
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १२ जेठ । नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले भद्रपुरस्थित मेची अञ्चल अस्पतालको निर्माणाधीन भवनलाई कोरोना उपचार केन्द्र बनाउनु नहुने धारणा राखेका छन् । नेपाली कााग्रेस क्षेत्रीय समितिले गरेको अडियो भिडियो कन्फेरेन्सलाई सम्बोधन गर्दै नेता सिटौलाले विकल्पका रूपमा कलवलगुरी प्रशिक्षण केन्द्र वा चन्द्रगढी स्थित खाद्य संस्थानको खाली गोदाम हुँदा हुँदै विपन्न नागरिकको उपचारको केन्द्र विन्दु रहेको सो अस्पताललाई कोरोना उपचार केन्द्र बनाउनु नहुने धारणा राखेका हुन् । पूर्व उपप्रधान तथा गृह मन्त्री समेत रहेका सिटौलाले प्रदेश सरकारले झापामा कोरोना उपचार अस्पताल निर्माण गर्ने निर्णय स्वागत योग्य भए पनि अञ्चल अस्पताललाई रूपान्तरण गर्न गरिएको निर्णय गलत भएको प्रष्ट…
काठमाडौँ, १० जेठ । भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख २५ हजार १०१ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शनिबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ७२० जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ५१ हजार ७८४ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ६९ हजार ५९७ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ । कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ४४ हजार ५८२ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो…
टिकार्जुन शिवाकोटीअर्थतन्त्रलाई चलायमान बनाउनका लागि भोलिका दिनहरु नेपालको लागि निकै चुनौतीपूर्ण रहेको छ । किनभने आज नेपाल पुरै अन्तर्राष्ट्रिय समुदाय कोभिड–१९ ( कोरोना भाइरस) बाट आक्रान्त छ । र, नेपाल पनि निश्चित रुपमा प्रभावित हुने नै भयो– विश्वव्यापीकरणको कारणले गर्दा । तसर्थ, नेपालका आउने दिनहरु कस्ता–कस्ता सम्भावना र चुनौतीहरु छन् त ? छोटकरिमा कुरा गर्न चाहन्छु । सम्भावनाहरु(१) हामीसँग प्रचुर मात्रामा पर्यटकीय स्थलहरु रहेका छन् । सगरमाथा, लुम्बिनी, पशुपतिनाथ, तालहरु, अनेकौँ मन्दिरहरु आदि ।(२) जलविद्युत्को सम्भावना छ । धैरै अटुट रुपमा बग्ने नदीहरु छन् । सप्तकोसी, सेती, कर्णाली, तामाकोसी आदि । करिब ८३ हजार मेघावाट जलविद्युत् निकाल्ने सम्भावना छ ।(३)…
भोजपुर, १० जेठ । भोजपुरका सम्पूर्ण नाका सिल गर्दै बाहिरी जिल्लाबाट हुने तरकारी आयतमा समेत रोक लगाइएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन शुक्रबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले सो निर्णय गरेको हो । सदरमुकाममा रहेका खाद्यान्न तथा तरकारी पसल बिहान ५ः३० देखि ९ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म मात्र खोल्न,े भोजपुर बजारलगायत अन्य स्थानीयस्तरमा लाग्ने हटिया पूर्णरूपमा बन्द गर्न लगाउने निर्णय बैठकले गरेको छ । सदरमुकाममा लाग्ने गरेको शनिबारे र बुधबारे हटिया बन्द गर्ने निर्णय भएपछि बजार क्षेत्रमा तरकारी अभाव हुने नदिन देउरालीचोकबाट नगरपालिका भवनसम्म १०–१० मिटरको दूरी कायम गरी तरकारी किनबेच गर्न पाउने व्यवस्था मिलाएको…
कनकाई, १० जेठ । कनकाई नगरपालिकाको कोरोना राहत कोषमा जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकीय संस्थाले १ लाख १ हजार १ सय ११ रुपैँया सहयोग गरेको छ । कनकाई नगरपालिकामा आयोजित विशेष कार्यक्रमका बीच वन समुहका अध्यक्ष ख्याम सिटौला, उपाध्यक्ष सुमन श्रेष्ठ, कोषाध्यक्ष बुद्धिमान बोहोराले उक्त रकम कनकाईको कोरोना कोषमा नगरप्रमुख राजेन्द्रकुमार पोखरेललाई हस्तानतरण गर्नुभयो । अध्यक्ष सिटौलाले नगरलाई परेको वेल सबै नगरबासी एक हुने बताउँदै नगर तथा देशले लागु गरेको एकद्धार नितिको सहयोगका लागि वन समुहले उक्त रकम सहयोग गरेको बताउनुभयो । सहयोग रकम बुझ्दै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले आफुले उक्त रकमको सहि सदुपयोग गर्ने प्रतिवद्धता जनाउनुभयो…
झापा, १० जेठ । कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्पmत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेसँगै कोषका सेवा बन्द गरिँदै आए पनि आइतबारदेखि अनलाइनमार्पmत विशेष सापटी सेवा सञ्चालन गर्ने तयारी गरिएको कोषले विज्ञप्तिमार्फत जनाकारी दिएको छ । “लकडाउनका कारण यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई मध्यनजर गर्दै घर तथा कार्यालयमै बसेर सरल, सहज र प्रभावकारीरूपमा सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप अनलाइन विशेष सापटी सेवा शुरु गरिएको हो” विज्ञप्तीमा भनिएको छ । हाललाई यो सेवा विशेष…
झापा, १० जेठ । नेपाल आज थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ । मन्त्रालयका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरुष रहेका छन् भने २७ वर्षीया महिला रहेकी छन् । त्यसैगरी सर्लाहीको गडैतामा थप १३ जना पुष्टि भएको छ । जसमा १८, २०, २०, २०, २१, २२, २३, २८, २६,…
ताप्लेजुङ, १० जेठ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ का २१ बर्षीय केशव खवास मृत फेला परेका छन् । गत जेठ ६ गते मेवाखोलामा हामफाली बेपत्ता भएका खवासको खोजतलास गर्ने क्रममा शुक्रवार बेलुका ७ बजे घटनास्थल भन्दा करिव २०० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सुनसरी, १० जेठ । सुनसरीको गढी गाउँपालिका–६ मा भएको ट्याक्टर दुर्घटनामा परी ट्याक्टर चालककको मृत्यु भएको छ । शुक्रवार दिउँसो साँढे २ बजेको समयमा सत्तेरझोडा स्थित कच्ची बाटोमा उत्तरबाट दक्षिण तर्फ ईट्टा बोकेर जाँदै गरेको को १ त ९६८९ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टर चालक दुहवी नगरपालिका-११ का २४ बर्षीय फुलचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । दुर्घटनामा परी ट्रयाक्टरका सह(चालक २३ बर्षीय संजय पासवान घाईते भई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा पठाईएको उक्त कार्यालयले जनाएको छ ।
झापा, १० जेठ । दार्चुला जिल्लाको व्यास गाउँपालिकाको घाँटीबगर क्षेत्रमा नेपाली सेनाले सडक निर्माण सुरु गरेको छ । यो सडक निर्माणपछि टिङ्कर र लिपुलेक पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने अहिलेसम्मको अवस्थाको अन्त्य हुनेछ । असारसम्ममा उक्त क्षेत्रमा गोरेटो बाटो निर्माण भइसक्ने नेपाली सेनाले जनाएको छ । सेनाको प्राविधिक टोली घाँटीबगर क्षेत्रको थी भन्ने स्थानमा तैनाथ भइसकेको र अब चाँडै नै बाटो निर्माण कार्य सुरु हुने छ । चीन र भारतको सीमा नाकासमेत पर्ने दार्चुला जिल्लाको व्यास गाउँपालिकास्थित घाँटीबगर इलाकामा दुई मिटर चौडाइको ४५० मिटर गोरेटो र घोडेटो बाटो निर्माण गरिने जानकारी सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले दिए । व्यास गाउँपालिकामा पर्ने…