झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १ जेठ । भारत सरकारले लकडाउनकै बीचमा मंगलबारदेखि रेलसेवा सञ्चालन गरेलगत्तै भारतका विभिन्न राज्यमा रोजगारीका लागि गएका झन्डै १ लाख मजदुरले नेपाल भित्रने तयारी गरेका छन् । सम्भवत दुई–तीन साताभित्र उनीहरु नेपाल आउन सक्ने जनाइएको छ । उनीहरु नेपाल भित्रिएसँगै सरकारले बोर्डर क्षेत्रमा व्यवस्थित क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्न नसकेमा नेपालमा कोरोना भाइरसको संक्रमण भयावह हुन सक्ने चिकित्सकले बताएका छन् । विशेषगरी, नेपाली मजदुर र आफ्नै देशका मजदुरलाई घर फर्काउन भारतले रेलसेवा सुरु गरेको हो । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

झापा, २० वैशाख । कोरोना भाइरसको महामारीका कारण ठूलो संख्यामा सर्वसाधारणले रोजगारी गुमाएको र गुमाउने क्रम जारी रहेको बेला सरकारले आउँदो वर्ष करिब २० लाख नयाँ रोजगारी सिर्जना गर्ने तयारी गरेको छ। दुई सातापछि आर्थिक वर्ष २०७७।७८ को बजेट सार्वजनिक हुनुअघि मन्त्रालयहरुले २० लाखभन्दा बढी रोजगारी सिर्जना गर्न सकिने जानकारी गराएका हुन्। यो संख्या चालु आर्थिक वर्षको भन्दा ६ लाखले बढी हो। सरकारले आगामी वर्षको बजेट बनाइरहेको छ। आगामी दिनमा रोजगारी सिर्जना गर्ने सम्भावना बोकेका ११ मन्त्रालय (राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसमेत) ले आगामी बजेटका लागि सरकारलाई गरेको प्रस्तावमा अधिकांशले हालको भन्दा थोरै संख्याले मात्र बढी रोजगारी सिर्जना गर्न सकिने उल्लेख गरेका…

Read More

झापा, १ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या २५० पुुगेको छ । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार ७ जना कोरोना संक्रमित थपिएसँगै मुलुकमा कोरोना संक्रमितको संख्या २५० पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान पौने ८ बजे सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार सर्लाहीको धान्कौल नगरपालिकाका २५ वर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगरपालिका र मिथिला नगरपालिका निवासी क्रमशः ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । यस्तै महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। आजै बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका निवासी ३२ वर्षीय पुरुष र कपिलबस्तुकी…

Read More

मिति: २०७७/०२/०१ भद्रपुर नगर क्षेत्रमा सञ्चालनमा रहेका अधिकाम्स संस्थागत विद्यालयले शैक्षिक वर्ष २०७६ सालको दिनु पर्ने पारिश्रमिक रोकेर रमिता देखाइएको प्रति संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिको गम्भीर ध्यानाकर्ष भएको छ । कतिपय विद्यालयले शैक्षिक वर्ष २०७६ सालको माघदेखि चैत्र महिनासम्मको शिक्षक कर्मचारीको पारिश्रमिक रोकेर अन्याय गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको हो । वर्षभरी काम गरेका शिक्षक कर्मचारीलाई संरक्षण गर्नु पर्ने दायित्व भएका विद्यालय सञ्चालकहरूले काम गरेको समयको पारिश्रमिक समेत रोकेर बाहना बाजी गर्नु श्रमप्रतिको अपमान पनि हो । संस्थागत विद्यालयमा काम गरेर जीविका चलाइरहेका शिक्षक तथा कर्मचारीहरूले काम गरेको समयको तलव भत्ता रोकेर विद्यालय सञ्चालकले बौद्धिक श्रमिकको…

Read More

अर्जुनधारा, ३१ वैशाख । विश्व कोरोना भाइरस महामारीका कारण ५१ औ दिनदेखि देशभर जारी लकडाउन बुधवारबाट कडा गरिने भएको छ । मंगलवार एकै दिन ८७ जना संक्रमित भेटिएपछि सरकारले लकडाउनलाई कडा पार्ने भएको छ । यो समाचार तयार पार्दासम्ममा देशभर २ सय १७ जना संक्रमित रहेको छन् । केहीदिनदेखि केही खुकुलो पारिएको लकडाउन कोरोना संक्रमित वढ्न थालेपछि अझ कडा गरिने भएको हो । अर्जुनधारा नगरपालिकाको आयोजनामा बुधवार बसेको सर्वपक्षीय बैठकले विभिन्न ५ सुत्रिय निर्णयहरु गरेको छ । आगामी ज्येष्ठ ५ गते सम्म अत्यावश्यक सेवा सम्बन्धि कामकाज बाहेक अन्य कामकाजका लागि आवागमन बन्द गर्ने, ज्येष्ठ ६ गतेबाट समेत यस नगरपालिकामा अत्यावश्यक…

Read More

विराटनगर, ३१ वैशाख । कोरोना माहामारीकाबीच खुल्ला सीमाको फाइदा उठाउदै चोरबाटो प्रयोग गरेर भारतीय नागरिकलाई नेपालबाट भारततर्फ पठाउने २ जनालाई सुरक्षाकर्मीले पक्राउ गरेर मुद्धा चलाएको छ । उनीहरुले लकडाउनको कारण भारत र्फकिन नपाएका भारतीय नागरिकलाई एक जना बराबर भारतीय रुपैया एक हजार लिने र भारत तर्फ पठाइदिने गरेको खुलेको छ । उनीहरुले मंगलबार राति ४ जना भारतीयहरुलाई चोरबाटो हुदै भारत पठाउन लाग्दा विराटनगर १८ स्थित भेडियारीबाट नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरु ढुवानी सम्बन्धी काम गर्दै आएका विराटनगर ६ का अख्तर आलम र मुबारक हुसैन रहेका छन् । स्थानीयहरुका अनुसार दुवै देशमा लकडाउन भएपछि अलपत्र परेका मानिसहरुलाई रातको समयमा दलालहरुले…

Read More

झापा, ३१ वैशाख । नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिले बढिरहेको भन्दै सरकारले बन्दाबन्दी (लकडाउन) कडा गर्ने निर्देशन जारी गरे पनि झापा सदरमुकाम चन्द्रगढी भद्रपुरमा भीडभाड बढ्न थालेको पाइएको छ । बन्दाबन्दी कडा गरेर जनता बचाउँछु भन्ने ध्याउन्नमा सरकार लागेको भए पनि मातहतका निकायले निर्देशन पालना गर्न नसकेपछि झापा सदरमुकाम चन्द्रगढी भद्रपुरमा भीडभाड बढ्न थालेको हो । हरेक दिन बिहान ११ वजेसम्म चन्द्रगढी भद्रपुरका अधिकाम्स चौक, बजार क्षेत्र र सडक किनारामा किनमेलको बाहनामा सामान्य अवस्थाको भन्दा भीड बढ्ने गरेको भए पनि सडकमा खटाइएका प्रहरीले नियन्त्रण गर्न सकेका छैनन् । न्युनतम सुरक्षाको मापदण्ड समेत पालना नगरी अनावश्यक भीडले कोरोना…

Read More

भोजपुर, ३१ वैशाख । भोजपुरको टेम्केमैयुम गाउँपालिका–५ बनापालाका ३१ बर्षीय ममत राई बाटोमा मृत फेला परेका छन् । मंगलवार दिउँसो ४ बजेको समयमा रुमला भन्ने स्थानमा राई मृत अबस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय भोजपुरबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई कानूनी प्रकृयाका साथै थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Read More

झापा, ३१ वैशाख । झापाको दमक नगरपालिका-५ हरिओम कोलिनीको भित्री सडकखण्डमा टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । आज बिहान साँढे ८ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै को १ ख ५५२४ नम्बरको टिपरले बिपरीत दिशाबाट आऊँदै गरेको साईकललाई ठक्कर दिंदा साईकल यात्री दमक १ का १६ बर्षीय शोभित दर्जीको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी टोली खटि गई साईकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

सुनसरी, ३१ वैशाख । सुनसरीको कोशी गाउँपालिका–१ यादव टोलबाट लागूऔषध सहित १ भारतीय नागरीक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट मंगलवार राती साँढे ११ बजे खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका भारतको अररिया बेलग्राम पंचायत(७ का २७ बर्षीय शंकर यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादवको साथबाट स्पास्मोप्रोक्सिवन ५ सय २७ ट्याव्लेट, डाइलक्स डिसी १०० एमएलको २८ बोतल र गाँजा ३० ग्राम बरामद गरेको छ । पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More