
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाबारे आफूखुसी जथाभाबी नबोल्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले सीमाबारे मन्त्रीहरूले आफूखुसी बोल्ने गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । प्रधानमन्त्री ओलीले सीमा समस्या कूटनीतिक तवरबाट नै हल गर्ने विषय भएको बताएको एक मन्त्रीले बताए । सीमा समस्या हल गर्न सरकारले पहल गरिरहेको पनि प्रधानमन्त्रीको भनाइ थियो । संसदका विभिन्न समितिहरूले यसबारेमा जवाफ दिन परराष्ट्र र भूमि सुधार मन्त्रीहरूलाई बोलाइरहेका छन् । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सीमामा भारतले बलमिच्याइँ गरिरहेको भए पनि त्यसको समाधान सडकमा उफ्रेर नहुने बताए । भारतले नेपाली भूमि अतिक्रमण…
जेनेभा, ३० वैशाख । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ लाख ६९ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ७४ हजार २२८ जना नयाँ संक्रमित भेटिएका थिए भने तीन हजार ४०३ जनाको ज्यान गएको छ । प्राप्त समाचार अनुसार विश्वभर करिब ४७ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ९४ हजार अर्थात् करिव ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ । युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा…
पर्सा, ३० वैशाख । पर्सामा आज थपिएका सबै ३९ जना संक्रमित नै वीरगन्जको छपकैयाका बासिन्दा रहेको खुलेको छ । उनीहरू वीरगन्ज महानगरको वडा नम्बर १, २ र ३ का वासिन्दा रहेको मेयर विजयकुमार सरावगीले जानकारी दिए । छपकैया वस्ती महानगरको यी तीनटा वडामा फैलिएको छ । मंगलबार एकैदिन ५७ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । जसमा पर्सा छप्कैयाका ३९ जना, कपिलवस्तुका ८ जना र रुपन्देहीका ९ जना छन् । यसअघि वीरगन्जस्थित छप्कैयाकै एकै परिवारका १७ जना व्यक्तिमा संक्रमण देखिएपछि ६ सय बढी व्यक्तिको स्वाब परीक्षण गर्न पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा छपकैयाका ३९ जनामा संक्रमण…
काठमाडौं, ३० वैशाख । भारतमा २४ घण्टामा ३६ सय बढी कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमित फेला परेका छन् । सोमबार त्यहाँ एकैदिनमा ३ हजार ६०७ नयांँ संक्रमित फेला परेका हुन् । आइतबार भारतमा ४ हजार ३५३ नयाँ कोरोना संक्रमित फेला परेका थिए । शनिबार त्यहाँ ३ हजार ११३ नयाँ संक्रमित थपिएका थिए भने शुक्रबार ३ हजार ३४४ नयाँ संक्रमित भेटिएका थिए । यससँगै भारतमा कोरोना संक्रमितको संख्या ७० हजार नाघेको वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमित संख्या ७० हजार ७६८ पुगेको छ । यसैगरी कोरोनाका कारण ज्या’न गु’माउनेको संख्या २ हजार २९४…
इलाम, ३० वैशाख । इलामको माईजोगमाई गाउँपालिका–३ शुक्रबारे बजारमा सोमबार साँझ भएको आगलागीबाट करिव ७० लाख बराबरको क्षति भएको छ। साँझ ९ः४५ बजे बेद कैयाको घरबाट सुरु भएको आगलागीबाट ३ घर पुर्ण रुपमा क्षति पुगेको छ। नामसालिङ प्रहरी चौकी इन्चार्ज टेकराज गिरीकाअनुसार कैयाको घरमा कोही पनि नभएको अवस्थामा आगलागी भएको थियो। घरमा रहेको २ वटा मध्ये एउटा ग्यासको सिलिन्डर विष्फोट भएको थियो। आगलागीबाट रुकमेणा प्रधानको घर र किराना पसल, छत्रकुमारी लावरको घर तथा कैयाको जुत्ता र कपडाको पसलमा क्षति पुगेको छ। नामसालिङ प्रहरी चौकी, इलाका प्रहरी कार्यालय नयाँबजार र स्थानीयको सहयोगमा आगो विहान करिव ५ः४५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको…
सिरहा, ३० वैशाख । कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको हो । यसअघि उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित फेला पर्न थालेको भन्दै तत्काल उदयपुर जिल्लाबाट हुने आवतजावत रोक्न उदयपुर जिल्लासँग सीमा जोडिएका नाका बन्द गरिएको थियो । तर, सप्तरीमा पनि कोरोना सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सीमानाकासमेत बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाईँले जानकारी दिनुभयो । छिमेकी सप्तरी र उदयपुर जिल्लामा सङ्क्रमित पाइएकाले सिरहा जिल्ला पनि उच्च…
काठमाडौं, ३० वैशाख । झन्डै दुई वर्षअघि देखि सुरु भएको सगरमाथा मापनको काम पूरा भएको छ। नापी विभागका अनुसार हाल डाटा प्रोसेसिङको काम भइरहेको छ। यो काम पनि अन्तिम चरणमा पुगेको विभागले जनाएको छ। विभागले एक अन्तर्राष्ट्रिय गोष्ठी गरी सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम तय गरेको थियो। तर लकडाउनका कारण अन्तर्रा्ष्ट्रिय गोष्ठी गर्न नसकिएको विभागका सूचना अधिकारी दामोदर ढकालले जनाए। सगरमाथाको मापन सुरु गर्नुअघि विभागले सन् २०१७ डिसेम्बरमा अन्तर्राष्ट्रिय गोष्ठी गरी विज्ञहरूको सल्लाह र सुझाव मागेको थियो। सो गोष्ठीमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजिल्यान्ड, बेलायतलगायत देशका प्रतिनिधिको सहभागिता थियो। केही महिनाभित्र सगरमाथा मापनको उचाइ घोषणा गर्ने तयारी विभागका अधिकारीले गरेका…
झापा, ३० वैशाख । महामारीको यो हुण्डरीले हाम्रो व्यक्तिगत तथा सामाजिक व्यवहारमा थुप्रै परिवर्तन ल्याएको छ । अँगालो र चुम्बन त परको कुरा, ‘ह्यान्डसेक’बाट समेत वञ्चित भएर बस्नुपर्ने पश्चिमा समाजको विवशता त हामी अनुमान पनि गर्न सक्दैनौँ । यसबीच विश्वका ठूला नेताले अभिवादनमा ‘नमस्कार’ अर्थात् ‘नमस्ते’ गरेका कुरा पनि मूलधारका राजनीतिभन्दा कम चर्चित छैनन् । गत मार्चमा ब्रिटिस क्याबिनेटका सदस्यलाई राजकुमार चाल्र्सले गरेको नमस्तेदेखि फ्रान्सका राष्ट्रपति इमानुएल मेक्रोनसम्म नमस्तेका तस्बिर इन्टरनेटमा भाइरल बने । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त नागरिकलाई हात मिलाउनुको सट्टा नमस्ते गर्न अपिल नै गर्नुभयो । नमस्तेको कहानी यत्तिमै सकिँदैन, विश्व शक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसमेतले नमस्तेलाई…
दार्चुला, ३० वैशाख । सरकारले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्ने भएको छ। व्यास गाउँपालिका–१ मा पर्ने गागा क्षेत्रमा पहिलोपटक सशस्त्र प्रहरीको बीओपी स्थापना हुन लागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाका गुल्मपति डम्मरबहादुर बिष्टले जानकारी दिए। भारतले नेपाली भूमि अतिक्रमण गरेको दार्चुलाको त्यही माथिल्लो क्षेत्रमा वर्षांैदेखि सरकारको उपस्थिति शून्य छ। कालापानी नजिकै स्थापना गर्ने निर्णय भएर पनि कार्यान्वयन हुन सकेको थिएन। उनले भने, ‘बीओपी स्थापनाका लागि आवश्यक बन्दोबस्तीका सामग्री, खाद्यान्न, भौतिक संरचनालगायत व्यवस्थापन भइसकेको छ।’ सशस्त्र प्रहरीको बीओपी तत्काल गाउँपालिका–१ छाङरुमा राख्ने गरी सबै तयारी पूरा भएको गुल्मपति बिष्टले बताए। छाङरु गाउँभन्दा केही तल पर्ने…
झापा, ३० वैशाख । कालापानी नजिकै दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उड्ने भएको छ । सो कार्य सम्पन्न गर्न गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा मन्त्रालयले सैनिक हवाई निर्देशनालयलाई पत्राचार गरिसकेको छ । गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले बुधबार सेनाको हेलिकप्टरमार्फत सशस्त्रको टोलीलाई छांगरु पुर्याउने तयारी गरिएको जानकारी दिए । त्यहाँ हाल प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सशस्त्र प्रहरी रहनेछन् । उनीहरुले सीमा रक्षा गर्नुका साथै अपराध नियन्त्रणमा भूमिका खेल्नेछन् । कालापानीबाट १० किलोमिटरको दुरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट राख्न लागिएको हो । आजको राजधानी दैनिकमा खबर छ ।