झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ६ जेठ। कोरोना भाइरस कोभिड–१९ बाट आज थप ९ जनामा संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराजा स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना गरी ११ जनामा कोरोना पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको हो । आजै बिहान ४ जना संक्रमित फेला परेका थिए । कपिलवस्तु मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । संक्रमितहरु…

Read More

बिर्तामोड, ६ जेठ । झापाको बिर्तामोड नगरपालिकामा आज पिकअप भेन (छोटा हात्ती) को ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । आज बिहान ८ बजे बिर्तामोड नगरपालिका–१० स्थित सैनिकमोडबाट बजारतर्फ जाँदै गरेको मे १ च ५६०२ नम्बरको छोटा हात्तीले सोही स्थानका धिरेन राईका चार वर्षीय छोरा सुदेन राईलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते भएका राईलाई उपचारको लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

भद्रपुर, ६ जेठ । भारतले सीमा क्षेत्रमा ल्याएर अलपत्र छाडिदिएका ३५ जना नेपालीलाई झापा गाउँपालिकाले सीमामै खानाको व्यवस्था गरेको छ । उनीहरुलाई भारतको किसनगञ्जबाट बसमा ल्याएर सोमबार साँझ सीमामा छाडिएको पालिकाका अध्यक्ष जयनारायण साहले बताउनुभयो । भारतका विभिन्न क्षेत्रमा रोजगारीमा गएका नेपाली रेलको माध्यमद्वारा किसनगञ्जसम्म आएका थिए । रेल स्टेशनमा झरेका नेपालीलाई विहार सरकारले बसमा हालेर सीमासम्म ल्याएको उहाँको आरोप छ । “साँझमा भारत र नेपालको सीमा क्षेत्रमा भोकैतिर्खै आएका उनीहरुलाई पानी र चाउचाउको व्यवस्था त्यही ग¥यौँ”, अध्यक्ष साहले भन्नुभयो, “अहिले बिहान खानाको व्यवस्था गरेका छौँ । खाना खाएपछि उनीहरुलाई उद्धार गरेर जिल्ला कोराना रोकथाम तथा समन्वय समितिले तय गरेको…

Read More

झापा, ६ जेठ । झापाको कचनकवलका थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमवार एक जनामा संक्रमण देखिएको थियो । उनको सम्पर्कमा आएका थप नौ जनामा मंगलवार कोरोना भाइरस पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । केचनाका पहिलो संक्रमति भारतबाट भागेर नेपाल छिर्न खोज्दा प्रहरीको फन्दामा परेका थिए । उनीसँगैका ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप नौ जनामा संक्रमण पुष्टि भएको हो । सुनसरीको इटहरीका एक जना युवक र एक जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ। धरानस्थित वीपी कोइराला प्रतिष्ठानमा भएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको…

Read More

झापा, ६ जेठ । लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त सङ्कलन भइसकेका तर कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनमा सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि परीक्षा कार्यक्रम स्थगन गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । आयोगले लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका विज्ञापनको हकमा नयाँ कार्यतालिका निर्धारण गरी पछि प्रकाशन गर्ने निर्णय गरेको छ । यसैगरी आयोगले कुनै चरणको परीक्षा कार्यक्रम ९प्रथम चरण परीक्षा÷लिखित परीक्षा÷प्रयोगात्मक परीक्षा आदि० पूर्ण वा आंशिकरूपमा सञ्चालन भएका विज्ञापनका…

Read More

विराटनगर, ६ जेठ । जिल्ला अस्पताल धनकुटामा कार्यरत नर्समा कोरोना पोजेटिभ रिपोर्ट आएपछि आज कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको छ । जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीय स्वास्थ्यकर्मीमा हिजो साँझ कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमण पुष्टि भएपछि उनी ५ वर्षीय छोरा लिएर कोभिड अस्पताल विराटनगर आएकी थिइन । आमा छोरा डेरामा वस्दै आएकाले दुवैजनालाई कोभिड अस्पताल ल्याईएको थियो । अस्पतालमा आमा छोरा नै आईपुगेपछि ५ वर्षीय छोराको कोरोना परीक्षण गरिएको थियो । कोरोना परीक्षणमा छोराको रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि मोरंगमा कार्यरत संक्रमितका श्रीमानलाई छोरा जिम्मा लगाईएको कोभिड १९ अस्पताल कोरोना उपचार केन्द्रका…

Read More

विराटनगर, ६ जेठ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण देखिएको स्थानमा परीक्षण तीव्र पारिएको बताउनु भएको छ । कोरोना संक्रमितको ट्राभल हिष्ट्री र कन्ट्याक्ट ट्रेसिङको पहिचान गरेर परीक्षण गरिने उहाँले बताउनुभयो । धनकुटा जिल्ला अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आज मन्त्री घिमिरे धनकुटा जानु भएको थियो । धनकुटामा प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतसँग छलफल गर्दै मन्त्री घिमिरेले संक्रमण देखिएको स्थानमा परीक्षण तीव्र पारिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ सवैलाई परीक्षण गर्न संभव छैन, संक्रमितको ट्राभल हिष्ट्री र कन्ट्याक्ट ट्रेसिङको पहिचान गरेर शंकास्पदको परीक्षण गरिन्छ ।’ आवश्यक सामानको अभाव र महंगीले सबै…

Read More

काठमाडौं, ५ जेठ । मंगलबार देखि तिन दिन सम्म नेपालमा मौसममा बदलि हुने भएको छ । बंगालको खाडीनजिकै शक्तिशाली चक्रवात बनेका हुनाले नेपालमा पनि हुरीबतासको साथ भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । भारतीय मौसम विभागका अनुसार’अम्फान’ नाम दिइएको यस चक्रवातका कारण १९ मे देखि आँधी र भारी वर्षा हुने छ । यो चक्रवात पश्चिम बंगाल र ओडिसा हुँदै उत्तरपूर्वतिर सर्ने भारतिय मौसम विज्ञान विभागले जनाएको छ । यस चक्रवातले सबै भन्दा बढी भारतको उडिसा र बंगलादेशमा बढी क्षति गर्ने छ । नेपालको पूर्वी क्षेत्रमा चक्रवातको बढी असर पर्ने छ । उक्त चक्रवात अहिले १३ किलोमिटर प्रतिघन्टाका दरले उत्तरतिर…

Read More

झापा, ५ जेठ । कोभिड–१९ को सङ्क्रमण आज एकैपटक ५३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भेरी अस्पतालमा रहेको प्रयोगशालामा ४७, धुलिखेल अस्पतालको प्रयोगशालामा चार, विराटनगरस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भैरहवास्थित प्रयोगशालामा एक÷एक गरी कूल ५३ जनामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार बाँकेका ४६ पुरुष र एक जना महिला, मोरङमा एक पुरुष, गुल्मीका एक पुरुष तथा धुलिखेलमा गरिएको परीक्षणमा धुनषाका एक, रौतहटका एक, दाङका एक र धादिङका एक जना रहेका छन् । सबै सङ्क्रमित १८ देखि ४६ वर्षका रहेका छन् । सङ्क्रमितको स्थायी र हालको…

Read More

भद्रपुर, ५ जेठ । प्रदेश संसद ओमप्रकाश सरावगीको नेतृत्वमा झापा क्षेत्र नम्बर ३ अन्र्तगत भद्रपुर नगर दक्षिण कचनकवल गाउँ पालिकाभित्र जोडिएको नेपाल भारत सीमा क्षेत्रको वर्तमान अवस्था बारे अवलोकन गरिएको छ । कोरोना रोकथामका लागि सीमा क्षेत्रमा राखिएका अस्थायी प्रहरी पोष्टको अवस्था, सुरक्षाकर्मी तथा स्थानीयको समस्या बारे जानकारी लिने उद्देश्यले संसद सरावगीले पूर्वी दक्षिणी झापाको नेपाल भारत सिमाना क्षेत्रको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा सुरक्षाकर्मी स्थानीय बासिन्दा लगायत सरोकारवालासित दुई पक्षीय संवाद समेत गरेका संसद सरावगीलाई स्थानीयले भारतीय पक्षबाट असुरक्षा बढेको, चोरीको क्रम बढेको, चौपाया अन्न बाली सुरक्षा चुनौती थपिएको गुनासो गरेका थिए भने अस्थायी सुरक्षा पोष्टमा न्युनतम सुरक्षा…

Read More