
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, ३ वैशाख । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस परीक्षणका लागि घुम्ती शिविर चलाउन सरकारसँग माग गरेको छ । लकडाउन सुरु हुनुभन्दा अघिल्लो साता मात्र करिव २ लाख मानिस नेपाल प्रवेश गरेको र उनीहरु मध्ये १५ प्रतिशत मात्र क्वारेन्टाइनमा बसेको भन्दै कांग्रेसले भनेको छ, ‘बाहिरबाट आएर गाउँमा छरिएका कोही कसैमा लक्षण नदेखिने एसिम्टोम्याटिक रहेछ भने त्यसले भयावह स्थिति निर्माण हुनसक्छ ।’ यसका लागि घुम्ती स्वास्थ शिविरको शैलीमा समुदायमा परीक्षण पुर्याउनुपर्ने कांग्रेसले बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस गाउँ तहसम्म ‘घुम्ती परीक्षण शिविर’ चलाउने तयारी तत्काल सुरु गर्न तीनै तहको सरकारलाई अपील गर्दछ…
काठमाडौं, ३ बैशाख । सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा स्वयम्सेवक जनशक्ति परिचालन गर्न विवरण सङ्कलन गरिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वयम्सेवक परिचालन गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा।श्रीकृष्ण गिरीको संयोजकत्वमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा।रोशन पोखरेल, मन्त्रालयका सहसचिव डा।गुणराज लोहनी र शिक्षा मन्त्रालयका दीपक शर्मा रहेको समितिसमेत गठन गरेको छ । समितिले विभिन्न मेडिकल कलेजमा अध्ययन गरेका स्वयम्सेवा गर्ने इच्छुक चिकित्सक र नर्सको विवरण तयार पारेको छ । अहिलेसम्म करिब स्वयम्सेवा गर्न इच्छुक २ हजार १२ स्वास्थ्यकर्मीको सूची समितिले तयार पारेको आयोगका उपाध्यक्ष डा।गिरीले जानकारी दिए । तीमध्ये ५२७ जना चिकित्सक र एक हजार ४८६ जना नर्स रहेका…
उदयपुर, ३ वैशाख । उदयपुरको दुई छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेलका नगरपालिकाको वडा नम्बर ३ र वडा नम्बर २ मा तास खेलिरहेको भन्ने सूचना अनुसार इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले तास र नगद सहित पक्राउ गरेको हो । वडा नम्बर ३ का राम बहादुर माझीको घरमा तास खेलिरहेका घर धनी सहित स्थानीय ३७ बर्षीय दिपक माझी, २४ बर्षीय जस बहादुर माझी, ३० बर्षीय कर्साङ लामा र ३२ बर्षीय राजन माझीलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट नगद ४ हजार २ सय २० रुपैयाँ र ३ बुङ तास समेत बरामद गरेको…
खोटाङ, ३ वैशाख । खोटाङको साकेला गाउँपालिका–३ मा गोरु काटिरहेका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिकाको सौरे भन्ने स्थानमा गोरु काटिरहेको भन्ने सूचना पाएसँगै इलाका प्रहरी कार्यालय मात्तिमबिर्ताबाट खटिएको प्रहरी टोलीले स्थानीय ५५ वर्षीय बुद्धिमान तामाङ र १३ वर्षीय १ बालकलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा संग्लग्न अन्यको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सुनसरी, ३ वैशाख । सुनसरीको बर्जु गाउँपालिका–५ लप्टोलियाकी ३२ बर्षीया धनमाया भट्टराईले आफ्नै शरीरमा आगो लगाउँदा घाइते भएकी छन् । मंगलबार राति साँढे ११ बजे को समयमा सामान्य घरायशी बादबिबाद हुँदा आवेशमा आएर आफ्नै शरिरमा मट्टितेल खन्याई आगो लगाउँदा उनी घाईते भएकी हुन् । घाईतेलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएको छ भने अन्य थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सितागंजले जनाएको छ ।
झापा, ३ वैशाख । अमेरिका कोरोना भाइरस कोभिड–१९ को कारण २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा मंगलबार एकै दिन २ हजार ४ सय ७ जनाको ज्यान गएको छ । अमेरिका सबै भन्दा धेरै संक्रमित भएको देश मात्र हैन सबै भन्दा बढी ज्यान गुमाउने देश पनि हो । यो समाचार तयार पार्दा सम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या २६ हजार ५४ पुगेको छ । त्यसै गरि संक्रमितको संख्या पनि विश्व कै सबै भन्दा बढी ६ लाख १४ हजार ९२ पुगेको छ । यस बीच निको भएर घर फर्किनेको संख्या अत्यन्तै न्यून ३८ हजार ८ सय २० मात्र रहेको…
पाँचथर ३ वैशाख । लकडाउनका कारण आपूर्ति सहज नहुँदा पूर्वी पहाडी जिल्ला पाँचथरमा पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोलियम पदार्थको समस्या भएपछि अत्यावश्यकीय कामका लागि प्रयोग हुने सवारी साधानसमेत सञ्चालनमा आउन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । नेपाल आयल निगमको प्रदेश कार्यालय विराटनगरले इन्धन उपलब्ध नगराएको तथा लकडाउनका कारण ट्याङ्कर चालकले भारतबाट पेट्रोलियम पदार्थ ल्याउन नसकेपछि एक सातायता पेट्रोलियम पदार्थको अभाव भएको पेट्रोलपम्प सञ्चालक बताउँछन् । पेट्रोलियम पदार्थको मूल्य घटेकाले मूल्य बढाएर कालोबजारीमा बिक्री गर्न पेट्रोलियम पदार्थ लुकाइएको आशङ्का गरिएको छ । परिस्थिति सहज नहुञ्जेल सहज आपूर्ति गर्न नसक्ने पम्प सञ्चालक टोलेन्द्र तामाङले बताए । प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार…
एजेन्सी, ३ बैशाख । पछिल्लो २४ घन्टामा छिमेकी मुलुक भारतमा १ हजार ३४ जना कोरोना संक्रमित फेला परेका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ११ हजार ४ सय ८७ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै ३५ जना कोरोना संक्रमितको ज्यान गएको छ । यो सँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३९३ पुगेको छ । संक्रमित मध्ये १ हजार ३ सय ५९ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् । १९ दिनदेखि जारी लकडाउनकाबीच भारतमा मंगलबार पुन २१ दिन लकडाउन थपिएसँगै जनस्तरबाट व्यापक विरोध भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै लकडाउन २१ दिन थपिएको घोषणा…
बिर्तामोड नगर पालिकामा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा ब्यवस्थापन राहत कोसमा रकम जम्मा गर्नेहरुको नामावली १) बिर्तामोड नगरपालिका ५० लाख २) ध्रुबकुमार शिबाकोटी, नगर प्रमुख १ महिनाको तलब बराबर ३) पबित्रा महतारा प्रसाई, उप प्रमुख १ महिनाको तलब बराबर ४) पशुपति खतिवडा, प्र. प्रशाशकीय अधिकृत १ महिनाको तलब बराबर ५ं देबराज कार्की, अधिकृत १ महिनाको तलब बराबर ६) सम्पूर्ण बडा अध्यक्षहरु लगायत जनप्रतिनिधिहरु १ महिनाको तलब बराबर ७) कर्णाली साकोस १ लाख ८) सिम्रिक साकोस १ लाख ९) कन्चनजङा अङ्ग्रेजी माबी, गुरुभक्त न्यौपाने ५० हजार १०) न्युटन र एभरेस्ट एकाडेमी, हरिकुमार प्रसाई ५० हजार ११) गोमेन्द्र विर्ता मोडेल र…
सन्तोष शर्माझापा, ३ बैशाख । झापाको भद्रपुर नगरपालिका–५ स्थित नयाँबस्तीका विपन्न परिवारलाई अहिले बिहान–बेलुकाको छाक टार्न धौ–धौ पर्न थालेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) घोषणा गरेपछि कामविहीन भएसँगै उनीहरुको दैनिकी अहिले कष्टकर बन्दै गएको हो । यहाँ करिब ३५ परिवारको बसोबास छ । उनीहरुको सबैको आम्दानीको स्रोत ज्याला–मजदुरी हो । ‘कलडाउन भएको केही दिन त घरमा भएको पैसाले खाइयो’, उनीहरु भन्छन्, ‘बाहिर निस्किन मिल्दैन, काम नभएपछि के गरी खानु, दिनरात चिन्ता यही कुराको छ ।’ अन्य गाउँपालिका र नगरपालिकाको तुलनामा नयाँबस्तीबासीले थोरै राहत सामग्री पाएका…