झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

अर्जुनधारा, २६ चैत । अर्जुनधारा नगरपालिकाले ११ लाख ४१ हजार रुपैयाँ मुल्यको राहत सामग्री प्रदान गरेको छ । नगरपालिकाले पहिलो चरणमा अति विपन्न वर्गका समुदायका १ हजार ६५० जनालाई राहत प्रदान गरेको हो । नगरका ११ वटै वडाका १५० जनाका दरले छनौट गरी राहत प्रदान गरिएको नगरप्रमुख हरिकुमार रानाले बताए । भोकले कोही पनि नमरुन् भन्ने उद्देश्यले राहत बाँडिएको उनले बताए । नगरपालिकाले प्रत्येक परिवारलाई चामल, दाल, नुन, साबुन र तेल लगायत प्रदान गरेको हो । ‘कतिपय वडामा १५० भन्दा बढी बिपन्नको सुचि तयार भएको रहेछ, नगरप्रमुख रानाले भने–‘त्यस्तो ठाउँमा दैविप्रकोप उद्दार कोषको रकमबाट पनि सामग्री खरिद गरेर वितरण गरिएको…

Read More

मेचीनगर, २६ चैत । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता बालकृष्ण थापाले मेचीनगर–९ स्थित बालुवाटार बस्ने विपन्न वर्गका ४३ घर परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरेका छन् । थापा नेतृत्वको एक टोलीले मंगलबार बालुवाटारमा बसोबास गर्ने सुकुम्बासी परिवारलाई चामल, दाल, आलु, नुन र खानेतेल वितरण गरेको हो । दिनहुँ ज्याला मजदुरी गरेर खाई जीविका चलाउँदै आएका उनीहरु सरकारले घोषणा गरेको लक डाउनका कारण मारमा परेकाले राहत प्रदान गरिएको टोलीमा सहभागी जिल्ला ट्राभल संघका अध्यक्ष नेत्र कार्कीले बताए । राहत सामग्री जुटाएर त्यहाँ पुगेका थापाले नयाँ बस्ती टोल विकास संस्थाका अध्यक्ष छविलाल गिरीलाई दैनिक उपभोग्य खाद्य वस्तु हस्तान्तरण गरेका हुन् । त्यसपछि अध्यक्ष…

Read More

झापा, २६ चैत । झापामा सञ्चालित विभिन्न सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारका लागि राहत सामग्री प्रदान गर्न रु एक करोड ५० लाख सहयोग गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण फैलन नदिन दुई साता अघिदेखि मुलुक लकडाउन भएसँगै विपन्न परिवारलाई खानाखान समस्या भएको भन्दै स्थानीय तहसँग समन्वय गर्दै सहकारीले राहत सामग्री खरिदका लागि आर्थिक सहयोग गरेका हुन् । जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष गणेश ढकालका अनुसार सहारा नेपाल सहकारी संस्था लिमिटेड बिर्तामोडले मात्रै रु ५० लाखको सहयोग गरेको छ । प्रदेश नं. १ सरकार, स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समन्वय समितिसँगको सहकार्यमा आइसोलेशन, क्वारेन्टाइमा बसेका र विपन्न…

Read More

भद्रपुर, २६ चैत । वन क्षेत्रमा चोरी तस्करी र आगलागी बढेसँगै झापामा वन क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको छ । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बदाबन्दीको मौका छोपेर अवैध रुपमा मान्छेहरु वन क्षेत्रभित्र प्रवेश गरेर आगो लगाउने, वन्यजन्तुको शि’कार गर्ने र वन पैदावर काट्नेजस्ता कानून विपरीतका कार्यहरु गरिरहेको सूचना प्राप्त भएको भन्दै डिभिजन वन कार्यालय झापाले प्रवेशमा रोक लगाएको हो । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बन्दाबन्दी अवधिभर जिल्लाका सामुदायिक, कबुलियत वनमा अत्यावश्यक संरक्षण बाहेकका अन्य सबै कार्य वन ऐन २०७६ को दफा ९ बमोजिम बन्देज लगाइएको बताउनुभयो । उहाँले सामुदायिक वन उपभोक्ता समूहलाई आ–आफ्ना वन…

Read More

चन्द्रकला भण्डारीभद्रपुर, २६ चैत । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले घोषणा गरेको बन्दाबन्दीमा भारतबाट हुनसक्ने लुकीछिपी आवतजावतलाई रोक्न झापाको सीमा क्षेत्रमा गौडैपिच्छे सुरक्षा व्यवस्था कसिलो बनाइएको छ । भारतसँग खुला सिमाना रहेको झापाको १४४ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरी बलले तीन दिनभित्रमा ५८ वटा अस्थायी पोस्ट थप गरेको छ । झापाको सीमा क्षेत्रमा सशस्त्रको आठ वटा स्थायी पोस्ट पहिल्यैदेखि तैनाथ थिए । आवतजावत हुने मुख्य गौडाको पहिचान गरी ५८ वटा नयाँ स्थानमा पाल टाँगेर अस्थायी पोस्ट खडा गरी सीमा सुरक्षालाई सुदृढ तुल्याइएको स’शस्त्र प्रहरी बल २ नम्बर हेडक्वाटर भद्रपुरका स’शस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राससलाई बताउनुभयो । लकडाउन उल्लङ्घन गर्दै…

Read More

पुजन आचार्यभद्रपुर, २६ चैत । मेची बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा जीवन पोखरेल नियुक्त हुनुभएको छ । त्रिभूवन विश्वविद्यालय कार्यकारी परिषद्का चैत २५ गतेको बैठकले पोखरेललाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । २०४७ चैत ७ गतेदेखि मेची बहुमुखी क्याम्पसमा प्राध्यापन सुरु गर्नुभएका पोखरेल यसअघि सहायक क्याम्पस प्रमुखको जिम्मेवार हुनुन्थ्यो । मंगलबार पदभार ग्रहण गर्दै नवनियुक्त क्याम्पस प्रमुख पोखरेलले समयानुकूल प्राविधिक र गुणस्तरीय शिक्षाका लागि आफूले पहल गर्ने बताउनुभयो । शैक्षिक विकास र स्तरोन्नतिको गहन जिम्मेवारी प्राप्त भएको बताउँदै उहाँले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु मेची क्याम्पसको मुख्य लक्ष्य रहेको उल्लेख गर्नुभयो । क्याम्पस र विद्यार्थीको हितमा आफूले काम…

Read More

कनकाई, २६ चैत । कनकाई नगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा कनकाई नगरपालिकाका जनप्रतिधि र कर्मचारीबाट १० लाख रकम जम्मा भएको छ । नगरपालिकाका जनप्रतिनिधिहरुबाट ७ लाख १९ हजार र कर्मचारीबाट २ लाख ८१ ह्जार रुपैँया जम्मा भएको नगरपालिका कर्मचारी संगठन कनकाईका अध्यक्ष लक्ष्मी अधिकारीले बताउनुभयो । कनकाई नगरपालिकाकाले ३० लाख रुपैयाँको कोष स्थापना गरेको थियो । कनकाई नगरपालिकाले विपत व्यावस्थापन कोषबाट पिडित व्याक्तिहरुको औषधि उपचार तथा राहत सामाग्रीको व्यावस्थापन मिलाइने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभएको छ । नगरपालिकाले कनकाई नगरपालिकाभित्र दुर्गापुरको दलित भवन र सुरुङ्गा अतिथि सदनमा दुई स्थानमा ४० बेड क्षमताको क्वारेन्टाइन स्थापना गरि त्यहाँ रहेका नागरिकलाई…

Read More

राजकुमार ओलीबिर्तामोड, २६ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) को उल्लंघन गर्ने २९९ सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्दाबन्दीको अवधिमा जिल्लाका विभिन्न स्थानमा सवारी चलाउने ती सवारी साधानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । ‘लकडाउनको समयमा अत्यावश्यक कामबाहेक सवारी चलाउने सवारीलाई नियन्त्रणमा लिएका हौँ’, उहाँले भन्नुभयो, ‘झापामा लकडाउनको पूर्ण पालना गर्न हामी प्रयासरत छौँ ।’ प्रहरीले झापाको दमक, झिलझिले, माइधार, गौरादह, गौरीगञ्ज, कन्काई, बिर्तामोड, मेचीनगर, भद्रपुर लगायतको स्थानबाट ती सवारी साधन नियन्त्रणमा लिएको हो । जिल्लाका विभिन्न स्थानबाट २८० वटा मोटरसाइकल, १२ वटा…

Read More

भद्रपुर, २६ चैत । कोभिड–१९ को सङ्क्रमणबाट झापा कारागारका कैदीबन्दीलाई जोगाउन मङ्गलबार अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध प्रदान गरिएको छ । प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले ११०० थान मास्क, चार कार्टुन स्यानिटाइजर र केही ग्लोब्स उपलब्ध गराएकी हुन् । झापा कारागारमा हाल ७७ महिलासहित एक हजार ९७ कैदीबन्दी छन् ।

Read More

झापा, २६ चैत । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८२ हजार ८० पुगेको छ भने ३ लाख २ हजार १ सय ५० निको भएका छन् । हालसम्म कोरोना भाइरसबाट विश्वभर १४ लाख ३१ हजार ७ सय ६ जना संक्रमित भएका छन् । सबै भन्दा बढी कोरोना संक्रमित संयुक्त राज्य अमेरिकामा फेला परेका छन् । जहा अहिलेसम्म ४ लाख ४ जनामा १२ जना कोभिड–१९ पोजिटिभ देखिएको छ । अमेरिकामा ज्यान गुमाउनेको संख्या पनि १२ हजार ८ सय ५४ पुगेको छ । संक्रमणका कारण अमेरिकामा एकै दिन १९ सय ५२ जनाको ज्यान गएको हो । यो अमेरिकामा अहिले सम्मकै उच्च…

Read More