झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १२ जेठ । कोरोना भाइरस कोभिड–१९ बाट आज एकै पटक थप ७२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार याँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परिक्षणमा सबै भन्दा बढी ३७ जना संक्रमित पुष्टि भएका छन । यहाँ संक्रमित पुष्टि भएकाहरुमा धनुषा नगराईन नगरपालिका ३ का ३०, ३१ र ४५ वर्षीय पुरुष, कपिलवस्तु शिवराज नगरपालिका ४,५, र ६ का १९,२० र २३ वर्षीय पुरुष, काठमाडौँ टोखा नगरपालिका ३,६ र बुढानिलकण्ठ नगरपालिका…

Read More

कनकाई, १२ जेठ । झापा गाउँपालिका स्थित इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा (बिओपी) लाई कनकाई र बिर्तामोड उद्योग बाणिज्य संघले चाउचाउ र खानेपानी सहयोग गरेको छ । उक्त सामग्री कांग्रेस नेता देउमान थेवेले सुरक्षाकर्मीका प्रमुखलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह, उपाध्यक्ष कुन्तीदेबी बुढाथोकी, झापा–१ का वडाध्यक्ष राजकुमार यादव, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरिया, सचिव तुलसी बिमली, अन्जु थपलिया, शिव कडेल लगायतको उपस्थिति रहेको थियो ।

Read More

झापा, १२ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना (इद मुवारक) व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत पवित्र इद उल फित्र पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बीको महत्वपूर्ण योगदान रहँदै आएको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षार्थ मुस्लिम दिदीबहिनी तथा दाजुभाइ अझ बढी जिम्मेवार हुने उल्लेख गर्नुभएको छ । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै भौतिक दूरीलाई कायम राखी पारस्परिक…

Read More

झापा, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महान् चाड इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुमकामना व्यक्त गर्नुभएको छ । आज दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै विविधताभित्रको एकता नै हाम्रो मौलिक विशेषता र पहिचान भएको बताउनुभएको छ । उहाँले बहुधर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्ने बताउनुभएको छ । सबै जातीय, धार्मिक र वर्गीय समुदायमा कोभिड–१९ ले समानरुपले आक्रमण गरिरहेकाले यस महामारीविरुद्धको सङ्घर्षमा एकताबद्ध…

Read More

काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गर्नुभएको छ । रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहनु भएका इस्लाम समुदायका सम्पूर्ण दिदीबहिनीलाई शुभकामना दिँदै उहाँले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताको मौलिक पहिचान भएको बताउनुभयो । बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश नेपालमा यस्ता पर्व र विशेषता यहाँ मौलिक पूँजीका रुपमा रहेको बताउँदै एकता र सहिष्णुताको यस पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने जनाउनुभएको छ । विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु मुलुकमा सम्मानित…

Read More

द्रोण अधिकारीभद्रपुर, १२ जेठ । नोबल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचार गर्न विशेष अस्पतालका रूपमा मेची अञ्चल अस्पताललाई विकास गर्ने सरकारी निर्णय विवादमा परेको छ । झापाकै सुविधा सम्पन्न सरकारी अस्पताल भएर पनि विपन्न समुदायको उपचार केन्द्रका रूपमा रहेको सो अस्पताललाई एकाएक कोरोना उपचार केन्द्र बनाइने निर्णय भएपछि स्वास्थ्य विमा सेवा, न्युन शुल्कमा उपचार लिने नागरिकहरू उपचार गर्न जान नसक्ने अवस्था आउँदा विवाद उत्पन्न भएको हो । भद्रपुर ८ नम्बर वडामा रहेको सो अस्पताललाई कोरोना अस्पतालका रूपमा विकास गर्ने निर्णय गर्नु पूर्व अस्पताल विकास समितिले जनप्रतिनिधिहरूसित समेत छलफल नगरेको पाइएको छ । भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजका अनुसार…

Read More

झापा, १२ जेठ । कोरोनाभाइरसका निम्ति खोप विकास गर्न अन्तर्राष्ट्रिय समुदाय लागिरहेको छ । प्रभावकारी निष्कर्ष अझै आउन सकेको छैन । नौवटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । हाल विश्वभर १५५ भन्दा बढी खोप विकासको परीक्षण चलिरहेको छ । अनुसन्धान भइरहेका ती खोपले मानव समुदायलाई आशा भने जगाएको छ । डब्लूएचओका अनुसार पहिलो र दोस्रो चरण पार गरिसकेका र पार गर्दै गरेका दसवटा खोप निष्कर्षमा पुग्ने उच्च सम्भावना छ । चीनको ‘एडेर्नो भाइरस टाइप ५ भेक्टर’ र अमेरिकाको ‘एमआरएनए’ भ्याक्सिनको सबैभन्दा बढी प्रभावकारी परीक्षण देखिएको छ । यी बाहेक अन्य तीनवटा चीनले ‘इनएक्टिभेटेड’…

Read More

झापा, १२ जेठ । भारतले नेपालको प्रमुख निर्यात वस्तु चिया निकासीमा अवरोध गरेको छ । उसले केही साताअघि मात्रै नेपालबाट पाम आयल आयात गर्ने भारतीय आयातकर्ताको लाइसेन्स खारेज गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतीय भन्सारका अधिकारीले नेपालमा उत्पादित चिया विभिन्न बहाना गरेर भारत प्रवेशका लागि अनुमति दिएका छैनन् । लकडाउनको विषम परिस्थितिमा अत्यावश्यक सामाग्री र कृषिजन्य वस्तुको आयात – निर्यातमा कुनै रोकावट नहुने समझदारी भए पनि भारततर्फको निकासीमा समस्या देखिएको मन्त्रालयले जनाएको छ । भारतीय भन्सारले चिया रोक्नुको स्पष्ट कारण भने खुलाएको छैन । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

Read More

झापा, १२ जेठ । पछिल्लो एक सातायता कोरोना भाइरस संक्रमण दर उच्च रुपमा बढेको छ । ५ जेठदेखि ११ जेठसम्मको अवधिमा तीन महिनायताकै संक्रमण दर उच्च रहेको छ । एक साताको अवधिमा ३ सय १३ जना संक्रमित थपिएका छन् । नेपालमा १० माघ २०७६ मा पहिलोपटक ३२ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएदेखि ४ जेठसम्म संक्रमितको संख्या २ सय ९५ रहेको थियो । गत जेठमा ८० जना, ६ जेठमा २७ जना, ७ जेठमा २५, आठ जेठमा ३०, ९ जेठमा ५९, १० जेठमा ६८ र आइतबार २४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंमा…

Read More

ठमाडौं, १२ जेठ । भारतीय ह्याकरले नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट आइतबार ह्याक गरेको छ । ह्याकरले ह्याक गरेको केही समयपछि नै प्राधिकरणले पुनः आफ्नो नियन्त्रणमा ल्याएको थियो । भारत र नेपालबीचको सीमा विवाद र यसले उत्पन्न गराएका विवादपपछि नेपाली ह्याकर र भारतीय ह्याकरबीच साइबर ह्याक गर्ने प्रतिस्पर्धासँगै भारतीय ह्याकरले प्राधिकरणको साइट ह्याक गरेको हो । इन्डियन साइबर ट्रँपस नामको समूहले बाँकेको वन विभागको वेबसाइटलाई ह्याक गरेको थियो । सो समूहले अरु सरकारी वेबसाइटलाई पनि ह्याक गरिरहन खोजिरहेको छ । आजको राजधानी दैनिकमा खबर छ ।

Read More