झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मोरङ, १३ जेठ । मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सोमवार बेलुका सवा ७ बजेको समयमा मोरङको सुन्दरहरैचा नगरपालिका–९ झरना पुलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३ प ९७६२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुन्दरहरैचा नगरपालिका–११ का ३१ वर्षीय गोविन्द बजगाई घाईते भएका थिए । घाईतेलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा उपचारको क्रममा राति ९ बजे मृत्यु भएको थियो । त्यसैगरी सोमबार राती मोरङकै केरावारी गाउँपालिका–९ को भित्री सडक खण्डमा को ३८ प १०७१ नम्बरको मोटरसाइकल बाटोमा ढली राखेको रुखको हांगामा ठोक्किएर दुर्घटना हुँदा घाइते…

Read More

भद्रपुर, १३ जेठ । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको हो । मोरङतिरबाट आएको हात्तीलाई नेपाली र भारतीय नागरिकले मिलेर धपाउने प्रयास गर्दागर्दै हात्तीले एक्कासी भारतीय युवकलाई झम्टेको थियो । हात्ती खेद्न सीमा नाघेर आएका ती भारतीय युवकको शव दशगजाको मकैबारीमा भेटिएको छ । घटनाको खबर पाएलगत्तै कोरोबारी प्रहरी चौकीबाट थप सुरक्षाकर्मी घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत…

Read More

काठमाडौँ, १३ जेठ । नेपालमा कोरोनाभाइरस कोभिड–१९ बाट पछिल्लो समय संक्रमितको संख्या दिन दिनै बढ्दो छ । यसै बीच कोरोनाबाट सङ्क्रमण हुनेहरुको सङ्ख्या पाँच हजारसम्म पुग्ने नयाँ अनुमान गरिएको बिबिसीमा खबर छ । संक्रमणको प्रक्षेपण संगै त्यसअनुसार आवश्यक स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अगाडि बढाइएको सरकारी अधिकारीहरूले बताएका छन् । सोहि अनुसार कोरोनाभाइरस परीक्षणका लागि अत्यावश्यक सामग्रीको बोलपत्र आह्वान पनि गरिसकिएको बताइएको छ । त्यस्तै कोरोनाभाइरस नियन्त्रणका लागि खटिएको जनशक्तिका लागि आवश्यक हुने व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई०, मास्क, पन्जा जस्ता सामान खरिदका लागि स्वीकृति दिइसकिएको छ। अहिले सम्म पिसीआर विधिबाट नेपालमा ५१ हजारको परिक्षण गरिएको छ । यस बीच ६८२ जनामा…

Read More

भद्रपुर, १३ जेठ । प्रत्यक्ष जनसरोकारको विषयमा राजनीतिक रङ दिने प्रयास सुरू भएपछि भद्रपुरस्थित मेची अञ्चल अस्पतालको निर्माणाधीन भवनलाई कोरोना उपचार अस्पताल बनाउने निर्णय अन्योल ग्रस्त बनेको छ । प्रदेश सरकारबाट प्राप्त हुने बजेटबाट तत्काल कोरोना अस्पताल निर्माण गर्ने भन्दै जिल्ला समन्वय समिति झापा, प्रशासन र यहाँका राजनीतिक दलहरूले सो स्थानमा कोरोना अस्पताल बनाउने निर्णय गरेका थिए । तर, स्थानीयले आफूहरुको भावना विपरीत निर्णय गरियो भन्दै विरोध जनाउँदै आएका छन् । स्थानीयबासीको विरोधपछि हाल सो विषय राजनीतिक रङतिर बदलिँदै जाँदा अन्योलको अवस्था सिर्जना भएको हो । अस्पताल आसपास घर भएका नागरिकमा कोरोना संक्रमण त्रास भएका बेला अस्पतालको स्थानको वैकल्पिक व्यवस्थापनको…

Read More

झापा, १३ जेठ । कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ । यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर) तथा विभिन्न मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढाएका छन् तर कति नेपाली ल्याउने भन्ने तथ्याङ्क भने यकिन छैन । दुवै समितिमा विशेष भूमिका निर्वाह गरिरहेका नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार विदेशबाट ल्याउने नेपालीको अनुमानित सङ्ख्या विश्लेषण गरी समितिमा प्रस्ताव गरिएको हो । झण्डै नौ लाख नेपाली ल्याउने अवस्था आउन सक्छ । जस अनुसार पछिल्लोपटक भएको छलफल अनुसार…

Read More

विराटनगर, १३ जेठ । आयातित कच्चा तोरी प्रशोधनमा निर्भर सुनसरी–मोरङ करिडोरका तेल उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । तेस्रो मुलुक र भारतबाट कच्चा आयातमा समस्या परेपछि लामो बन्दाबन्दीको असर तेल उद्योगमा देखिन थालेको हो । कच्चा अभावकै कारण विराटनगर–४, खारजीमा रहेको श्याम एग्रो इन्डस्ट्रिज भने बन्द भएको छ । त्यसबाहेक अन्य उद्योगलाई समेत कच्चा अभावको प्रभाव पर्दै गएको सम्बन्धित उद्योगीको भनाइ छ । श्याम एग्रोका सञ्चालक जीवन रिजालले तोरी आयातमा समस्या भएका कारण तत्काल उद्योग बन्द गर्नुपर्ने अवस्था आएको जानकारी दिए । दैनिक १५ टन तोरी प्रशोधन गर्दै आएको उद्योग बन्द हुनुपर्ने कारणबारे सञ्चालक रिजालले क्यानडा, युक्रेन र अस्ट्रेलियाबाट…

Read More

झापा, १३ जेठ । सर्तसहित होटलहरूलाई क्वारेन्टाइन बनाउन व्यवसायीहरू तयार भएका छन् । होटलहरूको छाता सङ्गठन होटल एसोसिएसन अफ नेपाल (हान) ले पर्यटन विभागसँगको छलफलपछि यसका लागि तयार भएको हो । यद्यपि हानले क्वारेन्टाइन सञ्चालनका लागि आफ्नो तर्फबाट विभिन्न सर्तसहितको विवरण विभागलाई बुझाएको छ । हानले स्वास्थ्यकर्मी र कोरोना रोकथामका लागि खटिएका व्यक्ति तथा विदेशमा अलपत्र रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता गराउने क्रममा होटललाई क्वारेन्टाइनका रूपमा उपयोग गर्ने सरकारले निर्णय गरेमा त्यसका लागि आवश्यक समन्वय गर्न तयार रहेको जनाएको हो । यसरी क्वारेन्टाइन सञ्चालन गर्दा बस्ने पाहुनाको चेकइनपूर्व नै स्वास्थ्य चेकजाँच गरी सङ्क्रमण नभएको प्रमाण हुनुपर्ने, प्रत्येक दिन पटकपटक स्वास्थ्य…

Read More

झापा, १३ जेठ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा सोमबारसम्म २ अर्ब २९ करोड ६२ लाख ५९ हजार ८ सय ६५ रुपैयाँ जम्मा भएको छ । कोरोनाको जोखिम नेपालमा बढेपछि यसको नियन्त्रण एवं उपचारका लागि सरकारले सुरु गरेको कोरोना भाइरस, संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न व्यक्ति, संस्थाबाट उक्त रकम जम्मा भएको हो । कोरोना संक्रमितको संख्या बढेसँगै पछिल्लो समय आधारपूत औषधि, उपकरण तथा सामाग्रीको चरम अभवा देखिँदा पनि जनस्तरबाट कोरोना उपचारका लागि जम्मा भएको यति धेरै रकम भने अझै खर्च हुन सकेको छैन । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

झापा, १२ जेठ । कोभिड–१९ को सङ्क्रमण आज थप सात जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले अछाम, बर्दिया, काठमाडौँ र पर्सामा गरी नयाँ सात जना सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशला, भेरी अस्पतालको प्रयोगशाला र नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती नयाँ सङ्क्रमित फेला परेका हुन् । नयाँ सङ्क्रमितमा अछाम मेललेक गाउँपालिकाका ३२ वर्षीय पुरुष, बर्दिया गुलरिया नगरपालिका–२ र १० क्रमश ः १८, २२ र २४ वर्षीय पुरुष तथा पर्सा जिराभवानी गाउँपालिकाका–४ का १८ वर्षीय पुरुष तथा काठमाडौँ महानगरपालिका–१५ घर भएका बाराको कलैयामा काम गर्ने २८…

Read More

काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रका नाममा आज सम्बोधन गर्नुहुँदै उहाँले यो महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक कार्य गरिरहेको बताउनुभयो । महामारीको सामना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । क्वारेन्टिन थप व्यवस्थित बनाउँदै लैजाने पनि उहाँको भनाइ छ । नेपालले ६२ दिनदेखि बन्दाबन्दी कोरोनावि’रुद्ध ल’डिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अझै केही समय लड्नुपर्ने देखिएको छ ।” सरकार नागरिकप्रति संवेदनशील रहेको उहाँले बताउनुभयो । सरकारले परीक्षणको दायरा बढाउने क्रममा पहिले एक प्रयोगशालाबाट अहिले २० वटा विस्तार गरेको उहाँले जानकारी दिनुभयो…

Read More