झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २९ चैत । प्रदेश १ मा कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेस्ट पनि शुरु भएको छ । यो छरितो तरिकाबाट कोरोना भए नभएको परीक्षण गर्ने विधि हो । स्वास्थ्यकर्मीले संकलन गरेको कूल ९३ नमूनाको परीक्षण गर्दा कसैमा पनि कोरोना नदेखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जानकारी दिएको छ । जम्मा ७ महिला र ८६ पुरुषको नमूना संकलन गरी परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको हो । प्रदेश १ का मुख्यमन्त्री शेधरन राईले शुक्रबार अब सरकारको ध्यान ठूलो संख्यामा परीक्षण गर्नेतर्फ केन्द्रीत हुने बताउनु भएको थियो । परीक्षणका लागि विराटगरको कोशी अस्पतालमा काठमाडौपछि अधिक परीक्षण…

Read More

झापा, २९ चैत । कोरोना भाइरसको संक्रमण बढ्न नदिनका लागि सरकारले जारी गरेको लकडाउनमा प्रेमिका भेट्न झापा आएका युवा प्रहरीको फन्दामा परेका छन् । सिरहाबाट मोटरसाइकलबाट झापाको अर्जुनधारा आएका एक प्रेमीसहित उनका साथी प्रहरीको फन्दामा परेका हुन् । अर्जुनधारा ८ को कुशल चौकस्थित एक घरमा उनीहरु शुक्रबार राति आएका थिए । छिमेकीले बाहिर जिल्लाबाट दुई युवा अर्जुनधारा आइ बास बसेको खबर प्रहरीलाई जानकारी गराएका थिए । सोही जानकारीका आधारमा प्रहरीले नगरपालिकाको स्वास्थ्य शाखामा खबर गरेको थियो । ती युवाहरुलाई शनिश्चरे प्रहरी चौकी, सशस्त्र प्रहरी बल र स्वास्थ्यकर्मीको टोलीले बास बसेको घरबाट उद्दार गरी क्वारेन्टाइनमा राखेको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले…

Read More

द्रोण अधिकारीभद्रपुर, २९ चैत । तरकारी खेती मार्फत जीवन गुजारा गरिरहेका उत्तरी झापाका अधिकाम्स किशान आफ्नो उत्पादन बेच्न नपाएपछि निराश बन्न बाध्य भएका छन् । लक डाउनका कारण बारीभरी उत्पादन भएका तरकारी बजार पठाउन नसकेपछि साहुको ऋण र वर्षभरी परिवार धान्ने आर्थिक जोहो गुम्ने खतरा बढेपछि कृषकहरू निराश भएका हुन् । उत्तरी झापाका किशानका बारीमा उत्पादित तरकारी उपभोक्ताका घर घर पुग्न नसकिरहेका बेला भारतीय बजारबाट ट्रकका ट्रक तरकारी भित्रिने गरिरहेको छ । सवारी साधन लिएर खुद्रा व्यापारी उत्तरी झापा पुग्न नसक्ने तर, भारतबाट खाद्यन्न ढुवानी हुने सवारी साधन नेपाल प्रवेश पाउने भएपछि उत्तरी झापामा उत्पादित साग सब्जी बारीमै कुहिने अवस्था…

Read More

काठमाडौँ, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढङ्गले अघि बढ्न जरूरी रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ क’डाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र सङ्क्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “भारतमा सङ्क्रमण फैलिने क्रम…

Read More

अनिल वाग्लेबुद्धशान्ति, २९ चैत । नेपाल सहित विश्वभर कोरोना भाइरसको प्रभाव फैलिरहेको छ, त्यसको नियन्त्रणका लागि अनेकन प्रयासहरु भईरहेका पनि छन् । यस बेला डाक्टर, नर्स सहितका स्वास्थ्यकर्मीको भूमिका ज्यादै महत्वपूर्ण सावित भईरहेको छ । अर्को तर्फ चैत्र ११ गतेदेखि लकडाउनका कारण देशै ठप्प भएपछि दैनिक ज्याला मजदुरी गर्ने अतिविपन्न नागरिकलाई पेट भर्न समस्या परेको छ । नागरिकले खान पाउने हकलाई सुरक्षित गर्न यतिवेला राज्यले स्थानीय तहमार्फत अतिविपन्न नागरिकलाई पेट भर्न खाद्यान्य उपलब्ध गराउँदै छ । कोरोनाको सन्त्रास फैलिरहँदा अतिविपन्न नागरिक छनौट गर्ने कुरा र उनीहरुलाई खाद्यान्य उपलब्ध गराउने कुरा पनि चुनौतिपूर्ण बन्दै गएको छ । प्रत्येक वडाका वडा सदस्यहरु…

Read More

बिर्तामोड, २९ चैत । इलाम माई–२ का ४३ वर्षीय कमल श्रेष्ठ र सूर्योदय–२ का २८ वर्षीय संदिप राई लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन । हिजो राति साढे ९ बजे झापा मेचीनगर–१० स्थित भित्रि सडकखण्डमा मे ११ प २५८५ नम्बरको मोटरसाइकलमा सवार गरी आएका दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट ७ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी कानुनी कारबाही भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, २९ चैत । जिल्लाका विभिन्न स्थानमा डेरा गरेर अध्ययनरत विद्यार्थीलाई उनीहरुको गृह जिल्ला पु¥याइने भएको छ । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि डेरामा बसेर अध्ययनरत विद्यार्थी समस्यामा परेकाले उनीहरुलाई गृह जिल्ला पु¥याउने व्यवस्था गरिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिनुभयो । उहाँका अनुसार झापामा करीब ३५० विद्यार्थी बाहिर अन्य जिल्लाबाट आएर अध्ययन गरिरहेका छन् । “लकडाउनका कारण विद्यार्थी समस्यामा रहेकाले उनीहरुलाई आआफ्नो घरमा पु¥याउने समितिको निर्णय भएको छ”, उहाँले भन्नुभयो, “चाँडै उनीहरुलाई घर पु¥याइने व्यवस्था गर्दै छौँ ।” त्यस्तै, झापामा राहत वितरणमा एकरुपता ल्याउन मापदण्ड बनाउने…

Read More

झापा, २९ चैत । कोरोना भाइरस कोभिड–१९ को संक्रमितको संख्या विश्वभर १७ लाख ७ सय ७० पुगेको छ । हालसम्म विश्वभर ज्यान गुमाउनेहरुको संख्या १ लाख २ हजार ७ सय ८७ पुगेको छ । भने ३ लाख ७६ हजार ६ सय १५ निको भएका छन । सबै भन्दा बढी कोरोना संक्रमित संयुक्त राज्य अमेरिकामा फेला परेका छन् । जहा अहिले सम्म ५ लाख ३ हजार १ सय ७७ जनामा कोभिड-१९ पोजिटिभ देखिएको छ । अमेरिकामा ज्यान गुमाउनेको संख्या पनि विश्व मै दोस्रो सबै भन्दा धेर रहेको छ । जहा यो समाचार तयार पाडा सम्म १८ हजार ७ सय ६१ पुगेको…

Read More

बिर्तामोड, २९ चैत । झापाको अर्जुनधारा नगरपालिकामा जग्गाका विषयमा विवाद हुँदा खुकुरी प्रहारबाट तीन जना घाइते भएका छन् । अर्जुनधारा–५ का ३५ वर्षीय पुन्यप्रसाद खनालले जग्गाको विषयमा वादविवाद हुँदा छिमेकी ३२ वर्षीय सुभद्रा गेलाल, केशव गेलाल र ७२ वर्षीया जानुकादेवी गेलालमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाएको छ भने खुकुरी प्रहार गर्ने पुन्यप्रसाद खनाललाई नियन्त्रण लिएको छ ।

Read More

काठमाडौँ, २९ चैत । भारतमा एकै परिवारका आठजना नेपालीमा कोरोना संक्रमण देखिएको छ। योसँगै भारतमा कोरोना संक्रमित हुने नेपालीको संख्या १२ पुगेको छ। मुम्बईको गिरगाउँ चौपाटीमा रोजगारी गरेर बस्दै आएका अछाम घर भएका एक नेपाली परिवारका आठ जनामा कोभिड–१९ को संक्रमण देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। सक्रमितमध्ये केहीको मुम्बईकै कस्तुरवा अस्पताल उपचार भइरहेको छ। केही आइसोलेसनमा छन्। तर, उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ। यसअघि भारतको बैंग्लोर बस्दै आएको एक नेपाली दम्पतीसहित चार नेपालीमा कोरोना संक्रमण पुष्टी भएको थियो। अहिलेसम्म विश्वभर करिब दुई हजार नेपाली कारोना संक्रमित भइसकेका अनुमान गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गरेको छ। अमेरिकामा मात्रै झण्डै…

Read More