झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ४ जेठ । केही महिनादेखि रोकिएको हात्तीको उपद्रो फेरि सुरु भएको छ । हात्तीले वालीनालीमा क्षति गर्नेदेखि लिएर ज्यानैसम्म लिने गरेको हो । शनिवार दक्षिणी झापाको कचनकवलमा हात्तीको आक्रमणमा एक जना वृद्धको मृत्यु भएको छ । कचनकवल गाउँपालिका–७ का अन्दाजी ७५ वर्षीय वृखबहादुर राईको हात्ती आक्रमणमा मृत्यु भएको हो । झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले शनिबार साँझ घर नजिकैको दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका बेला राईलाई हात्तीले आक्रमण गरेको बताए । उनको घटनास्थलमै मृत्यु भएको हो ।

Read More

वीरगञ्ज, ४ वैशाख । स्थानीय प्रशासनले पर्साका अस्पतालमा उपचाररत कोरोना संक्रमित भाग्न खोजे नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली हान्न सक्ने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार आइसोलेसन वार्डमा रहेका संक्रमित वा क्वारेन्टाइनमा रहेका संक्रमित वा क्वारेन्टाइनका शंकास्पद व्यक्ति भागे प्रहरीले पहिला ‘सामान्य बल’ प्रयोग गर्नेछन् । त्यति हुँदा पनि नियन्त्रणमा नआए गोलीसमेत चलाउन सक्ने निर्णय गरिएको उनले बताए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

Read More

झापा, ४ जेठ । सरकारले सीमा नाका सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका स्थायी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) को संख्या भारतबराबरकै रहने गरी चार गुणाले बढाउने भएको छ । हाल सीमा नाकामा १ सय २० स्थायी बीओपी रहेकामा सो संख्या बढाएर ५ सय पुर्याउने गरी गृह मन्त्रालयले तयारी थालेको हो । त्यसका लागि गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीलाई खाका बनाउन निर्देशनसमेत दिइसकेका छन् । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले भारत र चीन दुवैतर्फ स्थायी बीओपीको संख्या बढाउने गरी तयारी गरिएको र सोही अनुसार खाका तयार भइरहेको जानकारी दिए । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

झापा, ४ जेठ । दक्षिणी झापाको कचनकवल १ स्थित नेपाल भारत सीमा क्षेत्रमा भारतीय पक्षले नेपाली सुरक्षा कर्मीमाथि बल प्रयोग गरी जवरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि गोली चलेको छ । झापा प्रहरीले दिएको जानकारी अनुसार सय बढी भारतीय नागरिकले नेपाली सुरक्षाकर्मी र अस्थायी पोस्टमा आक्रमणको प्रयास सहित नेपाल प्रवेश गर्न खोजेपछि सीमामा तैनाथ सशस्त्र प्रहरीले प्रतिकार गर्दै हवाई फायर गरेका हुन् । कचनकवल १ स्थित घेराबारीमा रहेको १२५ र १० नम्बरको सीमा पिलर नजिकै खटिएका सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । प्रहरीका अनुसार शनिवार साँझ साढे…

Read More

झापा, ४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा थप १० जनामा कोरोना संक्रमण भेटिएको बताएका हुन् । योसँगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ । मन्त्रालयका सह–प्रवक्ता डा। अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा थप १० मा कोरोना भेटिएको हो । कोरोना संक्रमितहरुमा रौतहट राजपुर नगरपालिका फरहदवा–९ का १८, ३२, ३६, ३९,३९, ४२, ४८ पुरुषहरु र रौतहट इशनाथ नगरपालिका–३ र ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेका छन् । मन्त्रालयका…

Read More

भद्रपुर, ३ जेठ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले भारतमा अलपत्र परेका नेपालीहरू दुई चार दिनभित्रै स्वदेश फर्काउन तयारी भइरहेको बताएका छन् । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले शनिवार आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी पश्चात् सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री कार्कीले झापा, इलाम, मोरङ र सुनसरीका सीमावर्ती क्षेत्रबाट २० देखि २५ हजार नेपाली स्वदेश भित्रिने र त्यसका लागि प्रदेश १ मा आवश्यक तयारी धमाधम भइरहेको बताए। नेपाल(भारत सरकारबीच यसबारे समन्वय भइरहेको बताउँदै उनले भने, ‘अहिले सीमावर्ती जिल्लाहरूमा धमाधम उनीहरूलाई राख्न क्‍वारेन्टाइन बन्दै छ, सीमापारि अलपत्र नेपालीलाई स्वदेश फर्काएर त्यहीँ राखिन्छ।’ झापाको…

Read More

काठमाडौँ, ३ जेठ । नेपाली सेनाका २ जना जवानलाई कोरोना संक्रमण भएको छ । शनिबार दिउँसो स्वास्थ्य मन्त्रालयले २ जनामा कोरोना संक्रमण पुष्टि गरेको हो । नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय, महोत्तरीमा कार्यरत काभ्रे निवासी भएका २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए ।

Read More

बिर्तामोड, ३ जेठ । दक्षिणी झापाको सीमावर्ती क्षेत्रबाट लोपोन्मुख वन्यजन्तुको चोरी–तस्करी हुने गरेको पाइएको छ । शुक्रबार राति नेपाल–भारत सीमा कचनकवल गाउँपालिका–५ को सीमावर्ती क्षेत्रबाट सालक भेटिएसँगै वन्जन्तु तस्करीको रहस्य खुलेको हो । सो स्थानको ११२ र ११३ नम्वर पिलरको बीचमा बोराभित्र पोको पारेर राखिएको अवस्थामा सालक भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सीमामा भेटिएको सेतो प्लाष्टिकको बोरा खोलेर हेर्दा जिउँदो सालक भेटिएको प्रहरी कार्यालय झापाका सूचना अधिकारी साकार पन्तले बताए । प्रहरीले उक्त सालकलाई शनिवार डिभिजन वन कार्यालय चन्द्रगढीको जिम्मा लगाएको छ । सालक नेपालबाट भारततर्फ लैजान लागिएको हुनसक्ने प्रहरीको अनुमान छ । सीमावर्ती सुरक्षामा कडाई भएकाले…

Read More

बनियानी, ३ जेठ । झापाको गौरीगञ्ज गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । शिवसताक्षी–४ बुलुचौकका ३५ बर्षीय रामबहादुर बिककालाई शुक्रबार राति गौरीगञ्ज–११ रंगेथानबाट उक्त परिमाणको ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार रंगेथानमा रातको समयमा हिँडिरहेको अवस्थामा बिकलाई चेकजाँच गर्ने क्रममा ब्राउनसुगर बरामद भएको हो । लागुऔषधसहित पक्राउ परेका बिकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस

Read More

झापा, ३ जेठ । ताप्लेजुङ फुङ्लिङ–३ सिटेनी बस्ने १७ वर्षीय रोशन न्यौपानेको नदीमा डुबेर मृत्यु भएको छ । हिजो दिउँसो ३ बजे घरबाट बाख्रा चराउन गएको अवस्थामा नजिकै रहेको तमोर नदीको किनारमा पौडी खेल्ने क्रममा न्यौपानेको डुबेर मृत्यु भएको स्थानीयले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा जानकारी गराएका हुन । उनको शव २०० मिटर तल नदीको किनारमा फेला परेको थियो । घटना सम्बन्धमा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसैबीच, उदयपुर बेलका–८ बस्ने २२ बर्षीय दिपक बस्नेतको लडेर मृत्यु भएको छ । आज बिहान पौने ०९ बजे मोरङ उर्लाबारी(७ स्थतिमा रहेको एक घरको माथिल्लो तलामा ट्रस्ट लगाई निर्माण…

Read More