
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ८ जेठ । झापामा हालसम्म एक हजार ७३२ जनाको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गरिएको छ । यहाँका १५ वटै स्थानीय तहमा उक्त संख्यामा कोभिड–१९ को परीक्षण गरिएको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार २९६ जनाको आरडीटी, ५३५ जनाको पीसीआर, ९९ जनाको आरडीटी र पीसीआर दुवै विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमध्ये छ जनाको आरडीटी र २७ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । कचनकवल गाउँपालिकाका २५ जना, दमक र बाह्रदशी गाउँपालिकाको एक÷एक जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको संयोजक चम्लागाईंले जानकारी दिनुभयो । थप ६२ जनाको पीसीआर रिपोर्ट आउन…
झापा, ८ जेठ । दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवलमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या २७ पुगेसँगै बिर्तामोड नगरपालिकाले नगर क्षेत्र सिल गरेको छ । आज राति १२ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि नगर क्षेत्र सिल गर्न लागिएको नगरप्रमुख ध्रुव शिवाकोटीले जानकारी दिनुभयो । नगर क्षेत्र सिल गर्नुका साथै नगरपालिकाले नगरबासीमा अपिल समेत गरेको छ । ‘झापामा मात्र २७ जनामा कोरोनाको संक्रमण देखा परेको छ’, नगरप्रमुख शिवाकोटीले भन्नुभयो, ‘बिर्तामोडमा संक्रमण फैलिन सक्ने सम्भावना देखिएकाले अर्को निर्णय नभएसम्मका लागि नगर सिल गरिएको हो ।’ नगर क्षेत्र सिल गरिएको अवस्थामा लकडाउनलाई पूर्ण…
काठमाडौँ, ८ जेठ । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत चार कोरोना भाइरस सङ्क्रमित व्यक्ति निको भई घर फर्किनुभएको छ । निको हुनेमा दुई महिला तथा दुई पुरुष हुनुहुन्छ । नवौँ दिनको बसाइपछि उहाँहरुलाई आज अस्पतालले डिस्चार्ज गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । डिस्चार्ज हुनेमा २३ वर्षीया महिला, ३७ वर्षीय पुरुष, २५ वर्षीया महिला र २७ वर्षीय पुरुष हुनुहुन्छ । यससँगै कोराना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४९ पुगेको छ । त्यसैगरी आज झापामा आठ र रुपन्देहीमा एक गरी नयाँ थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको…
झापा, ८ जेठ । कोरोना भाइरस कोभिड(१९ बाट नेपालमा आज बिहीबार ९ जना संक्रमित थपिएका छन् । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले यसको पुष्टि गरेका हुन्। उनीहरूमध्ये रुपन्देही १ र झापामा ८ जना पुरूष छन्। उनीहरू सबै क्वारेन्टिनमा बसेका थिए। संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। बिहीबार नै काठमाडौंको टेकु अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएर घर गएका छन्। अहिलेसम्म ४९ जना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ।
बिर्तामोड नगरवासी आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अपिल, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण हामी अहिले यस महामारीको रोकथाम तथा नियन्त्रणा र नागरिकहरुको जीवन रक्षाको लागि अहोरात्र खटिरहेका छौं । देशमा लकडाउन गरी सामाजिक दुरी कायम गरिएको २ महिना पुग्न लागेको छ । झापा जिल्लामा मात्र २७ जनामा कोरोनाको संक्रमण देखापरेको छ । यसर्थ हामीले यो महामारीलाई फैलन नदिनका लागि नेपाल सरकारले जारी गरेको लकडाउनलाई पूर्ण पालना नगर्दा यस बिर्तामोड नगरपालिकामा यसको प्रकोप बढी फैलन सक्ने संभावना देखिएकोले यसलाई मध्यनजर राख्दै अर्को निर्णय नभएसम्मका लागि मिति २०७७ जेठ ७ गते यस नगरपालिकामा बसेको स्थानिय राजनीतिक…
बुटवल, ८ जेठ । रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको पुरुष मृत्यु भएको छ ।भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । यसैगरी प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले पनि उनको मृत्यु भएको पुष्टि गरे । उनको बिहान ७ बजे मृत्यु भएको रातोपाटीलाई बताएका छन् । मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका पुरुष हुन् । शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए । नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि सिन्धुपाल्चोककी…
ताप्लेजुङ, ८ जेठ । गाउँमा भएको झगडा मिलाएर कार्यालयतर्फ फर्कने क्रममा सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङ प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक बालकुमार राईको बाटैमा निधन भएको छ । सिदिङ्वा गाउँपालिकास्थित सुरुम्खिममा भएको झ’गडा मिलाएर फर्कने क्रममा बाटैमा बिरामी पर्नुभएका राईको गए राति निधन भएको हो । बुधबार दिउँसो झगडा मिलाएर फर्कने क्रममा बीच बाटामा नै अचानक बान्ता भएको र हिँड्न नसक्ने अवस्था भएकाले बाटैमा पर्ने खेवाङस्थित कुमार सार्कीको घरमा रहनुभएका राईको राति निधन भएको वडाध्यक्ष नरेन्द्र तिवारीले जानकारी दिनुभयो । राईसँग प्रहरीचौकीमा कार्यरत हवल्दार र एक जवानसमेत साथमा थिए । खेवाङ प्रहरी चौकीमा करिब दुई हप्ताअघि मात्रै इञ्चार्जको जिम्मेवारी…
विराटनगर, ८ जेठ । प्रदेश नं १ आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस रकम बुझाउन खोजेको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । डिभिजन प्रमुख झाले आर्थिक मामिला मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई रु १० हजार बुझाउन खोजेको अभियोग लगाइएको छ । झाले उक्त रकम खाममा राखेर आफ्नो कार्यकक्षको टेबलको घर्रामा राखिदिएको र त्यसबारे सोध्दा उनले केही नभएको पौडेलले बताएका छन् । झाले आफूले पौडेललाई रु १० हजार खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्वीकार गरेको जनाएका छन् ।…
भोजपुर, ८ जेठ । भोजपुरको आमचोक गाउँपालिका-९ माझखानी बस्ने २१ बर्षीय अशोक श्रेष्ठको दुधकोशी नदीले बगाएर मृत्यु भएको छ । बुधवार बिहान ११ बजे दुधकोशी नदीमा पौडी खेल्न गएका श्रेष्ठ साँझ साढे ५ बजे गोजेपाथर बगरमा मृत फेला परेको भनी स्थानीयले जानकारी गराएसंगै ईलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी बालाङखाबाट खटिएको प्रहरी टोलीले मृतकको कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, ८ जेठ । पूर्वी दक्षिणी झापाको कचनकवल गाउँ पालिकामा कोरोना संक्रमणको आशंका गरिएका व्यक्ति राख्न निर्मित क्वारेन्टिन व्यवस्थापनमा लापरवाहीकै कारण संक्रमितको संख्या बढ्ने देखिएको छ । छिमेकी देश भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्न सहज बाटो बनिएको कचनकवलमा भारत लगायत देशबाट आउने व्यक्तिलाई राख्न निर्मित क्वारेन्टिन भीडभाड जोड्ने आधारका रूपमा विकसित हुँदै जाँदा त्यँहा रहेका व्यक्तिमा कोरोना संक्रमण जोखिम बढेको हो । स्थानीयका अनुसार कचनकवलका पाठामारी, केचना र घेरावारी क्षेत्रका नाकाबाट भारतका विभिन्न शहरमा कामका लागि गएका व्यक्तिहरू सहजै प्रवेश गर्ने गरेका छन् । त्यहाँका स्थानीय व्यक्तिहरूले भारतबाट लुकीछिपी आउनेलाई क्वारेन्टिनमा बस्न सुल्भाए अनुसार क्वारेन्टिन पुग्ने गरेका हुन् । तर,…