
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३० वैशाख । म्यानपावर व्यवसायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुले राखेको नगद धरौटी तत्कालका लागि सरकारसँग फिर्ता मागेका छन् । कोरोनाका कारण व्यवसाय धरापमा परेपछि नगद धरौटीबापतको ४ अर्ब ३१ करोड रुपैयाँ तत्कालका लागि फिर्ता मागेका हुन् । अहिले वैदेशिक रोजगारीमा कामदार पठायन इजाजत लिएका ८ सय ५३ वटा म्यानपावर कम्पनी छन् । आजको राजधानी दैनिकमा खबर छ ।
झापा, ३० वैशाख । १ मे (१९ वैशाख) अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । रचनाकार तथा गायक शिशिर योगीको फेसबुकमा एकाबिहानै नोटिफिकेसन आयो । सांसद भगवती न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित कविता ट्याग गरेकी थिइन् । र, पढेर प्रतिक्रिया दिन आग्रह गरेकी थिइन् । कविताको शीर्षक थियो, ‘अब आँसु खसाउनु पर्दैन’ । अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन नेपाली मन अब फुट्दैन राष्ट्रिय एकता टुट्दैन शान्ति अब यहाँ मर्दैन बढ्यो नेपाल अब बढ्यो अघि विकासमा पछि पर्दैन गणतन्त्र हो यो गणतन्त्र सार्वभौम जनताको जनतन्त्र अब आँसु खसाउनु पर्दैन सर्जकको दृष्टिबाट योगीलाई कविता राम्रो लाग्यो । तुरुन्तै उनले सांसद न्यौपानेसँग…
झापा, २९ वैशाख । कोरोना भाइरस कोभिड–१९ को थप १३ नयाँ संक्रमित भेटिएका छन् । योसंगै स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । कपिलवस्तुका ६, रुपन्देहीका ६ र बर्दियाका १ गरि १३ नया संक्रमितहरु पुष्टि भएका हुन् । संक्रमितहरू कपिलवस्तुको यशोधरा (८ र बुद्धभूमि नगरपालिका(७ निवासी १५,१९, २३, ३०,३२ र ३८ वर्षीय पुरूष, रुपन्देही सम्मरीमाई गाउपालिका(७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका–६ निवासी २४, २६, २७, ३०, ३२ र ४० पुरुषहरु रहेका छन्। त्यसै गरि बर्दिया राजापुर(५ की ११ वर्षीय बालिका छिन् । सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको…
बिर्तामोड, २९ वैशाख । पत्रकार महासंघ झापाले पत्रकारलाई राहत दिन बिर्तामोड नगरपालिकामा कुनै पत्रकारको नाम सिफारिस नगरेको जनाएको छ । झापाबाट प्रकाशित प्रतिदिन दैनिकको अनलाइन संस्करण प्रतिदिन डेली डटकम र झुल्केघाम अनलाइनले पत्रकारिताको गरिमामा आँच पु¥याउने र महासंघले निर्णय नै नगरेको विषयमा महासंघलाई जोडेर भ्रमपूर्ण समाचार प्रकाशन गरेको प्रति आपत्ति प्रकट गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण सञ्चार क्षेत्रमा जटिल परिस्थिति सिर्जना भएकाले पत्रकारको सुरक्षा र अवस्थाका बारेमा पत्रकार महासंघ गम्भीर भए पनि कहीँकतै राहतका लागि नाम सिफारिस र राहत माग नगरिएको महासंघ झापा अध्यक्ष तारामणि सापकोटाले बताउनुभयो । ‘अहिलेको अवस्था जटिल छ, यस्तो अवस्थाबाट सञ्चार क्षेत्र पनि…
बिर्तामोड २९ बैशाख । कोरोना महामारीका कारण लकडाउन लम्बिएसँगै विपन्न वर्गका परिवारलाई राहत दिन सञ्चालित ‘एकका लागि एक’ अभियानले ३० घरपरिवारलाई राहत वितरण गरेकोे छ । अभियानले झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बामा विपन्न ३० घरपरिवारलाई आज राहत वितरण गरेको हो । अभियानले स्थानीय तहसँगको सहकार्यमा राहत वितरण गरेको हो । राहत वापत प्रत्येक परिवारलाई २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, एक लिटर खानेतेल र एउटा नुहाउने र एउटा कपडा धुने सावनसहित २ वटा सावुन राहत वापत वितरण गरिएको थियो । कनकाई नगरपालिका वडा नं. ९ का अध्यक्ष प्रेमप्रसाद राजबंशीको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख राजेन्द्रकुमार…
सुनसरी, २९ बैशाख । सुनसरीको ईटहरी उपमहानगरपालिका-१६ का ३५ बर्षीय बिष्णु चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ७ बजेको समयमा घर छेउमै रहेको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा निजको घटनास्थलमा नै मृत्यु भएको भनी स्थानीयवासीले जानकारी गराउना साथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैबीच, खोटाङको खोटेहाङ गाउँपालिका–७ का ५५ बर्षीय पदम बहादुर भुजेल सामुदायिक वनमा मृत फेला परेका छन् । बैशाख २५ गते घरबाट खेत जान भनी निस्किएका भुजेल बेलुका सम्म पनी घर फर्केर नआएपछी खोजतलास गर्ने…
सप्तरी, २९ बैशाख । सप्तरीका एक १८ वर्षीय युवकमा पनि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । जिल्लाको डाक्नेश्वरीका ती युवकमा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १२१ पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान, धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हालसम्म प्राप्त जानकारी अनुसार उनको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले बताएका छन् । आज बिहान मात्र कपिलवस्तुका १० जनामा एकैपल्ट कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
रवीन्द्र काफ्लेपाँचथर, २९ वैशाख । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई रु एक लाख पुरस्कार दिने भएको छ । कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले सो पुरस्कारको व्यवस्था गरेको हो । यस्तै चार फुट उचाइ र २० फुट लम्बाइको मकैको थाङ्ग्रो राख्ने कृषकलाई समेत सोही राशिको पुरस्कार दिइने भएको छ । यस्तै ३५ मन ९प्रतिमनमा ४० किलो० भन्दाबढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो रु २० पुरस्कार दिइने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले जानकारी दिनुभयो । शुक्रबार सम्पन्न गाउँ…
अमित संग्रौलाकोरोना भाईरस कोभिड–१९ महामारीको असरका कारण देश नै लगभग ठप्प बनेको अवस्था छ । धेरैले दैनिक रोजगारी गुमाउन पुगेका छन । दैनिकी ज्याला मजदुर गर्नेहरु भोकभोकै हुनु परेको छ । त्यसकारण देशभरि नै राहत कार्यक्रम अघि बढाइएको हो । अतिविपन्न परिवारलाई सहयोग होस् भनेर विभिन्न संघसंस्थाहरु मानवीय सेवाको लागी जुटेका छन् । राहतमा पनि चहलखेल हुन गएको छ । जसले राहत पाउनुपर्ने हो ति ब्याक्ती हरुले पाउन सकिरहेको छैन । यहाँ मनमानी चलेको छ । जो गरिब निमुखा छन् । जसको घरमा चुलो बल्न धौधौ हुन्छ । तिनीहरुले राहत पाउनु आवस्यक छ । गरिब विपन्न समुदायका परिवारले पनि राहत…
काठमाडौं, २९ वैशाख । कपिलवस्तुमा १० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी सोमबार अनुसार कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका र बुद्धभुमि नगरपालिकाका १८ वर्षदेखि ३४ वर्ष उमेर समूहका पुरुषमा कोरोना देखिएको हो । संक्रमितहरू कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका वडा नं ५ र बुद्धभुमि नगरपालिका वडा नं ७ तथा १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरू रहेका छन् । १ जना भने उमेर नखुलेका पुरुष रहेका…