
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २८ चैत । प्रदेश नं. १ मा सरकारले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्दै हाटबजार मेला र जमघट बन्द गर्ने र राहत वितरणलाई प्रभावकारी बनाउने भएको छ । शुक्रबार बसेको प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र राहत वितरणलाई प्रभावकारी बनाउँन आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धि सुरक्षा योजना र जिम्मेवारी तोकेको हो । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले जिल्ला तहका क्वारेन्टाइनको जिम्मेवारी नेपाली सेनालाइ दिने व्यवस्था मिलाउने, लकडाउनलाई कडाइका साथ कार्यन्वयन गराउने, हाटबजार, मेला र जमघट बन्द गराउँने, राहत वितरण प्रभावकारी बनाउने, कोरोना जनसुरक्षा कोषबाट पालिकाहरुलाई उपलब्ध गराउनु पर्ने रकमबारे सिफारिस…
विराटनगर, २८ चैत । प्रदेश नंं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सुरक्षा निकायका प्रमुखहरुलाई स्थानीय तहसंग समन्वय गरेर राहत वितरणमा भइरहेको भिड हटाउन निर्देशन दिनुभएको हो । शुक्रबार बसेको सुरक्षा परामर्श समितिको बैठकमा मुख्यमन्त्री राईले प्रदेशका सुरक्षा प्रमुखहरुलाई यस्तो निर्देशन दिनुभएको हो । अहिले स्थानीय तहले वितरण गरिरहेको राहत लिनेको घुइचो बढ्दा कोरोना भाइरसको संक्रमण भइहाले अवस्था भयावह हुने भन्दै मुख्यमन्त्री राईले स्थानीय तहहरुले डेलिभरी भ्यानको व्यवस्था गरेर घर घरमै पुगेर राहत वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने बताउनुभयो । विशेष गरी तराईका जिल्ला र शहरी क्षेत्रमा यो समस्या रहेको भन्दै स्थानीय तहका जनप्रतिनिधीहरुसंग समन्वय गरेर व्यवस्थापन गर्न समेत सुरक्षा…
सन्तोष शर्माबनियानी, २८ चैत । दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवलले यहाँका तीन हजार विपन्न परिवारलाई राहत वितरण गरिरहेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण एवम् रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण विपन्न वर्गमा हातमुख जोर्न समस्या भएपछि गाउँपालिकाले विपन्न परिवारको तथ्यांक संकलन गरी राहत वितरणलाई तीव्रता दिएको हो । गाउँपालिकाका ७ वटामध्ये १ नम्बर वडाका ५३१, २ नम्बरका ४५, ४ नम्बर २९२ र ६ नम्बर वडाको १९४ विपन्न परिवार गरी एक जार ६२ परिवारलाई राहत वितरण गरिसकेको गाउँपालिका सूचना अधिकारी दिपेन्द्र गणेशले जानकारी दिनुभयो । ‘वडा नं. ३, ५ र ७ मा आजदेखि राहत वितरण शुरु गरिएको…
दीपक चापागाईंविगत केही महिनादेखि कोरोना भाइरसले मुलुक आक्रान्त बनाएको छ । संसारका महाशत्ति राष्ट्रहरु चीन, अमेरिका, युरोप, बेलायत, इटाली, स्पेन, अष्ट्रेलिया जस्ता मुलुकहरु अत्यन्तै प्रभावित बनेका छन् । चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसले पृथ्वीमा भएका लगभग सबै मुलुकलाई आक्रान्त बनाइसकेको अवस्था छ भने आजसम्म लगभग एक लाख मानिसलाई मृत्युमा धकेलिसकेको छ । करिब १५ लाख मानिस संक्रमणको चपेटामा पारेका छन् । यो भाइरसले एकाइसौँ शताब्दीको विनाशकारी अस्त्रको रुपमा मानव जातिमाथि धावा बोलिरहेको छ । अहिलेको अवस्था भनेको पहिला आफू सुरक्षित भई बाँच्ने अनि अर्कालाई सकेको सहयोग गर्ने हो । यो नै मानव धर्मको परम कर्तव्य हो । लेखक…
मोरङ, २८ चैत । प्रदेश १ अन्तर्गत विराटनगरस्थित कोशी अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) का शंकास्पद बिरामीको स्वाबको नमुना परीक्षण सुरु गरिएको छ । परीक्षण सुरु गर्नुअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले अस्पतालको ल्याबको निरीक्षण गरेका थिए । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। संगीता मिश्राले अस्पतालस्थित पिसिआर ल्याबको स्तरोन्नति लगायतको सम्पूर्ण तयारी सकिएको बताइन् । उनले भनिन्, ‘आजैबाट नमुना परीक्षण सुरु गर्छौं ।’ दैनिक दुई सय जनाको स्वाबको नमुना परीक्षण गर्ने लक्ष्य रहेको उनले बताइन् । संघीय सरकारले कोरोना भाइरसका शंकास्पद बिरामीको स्वाबको नमुना परीक्षणका लागि विज्ञसहितको आवश्यक उपकरणलगायतका सामग्री बिहीबार हेलिकप्टरबाट विराटनगर पठाएको…
बिर्तामोड, २८ चैत । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि प्रदेश नं. १ प्रहरीले विभिन्न आठ काम गरिरहेको छ । बन्दाबन्दी (लकडाउन) को पूर्ण कार्यान्वयनदेखि ‘प्रहरीको सहयोगी म’ अभियान सञ्चालन गरिरहेको प्रदेश नं. १ का प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । नेपाल–भारत सीमा हुने आवागमन नियन्त्रण, महामारीको फाइदा उठाउँदै हुन सक्ने आपराधि क्रियाकलाप नियन्त्रणका लागि तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीका सीमा क्षेत्रमा विभिन्न सेक्टर विभाजन गरी सिनियर अधिकृत खटाइएको छ प्रवक्ता तिम्सिनाले बताउनुभयो । त्यस्तै प्रदेश नं. २ बाट आउने व्यक्ति र सवारी साधानलाई पूर्ण रोक लगाइएको छ । जसका लागि कोशी…
बिर्तामोड, २८ चैत । झापा र मोरङका शिविरमा रहेका भूटानी शरणार्थीहरुलाई झापा जिल्ला उद्योग संघले राहत दिएको छ । जिल्ला प्रशासन कार्यालयको अनुरोधमा संघले झापाको बेलडाँगी र मोरङको पथरी शनिश्चरेमा रहेका भूटानी शरणार्थीलाई स्थानीय प्रशासनको समन्वय र सहयोगमा बिहीबार शिविरमै पुगेर रू पाँच लाख बराबरको १० हजार केजी चामल उपलब्ध गराएको हो । बेलडाँगी शिविरका १६ सय र पथरी शिविरका ५२० परिवारका लागि चामल उपलब्ध गराइएको संघका अध्यक्ष टिकाराज ढकालले बताउनुभयो । स्थानीय गाउँ–शहरमा मजदूरी गरी जीविकोपार्जन गर्दै आएका उनीहरु कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण कामविहीन भई समस्यामा परेपछि झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर…
अनिल वाग्लेबुद्धशान्ति, २८ चैत । चैत्र ११ गतेदेखि कोराना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशव्यापी लकडाउनको घोषणा गरेपछि यतिवेला अतिविपन्न नागरिकलाई खाद्यान्य सहयोग भइरहेको छ । विभिन्न स्थानीय तहहरुले अतिविपन्न नागरिकलाई खाद्यसामग्री प्रदान गरिरहँदा कोहि भोकै बस्नु नपरोस् भनेर राज्य कोषमा स्थानीय नागरिक तथा संघ संस्थाहरुले स्वतस्फूर्त रकम तथा जिन्सि सामान सहयोग स्वरुप प्रदान गरिरहेका छन् । झापाको बुद्धशान्तिमा पनि केही ठाउँका नागरिकलाई पहिलो चरणको खाद्य सामग्री प्रदान गरिरहँदा दोस्रो चरण खाद्यसामग्री प्रदान गर्ने गरीको गृहकार्य चलेको छ । पहिलो चरणमा छुट्न पुगेका नागरिकलाई खाद्यान्य सहयोग गर्नका लागि संघसंस्था तथा व्यक्तिले ६ लाख १४ हजार २ सय ८५ रुपैँया नगद…
भद्रपुर, २८ चैत । झापा कारागारका कैदीबन्दीलाई पाँचथर सरोकार समाज झापाले साबुन सहयोग गरेको छ । समाजका अध्यक्ष कमल खरेल र सचिव सुवास भट्टराई नेतृत्वको टोलीले कारागार पुगेर कैदीबन्दीलाई साबुन दिएको हो । समाजका अध्यक्ष खरेलले कोरोना भाइरसको जोखिमबाट बच्न नियमित हात धुनुपर्ने भएकाले कैदीबन्दीका लागि एक हजार एक सय थान लाइफव्वाई साबुन उपलब्ध गराइएको बताए । समाजको टोलीले झापा कारागारका प्रमुख राजेन्द्र निरौलालाई साबुन हस्तान्तरण गरेको हो । यसअघि प्रदेश सरकारकी राज्यमन्त्री जयमाया गजमेरले कैदीबन्दीलाई मास्क हस्तान्तरण गरेकी थिइन् । कैदीबन्दीमा मास्क, हातधुने साबुन र स्यानिटाइजरको अभाव देखिएपछि उनले उपलब्ध गराएकी हुन् । राज्यमन्त्री गजमेरले कैदीबन्दीका लागि मास्क, हातधुने…
संखुवासभा, २८ चैत । संखुवासभाको खाँदवारी नगरपालिका(२ आरुबोटे बस्ने १९ बर्षीय महेश बिकको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार राति १० बजेको समयमा आफ्नै घरमा मोवायल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिकलाई उपचारको लागी जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।