
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १२ जेठ। कोरोना भाइरस कोभिड(१९ को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आज बेलुकाको नियमित पत्रकार सम्मेलनमा पुष्टि गरेको छ । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा गत जेठ ४ गते बाराको करैयामाई गाउँपालिका(७ उम्जन निवासी ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । सास फेर्न गारो भएर गत जेठ २ गते अस्पताल भर्ना भएका उनको चार गते मृत्यु भएको हो । उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो । तर सोमबार विहान उनको कोरोना पोजेटिभ भएको रिपोर्ट आएको छ । यो संगै नेपालमा कोरोनाबाट मृतकको संख्या ४ पुगेको छ ।
झापा, १२ जेठ । ‘कोभिड–१९’ नियन्त्रण र खाद्य सङ्कट समाधानमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिइएको छ । नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकमा अधिकांश प्रदेशसभा सदस्यले कोरोना रोग र सम्भावित भोक समाधान गर्ने गरी प्रदेश सरकारले आगामी आव ९२०७७÷०७८० को बजेट तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएको हो । बैठकमा कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा सबै प्रदेशसभा सदस्यको पारिश्रमिकबाट आधा महिनाको तलब जम्मा गर्ने निर्णय भएको नेकपाका सचेतक सीताकुमारी नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आज ३ बजेदेखि शुरु हुने…
सन्तोष शर्माबनियानी, १२ जेठ । झापामा पछिल्लो समय सूर्यमुखी फुल खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । खेती गर्न सजिलो र उत्पादन राम्रो हुने भएपछि कृषक सूर्यमुखी खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । अहिले कृषकले लगाएको सूर्यमुखी ढकमक्क फुलेको छ भने कतिपय ठाउँमा बाली उठाउने बेला भएको छ । बिर्तामोड नगरपालिका–१० स्थित अन्नपूर्ण कृषि समूह र विशाल कृषि समूहका ६० कृषकले २० बिघाभन्दा बढी क्षेत्रफलमा सूर्यमुखी फुल खेती गरेका छन् । बिर्तामोड नगरपालिकाले खेती प्रोत्साहन एवम् प्रवद्र्धनका लागि बिउ र कृषि चुन उपलब्ध गराएपछि कृषकले खेती लगाएका थिए । नगरपालिकाले ४२० बोरा कृषि चुनमा ५० प्रतिशत अनुदान दिएको छ भने…
झापा, १२ जेठ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ। वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका–७ एक वृद्धलाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ। ७० वर्षीय ती वृद्ध मिर्गौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए। नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले ती वृद्धको स्वाब जाँच्दा कोरोना पोजेटिभ आएको जानकारी दिए। ‘शंकास्पद लक्षण देखिएका उनको स्वाब कलेक्सन गरेर परीक्षणका लागि काठमाडौं पठाएका थियौं अहिले भर्खरै पोजेटिभ नतिजा आयो भनेर मलाई इमेल आएको छ,’ उनले भने। यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।
कपिलवस्तु, १२ जेठ । कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भई घर फिर्ता भएका छन् । कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको जनाउँदै आज घर फिर्ता भएपछि जिल्लामा कोरोना भाइरसलाई जितेर घर जानेको सङ्ख्या बढेको छ । गत वैशाख ३० गते पहिलो पटकको रिपोर्टमा पोजेटिभ आएपछि नर्सलाई अस्पतालको आइसोलेशनमा राखिएको थियो । कपिलवस्तु नगरपालिका तौलिहवा निवासी २५ वर्षीया नर्सलाई घर पठाइएको हो । नर्स सङ्क्रमित भएपछि अस्पतालका कर्मचारी र परिवारसहित ११० को पिसिआर जाँच गर्दा नेगेटिभ आएको थियो । नर्सको क्रमशः दोस्रो र तेस्रो पटक यही जेठ १ र ४ गते दुई पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको…
झापा, १२ जेठ । भारतमा सोामबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ३८ हजार ८४५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सोमबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार २१ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ५७ हजार ७२१ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ७७ हजार १०३ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ । कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ५० हजार २३१ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो…
नवेश गुरुङ‘मागेर होइन, कमाएर समाजसेवा गर्न चाहन्छु । कमाएको पैसा समाजसेवामा खर्च गर्छु । किनकि सास रोकेर उकुस–मुकुस हुन चाहान्न’– यो भनाइ प्रसिद्ध गायक तथा समाजसेवी आनी छोइङ डोल्माको हो । उनको भनाइले जोकोहीको मनमा परोपकारको भावना जगाउँछ । यस्तै उद्देश्य र भावना भएका एक मनकारी जो खाडीको पराई ठाउँबाट आफ्नो श्रम बेचेर रातदिन दुःखी, असहायको साहाराको डोरी बनिरहेका छन् । केही वर्ष अघिदेखि सामाजिक सञ्जाल मार्फत मानवीय सेवाम अग्रसर छन् । उनी को हुन् ? उनको नाम के हो ? कसैलाई थाहा छैन । ‘खाडीको डोरी लाहुरे’ नामको फेसबुक एकाउन्ट चलाउँछन् । त्यही आइडीबाट उनले आफूजस्तै मन भएका सहयोगी…
उदयपुर, १२ जेठ । उदयपुरको रौतामाई गाउँपालिका–८ की ४३ बर्षीय नेप्टीमाया भनिने दिलमाया तामाङ आफ्नै घरमा मृत फेला परेकी छन् । आज बिहान ७ बजेको समयमा तामाङ आफ्नै घरमा मृत अबवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले महिलालाई धारिलो हतियार प्रहारबाट मृत रहेको अवस्थामा फेला पारेको हो । महिलाको धारिलो हतियार प्रहारबाट हत्या भएको आशंकामा प्रहरीले मृतककै श्रीमान ५२ बर्षीय बिष्णु तामाङलाई नियन्त्रणमा लिएको छ भने मृतकको कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
मोरङ, १२ जेठ । मोरङको कानेपोखरी गाउँपालिका–५ मा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ । आज बिहान सवा ९ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को २ त २४५९ नम्बरको ट्याक्टरमा सवार रहेका स्थानीय २७ बर्षीय प्रबिण राई अचानक ट्याक्टरबाट लडेर घाईते भएका थिए । घाईतेलाई उपचारको लागी मंगलवारे अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
इलाम, १२ जेठ । पाँचथर सीमावर्ती राँके बजारमा ट्रक र मोटरसाइकल एकापसमा ठोकिँदा ड्यूटीमा रहेका एक प्रहरी हवल्दारको ज्यान गएको छ । सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हवल्दार नवीन बस्नेतको दुर्घटनामा मृत्यु भएको हो । लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा भइरहेको सवारी आवागमनको अनुगमन गर्न बस्नेत एक स्थानीयको मोटरसाइकल लिएर इलामतर्फ गइरहेका थिए । राँके बजारको चामु होटल छेउमा बस्नेत सवार मे ११ प ४६६ नम्बरको मोटरसाइकल र झापाको विर्तामोडबाट फिदिम आइरहेको मे १ ख १८६३ नम्बरको ट्रक आइतबार दिउँसो ठोक्किँदा बस्नेत गम्भीर घाइते भई ढलेका थिए । उपचारका लागि जिल्ला अस्पताल इलाम पु¥याउँदा उनलाई चिकित्सकले…