
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले बजेट वृद्धि गरी रु ९० अर्ब ६९ करोड पु¥याएको बताउनुभयो । उहाँले सबै नेपालीमा स्वास्थ्य सेवा पु¥याउन, गुणस्तरीय स्वास्थ्य सेवा राख्न, स्वास्थ्य क्षेत्रको दायरा विस्तार गर्न, स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण, स्तरोन्नति गर्न, स्वास्थ्य जनशक्ति विकास गर्न तथा कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नका लागि रु ९० अर्ब ६९ करोड बजेट विनियोजन गरिएको बताउनुभयो । बजेट भाषणमा उहाँले नेपाल खुला दिसामुक्त भएको समेत जानकारी गराउनुभयो । बिरामीले सहज र सुलभ तरिकाले एम्बुलेन्स…
काठमाडौँ, १५ जेठ । सरकारले कोरोनाका कारण समस्यामा परेका घरेलु साना तथा मझौला उद्यम तथा कोरोना प्रभावितलाई पाँच प्रतिशत व्याजदरमा ऋण दिने प्रबन्ध गरेको छ । अर्थमनत्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कोरोनाका कारण समस्यामा परेका साना तथा लघुउद्यम तथा पर्यटन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि रु ५० अर्बको छुट्टै कोष खडा गर्ने व्यवस्था गरेको जानकारी दिनुभयो । सो कोष राष्ट्र बैंकमार्फत सञ्चालन हुने त्यसमा सरकार र सरकारी स्वामित्वका सार्वजनिक संस्थान र दातृनिकायबाट प्राप्त हुने रकम रहने व्यवस्था गरिएको छ । यस्तै सरकारले रोकथाम तथा नियन्त्रणका…
झापा, १५ जेठ । सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब बजेट विनियोजन गरेको छ । आज सङ्घीय संसद्मा बजेट आगामी आर्थिक वर्ष २०७७÷ ७८ को बजेट भाषणमा अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न तत्काल आवश्यक पर्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन रु छ अर्ब बजेट व्यवस्था गरिएको बताउनुभयो । उहाँले बजेट भाषणमा कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रण तथा थप विस्तार हुन नदिनका लागि उच्च जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउन गुणस्तरसहितको थप क्यारेन्टाइनको स्थापना भरपर्दो उपचार सेवा प्रवाह गर्न र नागरिकमा भएको मनोवैज्ञानिक त्रासलाई सम्बोधन गर्न आवश्यक स्रोतको व्यवस्था मिलाइएको…
झापा, १५ जेठ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गरी सङ्घ, प्रदेश र स्थानीय तहमा सञ्चालित सार्वजनिक विकास निर्माण कार्य श्रममूलक प्रविधिबाट कार्यान्वयन गर्ने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप दुई लाख रोजगारी सिर्जना गरिने बताउनुभयो । त्यसका लागि रु ११ अर्ब ६० करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० हजारलाई रोजगारी दिन रु पाँच अर्ब एक करोड बजेट विनियोजन गरेको थियो । कोरोनाका कारण देशको श्रम बजारमा कार्यरत विदेशी कामदार स्वदेश फर्किएपछि…
झापा, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि रु रु १४ खर्ब ७४ अर्ब ६४ करोड प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले उक्त रकम विनियोजन गरिएको बताउनुभयो । गत वर्ष चालू आवका लागि रु १४ खर्ब ७४ अर्ब ६४ करोड ७१ लाखको बजेट पेश भएको थियो । आगामी आवको बजेटको आकार चालू आवका लागि निर्धारण गरिएको भन्दा रु ५८ अर्बले कम हो । कूल वार्षिक विनियोजनमध्ये चालूतर्फ रु नौ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४ दशमलब ४ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३ दशमलव…
भद्रपुर, १५ जेठ । संघीय लोकतान्त्रिक व्यवस्थाको मर्म विपरीत मेची अञ्चल अस्पतालको निर्माणाधिन भवनलाई कोरोना उपचार अस्पताल बनाउने घोषणाले स्थानीय आन्दोलित भएको भद्रपुरका सरोकार क्षेत्रका बुद्धिजीविको तर्क छ । प्रदेश सरकारबाट प्राप्त हुने बजेटबाट तत्काल कोरोना अस्पताल निर्माण गर्ने भन्दै जिल्ला समन्वय समितिको नेतृत्वमा स्थानीय सरकारलाई समेत बेवास्ता गरेर आएको निर्णयले सरोकारवाला नागरिक आन्दोलित हुन बाध्य बनाएको बुद्धिजीवीहरू बुझाइ हो । विज्ञ समूहले स्थलगत अध्ययन गरी जनप्रतिनिधि समेतको राय लिएर कोरोना अस्पतालको अवधारणा ल्याइनु पर्नेमा केही व्यक्तिको स्वार्थ पूर्तिको माध्यम बनाएर निर्णय आएपछि अस्पताल आसपास घर भएका हजारौँ नागरिक कोरोना संक्रमण त्रासले विस्थापित हुने चिन्ताले आन्दोलित भएका हुन् । २१…
काठमाडौँ, १५ जेठ । सरकारले लकडाउनका कारण बन्द हुनु पुगेका उत्पादन मुलक उद्योगका विद्युत महशुलमा छुट दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । लकडाउन अवधिभर बन्द उद्योगले विद्युतको डिमाण्ड शुल्क छुट पाउने र माग कम हुने समयको विद्युत खपतको महशुलमा ५० प्रतिशुत छुट पाइने सरकारले घोषणा गरेको छ ।
झापा, १५ जेठ । कोरोना भाइरस कोभिड–१९ बाट संक्रमितको संख्या एक हजार नाघेको छ । पछिल्लो २४ घण्टायता झापामा २५ जनासहित १५६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । त्यससँगै नेपालमा संक्रमितको संख्या १०४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ । अहिले झापामा मात्र संक्रमितको संख्या ७९ जना पुगेको छ । धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, महोत्तरीका १७, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, स्याङ्जाका ३ जना, दोलखा, कैलाली र बर्दियाका २र२ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका एक÷एक जना रहेका…
झापा, १५ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुगेको छ । बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । नेपालमा पहिलो पटक माघ १० मा चीनबाट आएका नेपाली विद्यार्थीमा कोरोना पुष्टि भएको थियो । पछिल्लो समय कोरोना संक्रमण न्यूनीकरणका लागि लकडाउन गरिएपनि संक्रमित भने थपिने क्रम तीव्र बनेको छ।
झापा, १५ जेठ । यस वर्ष नेपालमा मनसुन एक साता ढिलो भित्रिने भएको छ । दक्षिण भारतको केरला हुँदै मनसुन प्रवेश गर्दछ । केरलामा मनसुन भित्रिने समय जुन १ हो । तर यस वर्ष सो स्थानमै ढिलो अर्थात् जुन ५ भन्दा अगाडि मनसुन नभित्रिने सङ्केत देखिएकाले यहाँ पनि एक साता ढिलो मनसुन भित्रिने अनुमान गरिएको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो गत वर्ष पनि १० दिन ढिलो अर्थात् ९२० जुन० मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो । उहाँका अनुसार मनसुन प्रवेश गर्नका लागि स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्छ तर अहिले स्थानीय वायुको प्रभावले दिनभर घाम लाग्ने…