झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ३ जेठ । कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिनुभएको हो । हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् । दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको सङ्ख्या ५२ र गैरसैनिकको सङ्ख्या ११ छ । गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको सङ्ख्या ६० पुगेको बताएको थियो ।

Read More

झापा, ३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दोस्रो पटक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस कोभिड–१९ का थप तीन जना संक्रमित भेटिएको पुष्टि गरेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परिक्षणमा कपिलवस्तु शिवराज चन्द्रौटा निवासी २४, ३४ र ४४ वर्षीय पुरुषहरुलाई कोरोना संक्रमण देखिएको हो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई सय ७६ पुगेको छ।

Read More

झापा, ३ जेठ । आज शनिबार फेरि ६ जनामा कोरोना संक्रमण भएको पुष्टि । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अध्यावधिक गरेको विवरणअनुसार बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनका गरी ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ। संक्रमितहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नयाँ पुष्टि हुनेमा बर्दिया, नार्दु–११ निवासी २८ वर्षीया महिला सिराहा, सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, पर्सा, वीरगन्ज–१२ निवासी २८, २९ वर्षीय पुरुष, सर्लाही, रामनगर–४ निवासी १८ वर्षीया महिला, चितवन, गढ़ौली–१ निवासी २५ वर्षीया महिला रहेका छन् ।

Read More

झापा, ३ जेठ । विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड-१९ को संक्रमण चिन भन्दा छिमेकी राष्ट्र भारत बढी भएको छ । यो समाचार तयार पार्दा सम्म भारतमा कोरोना भाइरसका संक्रमितको संख्या ८५ हजार ७८४ पुगेको छ । भने चिनमा अहिले सम्मको संक्रमितको संख्या ८२ हजार ९४१ रहेको छ । त्यसै गरि कोरोनाका कारण भारतमा हाल सम्म २ हजार ७५३ जनाको ज्यान गइसकेको छ । निको भएर घर फर्किनेको संख्या भने ३० हजार २५८ जना रहेको छ । भारतमा शुक्रबार ३ हजार ७८७ र बिहिबार ३ हजार ९४२ जना नया संक्रमित भेटिएका छन । त्यस्तै बुधबार ३ हजार ७६३ र…

Read More

एजेन्सी, ३ जेठ । दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना संक्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उक्त वृद्धा ६७ दिनको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट आज डिस्चार्ज हुनुभएको हो । उहाँ दक्षिण कोरियामा कोरोना सङ्क्रमणबाट निको हुनेमध्ये अहिलेसम्मकै बढी उमेर भएकी वृद्धा हुनुहुन्छ । सन् २०१२ देखि थेगुको दक्षिणी ग्यङ्सानमा रहेको एक केयर सेन्टरमा बसिरहेकी चोईलाई एक हप्ताअघि कोरोना संक्रमणको पुष्टि भएको थियो । त्यसपछि उहाँलाई पोहाङ अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो । उहाँलाई शुरुमा सुख्खा खोकी लाग्ने तथा घाँटी दुख्ने लक्षण देखिएको थियो र सेतो रक्त कोष समेत घटेको थियो…

Read More

झापा, ३ जेठ । सरकारले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा बनाउने घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गर्ने घोषणा गरेकी छन्। ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो, त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिनेछ,’ नीति तथा कार्यक्रममा छ, ‘तदनुरुप नै छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ।’ राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा नेपालले अन्तर्रा्ष्ट्रिय सीमा सुरक्षा र संरक्षणमा प्रतिबद्ध रहेको जनाउँदै अन्तर्रा्ष्ट्रिय सीमा निरीक्षण कार्यलाई निरन्तरता दिने भनिएको छ। ऐतिहासिक सन्धि, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट मित्रराष्ट्र भारतसँगको सीमा सम्बन्धमा लामो समयदेखि…

Read More

झापा, ३ जेठ । लोकसेवा आयोगले पहिलो चरणमा परीक्षा भएका र विज्ञापन खुलाएका सबै पदको परीक्षा कोभिड–१९ को महामारी साम्य भएपछि लिने भएको छ । लोकसेवाको परीक्षा के हुने भन्ने अन्योल भइरहेको बेला आयोगले महामारी साम्य भएलगत्तै स्थगित परीक्षा लिने जनाएको छ । लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी हुमागाईले आयोगले लिन बाँकी पदको परीक्षा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारी शान्त भएपछि लिइने बताइन् । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

काठमाडौं, ३ जेठ । लकडाउनले सुनसान बनेका फराकिला सडक अझै सुनसान पारिए । तीनै सुनसान सडकको बीचबीचमा सुरक्षाकर्मी तैनाथ छन् । दृश्य देख्दा लाग्छ, यत्रो सुरक्षाकर्मी किन राखिए होलान् ? शुक्रबार सितलनिवासदेखि नयाँ वानेश्वरसम्मको सडकमा सुरक्षाकर्मीमात्रै देखिए । कारण थियो, राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी । अरू बेला सर्वसाधारणलाई सडकमा उभ्याएर सवारी हुने राष्ट्रपति शुक्रबार भने खुला सडकमा जम्बो सुरक्षाफौज लिएर नयाँ वानेश्वरतर्फ लागिन् । सर्वसाधारणको ओहोरदोहोर रोकिएको बेला उनलाई सुरक्षा प्रदान गर्न उपत्यकाका अधिकतर सुरक्षाकर्मी परिचालित थिए । उनको सवारी चलाउन बिनामास्क सडकमा तैनाथ सुरक्षाकर्मी परिचालित थिए । उनको अघि–पछि तैनाथ भएका सुरक्षाकर्मीले मास्कधरी लगाउन पाएका थिएनन् । राष्ट्रपतिको सवारीका…

Read More

झापा, ३ जेठ । लकडाउनका कारण सीमापारि भारतीय भूमिमा रोकिएका नेपालीलाई स्वदेश भित्र्याउने तयारी चलिरहँदा प्रदेश १ मा प्रदेश र स्थानीय सरकारबीच समन्वय अभाव देखिएको छ । संघीयताको अभ्यास भएको सुरुदेखि नै समन्वय अभाव देखिएको प्रदेश र स्थानीय सरकारबीचको यो सिलसिला विपत्मा पनि जारी छ । प्रदेश १ को सीमापारि भारतीय नाकामा रोकिएर अलपत्र परेका हजारौं नेपाली नेपाल पस्ने अनुमतिको पखाईमा रहेको दाबी स्थानीय सरकारहरुको छ । तर प्रदेश सरकार भने ८ सय ३३ जनलाई मात्र उद्धार गरेर ल्याउने तयारीमा छ । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

बिर्तामोड, २ जेठ । लक डाउनले एकातिर दैनिक हुने कमाईको बाटो बन्द । अर्का्तिर खाद्यान्नको अभाव । यस्तो अवस्थामा धेरै विपन्न नागरिक भोकभोकै परिरहेका बेला झापामा भने निशुल्क खाना खुवाउने अभियान सुरु भएको छ । लक डाउनका कारण दैनिक छाक टार्न नसक्नेहरुका लागि निशुल्क खानाको व्यवस्था मिलाइएको हो । कोही पनि भोको नरहोस् भन्ने मान्यता राखेर झापाका विभिन्न ठाउँमा निशुल्क खानाको प्रवन्ध गरिएको अभियानकर्मी मदन बुढाथोकी बताउँछन् । बुढाथोकी आफैँले पनि दिवङ्गत परिवारका सदस्यको स्मृतिमा शुक्रवार सात सय जनालाई खाना बाँडेका छन् । उनका हजुरबुवा जगतबहादुर र रुपमाया बुढाथोकीको सम्झना खाना खुवाइएको हो । छोराबुहारी छत्रबहादुर बुढाथोकी र शान्ता बुढाथोकीले…

Read More