झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ४ जेठ । सरकारले लकडाउन जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । नेपालमा कोरोना संक्रमणको दोस्रो केस भेटिएको भोलिपल्ट सरकारले ११ चैतमा देशभर लकडाउन लागू गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय थप भएको छ । पछिल्लो पटक थपिएको समय जेठ ५ सम्म थियो । जेठ ५ पछि भने जोखिमका आधारमा लकडाउन खुकुलो वा कडा गर्ने भनिएको थियो । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेर २९५ पुगेको छ भने दुई जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको…

Read More

इलाम, ४ जेठ । नेपाल विद्यार्थी सङ्घले नेपाल भारत सीमावर्ती सन्दकपुरमा भारतले नेपालको सिमाना मिचेको भन्दै वि’रोध गरेको छ । नेपाल विद्यार्थी सङ्घ इलाम र पाँचथर जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा भारतले अतिक्रमण गरेको नेपालको सीमा (इलाम सन्दकपुर गाउँपालिका र पाँचथरको फालेलुङ गाउँपालिकाको सिमाना) को भूमिमा विरोध प्रदर्शन गरेको हो । अतिक्रमित नेपाल–भारत सीमा सन्दकपुर नजीकै रहेको आहलटारमा सङ्घले वि’रोध ¥याली, प्रदर्शन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन, अतिक्रमित भूमिमा नेपालको राष्ट्रिय झण्डा गाड्ने जस्ता कार्यक्रम सम्पन्न गरिएको नेविसङ्घ इलामका उपाध्यक्ष प्रज्वल भट्टराईले जानकारी दिनुभयो । सङ्घका कार्यकताहरुले भारतीय विस्तारवाद मु’र्दावाद भन्दै लम्पसारवादी भन्दै नेपाल सरकारको समेत वि’रोध गरेका थिए ।…

Read More

झापा, ४ जेठ । नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । आज बाँकेका २५ वर्षीय पुरुषको मृत्यु भएसँगै कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिडबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको जानकारी दिनुभयो । नरैनापुर–५ बाँकेका ती पुरुष गत वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बस्नुभएको थियो । गएराति ज्वरो, पखालालगायत स्वास्थ्य समस्या आएको थियो । आज बिहान ६ः४० बजे उहाँको मृत्यु भयो । उहाँको पिसिआर परीक्षणका लागि स्वाबको परीक्षण रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले बताउनुभयो । यसबारे थप…

Read More

झापा, ४ जेठ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । संयुक्त अरब इमिरेट्स (युएइ) मा नौ, साउदी अरबमा दुई तथा आयरयाण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन, स्वीडेन र नेपालमा एकएक जनाको मृत्यु भएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो । मृत्यु हुनेमा ७७ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । कोरोना भाइरसका…

Read More

भारत लामो समयको लक डाउनका कारण समस्यामा पर्दै गएको छ । विशेषगरि, आर्थिक गतिविधी ठप्प जस्तै हुँदा अब अवस्था के हुने हो भन्ने अड्कल लगाउन कसैले सकेको छैन । कोरोना र यसपछि सुरु भएको लक डाउनको असर बलिउड चलचित्र नगरीमा पनि नराम्रोसँग परेको छ । बलिउड अब कसरी तङ्ग्रीन्छ भन्ने प्रश्नहरु उठ्न थालेका छन् । अब, कलाकारले आफ्नो पारिश्रमिकमा भारी कटौती गर्नुपर्ने तर्कहरु समेत हुन थालेको छ । यो बिषयमा भारतीय मिडियासँग कुरा गर्दै नायिका तापसी पन्नुले यदि यस्तो अवस्था आयो भने आफू तयार रहेको बताएकी छिन् । तापसी भन्छिन्–‘यदि परिस्थिती त्यस्तै आयो भने म पारिश्रमिक कटौती गर्न तयार छु…

Read More

झापा, ४ वैशाख । सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बललाई सीमामा राख्न थालेको छ । सीमामा प्रहरी राख्न थालेपछि स्थानीय तहमा राखिएका स’शस्त्र प्रहरी शिविर खाली गरिएका छन् । यसैक्रममा जोशीपुरमा रहेको स’शस्त्र शिविर शुक्रबार राति भजनी सीमामा सारिएको छ भने प्रतापपुरमा रहेको शिविर पनि एक दुई दिनमा सार्ने तयारीमा रहेको बुझिएको छ । लकडाउनकै समयमा सरकारले नाका र सीमा सुरक्षामा क’डाइ गरेको छ । पछिल्लो एक महिनामा कैलालीको सीमा क्षेत्रमा स’शस्त्र प्रहरीको सङ्ख्या बढाइएको छ । सरकारले कैलाली चार स्थानमा बिओपी र ४८ स्थानमा स’शस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा आधार शिविर राखेको छ । यसरी सीमामा ६४०…

Read More

झापा, ४ जेठ । झापा गाउँपालिका वडा नं १ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि कब्जा गरेको हो । गाउँपालिकाका अध्यक्ष जयनारायण साहले विगत सात वर्षदेखि भारतीय एसएसबीले सो जग्गामा नेपालीलाई भोगचलन गर्न नदिएको बताउनुभयो । त्यसअघि नेपालीहरुले सो जग्गामा खेती गर्दै आएका थिए । भारतको विहार प्रान्तसँग सीमा जोडिएको सो स्थानमा रहेको १११ नं सीमास्तम्भ माओवादी द्’वन्द्वका बेला ह’राएको थियो । सीमास्तम्भ हराएपछि भारतीय एसएसबीले नेपालीलाई सीमास्तम्भ उखेलेर लगेको बताउँदै २० बिघा जग्गा कब्जा गरेको गाउँपालिकाका अध्यक्ष साहले बताउनुभयो । ‘नेपालको भूमि…

Read More

काठमाडौँ, ४ जेठ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै कोभिड–१९ ले गर्न सक्ने क्षतिबारे ज्ञान नभएको जस्तो देखिएको बताउनुभएको छ । नेपाल सरकारको आव २०७७/७८ को नीति तथा कार्यक्रमका सम्बन्धमा आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उहाँले सरकारलाई जनताका दुःख बोध नभएको जस्तो देखिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “सरकारसँग यो अप्ठेरो बेला भविष्यका लागि जनता आश्वस्त हुने योजना छैन । एक वर्षे नीति तथा कार्यक्रम उद्देश्यबाट बरालिएर बहुवर्षीय योजनाको कोरा कल्पना जस्तो देखिन्छ ।” नेता देउवाले सो अवसरमा कोरोना सङ्क्रमणको जोखिमसँग जुधेर देशभरि अग्रपङ्त्तिमा काम गरिरहेका स्वास्थ्यकर्मी,…

Read More

नयाँदिल्ली, ४ जेठ । भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ५३ हजार ९४६ जनामा कोरोनाभाइरसको संक्रमण रहेको छ । भारतमा कूल २ हजार ८७२ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । करिब ३४ हजार १०८ जना निको भएर डिस्चार्ज भएका छन् । विगत २४ घण्टाको अवधिमा झण्डै ४ हजार मानिस निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ । भारतीय राज्य महाराष्ट्रमा ३० हजार ७०६ जनामा कोरोना देखिएको छ भने गुजरात…

Read More

झापा, ४ जेठ । झापाको दक्षिणी सीमा क्षेत्रमा प्रहरीले साइकल गस्ती सुरु गरेको छ । तीन दिनदेखि सीमा क्षेत्रमा साइकलबाट प्रहरी गस्ती सुरु गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । प्रदेश १ सरकारले प्रदेश प्रहरी कार्यालय विराटनगर मार्फत झापालाई गस्तीका लागि २५ थान साइकल उपलब्ध गराएको थियो । नेपाल–भारत सीमामा रहेको अस्थायी सुरक्षा पोस्टमा खटिएका प्रहरीले साइकलबाट पनि गस्ती सुरु गरेपछि थप सुरक्षा बढेको छ । एउटा पोस्टदेखि अर्को पोस्टसम्मको खाली क्षेत्रमा प्रहरीले अब साइकल गस्तीबाटै सीमामा सुरक्षा गर्ने कोइरालाको भनाई छ । झापाको दक्षिणी सीमामा रहेका सुरक्षाकर्मीलाई आवश्यकताका आधारमा साइकल उपलब्ध गराइएको छ ।

Read More