
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ८ जेठ । नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि भारतीय मिडिया आक्रोशित भएको छ । रातदिन हिन्दू–मुस्लिम भनेर बहस चलाउने र जनताका एजेन्डा लुकाउने भारतीय साम्प्रदायिक मिडियाले नेपालविरुद्ध विषवमन गरिरहेका छन् । जी न्यूजले त नेपाल र भारतको सैनिक संख्याको तुलना गरेर पनि देखाएको छ । हुन त मूलधारका भनिने भारतीय मिडियाले नागरिक अधिकार, राज्यको दायित्व, मानवीय संवेदना र ऐतिहासिक दस्ताबेजसँग कुनै साइनो राख्दैनन् । समाचारका नाममा कलाविहीन सर्कस चलाउने भारतीय टेलिभिजनले अहिले नेपालको भूगोल र ऐतिहासिक दस्ताबेजका विषयमा आफ्नो निम्छरो जानकारी उदांगो बनाइरहेका छन् । एबिपी न्यूजको प्रातकालीन कार्यक्रममा बुधबार अभिनेत्री मनीषा कोइरालाविरुद्ध आपत्तिजनक भाषामा टिप्पणी गरिएको थियो । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको…
झापा, ८ जेठ । कोभिड रोकथाम तथा उपचार गर्न १८ फागुनमा गठन भएको उच्चस्तरीय समितिले ८० दिन पार गरेको छ । त्यस्तै, ११ चैतमा सुरु भएको लकडाउनले पनि दुई महिना छुन खोज्दै छ । कोभिड बिरामीलाई बचाउने अन्तिम संसाधन भेन्टिलेटर हो, तर यसबीचमा देशभर जम्मा १५ भेन्टिलेटर थपिएका छन् । त्यसमा पनि १२ वटा अरू संस्थाले दिएका हुन् । सरकारले कोभिड उपचारका लागि जम्मा तीन सय ९६ आइसियू र एक सय ५६ भेन्टिलेटर तयार पारेको छ । आइसियू र भेन्टिलेटर सञ्चालनका लागि तीन सय ८५ स्वास्थ्यकर्मी तयार छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार निक साइमन फाउन्डेसनले १० वटा भेन्टिलेटर सहयोग गरेको छ…
झापा, ८ जेठ । कोरोना भाइरसको संक्रमण आज थप १७ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप सङ्क्रमण देखिएको बताउनुभयो । आज नयाँ थपिएसँगै सङ्क्रमित ४४४ पुगेका छन् । नयाँ सङ्क्रमितमा झापाका १५ तथा धनकुटा र सुनसरीका एकएक छन् । उहाँका अनुसार झापा कचनकवल गाउँपालिका वडा नं ३, ६ र ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षीय पुरुष, धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया…
मोरङ, ८ जेठ । मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोली बलात्कृत भएपछि न त न्याय पाइन् न त पीडकलाई कुनै सजाय नै भयो । बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो र ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरियो । मोरङ बुढीगंगा गाउँपालिका–७ बडहराका १५ वर्षीया किशोरीमाथि दुई महिनाअघि ५ जनाको समूहले सामूहिक बलात्कार गरे । स्थानीय लक्ष्मण राई, रोशन राई, इन्द्र राई र अन्य दुई जनाको समूहले बलात्कार गरेको आरोप छ । सामूहिक बलात्कारपछि पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए तर बलात्कारमा संलग्न इन्द्र राई र लक्ष्मण राईलाई प्रहरीले छाडेको पीडितको भनाइ छ । ‘केटाहरुका आफन्तले गाउँमा बस्न नदिएको अवस्था छ,’ पीडित…
झापा, ८ जेठ । सरकारले राजनीतिक र प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरेसँगै छिमेकीद्वयसहित अन्तर्राष्ट्रिय समुदायलाई दिने भएको छ। परराष्ट्र मन्त्रालयले पहिलो चरणमा सार्वजनिक नक्सा संयुक्त राष्ट्रसंघमा बुझाउने तयारी गरेको छ। राष्ट्रसंघमा सदस्यता लिँदा बुझाएको विवरणसँग नक्सा मेल खाने भएपछि त्यहाँ नक्सा बुझाउने तयारी गरिएको परराष्ट्र उच्चस्रोतले बतायो। यसअघि नेपालले औपचारिक रूपमा नक्सा बुझाएको थिएन। सदस्य बन्ने समयमा राष्ट्रसंघले नक्सा माग गरेको तर नक्सा अनुसारको नेपालको सिमानाको सम्पूर्ण विवरण बुझाएको हुनाले त्यसयता यसको आवश्यकता परेको थिएन। सरकारले नेपालको नक्सा जारी हुने वित्तिकै राष्ट्रसंघलाई पठाउने योजना बनाएको थियो। अहिले सरकारले १८१६ को सुगौली सन्धिमा भएको सम्झौता अनुरूपकै भूभागलाई समेटेर आफ्नो नयाँ राजनीतिक…
झापा, ८ जेठ । खरिदारबाट जागिरमा प्रवेश गरी अधिकृतमा रिटायर्ड भएका काठमाडौंस्थित टोखा नगरपालिकाका तत्कालीन शाखा अधिकृत ऋषिराम अर्यालले जागिर अवधिमा २६ करोड ६० लाखभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएको छ । आर्जित सम्पत्तिमध्ये १७ करोडभन्दा बढी रकम अवैध ठहर भएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानबिन गर्ने क्रममा उनले आर्जन गरेको २६ करोड ६० लाख ६९ हजारमध्ये १७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपैयाँको स्रोत खुलाउन नसकेपछि भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको खुलेको हो । आजको राजधानी दैनिकमा खबर छ ।
बिर्तामोड, ७ जेठ । लकडाउन कार्यान्वयनमा चुनौति व्यहोरेको बिर्तामोड नगरपालिकाले बजारमा दैनिक बढ्दो भीड व्यवस्थापन गर्न नगर क्षेत्र सिल गर्ने निर्णय गरेको छ । बिहीवार रातिदेखि नगर क्षेत्र सिल गर्ने निर्णय नगरपालिकाले गरेको हो । यद्यपि, नगरपालिकाले यस विषयमा औपचारिक जानकारी भने सार्वजनिक गरेको छैन । सूर्योदय टेलिभिजनसँगको टेलिफोन वार्तामा बिर्तामोडका मेयर ध्रुवकुमार सिवाकोटीले बिर्तामोडलाई ‘अघोषित सिल’ गरिएको भनेका छन् । दवावमा कृषिथोक बजार पनि खोलिएपछि बिर्तामोडमा थामिनसक्नुको भीड छ । बैक तथा वित्तिय संस्था भएका ठाउँमा पनि जनचाप थपिँदै गएको छ । नगरपालिका कार्यपालिका र राजनीतिक दल समेतको सहमतिका आधारमा बिर्तामोड सिल गर्ने निर्णय भएको नेकपा नगर कमिटीका अध्यक्ष…
झापा, ७ जेठ । कोरोना भाइरस कोभिड९१९ बाट थप ७ जनामा संक्रमण पुष्टि भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा झापाका कचनकवलका ५ जना, धनकुटा र धरानका १–१ जनालाई कोरोनाभाइरस पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री कार्यालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले भने यसको आधिकारिक घोषणा गर्न बाकी नै छ । प्रदेशमा पीसीआर परिक्षणको दायरा बढाएपछी संक्रमितको संख्या बढ्दै गएको हो । आजै स्वास्थ्य मन्त्रालयद्वारा २५ जनालाई संक्रमण पुष्टि गरिसकेको छ । त्यसैले आज एक दिन मै कोरोना भाइरसबाट संक्रमितको संख्या ३२ जना पुगेको छ । यो संगै हाल सम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ४३४ पुगेको छ ।
काठमाडौँ, ७ जेठ । भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६११ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ६ हजार ७५० पुगेको छ । त्यसैगरी भारतमा विगत २४ घण्टामा १४० जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ३०३ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् । यहाँ कोरोना भाइरसबाट संक्रमित कूल व्यक्तिमध्ये ४२ हजार २९८ जना अस्पतालहरुबाट डिस्चार्ज भइसकेका छन् भने ६१ हजार १४९…
बिर्तामोड, ७ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षणका लागि आज झापाका पत्रकारहरुको स्वाब संकलन गरिएको छ । प्रदेश नं. १ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट आएको तीन जना टोलीले पहिलो चरणमा २५ जना पत्रकारको स्वाब संकलन गरेको पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार एकसाताभित्र थप ५० जना पत्रकारको कोरोना परीक्षण गरिने छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले जनजीवनलाई सहज बनाउने दिशामा प्रदेश सरकार लागिपरेको बताउनुभयो । “कोरोना प्रभावित क्षेत्रमा निगरानी बढाउँदै जनजीवनलाई सहज बनाउन प्रदेश सरकार प्रयासरत छ”, उहाँले भन्नुभयो, “भारतबाट आउनेहरुमा कोरोनाको संक्रमण देखिएको छ, उनीहरुको क्वारेन्टाइनमा राखेर उपचार र व्यवस्थापन…