झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ जेठ । कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा परीक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर कीट सरकारसँग अत्यन्त न्यून रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ५० हजार पीसीआर कीट मौज्दात छ । संक्रमितको संख्या ८ सय ८६ पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ लाई मध्यनजर गर्दै १ हजार ५ सय केसलाई आधार मानेर कीटलगायत स्वास्थ्य सामाग्री खरिद गरेको थियो । १ लाख २८ हजार पीसीआर कीट प्राप्त भएकामा ७८ हजार कीट वितरण गरिएको छ । थप एक लाख ७५ हजार पीसीआर कीट खरिद प्रक्रिया अघि बढाइएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

काठमाडौं, १५ जेठ । कोरोना भाइरसको संक्रमणबाट जुधिरहेका नेपाली किसानसामु अब अर्को भयावह चुनौती थपिने भएको छ । सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो। यो फट्यांग्राले नेपालको समग्र कृषि खेती प्रणालीलाई नै असर पुर्‍याउन सक्ने कृषिविद्ले चिन्ता व्यक्त गरेका छन् । सलह फट्यांग्रा (लकस्ट) को वैज्ञानिक नाम स्चिस्टोसिरका ग्रेगारिया हो। यसको एक बथान (झुन्ड) अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको छ। अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको छ। भारतको दिल्ली, उत्तर प्रदेश, झासीलगायत स्थानमा यसको बथान प्रवेश गरिसकेको छ। भारतसँग जोडिएको सबैभन्दा नजिकको मुलुक नेपाल हो। नेपालमा पश्चिमी दिशाबाट…

Read More

बैतडी, १५ जेठ । सीमानाका भारतको झुलाघाटमा करिब ३ सय नेपाली अलपत्र परेका छन् । विगत ५ दिनदेखि उनीहरु भोकभोकै छन् । भारतको विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किने क्रममा सीमानाका बन्द हुँदा ओढारमा दिन रात कटाइरहेका छन् । कसैकसैलाई भारतीय गाडीले छोडेर गएको हो भने कोही हिँडेर आएका हुन् । ओडारमा बसेका झुलाघाटमा पुग्ने वित्तिकै प्रहरीबाट लखेटिए भाग्दै जंगलमा पुगे अहिले ओढारमा बसिरहेका छन् । बजारमा आए प्रहरीले लखेट्ने गरेको र माथि गएमा गाउँलेले लखेट्ने गरेको अलपत्र नेपाली बताउँछन् । उनीहरु भन्छन्, ‘हामी गाउँ नजिक जाँदा गाउँलेहरु लाट्ठी, हँसिया लिएर लखेट्न आउँछन् ।’ केही व्यक्ति ओढारबाट समेत लखेटिएको…

Read More

बुटवल, १५ जेठ । भारतले सीमा क्षेत्रमा बाँधजस्तै ६ फुट उचाइको सडक निर्माण गरेपछि नेपाली भूभाग डुवानमा पर्ने खतरा बढेको छ । अन्तर्राष्ट्रिय मान्यतालाई लत्याउँदै भारतले दशगजा क्षेत्रमा सडक निर्माण गरिरहेको हो । प्रदेश ५ का ५ वटै जिल्लाका सीमामा यो सडक बनिरहेको छ । नवलपरासी र रुपन्देहीमा सीमाको २०–३० मिटर सडक बनेको हो । रुपन्देहीको रोहिणी गाउँपालिका–५ र ६ सँग सीमा जोडिएको दशगजा क्षेत्रमा अहिले भारतले सडक निर्माण गरिरहेको छ । चार लेनको पूर्वपश्चिम सडकले नेपाली भूभाग डुवानमा पर्ने भएको हो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

Read More

झापा, १५ जेठ । नेपालमा कोरोना भाइरस ९कोभिड–१९० महामारीको सङ्क्रमण यसै महिनाको अन्तिमदेखि साउनको पहिलो सातासम्म उच्च हुन सक्ने भन्दै सतर्कताका लागि आह्वान गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी०मा आबद्ध चिकित्सकले असुरक्षित आवागमन र सर्वसाधारणले स्वास्थ्य सतर्कताप्रति गम्भीर नहुँदा कोरोना सङ्क्रमण जोखिम उच्च हुने आँकलन गरिएको बताएका हुन् । सीसीएमसीमा आबद्ध नेपाली सेनाका डा। नवीन फुयालले आगामी साउनको सुरुसम्म कोरोना सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि हँुदै जाने देखिएको बताए । परीक्षणको दायरा फराकिलो पारिएको साथै असुरक्षित आवागमनका कारण सङ्क्रमण गुणात्मक रूपमा फैलिन सक्ने बताइएको छ । “त्यस्तो अवस्थालाई ‘भयावह’ भन्न त नमिल्ला,’’ उनले थपे, “महामारी सरकारको नियन्त्रणमै हुने छ…

Read More

झापा, १४ जेठ । रोटरी क्लव अफ भद्रपुरले भद्रपुर नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । भद्रपुर नगर अन्तर्गत रहेका स्वास्थ्य चौकीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठलाइ प्रदान गरिएको हो । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई पि पि इ, मास्क, ग्लोव्स आदि अत्यावश्य सामग्री प्रदान गरिएको थियो । कार्यक्रममा रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष टिकाराज ढकाल, प्रेसिडेन्ट इलेक्ट आदित्य पराजुली, पाष्ट प्रेसिडेन्ट दिपेश ढकाल, चार्टर प्रेसिडेन्ट किशोर पराजुली, सचिव विनोद चापागाई, विगत ओझा ,प्रदिप सरावगी, रमेश पराजुली, लोकवन्धु ढृड्गाना लगायतको उपस्थिति रहेको थियो । भद्रपुर नगर क्षेत्र भित्रका स्वास्थ्य चौकीहरूमा ३५ जना स्वास्थ्यकर्मीहरू कार्यरत रहेको तर यस्ता…

Read More

भद्रपुर, १४ जेठ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचार गर्न विशेष अस्पतालका रूपमा मेची अञ्चल अस्पतालको निर्माणाधीन भवनलाई विकास गर्ने सरकारी निर्णय सच्याउन माग राख्दै विवाद समाधान समितिले ज्ञापनपत्र बुझाएको छ । समितिका संयोजक भक्त खवासको नेतृत्वमा वडाध्यक्षद्वय गौरव सुब्बा मनोज, बन्धु कार्की, अग्रज पत्रकार गोपाल गिरी, सामाजिक व्यक्तित्व प्रा.डा. पृथ्वीविक्रम राई लगायतको टोलीले जिल्ला समन्वय समिति झापा र जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ‘अस्पतालसँगै जोडेर निर्माण भइरहेको अस्पताल भवनमा कोभिड अस्पताल बनाउन उपयुक्त नहुने र अस्पताल जस्तो संवेदनशील क्षेत्रमा बनाउँदा जटिल समस्याहरु उत्पन्न भई अस्पतालको सेवा प्रवाहमा नकारात्मक असर पर्ने कुरालाई ध्यानमा राख्दै नव…

Read More

झापा, १४ जेठ । कोरोना भाइरस कोभिड–१९ बाट आज एकै दिन ११४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरान विपी स्वास्थ्य विज्ञान प्रतिस्ठानमा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये सप्तरी बोडेबसाइ नगरपालिकाका ८ जना पुरुष र सप्तरी बालनबिहुर गाउपालिकाका दुई जना र सप्तरी सुरुङ्गाका एक जना पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वका थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो। त्यस्तै संक्रमित मध्य कोशी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १७ जनाको पोजिटिभ रिपोर्ट…

Read More

उदयपुर, १४ जेठ । उदयपुरको त्रियुगा नगरपालिका–१ की ६९ वर्षीया मधुमाया खत्री माछा पोखरीमा मृत फेला परेकी छन् । आज बिहान ८ बजेको समयमा त्रियुगा नगरपालिका–१ जोगीदहमा रहेको माछा पोखरीमा खत्री डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल उदयपुर पठाएको छ भने घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

काठमाडौँ, १४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान सशोधनसम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने भएको छ । पार्टी अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीको बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकले निशान छाप परिवर्तन गर्न संसद्मा पेश भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख धु्रवबहादुर प्रधान र भास्कर भद्राद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको भूभाग समेटेर जारी गरेको उक्त नक्सा निशान छापमा समावेश गर्न सरकारले यही जेठ ९ गते संविधान संशोधन विधेयक सङ्घीय संसद्मा दर्ता गराएको थियो । नेपालको संविधानको अनुसूची–३ मा निसान छाप…

Read More