
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, २८ चैत । एनएमबी बैंकले प्रदेश नम्बर १ सरकारलाई १०० थान स्वास्थ्य सुरक्षा सामग्री (पीपीई) सहयोग हस्तान्तरण गरेको छ । कोरोना भारइसको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई अतिआवश्यक पर्ने स्वास्थ्य सामग्री बिहीवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका हुन् । कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा कवच (पिपिई) को अभाव भएको बताइरहेको बेला एनएमबि बैंकले यस्तो सहयोग गरेको बंैकका प्रदेश निक्षेप प्रमुख मेघराज तिम्सिनाले बताए । तिम्सिनाका अनुसार एनएमबी बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक पर्ने गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरेका हुन् । मुख्यमन्त्री कार्यालय विराटनगरमा पुगेर…
झापा, २८ चैत । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभा गरी ५१ बैठक बसेका छन् । दुवै सदनमा १७ विद्येयक दर्ता भए पनि चार विद्येयक मात्रै पारित भएका छन् । संघीय संसद्को प्रतिनिधिसभाको सभामुख चयन हुन नसक्दा अधिवेशन सुरु भएको एक महिना बित्दासमेत कामबिहीन भएको थियो । सभामुखको निर्वाचन ढिलो हुनु र निर्धारित बैठक पनि सञ्चालन नहुँदा प्रतिनिधिसभामा जम्मा ६ विद्येयक मात्रै दर्ता भए । जसमा एक गैरसरकारी विद्येयकसमेत रहेको छ । ४ पुसमा सुरु भएको संघीय संसद्को पाँचौँ अधिवेशन २४ चैतमा अन्त्य भएको थियो । जम्मा १ सय ९ दिन चलेको अधिवेशनमध्ये प्रतिनिधिसभातर्फ ३० दिनमा २४ पटक बैठक बसी जम्मा…
काठमाडौँ, २८ चैत । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव माग्नुभएको छ । उहाँले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग सम्बन्धमा सबै स्थानीय तहसित सुझाव माग्नुभएको हो । यसबारे स्थानीय तहले के–के गर्न सक्ने तथा प्रदेश र सङ्घीय सरकारले खेल्नुपर्ने भूमिकाका बारेमा समेत मन्त्री भुसालले सबै स्थानीय तहबाट सल्लाह–सुझाव लिइने आफ्नो अवधारणामा स्पष्ट पार्नुभएको छ । उहाँले सो अवधारणाअनुसार अघि बढ्न मुलुकका सवै स्थानीय तहलाई निर्देशन दिनुभएको छ । कोरोना भाइरसका कारण हाललाई सबैसित छलफल गर्न…
झापा, २८ चैत । कोरोना भाइरस कोभिड–१९ को संक्रमितको संख्या विश्वभर १६ लाख ४ हजार ५ सय पुगेको छ । हालसम्म विश्वभर ज्यान गुमाउनेहरुको संख्या ९५ हजार ७ हजार ३२ पुगेको छ भने ३ लाख ५६ हजार ६ सय ५६ निको भएका छन । सबै भन्दा बढी कोरोना संक्रमित संयुक्त राज्य अमेरिकामा फेला परेका छन् । जहा अहिले सम्म ४ लाख ६८ हजार ८ सय ८७ जनामा कोभिड(१९ पोजिटिभ देखिएको छ । अमेरिकामा ज्यान गुमाउनेको संख्या पनि १६ हजार ६ सय ९७ पुगेको छ । गत मंगलबार सबै भन्दा बढी १९ सय ७१ जनाको ज्यान गएको थियो । त्यस्तै बिहिबार…
झापा, २८ चैत । नेपालमा कोरोना संक्रमण पुष्टि भएका नौं जनामध्ये आठ जनाको स्वास्थ्य अवस्था ‘सुधारोन्मुख’ हुँदै गएको छ । एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । संक्रमित उपचाररत अस्पतालका चिकित्सकले कोरोना संक्रमण भएकाहरु निको हुने क्रममा रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । चिकित्सकले पर्याप्त सतर्कता अपनाउन भने सबैमा आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइसोलेसन वार्डमा उपचाररत आठै जनाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । आजको राजधानी दैनिकमा खबर छ ।
झापा, २८ चैत । नेपाल सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा कडाइ गर्न निर्देशन दिएको छ । त्यस्तै लकडाउन पनि केही समय लम्बिन सक्ने गृह मन्त्रालयले सङ्केत गरेको छ । भारत–नेपाल बीचको सीमा खुला छ । खुला सीमाको ९२५ स्थानमा सशस्त्र प्रहरीसहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मन्त्रालयका उच्च अधिकारीका अनुसार सीमा नाका अनुगमन तथा आवतजावतमा कडाइ गर्न सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने तयारी भएको छ । सीमा अनुगमन चौकी ९बीओपी० सुरक्षा सशस्त्र प्रहरीको जिम्मेवारी भएकाले सशस्त्र प्रहरी बलको पाँच…
झापा, २८ चैत । कोरोना भाइरसको महामारी सुरु भएयता नेपाली मुद्रा अधिकांश परिवर्त्य विदेशी पैसाको तुलनामा तीव्र दरमा सस्तिएको छ। पछिल्लो १० हप्तामा अमेरिकी डलर ७ रुपैयाँ ८२ पैसा महँगिएको छ। बिहीबार ग्रिनब्याक भनिने अमेरिकी मुद्राको भाउ नेपाल राष्ट्र बैंकले नै १२२ रुपैयाँ ५० पैसा तोकेको छ। यो हालसम्मकै सबैभन्दा महँगो दर हो। यद्यपि, प्रतिशतको हिसाबले नेपालमा सटही सुविधा भएका मुद्रामध्ये डलरभन्दा पनि हङकङ, जापान र यूएईको मुद्रा ज्यादा महँगिएको छ। गत ३१ जनवरीको मूल्यलाई आधार मान्दा बिहीबारसम्म हङकङ डलर ७.०५ प्रतिशत महँगिएको छ। जापानी येन पनि ६.८४ प्रतिशत महँगिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। यूएई दिह्राम भने डलरकै हाराहारी…
विराटनगर, २७ चैत । प्रदेश न.१ मा ४१ क्वारेनइन बेड थपिएको छ । विहीबार प्रदेशका विभिन्न ७ स्थानमा ती बेड थपिएका हुन । सरकारले निर्माण गरेको कूल २ सय ६१ स्थानको बेड संख्या अब ४ हजार १ सय ४८ पुगेको छ । आइसोलेसन स्थान ४८ र बेड संख्या ४ सय ३२ नै यथावत छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कका अनुसार विहीबारसम्म क्वरोन्टाईनमा बस्नेको संख्या जम्मा ६ सय २ छ । जसमा ५२ महिला र र ५ सय ५० पुरुष छन् । आजसम्म ५ महिला र १५ पुरुष क्वारेन्टाइनबाट डिस्चार्ज भएका छन् । यसैगरी आइसोलेसनबाट डिस्चार्ज हुनेमा ८…
बिर्तामोड, २७ चैत । अब कोरोना भाइरस सङ्क्रमण भए–नभएको जिल्ला जिल्लामा नै जाँच हुने भएको छ । क्वारेन्टाइनमा रहेकाहरुलाई १४ दिन भएपछि घर पठाइँदै आएको छ । तर अबदेखि किट मार्फत कोरोना जाँच गरेर मात्र घर पठाउने जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका १५ वटै पालिकाहरूलाई परिपत्र गरेको छ । गृह मन्त्रालयको आदेश अनुसार भन्दै झापाका सबै स्थानीय तहमा जिल्ला प्रशासन कार्यालय झापाले परिपत्र गरेको हो । अहिलेसम्म पालिकामा रहेका क्वारेन्टाइन रहेकाहरूलाई बिना जाँच घरमा थप क्वारेन्टाइनमा बस्ने सर्त सहित पठाउँदै आइएको छ । नयाँ परिपत्र जारी भएपछि अब क्वारेन्टाइन रहेकाहरूको जाँच हुनेछ । यसले कोरोना जाँचका लागि धरान पठाउनु पर्ने…
बिर्तामोड, २७ चैत । झापाको विर्तामोड नगरपालिकाले पहिलो चरणमा ६ हजार ९ सय ६० घर परिवारलाई राहत सामाग्री वितरण गरेको छ । नगरले १० वटै वडाका २८ हजार ५ सय ८६ व्यक्तिलाइ पहिलो चरणमा राहत सामाग्री निकासा गरेको नगर प्रमुख ध्रुव सिवाकोटीले जानकारी दिनु भयो । ती सामाग्री सवै वडामा लगत संकलन गरिएका व्यक्ति र परिवारलाई वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको सम्वन्धित वडा अध्यक्ष हरुले जानकारी दिएका छन् । नगरमा विपन्न र असहाय व्यक्तिहरुलाई पहिलो चरणमा ११ लाख ३ हजार ७ सय ९५ केजी चामल वितरण गरिने वताइएको छ । विर्तामोडले नगरपालिकामा गठन गरेको राहत कोषमा अजा सम्ममा कुल…