झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

रवीन्द्र काफ्लेफिदिम, १ जेठ । नेपाली भूमिमा भौतिक संरचना निर्माण गर्न भारतीय पक्षले अवरोध पु¥याएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालेमा नेपाल–भारत सीमाभन्दा झण्डै १०० मिटर टाढा भौतिक संरचना निर्माण गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको जनाइएको छ । उक्त स्थानमा आहालगैरी कबुलियती वन समूहले बहुजातीय सङ्ग्रहालय बनाउन लागेको थियो । सो समूहले निर्माण गर्न लागेको सङ्ग्रहालय क्षेत्र आफ्नो भूभागमा पर्ने झुठो दाबी एसएसबीले गरेको छ । फालेलुङ गाउँपालिकाका प्रवक्ता जीवनकुमार राईका अनुसार उपभोक्ता समितिले भारतीय पक्षले अवरोध गरेको गुनासो गरेपछि सो गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङ तथा सुरक्षाकर्मीको टोली उक्त क्षेत्रमा पुगेको थियो । यस क्रममा भारतीय पक्षले…

Read More

बिर्तामोड, १ जेठ । झापाको बिर्तामोड नगरपालिकामा आज आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । विद्युत् सर्ट भए आगलागी हुँदा बिर्तामोड–१ का देवेन्द्र भुजेलको घर रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । विद्युत सर्ट भएर घरमा आगलागी भएसंगै सिलिन्डर पड्किएको स्थानीयबासीको भनाइ छ । जसका कारण आगो थप दन्किएको हो । आगो स्थानीयबासी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ । क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Read More

भद्रपुर, १ जेठ । संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले शैक्षिक वर्ष २०७६ को पारिश्रमिक भुक्तानी नपाएको भन्दै भद्रपुर नगर प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ । बन्दाबन्दीको बाहना बनाएर नगर क्षेत्रमा रहेका अधिकाम्स संस्थागत विद्यालयहरूले शिक्षक तथा कर्मचारीहरूको काम गरिसकेको समयको तलब नदिएपछि भोकमरीमा पर्ने अवस्था आएकोले पारिश्रमिक भुक्तानी दिलाइ दिन माग गर्दै ज्ञापनपत्र बुझाइएको हो । युनियन नगर समितिका अध्यक्ष द्रोण अधिकारीको नेतृत्वमा गएको टोलीले शैक्षिक वर्ष २०७६ सालको चैत्र महिनासम्मको शिक्षक कर्मचारीको पारिश्रमिक रोकेर विद्यालय सञ्चालकहरूले अन्याय गरेको ठहर सहित वर्षभरी काम गरेका शिक्षक कर्मचारीलाई संरक्षण गर्नु पर्ने दायित्व भएका विद्यालय सञ्चालकहरूले काम गरेको समयको पारिश्रमिक रोकेर समस्या…

Read More

जेनेभा, १ जेठ । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ३० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८८ हजार २२० जना नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन पनि ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३१४ जनाको ज्यान गएको छ । प्राप्त समाचार अनुसार विश्वभर करिब ४६ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २४ लाख २४ हजार अर्थात् करिव ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ…

Read More

नयाँ दिल्ली, १ जेठ । भारतमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमितको संख्या बिहीबारसम्म ७८ हजार ३ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ७२२ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा बुधबार एक दिनमा १३४ को मृत्यु भएको र यसपछि प्रकोपबाट मृत्यु हुनेहरुको सख्या २ हजार ५४९ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या २६ हजार २३५ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा बिहीबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ४९ हजार २१९ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् कोभिड–१९ बाट सबैभन्दा बढी…

Read More

पाक्तीया, १ जेठ । अफगानिस्तानको पाक्तीया प्रान्तको राजधानी शहर गार्डेजमा एक अपरिचित व्यक्तिको अन्धाधुन्ध गोली प्रहारबाट पाँच जनाको ज्यान गएको छ । पाक्तीया प्रहरी मुख्यालयका प्रमुख लुटफुल्लाह कमरानले उक्त गोलीकाण्डबाट मारिनेहरुमा एक जना प्रहरी अधिकृत सहित अरु चार जना सर्वसाधारण रहेको जानकारी दिनुभयो । कमरानका अनुसार उक्त गोलीकाण्ड बुधबार अपराह्न भएको थियो । कुनै पनि समूहले उक्त घटनाको जिम्मेवारी लिएका छैनन् ।

Read More

झापा, १ जेठ । विदेशबाट झापा आएका १ हजार ६ सय १७ जनाको कोरोना भाइरसको स्वास्थ्य परीक्षण गरिएको छ । र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) र पोलिमिरेस चेन रियाक्सन (पिसिआर) दुबै माध्यमबाट कोरोना संक्रमण भए नभएको थाहा पाउन स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका जीवन चौम्लागाईले जानकारी दिए । उनका अनुसार चार सय ६२ जनाको पिसिआर विधिबाट स्वाव परीक्षण गरिएको र एक सय ४० जनाको रिपोर्ट आउँन बाँकी रहेको छ । नेपालमा कोरोना भाइरसका विरामी बढिरहेका बेला झापाको दमक र बाह्रदशीमा कोरोना संक्रमित फेला परेसंगै स्वास्थ्य परीक्षणलाई तिब्रता दिईएको चौम्लागाईले बताएका छन् । उनले दुई जनाको रिपोर्ट पोजेटिभ आएको भए…

Read More

झापा, १ जेठ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएको छ । यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको मन्त्रालयले अर्को सूचना निकालेर संक्रमितको संख्या २४५ नै रहेको जनाएको हो । मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको भन्दै आँकडा सच्याएको हो । मन्त्रालयले धनुषा, महोत्तरी र सर्लाहीका संक्रमित भएका व्यक्तिको बारेमा दुई पटक जानकारी गराएको हो । मन्त्रालयले आज बिहान गरेको नयाँ अपडेटअनुसार कुल २५० जना संक्रमित भएको जनाएकोमा यी २५० जनामा दुई दिन अगाडि नै संक्रमित भनिसकिएका धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिका १० लालगढका २० वर्षीया युवती तथा महोत्तरीको जलेश्वर…

Read More

झापा, १ जेठ । सन् १८१६ मा नेपाल र ब्रिटिस इन्डिया ९तत्कालीन भारतका शासक०बीच भएको सुगौली सन्धि अनुसार नेपालको पश्चिमी सीमा काली नदीले निर्धारण गर्दछ । सन् १९९६ फेब्रअरी १२ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिले पनि महाकाली नदीलाई सीमा र साझा नदी मानेको छ । महाकाली पहिले काली भनेर चिनिएको नदीको नै पछिल्लो नाम हो । लिम्पियाधुराबाट कुटी हुँदै बग्ने सिरानमा यसलाई कुटियाङ्दी पनि भनेर चिनिन्छ । सन्धिहरूले सीमा नदी माने पनि त्यसपछिका नक्साहरूमा तत्कालीन बेलायत शासक र हालको भारत सरकार काली नदीको मुहानबारे नै कि त स्पष्ट नभएको कि आन्तरिक र बाह्य प्रयोजनका लागि बेग्लाबेग्लै रणनीतिमा रहेको…

Read More

झापा, १ जेठ । नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै चार साताभित्र ५७ हजार ९ सय जनाले कोरोना बिमा गरेका छन् । गत ४ वैशाखदेखि नेपाल बिमा समिति र नेपाल बिमक संघले सुरु गरेको कोरोना बिमाबाट २ करोड ८७ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ । मुलुकभर कोरोनाका कारण बिरामी बढेसँगै कोरोना बिमा गर्नेको संख्या बढेको छ । १ हजार रुपैयाँमा बिमा गरेपछि १ लाख रुपैयाँ प्राप्त हुने भएकाले यसप्रति आर्कषण बढेको हो । आजको राजधानी दैनिकमा खबर छ ।

Read More