
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १५ जेठ । झापा कारागारका १७ जना कैदीबन्दीले माफी पाएका छन् । गणतन्त्र दिवसको अवसर पारेर सरकारले उनीहरुको बाँकी सजाय माफी मिनाहा गरेको हो । विभागीय नीति अनुरुप झापा कारागारले कैद माफी मिनाहाका लागि २३ जनाको नाम सिफारिस गरेको थियो । त्यसमा १५ पुरुष र दुई जना महिलाको नाम स्वीकृत भएको कारागार प्रमुख राजेन्द्र निरौलाले बताए । झापा कारगारमा एक हजार ५० जना पुरुष र पाँचजना आश्रित गरी ८२ जना महिला छन् । क्षमता भन्दा तीन गुणा कैदीबन्दी झापा कारागारमा राखिएका छन् । देशभरबाट २३३ कैदीले बाँकी कैद सजाय माफी मिनाहा पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा…
झापा, १५ जेठ । प्रदेश नं १ का थप चार जना कोभिड–१९ का सङ्क्रमित निको भई घर फर्केका छन् । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचारार्थ उदयपुरको भुल्केका तीन महिलासहित चार जना बुधबार साँझ निको भई घर फर्केको केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जनाकारी दिनुभयो । यसरी निको भई घर फर्केनेमा ५८ वर्षीय मोहम्मद अलिजान, ३६ वर्षीया जुवेदा खातुन, ४० वर्षीया माधो खातुन र ६५ वर्षीया सविरण खातुन रहेका छन् । घर फर्केका मो अलिजान र जुवेदा खातुन वैशाख ९ गते र अन्य दुईजना वैशाख २७ गते केन्द्रमा उपचारका लागि भर्ना भएका थिए । डिस्चार्ज भएका सबैलाई उदयपुरको भुल्के पठाइएको…
झापा, १५ जेठ । भारतमा बुधबार एकै दिनमा ६ हजार ५६६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ५८ हजार ३३३ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार ५३१ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ६७ हजार ९९२ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ८६ हजार ११० जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ । कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र…
‘स्वदेशमै रोजगारीस्वदेशमै बासरोजिँदैन प्रवासअब गर्ने देश विकास’ (केपी शर्मा ओली) कविता लेखनमा समेत परिचय बनाउनुभएका केपी ओली अब गीतकारका रुपमा पनि चिनिनुभएको छ । तेह्रौँ गणतन्त्रको दिवसको अवसर पारी केपी शर्मा ओलीको गीत ‘बन्छ नमूना नेपाल’ आज युट्युबमा रिलिज भएको छ । गीतमा स्वदेशमा श्रम, विकासनिर्माण, सुशासन, बालबालिकाको विद्यालयमा पहुँच, भरपर्दो अस्पताल र सामाजिक सुरक्षासहितको नेपालको कल्पना गरिएको छ जुन उहाँले आफू प्रधानमन्त्री भएपछि ल्याउनुभएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अवधारणामा नै आधारित छ । मुलुक बन्दाबन्दीमा परेका बेलामै उहाँले यसै वर्ष वैशाख २० गते रचना गरेको कवितालाई संगीतकार अशोककुमार राईले सङ्गीत भर्नाका साथै सङ्गीत संयोजन गर्नुभएको हो । “प्रधानमन्त्रीको…
काठमाडौँ, १५ जेठ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि ल’डेका सबै शक्ति एकतावद्ध भई जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । गणतन्त्र दिवस–२०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्री दाहालले गणतन्त्रात्मक शासन व्यवस्थाले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौं वर्षदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सुधार होइन अपितु गुणात्मक परिर्वतनको प्रतिनिधित्व गरेको बताउनुभएको छ । गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र विभिन्न जनआन्दोलनमा आफ्नो प्राणको उत्सर्ग गर्ने सहिदप्रति श्र’द्धा’ञ्जलि अर्पण गर्दै अध्यक्ष…
झापा, १५ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । सन्देशमा उहाँले गणतन्त्र दिवस २०७७ को अवसरमा ज्ञात–अज्ञात अमर शहीदप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले शुभकामना सन्देशमा गणतन्त्र प्राप्तिको आन्दोलनका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । उहाँले गणतन्त्रको आन्दोलनमा आ–आफ्नो ठाउँबाट सहयोग र सद्भाव व्यक्त गर्नुहुने सम्पूर्ण नेपालीमा हार्दिक आभारसमेत व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईद्वारा जारी सन्देशमा ‘सामन्ती, निरङकुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १३ वर्ष…
चन्द्रकला भण्डारीभद्रपुर, १५ जेठ । “कोराना रोगसँग त लडौँला भन्ने थियो अब भोकले पो मर्ने भइयो”, झोलाभरि सुकेका चैते धानका बाला बोकेर बुधबार झापा गौरादह नगरपालिकाको कृषि शाखा कार्यालयमा हस्याङ–फस्याङ गर्दै आएका विमला धमला र सुजाता भट्टराईले भन्नुभयो, “मुखमा आइसकेको बाली थन्क्याउन पाइएन, पाक्न नपाउँदै धानका बाला सुके, अब के खाएर बाँच्ने ।” उनीहरुको जस्तै पीडा इमानसिंह तामाङ र सीता कार्कीको पनि छ । उहाँहरुले लगाएको खेतमा धान पहेलपुर भएर पाकेको छ तर बालामा चामल हैन भुस मात्र छ । तामाङले १५ कठ्ठा र कार्कीले १८ कठ्ठामा लगाएको चैते धान पूरै रोगले कामै नलाग्ने भएको छ । गत वर्ष १८…
झापा, १५ जेठ । कोरोना भाइरस कोभिड–१९ बाट प्रदेश २ मा थप ७६ जना नयाँ संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरूमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १२, सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना रहेका छन्। संक्रमितहरु सबै भारतको विभिन्न स्थानहरुबाट आएका व्यक्तिहरु भएको पनि खुलेको छ । योसँगै प्रदेश दुईमा कोरोना संक्रमितको संख्या ४ सय पुगेको छ। यस बारेमा स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी दिन बाँकी नै छ ।
भद्रपुर, १५ जेठ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को प्रदेश १ को बृहत भेलाले ६ बुँदे घोषणा पत्र जारी गर्दै वर्तमान शैक्षिक अन्योल अन्त्यका लागि मार्गदर्शन जारी गरेको छ । इस्टु प्रदेश न.१ ले आयोजनामा गरिएको बृहद अन्तरक्रिया ‘वर्तमन निजी शैक्षिक समस्या र संगठनको भावी रणनीति’ बारेमा भिडियो जुममार्फत सम्पन्न गर्दै ६ बुँदे घोषणापत्र सहित समस्या समाधानका लागि मार्गदर्शन जारी गरेको हो । प्रदेश अध्यक्ष यादव अधिकारिको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष होमकुमार थापाको प्रमुख आतिथ्यमा केन्द्रीय पदाधिकारीसहित प्रदेश एकका इस्टुका विभिन्न समितिका नेतृत्वमा रहेका पदाधिकारीहरूको अन्तरक्रियाले निम्न अनुसारको प्रतिबद्धता सहितको मार्गनिर्देश घोषणा पत्र जारी गरेको छ । १. बालबालिकालाई…
काठमाडौं, १५ जेठ । भारत र पाकिस्तानको मरुभूमिबाट नेपालमा धुलो उडेर आएको छ । यही बेला सक्रिय रहेको मौसमी प्रणालीले वर्षा गराएको छ । जसका कारण नेपालका विभिन्न भेगमा बुधबार हिले वर्षा भएको छ । विशेषगरी पूर्वी नेपालमा पहेलो कमेरो माटोजस्तो लेदो पानी परेको छ । पूर्वी नेपाल हुँदै नेपाल प्रवेश गरेको धुलो देशका विभिन्न सहरमा पुग्दा नपुग्दै वर्षासँग मिसिएर पृथ्वीको सतहमा त्यो धुलो खसेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो धुलो मङ्गलबारदेखि नेपाल आएको हो । भारतको राजस्थान र पाकिस्तानको मरुभूमि क्षेत्रमा हावाको वेग तीव्र हुँदा हुरीसँगै धुलो नेपाल प्रवेश गरेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । लेदो…