झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ५ जेठ । बिर्तामोडका तीनजना युवाले विपन्नलाई सातादिनदेखि खाना खुवाइरहेका छन् । आर्थिक अभाव र गरिवीका कारण छाक टार्न नसक्ने अवस्थामा पुगेका नागरिकका लागि उनीहरु खानाको व्यवस्थापन मिलाएका हुन् । नवीन सिवाकोटी, अपरोज खान र उदय साहको अग्रसरतामा निशुल्क खाना अभियान सुरु गरिएको हो । व्यक्तिगत पहलमा सुरु भएको खाना खुवाउने अभियानमा मनकारीको सहयोग पनि मिल्न थालेको छ । समाजका विभिन्न क्षेत्रका अगुवाले आर्थिकरुपमा धमाधम सहयोग उपलब्ध गराइरहेको अभियानका अगुवा नवीन सिवाकोटीले बताए । ‘अरुले पनि सहयोग गर्न थालेपछि यसलाई अघि बढाउन सजिलो भएको छ’, सिवाकोटीले भने । बिर्तामोड–३ को समावेशी टोलमा दैनिक निशुल्क खाना खुवाउने गरिएको छ ।…

Read More

विराटनगर, ५ जेठ । विराटनगर महानगरपालिकाका केही वडामा कोरोना सङ्क्रमित देखिएपछि लकडाउनलाई प्रहरीले कडा बनाएको छ । जथाभावी हिँडडुल तथा लकडाउन उल्लङ्घन गर्नेलाई प्रहरीले नि यन्त्रणमा लिने र सजाय समेत दिने गरेको छ । लकडाउनमा प्रहरीले औषधि, दुग्ध र पानी बिक्री वितरण गर्नेलाई छुट दिएको छ भने अन्य क्रियाकलापमा बन्देज लगाएको छ । यहाँ आज बिहानैदेखि प्रहरीसँगै ‘प्रहरी मेरो साथी’ अभियानमा सम्लग्न युवाले प्रहरीलाई मद्दत गरिरहेको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको कोरोना परीक्षणमा विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीया महिलामा सङ्क्रमण भएको पुष्टि थियो । रासस

Read More

विराटनगर, ५ जेठ । विराटनगर महानगरपालिका–१० मा औषधि व्यवसाय गर्ने ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले गरेको खुलेको छ । शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले श्रीमती मीना श्रेष्ठ दुलालकै योजनामा हत्या भएको निश्कर्ष निकालेको हो । हत्यामा श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल र उनका प्रेमी सिरहाको लाहान नगरपालिका–११ का २१ वर्षीय ब्रह्मदेव साहको संलग्नता रहेको प्रहरीले जनाएको छ । सुनसरीका खनार स्थायी निवासी ३३ वर्षीय दुलाल अचेत भएको भन्दै शनिबार राति करिब ३ बजे श्रीमतीले गोल्डेन अस्पताल ल्याएकी थिइन् । अस्पतालले राति नै मृत्यु भएको बताएको थियो । दुवै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।…

Read More

झापा, ५ जेठ । विश्व कै ठुलो गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल उपविजेता बनेका छन । उपाधि नजिक पुगे पनि उनलाई जस्ट सामले पछी पार्दै अमेरिकन आइडल बनेकी छन् । एक पछी अर्को नाइनटिजको गित गाएर दर्शकको मन जित्दै आएका दिबेशलाई नेपालीले मात्र हैन अमेरिकीले समेत उपाधिको दाबेदारको रुपमा हेरेका थिए । तर आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएकी हुन् । दिबेश फस्ट रनरअप भए पनि इतिहास मै अमेरिकन आइडलको यो स्थान सम्म पुग्ने नेपाली उनि नै पहिलो हुन् । उनि आज भन्दा ६ वर्ष अगाडी सन् २०१४ मा मात्र…

Read More

झापा, ५ जेठ । नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकका लागि २० अर्ब रुपियाँको राहत प्याकेज ल्याउनुपर्ने सुझाव सरकारलाई दिएको छ । कोभिड १९ का कारण पर्यटन क्षेत्रमा परेको असरबाट यस क्षेत्रलाई बचाउन आवश्यक उपायका बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बोर्डले उक्त सुझावसहितको प्रतिवेदन बुझाएको हो । उक्त राहत प्याकेज प्राप्त गर्न बोर्डले केही निश्चित सर्त पनि सुझावका रूपमा प्रस्तुत गरेको छ । पर्यटन व्यवसायीले यस्तो राहत प्राप्त गर्न पर्यटन क्षेत्रमा कार्यरत प्रमाणसहित कर्मचारीको अन्तिम तीन महिनाको तलब बैङकमा जम्मा गरेको प्रमाण, स्थायी लेखा नम्बर (प्यान) अथवा आयकर र सामाजिक सुरक्षा कोषमध्ये कुनै एक प्रमाण…

Read More

झापा, ५ जेठ । नापी विभागले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ। विभागले नक्सा दुई महिनाअघि नै तयार पारेर भूमि व्यवस्था मन्त्रालयलाई बुझाइसकेको छ। संसद्को राज्य व्यवस्था समितिले भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा बनाई सार्वजनिक गर्न पटकपटक निर्देशन दिए पनि सरकारले भने अझै त्यस्तो नक्सा सार्वजनिक गरेको छैन। भूमि व्यवस्था मन्त्रालयका सचिव केदार न्यौपानेले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा विभागबाट मन्त्रालयमा आइपुगेको पुष्टि गरे। सरकारले हालै सार्वजनिक आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रममा कालापानी, लिपुलेक तथा लिम्पियाधुरा भूभाग समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिबद्धता गरेको थियो। नापी विभागले नयाँ नक्सामा भारतबाट…

Read More

झापा, ५ जेठ । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल(भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता मितिका लागि पहल गरेपछि भारतले तिथि स्पष्ट नभने पनि अन्तर्राष्ट्रिय उडान खुले लगत्तै वार्ता गर्ने अनौपचारिक जानकारी दिएको छ। भर्चुअल वार्ताका बारेमा नेपालले राखेको प्रस्तावलाई भने भारतले अस्वीकार गर्दै यो विषय बसेर छलफल गर्नुपर्ने स्पष्ट पारेको छ। ‘अन्तर्राष्ट्रिय उडान खुलेको एक दुई दिनमा नै हामी वार्तामा बस्नेछौं’, भारतको अनौपचारिक धारणा उद्धृत गर्दै परराष्ट्रका एक अधिकारीले जानकारी दिँदै भने, ‘नेपाल–भारत सीमाको अधितम विषय वार्ताबाट नै समाधान भएकाले विवाद रहेको सुस्ता र कालापानी क्षेत्र बारे हामी…

Read More

झापा, ४ जेठ । विदेशबाट प्राप्त हुने रेमिट्यान्स चैतमा भारी मात्रामा घटेकोे छ। चालु वर्षका अघिल्ला ८ महिनामा मासिक औसत ७४ अर्ब रेमिट्यान्स भित्रिने गरेको नेपालमा चैतमा ३४ अर्ब ४८ करोड मात्रै भित्रिएको छ। यो करिब ५५ प्रतिशतको गिरावट हो। फागुनको तुलनामा यो अझै उच्च दरको गिरावट हो। फागुनमा ७९ अर्ब २० करोड रेमिट्यान्स भित्रिएको थियो। विश्वभर कोरोना भाइरस महामारीको असर बढ्न थालेपछि चैतदेखि रेमिट्यान्स आयमा भारी गिरावट आउने अनुमान गरिएको थियो। रेमिट्यान्ससँगै अन्तर्रा्ष्ट्रिय व्यापार खुम्चिएको पनि राष्ट्र बैंकले बताएको छ। त्यस्तै, सरकारी राजस्व र खर्च पनि कोराना भाइरसका कारण प्रभावित भएको र यसले लगातार ७ प्रतिशतको आर्थिक वृद्धिमा रहेको…

Read More

झापा, ५ जेठ । नेपालमा एक साताको अवधिमा कोभिड –१९ संक्रमण दर तीव्र गतिमा बढिरहेको पाइएको छ । यसै साता थप १ सय ८३ मा संक्रमण देखिएको छ । ९ माघमा २०७६ मा एक जनामा पुष्टि भएदेखि २ सय १० दिनको अवधिमा १ सय ११ मा संक्रमण देखिएको थियो । यद्यपि, २१० दिन र एक सातामा थपिएका संक्रमित संख्या तुलना गर्दा एक सातामै दोब्बर बढी संक्रमित थपिएको पुष्टि भएको हो । गत २९ वैशाखमा २३, ३० वैशाखमा ८३, ३१ वैशाखमा २६, १ जेठमा ६, २ जेठमा १८, ३ जेठमा १४ र हिजो आइतबार थप १३ जनामा संक्रमण देखिएको छ ।…

Read More

भद्रपुर, ४ जेठ । बन्दाबन्दीले जीवन गुजारा गर्न धौधौ परेका अति विपन्न ४ सय परिवारलाई एक्सल डेभलपमेन्ट बैंकमा कार्यरत कर्मचारीले खाद्यन्न राहत स्वरूप वितरण गरेका छन् । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कर्मचारी युनियनले आफ्नो कार्य क्षेत्र भित्रका अति विपन्न परिवारलाई प्रतिपरिवार २० किलो चामल, ५ किलो आँटा, २ लिटर तेल, २ किलो नुन, एक किलो मुरही, २ प्याकेट मसला, २ प्याकेट बेसार र २ किलो चिउरा राहत स्वरूप वितरण गरेका हुन् । बन्दाबन्दीले रोजगारी गुमेका दैनिक ज्यालादारी गरेर जीविका चलाउने परिवार मध्ये अति विपन्नको सूचिमा रहेकाको पहिचान गरी स्थानीय सरकारसित समन्वय गरेर कर्मचारी युनियनले राहत बाँडेको हो । झापाको विर्तामोडमा…

Read More