झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ६ वैशाख । प्रदेश १ मा शनिबारसम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि(आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो । सबैभन्दा बढी आरडिटी विधिबाट एक हजार ५ सय २६ को नमूना परीक्षण भएको छ । यो विधिबाट परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको छ । आज सुनसरीको हरिनगरामा परीक्षण गर्दा एक जना पुरुषमा पोजेटिभ आएको हो । बाँकी दुई जनाको पिसिआर विधिबाट गरीने परीक्षणमा नेगेटिभ देखिसकेको छ । पीसीआर विधिबाट गरिएका कूल ३ सय ७१ परीक्षणमध्ये १२ जनामा पोजेटिभ देखिएको छ । उनीहरुको नमूना कोशी अस्पतालपछि काठमाडौमा लगेर…

Read More

झापा, ६ बैशाख । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शनिबार मृत्यु हुनेको संख्या एक लाख ५४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ । अमेरिकामा ७ लाख १० हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने ३७ हजार भन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार ५३५ जनाको मृत्यु भएको थियो । दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २२ हजार ५०० भन्दाबढीको ज्यान गएको छ, भने संक्रमितको एक लाख…

Read More

सन्तोष शर्माझापा, ६ बैशाख । झापामा करिब ६० लाख केजी हरियो चियापत्ति खेर गएको छ । चियाको ‘फस्ट फल्स’ टिप्ने बेलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले लकडान घोषणा गरेपछि यहाँका बगानमा उत्पादित उक्त परिमाणमा हरियो चियापत्ति खेर गएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । ‘चिया टिप्न नपाउँदा पत्ति हुर्किएर गएको छ’, उहाँले भन्नुभयो, ‘जसका कारण किसानले ठूलो नोक्सान बेहोर्नु परेको छ ।’ साधारणतः प्रतिकेजी रू २० का दरले हिसाब गर्दा पनि किसानले रू १२ करोड बराबरको क्षति भएको उहाँको भनाई छ । इलाम, पाँचथर, धनकुटा लगायतका पहाडी जिल्लामा समेत १०…

Read More

चन्द्रकला भण्डारीभद्रपुर, ६ बैशाख । कोरोना भाइरसको सङ्क्रमण रोक्न सीमानाकामा परिचालित प्रहरीका लागि ला’गुऔषधका कारोवारी र प्रयोगकर्ता चुनौती बनेका छन् । पूर्वीनाका काँकडभिट्टामा बन्दाबन्दी उल्लङ्घन गर्नेहरु धेरैजसो लागुऔषधसँग जोडिएको पाइएको छ । दुई साताअघि काठमाडौँबाट दुई युवा बा६च ७०१९ नंको कार लिएर काँकडभिट्टा आइपुगेका थिए । आफूलाई स्वास्थ्य शिविर चलाउन आएको स्वास्थ्यकर्मी बताउने उनीहरुमध्ये एकजनासँग चिकित्सकको परिचयपत्र समेत थियो । तर प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेललाई शङ्का लाग्यो । केरकार गर्दा दुवैजना लागुऔषध खोज्दै आइपुगेको पत्ता लाग्यो । उनीहरुले चिकित्सकको नक्कली परिचयपत्र बोकेका थिए । हाल कारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा राखिएको छ भने दुवै युवालाई क्वारेन्टाइनमा राखिएको छ…

Read More

सन्तोष शर्माझापा, ६ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणविरुद्धको अभियानमा झापाका स्थानीय सरकारलाई यहाँका राजनीतिक दलहरुले साथ दिइरहेका छन् । जिल्लामा क्रियाशील ठूला–साना सबै राजनीतिक दलले स्थानीय सरकारलाई कोरोनाविरुद्धको अभियानमा रणनीतिक योजना बनाउनेदेखि विपन्न परिवारलाई राहत वितरणसम्मको सहयोग गरिरहेका हुन् । झापामा मुख्यतः नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी क्रियाशील छन् भने अन्य साना दलहरु पनि सक्रिय छन् । कोरोनाविरुद्धको अभियानमा यहाँका दलले नगद, खाद्यान्न, जनचेतना अभिबृद्धिका लागि सूचना प्रवाह गरिरहेका पाइएको छ । अध्यक्ष चिन्तन पाठक नेकपा झापा अध्यक्ष चिन्तन पाठकले लकडाउन अगावै झापामा कोरोना भाइरसविरुद्धको सचेतनामूलक दुई लाख प्रति पर्चा छापेर बाँडेको बताउनुभयो ।…

Read More

बुद्धशान्ति, ६ वैशाख । बरपिपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्तिले आज अतिविपन्न नागरिकलाई खाद्यान्न उपलब्ध गराउने गरि बुद्धशान्ति गाउपालिकाको बिपत ब्यवस्थापन कोषमा २१ हजार रुपैयाँ सहयोग गरेको छ । सस्थाका अध्यक्ष हरि पौडेल, उपाध्यक्ष छत्र कार्की, सदस्य अनिल वाग्ले, भवानी शंकर उप्रेती, कृष्ण कटवाल लगायतको टोलिले सो रकम गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल र प्रमुख प्रसासकिय अधिकृत इन्द्र चापागाईंलाई हस्तान्तरण गरेको संस्थाका कार्य समिति सदस्य अनिल वाग्लेले जानकारी दिए । साथै सहकारीको आज बसेको बैठकले लकडाउनले समस्यामा परेका आफ्ना सेयर सदस्यलाई ५ हजार रुपैयाँ सापटी रकम प्रदान गर्ने निर्णय पनि गरेको छ । सापटी रकम लिन चाहने सेयर सदस्यले अनिवार्य…

Read More

बुद्धराज वाग्लेआज बिहानै उठेँ, वेडको लुगा मिलाएर, हात मुख धोएँ । ब्रस गरेँ । ममले चिया पकाउनु भएको रहेछ । मैले त्यो चियाको कप टप्प टिप्ने आँट गरिन । मम कप त धुनु भयो नि ? मैले सोधेँ । मामले भन्नुभयो, ‘तेरो लागि भनेर १० चोटि पखालेको ।’ अनि ढुक्क लाग्यो र चिया पिएँ । हुन त मेरी मामलाई सरसफाईमा कसैले जित्न सक्दैन । अझै जबदेखि त कोरोनाको समाचार आउन थाल्यो, माम भान्सामा नै हराउन थाल्नुभयो । घरकै सरसफाईमा दिन बिताउन थाल्नुभयो । अहिले मामलाई टिभी हेरेर बस्ने पनि फुर्सद छैन । कहिले कता पुछ्ने त कहिले कता बढार्ने ।…

Read More

भद्रपुर, ६ बैशाख । आमी हुँ, व्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेहरुलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ बर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाको आदेशमा कारागार चलान गरेको छ । उनको नाममा मेचीनगर, विर्तामोड, भद्रपुर नगरपालिका समेत गरी १० जनाबाट जम्मा रु। ५७ लाख ८६ हजार ठगी गरेको जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा जिल्ला अदालतले शुक्रवार रु। ६२ लाख ५० हजार धरौटी माग गरेको थियो । सोही माग बमोजिमको धरौटी राख्न नसकेको हुँदा उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । उनले पसलेहरुलाई प्रलोभनमा पारी प्रदीप कार्की, राजन…

Read More

काठमाडौं, ६ बैशाख । उदयपुरको मस्जिदमा रहेका कोरोना संक्रमितलाई विराटनगरको कोरोना विशेष अस्पतालमा ल्याइएको छ । शुक्रबार राति १२ बजे कोरोना संक्रमित १२ जना र उनीहरु सँगै रहेका अन्य चार जनालाई पनि एम्बुलेन्समा विराटनगर ल्याइएको हो । संक्रमितमध्ये ११ जना भारतीय नागरिक र एक जना नेपाली हुन् । संक्रमित १२ जनालाई कोशी अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन् । संक्रमित सँगै रहेका अन्य चार जनालाई भने मोरङको टाँडीमा सञ्चालित क्वारेन्टाइनस्थलमा पठाइएको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण पुष्टि भएपछि ती भारतीय नागरिकलाई उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा रहेको मस्जिदबाट चारवटा एम्बुलेन्समा राखेर…

Read More

झापा, ६ बैशाख । आज (बैशाख ६) झापाली नागरिकका लागि ऐतिहासिक दिन हो । दुई झापाली सपुतले सहादत प्राप्त गरेको दिन । २०६३ साल वैशाख ६ गते झापाको सदरमुकाम चन्द्रगढी घेराउ गर्न हजारौं जनता हिँडेरपुगेका थिए । त्यो जनलहर आज पनि सम्झँदा नेपाली जनता राजतन्त्रबाट कतिसम्म आक्रान्त थिए भन्ने प्रष्ट रुपमा देख्न सकिन्थ्यो । यो जनताको उत्साहलाई सबै नेपालीले सम्मान गर्नैपर्छ । तर, त्यस बेला क्रुररुपमा शासन सत्ता सम्हालेका राजा ज्ञानेन्द्र र उनका समर्थकहरुले दबाउन अनेक उपाय नरचेका होइनन् । तर आँधीबेहरी सरी अगाडि बढेका जनतालाई रोक्न सक्ने क्षमता तत्कालिन निरंकुश शासकसामु थिएन । त्यही भिडमा थिए राजन गिरी र…

Read More