
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १७ जेठ । त्रिविका हाल ६१ वटा आङ्गिक क्याम्पस छन् । समयको आवश्यकताअनुसार बढीमा ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्नसक्ने अवस्थामा रहेको विश्वविद्यालयले जनाएको छ । आङ्गिक क्याम्पस हुन स्वतन्त्र रूपमा कृषि, वन र इन्जिनियरिङ विषयको मात्र पढाइ हुनुपर्ने र अन्य साधारण विषय जोडिन नहुने उहाँको भनाइ छ । विश्वविद्यालयले चिकित्साशास्त्र विषयको पठनपाठन विस्तार गर्ने कुरालाई भने कम प्राथमिकता दिने जनाएको छ । चिकित्साशास्त्रको शैक्षिक कार्यक्रम प्रदेश स्तरमा विस्तार गर्ने कुरा प्राथमिकतामा नराखिएको उपकुलपति डा. बाँस्कोटाले स्पष्ट पारे । विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा। शिवलाल भुसालले सरकारले सहयोग गरेको अवस्थामा विश्वविद्यालय आङ्गिक क्याम्पस थप गरी प्राविधिक शिक्षालाई विस्तार गर्न विश्वविद्यालय तयार…
झापा, १७ जेठ । सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकतामा आधारमा उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको छ । सरकारले विदेशमा अलपत्र २५ हजार नेपालीलाई आगामी सातादेखि उद्धार गरी स्वदेश फिर्ता गर्ने कार्य सुरु गरेको हो ।स्देश फर्कन चाहने विभिन्न देशमा रहेका नागरिकको विवरण १० दिनभित्र संकलन गर्ने जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिइएको छ । कोरोना भाइरस ९कोभिड १९० रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फिर्ता गर्ने निर्णय गरेको हो । आजको राजधानी दैनिकमा खबर छ ।
झापा, १६ जेठ । सरकारले कोरोनाका कारण प्रभावित भएको क्षेत्रलाई आवश्यकताका आधारमा राहत उपलब्ध गराएको र समग्रमा हिसाब गर्दा रु ६० अर्ब बराबरको रहेको स्पष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा कर, विद्युत् महसुल छुटलगायतको समग्र पक्षमा मूल्याङ्कन गर्दा उल्लेख्य मात्रामा राहत उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले राहत प्याकेज एउटै मात्र नहुने र त्यसमा नगद मात्रै नभएको भन्दै विभिन्न कार्यक्रममा दिइएको नगद, प्रोत्साहन, छुट, कर मिनाहा, समयावधि बढाउने, कर तिर्ने अवधि बढाउने जस्ता कार्यक्रम पनि राहत नै भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी नहुनेलाई प्राप्त…
झापा, १६ जेठ । सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन–प्याब्सन), राष्ट्रिय अभिभावक महासङ्घ, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) लगायतका संस्थाले आज संयुक्त विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन् । ती संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही जेठ १३ गतेको राष्ट्रका नाममा भएको सम्बोधनमा नयाँ शैक्षिक वर्षअन्तर्गतको पठनपाठन सञ्चालनको काम अगाडि बढाउने घोषणा गर्नुभएको हुनाले बन्दाबन्दीपछि परिवर्तित सम्दर्भमा…
काठमाडौँ, १६ जेठ । कोरोना भाइरस कोभिड(१९ बाट आज एकै दिन थप १७० जनामा संक्रमण पुष्टि भएको छ । यी संक्रमितहरु १६२ जना पुरुष र ८ जना महिला रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा यसको पुष्टि गरेको हो । संक्रमितहरुमा कोशी अंचल अस्पतालमा गरिएको परिक्षणमा २७ जना, धरान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ५ जना, नारायणी अस्पतालमा गरिएको परिक्षणमा ९ जना, पाटन अस्पतालमा गरिएको परिक्षणमा १ जना, गण्डकी अस्पतालमा गरिएको परिक्षणमा १ जना, भेरी अस्पतालमा गरिएको परिक्षणमा १० जना, भरतपुर अस्पतालमा गरिएको परिक्षणमा ६ जना, राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ८४ जना, रुपन्देही…
काठमाडौँ, १६ जेठ । सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ । समितिले आज पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । त्यस्तै सो समितिले भेरी नगरपालिका–४ का सञ्जु भनिने सञ्जीव विकको शव स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्ययन गरेको छ । सरकारले गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले बिहीबारदेखि यहाँ आएर काम थालेको हो । उक्त घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक सञ्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै…
मोगादिशु, १६ जेठ । आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहको आक्रमणबाट दक्षिणी सोमालियामा नौ जना चिकित्सकको हत्या गरेको छ । स्थानीय सञ्चारमाध्यमहरुले हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद शहर नजिक फेला परेको जनाएका छन् । सोमालियामा सन् १९९० को दशकमा गृहयुद्ध शुरु भएपछि देशभित्र हिंसा भड्किएको छ । अल–शबाब आतंककारीका कारण हिंसात्मक घटनामा अझ वृद्धि भएको छ । इस्लामिक शरिया कानुन लागू गर्ने गरी कट्टरपन्थी अल–शबाबले देशव्यापी हिंसात्मक अभियान संचालन गरिरहेको छ । एजेन्सी
फिदिम, १६ जेठ । पाँचथरको तुम्बेवा गाउँपालिकाले लकडाउनबाट प्रभावितलाई राहत लिन श्रम गर्नुपर्ने कार्यक्रम सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाले लकडाउन प्रभावितलाई दोस्रो चरणको राहत उपलब्ध गराउन ‘कामका लागि खाद्यान्न’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । कमजोर आर्थिक अवस्थाका तथा लकडाउनको प्रभावका कारण दैनिकी गुजार्न समस्यामा परेका गाउँपालिकावासीलाई राहत उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । यस कार्यक्रमअन्तर्गत सार्वजनिक स्थान तथा सडकको मर्मत, ग्रामीण सडकमा नाली निर्माण, सडकका खाल्डाखुल्डी पुर्नेलगायत काम तय गरिएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले जानकारी दिनुभयो । राहत लिन चाहनेले उक्त कार्यक्रमअन्तर्गत श्रम गर्न थालेपछि राहत पाउन थाल्नेछन् । लकडाउनबाट प्रभावित तथा कमजोर आर्थिक अवस्थाका करिब…
ताप्लेजुङ, १६ जेठ । ताप्लेजुङको फुङलिङ नगरपालिका(९ कटहरेमा भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बिराटनगरबाट सानिमा हाइड्रो पावरको सामग्री लिएर ताप्लेजुङ तर्फ जाँदै गरेको ना ६ ख ८२६२ नम्बरको ट्रक बिहिवार अपरान्ह साँढे ४ बजे उक्त स्थानमा आफै ब्रेक फेल भई दुर्घटना हुँदा घाईते भएका ट्रक चालक बाह्रदशी गाउँपालिका–६ का २९ बर्षीय ज्ञान बहादुर तामाङलाई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाइएकोमा उपचारको क्रममा बेलुका पौने ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लजुङले जनाएको छ ।
झापा, १६ जेठ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले विगत लामो समयदेखि हरेक वर्षको बजेटमा उही कुरा दोहोरिँदै आएको र आगामी आवकोमा समेत उस्तै अवस्था रहेको टिप्पणी गर्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज ९सेजन०ले आज आयोजना गरेको श्रव्य दृश्य छलफलका क्रममा उहाँले कोरोनाले पारेको प्रभावलाई कम गर्नेतर्फ बजेट केन्द्रित नभएको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका विषयमा राज्यले नै ध्यान दिनुपर्ने भए पनि त्यसतर्फ ठोस र प्रभावकारी कार्यक्रम आउन नसकेको गुनासो गर्नुभयो । आगामी आर्थिक वर्षको बजेट परम्परावादी तवरले आएको आ’रोप लगाउँदै उहाँले गुणात्मक परिवर्तन र क्रमभङ्गको अपेक्षालाई त्यसले सम्बोधन गर्न नसक्ने आरोप लगाउनुभयो । बजेट समाजवादोन्मुख पनि…