
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १३ जेठ । सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने जनाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा पेश गर्नुभएको चालू आर्थिक सर्वेक्षण २०७६÷७७ मा कोरोनाका कारण विश्व अर्थतन्त्र नै प्रभावित भएको सन्दर्भमा नेपालको आर्थिक वृद्धिदर सरकारले तय गरेको भन्दा निक्कै कम हुने बताउनुभएको हो । सरकारले चालू आवमा ८.५ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको थियो । यस्तै केही समयपहिले राष्ट्रिय तथ्याङ्क विभागले २.२७ प्रतिशत मात्रै वृद्धि हुने प्रक्षेपण गरेको थियो । कोरोनाका कारण नेपालको अर्थतन्त्रमा पनि प्रभावित हुन गएकाले वृद्धिदर कम हुने देखिएको हो । पछिल्ला तीन वर्षमा आर्थिक वृद्धिदर उत्पादकको मूल्यमा औसत…
काठमाडौँ, १३ । कोरोना भाइरस कोभिड-१९ बाट मंगलबार थप ९९ जना संक्रमित भएका छन् । यो संगै नेपालमा कुल संक्रमितको संख्या ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा विभिन्न प्रयोगशालामा गरिएको परिक्षणको परिणाम सार्बजनिक गरिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परिक्षणमा ३५ जनाको रिपोर्ट पोजिटिभ आएको छ । उनीहरु महोत्तरी मनोहरा गाउपालिका १० का ३० र ३५ वर्षीय २ जना पुरुष, जुम्लाका ३५ र ३६ वर्षीय २ जना पुरुष, बारा पचौटा नगरपालिका १ पिपर्पत्ति माबी क्वारेन्टाइनमा रहेका १९,३० र ३५ वर्षीय ३ जना पुरुष, रौतहट गौर नगरपालीकाका ४ देखि ४० वर्षका ८ जना, रौतहट…
इटहरी, १३ जेठ । सुनसरीको धरान उपमहानगरपालिका–९ बाट ठुलो परीणामको लागुऔषध र नगदसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ। आज दिउँसो साँढे २ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–९ बगैँचा टोलबाट स्पास्मोप्रोक्सिवन प्लस १२८० क्याप्सुल, Nitrosun ३०० ट्याबलेट, DIALEX-DC 100 ML लेखिएको ८० बोतल, नगद २ लाख ३७ हजार र मोवायल एक थानसहित स्थानीय ४१ वर्षीय शुभचन्द्र राईलाई पक्राउ गरेको हो । लागुऔषध र नगदसहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
नेपाल–भारतबीचको सीमा विवादबारे दिएको बयानका कारण केही दिन अगाडि अभिनेत्री बर्षा राउत विवादमा फसेकी थिइन् । आफूले दिएको बयान सामाजिक संजालमा चर्को आलोचना भएपछि उनले माफी समेत मागिन् । अभिनेत्री राउतको उक्त हर्कतको असर उनलाई मात्रै परेन । त्यसको असर अर्की बर्षा नामकै अभिनेत्री बर्षा सिवाकोटीलाई समेत परिरहेको छ । कतिपय सामाजिक संजाल प्रयोगकर्ताले राउतको सट्टा सिवाकोटीलाई समेत गाली गर्ने गरेका छन् ।
काठमाडौँ, १३ जेठ । कोरोना भाइरस कोभिड-१९ बाट मंगलबार थप २२ जना संक्रमित भएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारी अनुसार गौर नपाका ७ जना, राजदेवीका १ जना, देवाहिगोनाहीका ३ र ११ जनामा कोरोना पुष्टि भएको हो । सबै संक्रमितहरु भारतबाट आएर नगरपलिकाको क्वारेन्टिनमा बसेका थिए। संक्रमित मध्ये तीनजना बालबालिकासमेत रहेका रौतहटका सिडिओ बासुदेव घिमिरेले जानकारी दिए ।
जेनेभा, १३ जेठ । कोरोनाभाइरसका कारण विश्वभर झण्डै ३ लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या करिब ५६ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९० हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ३ हजारको ज्यान गएको छ । प्राप्त समाचारअनुसार विश्वभर करिब ५३ हजार १६६ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २८ लाख २१ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ । कोरोनाभाइरसबाट सर्वाधिक असर परेका मुलुकहरु क्र.सं. देशहरु कूल संक्रमित निको भएका कूल मृत्यु विश्वभर ५५,९१,६७७ २३,६८,०१६ ३,४७,९४४ १.…
सप्तरी, १३ जेठ । होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला आज बिहान मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । गर्भवती महिलालाई १००.२ डिग्री ज्वरो आएपछि गत बिहीबार राजविराजस्थित डा विनिता यादवको क्लिनिकमा उपचारका लागि लगिएको थियो । चिकित्सकले पाँच दिनपछि पुनः परीक्षणका लागि बोलाएका थिए । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार महिलालाई पिसाबको सङ्क्रमण (युटीआइ) भएको भन्दै चिकित्सकले औषधि दिनुका साथै होम क्वारेन्टाइनमा रहन सल्लाह दिएका थिए । अठार साताकी गर्भवतीलाई…
झापा, १३ जेठ । झापाको कन्काई नगरपालिका–२ मा अवस्थित कन्काई विर्ता अर्जुन नविकरणिय बैकल्पिक उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उर्जाको निर्माण कार्य आगामी भदौ सम्ममा सम्पन्न गर्ने लक्ष्य भएपनि लकडाउनका कारण आगामी मंसिर सम्ममा सम्पन्न गरिने कम्पनीका प्रबन्ध निर्देशक दिपक चापागाईले जानकारी दिनुभयो । कम्पनीको चार हजार घनमिटरको ग्यास च्याम्बरको ढलान कार्य सम्पन्न भईसकेको छ । कम्पनीले पहिलो चरणमा कन्काई नगरपालिका–२ र ३ का ९ सय घरधुरिलाई पाईपलाईन मार्फत ग्यास वितरण गरिने र आगामी दिनमा दुई हजार घरधुरीलाई ग्यास वितरण गर्ने लक्ष्य रहेको चापागाईले बताउनुभयो । कम्पनीलाई विश्व बैँकको बैकल्पिक उर्जा प्रबन्धन केन्द्र…
सुनसरी, १३ जेठ । सुनसरीको कोशी गाउँपालिका–१ बाट लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान साँढे ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–१ लौकहीका २२ वर्षीय सोशिल साह, ३० वर्षीय अमनकुमार साह र १९ वर्षीय गणेशकुमार साहलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले डाइलक्स डिसी १०० एमएलको ४७ बोतल, नाइट्रोसन ९० ट्याब्लेट, स्पास्मोप्रोक्सिवन २३ ट्याब्लेट, खेलौना प्लास्टिकको पेस्तोल १ थान, कौडा २१ थान र मोवाइल २ थानसहित पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
इलाम, १३ जेठ । इलामको माङसेबुङ गाउँपालिका–१ बस्ने कविराज बस्नेतका १२ वर्षीय छोरा सुवी बस्नेतको देउमाई खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमवार दिउँसो स्थानीय देउमाई खोलामा पौडी खेल्ने क्रममा अचानक डुबेर घाइते भएका बालकलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल इलाम पठाइएकोमा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलवारेले जनाएको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान कार्य भइरहेको उक्त कार्यालयले जनाएको छ ।