झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, २७ चैत । उपत्यकाबाट हिडेरै घर फर्कदै गर्ने सर्वसाधारणका लागि प्रदेश १ का कांग्रेसका नेता केदार कार्कीले गाडी पठाएका छन् । सञ्चारमाध्यममार्फत प्रदेश १ का सर्वसाधारणहरु लकडाउनका कारण काठमाडौंबाट पैदल हिँडेर आइरहेको जानकारी पाएपछि आफुले गाडी पठाइएको उनले बताए । ‘सञ्चार माध्यममा सुनसरीको रामधुनीका ५ जना पैदल हिँडेर आइरहेको जानकारी पाएपछि पार्टीका साथीहरुलाई सम्पर्क गरेर उहाँहरुसँग सम्पर्क स्थापित गरेँ,’उनले भने, ‘उहाँहरु सिन्धुली आइपुग्‍नु भएकाले त्यहीका कांग्रेसी साथीहरुसँग सम्पर्क गराएर खाने र बस्ने व्यवस्था मिलाएपछि गाडी पठायौं ।’ प्रदेश १ को सुनसरी र मोरङका थप २७ जना काठमाडौंबाट पैदल आइरहेको बिहीबार अपरान्ह जानकारी प्राप्त भएको कार्कीले बताए । ‘उहाँहरु पनि…

Read More

रमेश लम्सालकाठमाडौँ, २७ चैत । सरकारले देशभित्रै उत्पादन हुने विद्युत्लाई सहज प्रयोग गर्ने लक्ष्यका साथ लकडाउनको समयमा विद्युतीय चुल्हो प्रयोग गर्नेलाई सुविधा दिने योजना ल्याएको स्पष्ट पारेको छ । लकडाउनका समयमा खाना पकाउने एलपी ग्यासको अभाव हुने भन्दै चौतर्फी हल्ला फैलिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १५० यूनिटसम्म विद्युत् खपत गर्नेलाई चैत महिनामा २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको हो । रासससँग कुराकानी गर्नुहुँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ऊर्जा सुरक्षा र आत्मनिर्भरता तर्फको यात्राका लागि संकटले निम्त्याएको एक महत्वपूर्ण अवसरको रुपमा त्यसलाई चित्रण गर्नुभएको छ । उहाँले भन्नुभयो, “स्वदेशमा नै उत्पादन हुने विद्युत् खपत गराउने र…

Read More

बिर्तामोड, २७ चैत । विपन्नको राहतका लागि बिर्तामोड उद्योग वाणिज्य सङ्घले एक लाख रुपैयाँ प्रदान गरेको छ । सङ्घका अध्यक्ष कुमार भट्टराईको नेतृत्वमा टोली बिर्तामोड नगरपालिका पुगेर नगर प्रमुख ध्रुवकुमार सिवाकोटीलाई रकम हस्तान्तरण गरेको हो । विपन्नको राहतका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको सङ्घका उपाध्यक्ष राजु न्यौपानेले बताए । कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भन्दै सरकारले देश लक डाउन गरेपछि ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिक समस्यामा परेपछि उनीहरुको राहतका लागि बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँको कोष स्थापना गरेको थियो । कोषमा रकम जम्मा भएपछि बिर्तामोड नगरपालिकाले वाणिज्य सङ्घलाई धन्यवाद पनि दिएको छ ।

Read More

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण भारत लकडाउनमा छ । लामो समयदेखि लकडाउन हुँदा बलिउड चलचित्रमा काम गर्ने मजदुरहरुको दैनिक जीवन समस्यामा छ । यसैले, ती मजदुरहरुको सहयोगका लागि बलिउडका कलाकार अगाडि आएका छन् । यसमा नायक सलमान खानको नाम पनि सबैभन्दा अगाडि आउँछ । अभिनेता सलमान खानले बलिउड चलचित्रमा काम गर्ने २३ हजार मजदुरलाई सहयोग गर्ने घोषणा गरेका थिए । जसअनुसार, उनले पहिलो चरणमा हरेक मजदुरको खातामा ३–३ हजार नगद पठाएका छन् । सलमानले केही दिनपछि फेरि रकम पठाउने बताएको पश्चिम भारतीय सिने कर्मचारी संघका अध्यक्ष वीएन तिवारीले भारतीय मिडियालाई जानकारी दिएका छन् । सलमानले यो महिनाको ७ तारिखमा…

Read More

बिर्तामोड, २६ चैत । नेपाल अलैंची व्यवसायी महासंघले बिर्तामोड नगरपालिकाले स्थापना गरेको राहत कोषमा रकम हस्तान्तरण गरेको छ । अलैँची व्यवसायीको एउटा टोलीले नगरपालिका कार्यालय पुगेर नगर प्रमुख ध्रुवकुमार सिवाकोटीलाई एकलाख रुपैयाँ हस्तान्तरण गरेको हो । महासङ्घका महासचिव सुवास भट्टराईले अलैँची व्यवसायीका तर्फबाट सहयोग रकम हस्तान्तरण गरिएको बताए । कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भन्दै सरकारले देश लक डाउन गरेपछि ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिक समस्यामा परेपछि उनीहरुको राहतका लागि बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँको कोष स्थापना गरेको थियो ।

Read More

चन्द्रकला भण्डारीझापा, २६ चैत । जनजीवन पुरै लकडाउन र सीमा बन्द रहेका बेला काँकडभिट्टा मूलनाकाबाट भारतीय ट्रक भित्रिन थालेपछि स्थानीयवासी कोरोना भित्रिएला भनेर भयभित भएका छन् । हाल मेची भन्सार कार्यालयको परिसरभित्र लकडाउन र नाका बन्द भए यता नेपाल भित्रिएका अढाई सयभन्दा बढी भारतीय मालवाहक ट्रक पार्किङ गरेर राखिएका छन् । चालक तथा हेल्परहरु रातभरि गाडीभित्रै सुत्छन् भने दिउँसो कोही वरपर हिँड्छन् । उनीहरुमध्ये अधिकांशले मुखमा मास्क लगाएका हुँदैनन् । उनीहरु भारतको विभिन्न प्रान्तबाट कोइला लगायतका सामान लोड गरिएको गाडी लिएर नेपाल आएका हुन् । भन्सार परिसरमा भारतीय गाडीसँगै आएका अढाई सयको हाराहारीमा चालक दलका सदस्यहरु बिना क्वारेन्टाइन बसिरहेका छन्…

Read More

झापा, २७ चैत्र । कोरोना भाइरस संक्रमणबाट इटलीपछि अमेरिकामा सबै भन्दा धेरै मानिसको ज्यान गएको छ । यो समाचार तयार पार्दा सम्म अमेरिकामा १४ हजार ७ सय ९७ जनाको ज्यान गइसकेको छ । यसअघि इटालीपछि स्पेनमा धेरैको ज्यान गएको थियो भने बिहीबारबाट स्पेनलाई अमेरिकाले उछिनेको हो । यो समाचार तयार पार्दा सम्म स्पेनमा १४ हजार ७ सय ९२ जनाको र इटालीमा १७ हजार ६ सय ६९ को ज्यान गैसकेको छ । तर अमेरिकामा सबै भन्दा धेरै संक्रमित रहेका छन । जहा यो समाचार तयार पार्दा सम्म ४ लाख ३५ हजार १ सय ६० लाई संक्रमण भइसकेको छ । अमेरिकामा बिहिबार…

Read More

उदयपुर, २७ चैत । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडाबाट नियन्त्रित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय ३० बर्षीय रत्नमणि भनिने रोहित चौधरी र ३४ वर्षीय बिसन राईलाई आधा ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

सुनसरी, २७ चैत । सुनसरीको इटहरी उपमहानगरपालिका–८ गैसारमा रहेको नमुना कलेज पुर्वपट्टीको कल्भटमा नवजात शिशुको शव फेला परेको छ । बुधवार उक्त स्थानमा भर्खरै जन्माएर फालेको जस्तो देखिने स्त्री जातको नवजात शिशु मृत अवस्थामा रहेको भनी स्थानीयहरुले सूचना दिएसँगै इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ भने अन्य थप अनुसन्धान भइईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, २७ चैत । कोरोना भाइरस कोभिड–१९ बाट बहराइनमा कार्यरत २२ नेपालीमा संक्रमण पुष्टि भएको छ । बुधबार थप १० जनामा संक्रमण भएपछि त्यहाँ कार्यरत नेपालीमा संक्रमितको संख्या २२ पुगेको हो । दूतावससले एक बिज्ञप्ति जारी गर्दै भनेको छ – ‘केही समय अगागि सल्माबादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत चार सय जनालाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिएको थियो । अहिले थप १० जना नेपालीलाई संक्रमण पुष्टि भयो ।’ बहराइनमा कूल संक्रमितको संख्या ३ सय ४९ छ भने ५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये तीन जनाको अवस्था गम्भीर छ । ४ सय ६७ जना…

Read More