली नष्ट भएपछि भोजपुरका किसान चिन्तित भएका छन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको कोट, गोगने, पौवादुङमा गाउँपालिकाको च्याङग्रे, तिवारीभञ्याङ, अरुण गाउँपालिकाको विभिन्न वडामा किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढेको हो । गोडिसकेको मकैको किराले हरियो गुबो खाएर सखाप बनाएको टेम्केमैयुङ गाउँपालिका वडा नं ७ का किसान विजयकुमार राईले बताउनुभयो । राईले भन्नुभयो, “हाम्रो क्षेत्रमा फौजी किराले मकैबाली नष्ट बनाएको छ, यसरी नै किराको प्रकोप बढ्दै जाने हो भने आगामी वर्षलाई बीउको समेत समस्या हुने छ ।” सोही गाउँपालिकाका वडाध्यक्ष सूर्य नेपालका अनुसार वडा नं ७ कोटमा करिब १०० बढी किसानले लगाएको बालीमा…

Read More

झापा, १७ जेठ । सरकारले लघु, घरेलु तथा साना उद्योग व्यवसायीलाई ७५ प्रतिशतसम्म आयकर छुट दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै वार्षिक २० लाखसम्म कारोबार गर्ने करदातालाई ७५ प्रतिशत, २० देखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेलाई ५० प्रतिशत र ५० लाखदेखि एक करोड रुपैयाँसम्म कारोबार गर्नेलाई २५ प्रतिशत आयकर छुट दिने घोषणा गरेका छन् । सरकारले लघु उद्यमलाई आयकर छुटको अवधि दुई वर्ष थप गरी ७ वर्ष बनाएको छ । महिलाद्वारा सञ्चालित लघु उद्यमलाई कर छुटको अवधि तीन वर्ष थप गरी १० वर्ष पुर्‍याइएको छ । लघुबिमामा लाग्दै आएको मूल्य अभिवृद्धिकर ९भ्याट०…

Read More

झापा, १७ जेठ । सत्तारुढ दल नेकपाभित्र विवादित बनेको अमेरिकी सहयोग एमसिसी परियोजना अन्तर्गत प्राप्त हुने पाँच अर्ब ७२ करोड रुपैयाँ वैदेशिक अनुदान बजेटमा समावेश भएको छ । संसद्बाट एमसिसी सम्झौता पारित नहुँदै सरकारले अनुदान रकमलाई आर्थिक वर्ष ०७७–७८ को बजेटमा समेटेको हो । बजेट किताबको अनुदान तथा ऋण सारांंश अनुसूची १० मा एमसिसी अमेरिकाबाट पाँच अर्ब ७२ करोड ७२ लाख रुपैयाँ प्राप्त हुने वैदेशिक अनुदानका रूपमा राखिएको छ । एमसिसी परियोजनाबाटै प्राप्त हुने भनेर राखिएको रकमसहित बजेट पारित भएमा अमेरिकासँगको एमसिसी सम्झौताले वैधानिकता पाउने आशंकापछि केही सचिवालय सदस्यको दबाबमा शनिबार बिहान आकस्मिक रूपमा प्रधानमन्त्रीनिवास बालुवाटारमा केन्द्रीय सचिवालय बैठक बोलाइएको…

Read More

झापा, १७ जेठ । सीमाविद्हरुका विभिन्न अध्ययन र खोजले भारतले नेपालको कालापानीसहित ७१ स्थानमा करिब ६०६ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको देखाएको छ । भारतले सीमा अतिक्रमण गर्दै जाने र नेपाली पक्षबाट त्यसको सशक्त प्रतिवाद हुन नसक्दा भारतीय पक्ष हौसिँदै एकपछि अर्को स्थानमा सीमा अतिक्रमण गर्ने क्रम बढ्दै गएको सीमाविद्हरुले बताएका छन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठले सीमा जोडिएका २७ जिल्लामध्ये भारतले २४ जिल्लाका ७१ स्थानमा ६ सय ६ वर्ग किमि नेपाली भूमि विभिन्न बाहानामा अतिक्रमण गरेको बताए । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

झापा, १७ जेठ । होचो ठाउँ कचनकवल गाउँपालिकामा विकासले बाटो लिँदै थियो। एकाएक कोरोना संक्रमणले एकपछि अर्को संकट थप्दै गाउँपालिकालाई थला पार्ने क्रम जारी छ। एक त तराई नै भए पनि दुर्गम बस्ती छन्। कतिपय स्थानमा बाटोघाटोसम्म छैन। वर्षायामले ढोका घच्घच्याउँदै गर्दा वडा नम्बर ५ का केही भाग र ४ को पाठामारी क्षेत्रका बस्ती डुब्न थालेका छन्। ‘गाउँपालिकाले पाठामारी क्षेत्रमा बनाउन लागेको बाँधका लागि छुट्ट्याएको बजेट पनि क्वारेन्टाइन व्यवस्थापनमा खर्च गरेका छौं’, गाउँपालिका उपाध्यक्ष निम्सरी राजवंशीले भनिन्, ‘अब बर्खा लाग्न सुरु भयो, कोरोनाको आतंक छ। कसरी व्यवस्थापन गर्ने भन्ने अलमलमा छौं।’ कचनकवल राजवंशी, मुस्लिम र आदिवासीको संख्या बढी भएको गाउँपालिका…

Read More

झापा, १७ जेठ । नेपालले सगरमाथाको मापन अन्तिम चरणमा पुर्याइरहेको बेला चिनियाँ सर्भे टोलीले सगरमाथा शिखरमै पुगेर मापन कार्य पूरा गरेको छ । ६५ वर्षअघि सन् १९५५ मा मापन भएको सगरमाथाको उचाइ हालसम्म ८ हजार ८ सय ४८ मिटर अर्थात् २९ हजार २८ फिट मानिँदै आइएको छ । सगरमाथाको नयाँ मापनले अब नयाँ उचाइ कति छ भन्ने विषयमा यथार्थ विवरण आउनेछ । नेपालका तर्फबाट सगरमाथा नयाँ मापनको अन्तिम काम अझै बाँकी रहेकाले उचाइ तत्काल सार्वजनिक नहुने नापी विभागका सूचना अधिकारी दामोदर ढकालले बताए । आजको राजधानी दैनिकमा खबर छ ।

Read More