
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २४ चैत । प्रदेश १ मा आइसोलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेमध्ये पाँच महिला र छ जना पुरुष छन् । सरकारले विभिन्न अस्पतालहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ का अनुसार आइसोलेसनमा सोमबारसम्म १५ जनालाई राखिएको छ । सरकारले प्रदेश १ मा ४ सय ३८ आईसोलेसन बेड तयार गरेको छ । यसैगरी ४ हजार ३७ वटा क्वारेन्टाइन बेड तयार गरेको छ । यसैगरी संक्रमित उपचार गर्न ४४ आईसियू बेड तयारी अवस्थामा छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको कोरोना सूचना डेस्कका अनुसार प्रदेश १…
झापा, २४ चैत । झापाको बुद्धशान्तिमा रहेको बुधबारे जेसीजले सो गाउँपालिकाको शान्तिनगर क्षेत्रका १० अतिविपन्न परिवारलाई आधा महिना पुग्ने खाद्यान्य वितरण गरेको छ । बुधबारे जेसीजका अध्यक्ष नन्दकुमार याफु राईको नेतृत्वमा सोमबार बुधबारे जेसीजले सो क्षेत्रमा प्रतिसदस्य ५ केजी चामल, तेल, नुन, साबुन लगायतका खाद्यान्य वितरण गरिएको हो । शान्तिनगर क्षेत्रमा खाद्यान्य वितरण कार्यक्रम बुधबारे जेसीजका सह–कोषाध्यक्ष जेसी पुष्कर पौड्यालको संयोजकत्व रहेको थियो । कार्यक्रममा अध्यक्ष राई, थिम एडिटर जेसी आयुष निरौला, जेसी विष्णु लामिछाने लगायतको उपस्थिति थियो । जेसीहरुले आपूm–आफूले नगद तथा खाद्यान्य सहयोग गरेर पहिलो चरणमा शान्तिनगर क्षेत्रमा अतिविपन्न नागरिकलाई खाद्यान्य वितरण गरिएको संयोजक पौड्यालले बताएका छन् ।…
झापा, २४ चैत । सरकारले वैशाख ३ गतेसम्म लकडाउन अवधि थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधि बैशाख ३ सम्म थप गर्ने निर्णय गरेको बैठकमा उपस्थित एक मन्त्रीले बताए । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले सो निर्णय गरेको हो । कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्दै सरकारले थप लकडाउन अवधि बढाएको हो । गत शनिबार एकबाट अर्को व्यक्तिमा कोरोना संक्रमण नतिजा सार्वजनिक भएसँगै थप चुनौती थपिएको छ । यसअघि सरकारले चैत ११ गतेदेखि लागू एक हप्ता लकडाउन गरेको थियो । त्यसपश्चात पनि चैत १८ गते थप एक हप्ता लकडाउन गर्ने घोषणा गरेको थियो…
काठमाडौं, २४ चैत । नेपाली कामदारको बाहुल्य रहेका सबैजसो श्रम गन्तव्यहरु अहिले कोरोना भाइरसको फैलँदो संक्रमणको चपेटामा छन् । यसले गर्दा त्यहाँ कार्यरत नेपाली कामदारहरु पनि संक्रमणको उच्च जोखिममा रहेका छन् । अहिलेसम्म मलेसियासहित विभिन्न खाडी गन्तब्यहरुमा कार्यरत २७ जना नेपाली कामदारमा कोभिड १९ अर्थात् कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २ जना उपचारपछि घर फर्किएका छन् । कतिपय देशले संक्रमतिको राष्ट्रियता नुखुलाएकाले ती दशेमा नेपाली कामदार संक्रमणमा परे कि परेनन् भन्ने स्पष्ट भएको छैन । कामदारहरु संक्रमित भएका देशहरुले उपचार निःशुल्क गर्ने बताएका छन् । सबैभन्दा बढी संक्रमित नेपाली कामदार बहराइनमा छन् । बहराइनमा अहिलेसम्म १२ जना…
सन्तोष शर्माबिर्तामोड, २४ चैत । नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको अभाव भएपछि स्वेच्छिक रक्तदानका लागि आह्वान गरेयता रगत संकलन हुन थालेको छ । जिल्लामा रगतको अभाव भएपछि रेडक्रस झापाले बिहीबार (चैत २० गते) स्वेच्छिक रक्तदानका लागि आह्वान गरेको थियो । रेडक्रसको आह्वानपछि मेचीनगरको काँकरभिट्टाबाट ५४ पिन्ट, बाहुनडाँगीबाट ६८ पिन्ट, धुलाबारीबाट ४१ पिन्ट रगत संकलन भएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । ‘अहिलेसम्म १६३ पिन्ट रगत संकलन भएको छ’, उहाँले भन्नुभयो, ‘पाँच सय रगत संकलन गरेर अरु ‘अनकल’मा राख्ने योजना बनाएका छौँ ।’ भोलिसम्ममा पाँच सय पिन्ट रगत संकलन हुने उहाँले बताउनुभयो । स्वेच्छिक रक्तदानका लागि फोन आइरहेको…
झापा, २४ चैत । पुर्वी नाका काँकरभिट्टामा लफडा भएपछि औषधिजन्य वस्तु, हवाई इन्धनसहित ग्यास तथा अन्य पेट्रोलियम पदार्थ वाहेकका सामानको ढुवानी निषेध गरिएको छ । आइतबार मेची भन्सार कार्यालय काँकरभिट्टाको सभाकक्षमा प्रदेश सभा सदस्य, स्थानीय सरकार, विभिन्न राजनीतिक दल मेची भन्सार कार्यालय, स्थानीय सुरक्षा निकायका प्रमुख प्रतिनिधिबीच सम्पन्न छलफलले यस्तो निर्णय गरेको हो । सरकारले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न र फैलिन नदिन घोषणा गरेको लकडाउनका कारण काँकरभिट्टा नाका भएर अहिले पनि निर्वाधरुपमा मालवहाक सवारी साधन प्रवेश गरीरहेकाले यसबाट संक्रमण बढ्ने भन्दैं अब उप्रान्त औषधिजन्य वस्तु, हवाई इन्धन सहित ग्यास तथा अन्य पेट्रोलियम पदार्थ वाहेक अन्य सनमानको…
बिर्तामोड, २४ चैत । बिर्तामोड नगरपालिका कार्यालयमा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिर्तामोड नगरकमिटीले चार लाख रुपैयाँ बराबरको एक सय क्वीन्टल (१० हजार केजी) चामल हसतन्तरण गरेको छ । विश्वव्यापी महामारी रुप लिएको नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनको अवधिमा विपन्न र दैनिक ज्याला मजदूरी गरिखाने वर्गको चुल्हो बल्न छाडेको छ । यस्तो परिस्थितिमा विपन्न परिवारको पनि नियमित चुलो जलोस् भन्ने मनसायले चामल किनेर सहयोग गरिएको नेकपा बिर्तामोड नगरकमिटी अध्यक्ष ज्ञानु प्रसाईंले बताए । बिर्तामोड नगरपालिका क्षेत्रमा बसोबास रहेका पार्टी संगठित सदस्यहरुबाट स्वेच्छिक सहयोग संकलन गरी…
नायिका वर्षा सिवाकोटीको आज जन्मदिन हो । उनी २६ बर्ष पुरा भएर २७ बर्षमा प्रवेश गरेकी छिन् । नायिका सिवाकोटीले आज जन्मदिनको कुनै त्यस्तो कार्यक्रम नभएको बताइन् । लकडाउनका कारण सबै नेपाली घरमै रहेकाले पनि वर्षाले जन्मदिनमा कुनै योजना बनाउन नपाएकी हुन् । चलचित्र क्षेत्रमा प्रवेश गरेको केही बर्ष भएपनि बल्ल वर्षाको करिअर सुखद देखिन थालेको छ । उनलाई लिएर चलचित्र बनाउन चाहनेहरुको संख्या बढेको छ भने उनको हातमा कामको अभाव छैन् ।
बिर्तामोड, २४ चैत । झापा मेचीनगर नगरपालिकामा डुबेर एक जना महिलाको मृत्यु भएको छ । मेचीनगर–११ स्थित मिलडाँडाकी ५६ वर्षीया तारादेवी कुमालको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तारादेवीको हिजो बेलुका करिब ७ः३० बजे छिमेकीको घरमा घुम्न आएको अवस्थामा आँगनमा पानी जमाउन बनाएको रिङमा लड्दा सोही रिङमा डुबेर मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
काठमाडौँ, २४ चैत । सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा अहिलेसम्म एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ सङ्कलन भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग गर्न सरकारले स्थापना गरेको उक्त कोषमा आइतबार मात्र रु १३ करोड १७ लाख ११ हजार ७५० जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले रु १२ करोड, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले रु ५० लाख, सिभिल बैंक लिमिटेडले रु ४३ लाख ५० हजार, मेलम्ची नगरपालिकाले रु आठ लाख दुई हजार ९४८ र…