झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २६ चैत । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । कोरोनाको त के कुरा, अन्य रोगका बिरामी पनि अस्पतालले हेर्न मानिरहेका छैनन् । सरकारले निजी क्षेत्रका अस्पतालसँग कोरोना उपचारबारे पटक पटक छलफल गर्नुका साथै ती अस्पताल र चिकित्सकलाई विभिन्न सुविधा दिने घोषणा पनि गरिसकेको छ । सोमबारकोे मन्त्रिपरिषद् बैठकले निजी क्षेत्रका चिकित्सकलाई सरकारी चिकित्सकसरह नै सुविधा दिने निर्णय गरेको छ । तथापि निजी क्षेत्रका अस्पताल उपचार गर्न उत्साहित छैनन् । चीनमा कोरोना भाइरसको महामारी सुरु भएदेखि नै सरकारले निजी क्षेत्रका अस्पताललाई सतर्क रहन निर्देशन…

Read More

झापा, २६ चैत । सरकारले विदेशमा रहेका नेपालीलाई नेपालमा फर्काएर क्वारेन्टाइनमा राख्न तत्काल सम्भव नभएको स्पष्ट पारेको छ । कोरोना भाइसरको संक्रमण बढ्दै जाँदा विभिन्न देशमा लकडाउन गरेपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किन चाहिरहेको खबर बाहिर आएका सम्बन्धमा सरकारले यस्तो धारणा प्रकट गरेको हो । सरकारले विदेशमा रहेका नेपालीलाई आफू रहेकै स्थानमा सुरक्षित रहन भनेको छ । परराष्ट्र मन्त्रालयले विदेशका कूटनीतिक नियोगमार्फत नेपालीलाई आफू बसेको ठाउँमै सुरक्षित रहन आग्रह गरेको जनाएको छ । ‘कूटनीतिक नियोगमार्फत नेपालीहरूको अवस्थाबारे दैनिक विवरण लिने काम भइरहेको छ । नेपालीहरूलाई दूतावासको नजिक रहन भनिरहेका छौं।’ –मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने । कोरोनाको संक्रमणबाट बच्न आफू…

Read More

झापा, २६ चैत । मलेसिया र खाडी मुलुकमा कार्यरत २७ नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बहराइमा १२, युएईमा ८, साउदीमा ४, कुवेतमा २ र मलेसियामा १ जना गरी कुल २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जसमा युएईमा कार्यरत कोरोना संक्रमण पुष्टि भएका २ जना निको भएका छन् । कतारले भने राष्ट्रियता नखुलाएका कारण नेपाली संक्रमित भए–नभएको खुलेको छैन ।

Read More

झापा, २६ चैत । बैंकिङ क्षेत्रमा ब्याजदर कम्तिमा एक प्रतिशतले घटाउन बैंकरहरू सहमत भएका छन् । आगामी जेठ एक गतेदेखि लागू हुने गरी बैंकहरूले ब्याजदर घटाउने सहमति गरेका हुन् । नेपाल राष्ट्र बैंकले बैंकदर एक प्रतिशतले घटाएपछि बैंकहरूले पनि आधार ब्याजदरमा एक प्रतिशतले घटाउने सहमति गरेका हुन् । आधार ब्याजदर घटाएर ब्याजदर घटेको सूचना भने बुधारबारदेखि नै प्रकाशन गर्ने भएका छन् । राष्ट्र बैंकले बैक रेट एक प्रतिशत घटाउँदैमा कर्जाको ब्याजदर घट्ने अवस्था नहुने नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए । कर्जाको ब्याजदर घट्नका लागि आधार ब्याजदर घट्नुपर्ने बताउँदै दाहालले भने, “बैंकहरूले वैशाखमा बेस रेट घटाउने र जेठ एक…

Read More

झापा, २५ चैत । प्रदेश १ मा वेड संख्यासंगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि थप भएको छ । मंगलबार क्रोन्टाइन बेड संख्या थपिएर ४ हजार १ सय १५ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सूचना डेस्कका अनुसार सोमबारसम्म क्वारेन्टाइन स्थल संख्या २ सय ५१ रहेकोमा मंगलबार तीनवटा थप भई २ सय ५४ पुगेको छ । क्वारेन्टाइनमा बस्नेको संख्या पनि थप भएको छ । सरकारले तोकेका केन्द्रहरुमा मंगलबारसम्म जम्मा २ हजार ८ सय ८५ जना क्वारेनटाइनमा बसेका छन् । सोमबार यो संख्या २ हजार ८ सय ४७ जना थियो । मंगलबार २ महिला र ३८ पुरुष क्वारेन्टाइनमा…

Read More

विराटनगर, २५ चैत । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा मंगलबार थप रु. २० लाख जम्मा भएको छ । अब कोषमा रकम दाखिला भएको परिमाण रु. ११ करोड ८५ लाख ७४ हजार ५ सय ५० जम्मा भएको छ । कोषमा सोमबारसम्म रु. ११ करोड ६५ लाख ११ हजार ३१ रुपैयाँ थियो । सरकारले प्रदेश सरकारको कोषमा रकम दाखिला गर्दा गर्नेको नाम, ठेगाना स्पष्ट उल्लेख गरी बैंक दाखिला गरेको आवश्यक विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई इमेल गरी पठाउन आग्रह गरेको छ । कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको…

Read More

बिर्तामोड, २५ चैत । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरसको संक्रमण नियन्त्रण, व्यवस्थापन एवम् विपन्न परिवारलाई राहत प्रदान गर्न ५ लाख ९ हजार रुपैयाँ सहयोग गरेको छ । कोरोना भाइरसविरुद्धको अभियानमा हाम्रो नेपालले आफ्नो कार्यक्षेत्रका स्थानीय तहलाई उक्त रकम सहयोग गरेको संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले जानकारी दिनुभयो । ‘संस्थागत निर्णयबाट कोरोना विरुद्धको अभियानमा सहयोग गरिएको हो’, उहाँले भन्नुभयो, ‘लकडाउनका कारण विपन्न वर्गमा समस्या देखिएको छ, उनीहरुलाई राहत दिन पनि सहयो गरिएको हो ।’ संस्थाको केन्द्रीय कार्यालय र शाखा कार्यालय समेत रहेकाले बिर्तामोड नगरपालिकाको राहत कोषमा १ लाख १ हजार दिइएको छ ।…

Read More

भद्रपुर, २५ चैत । झापा भद्रपुरका युवा उद्योगी आदित्य पराजुलीले लकडाउनका कारण उद्योग वन्द हुँदा कामविहीन भएका आफ्ना श्रमिकलाई राहतस्वरुप चामल प्रदान गरेका छन् । नोभल कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बेला समस्यामा परेका आफ्ना कामदारलाई निःशुल्क चामलसहित सबैलाई दुई हजार रुपैयाँ सापटीस्वरुप दिएका छन् । लकडाउन खुलेर काम सुचारु भएपछि सो दुई हजार रुपैयाँ उनीहरुको पारिश्रमिकबाट काटिने पराजुलीले जानकारी दिए । उनले अहिले बन्द रहेका आफ्नो भद्रपुर ६ स्थित पराजुली चिया प्रशोधन कारखाना, चिया बगान र मेचीनगर १५ स्थित बायोमास त्र्रिकेट उद्योगमा कार्यरत १७० भन्दा बढी मजदूरलाई निःशुल्क रुपमा चामल र…

Read More

काठमाडौं, २५ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट संयुक्त अरब एमिरेट्स (युएई) को दुबई शहरमा एक नेपाली महिलाको ज्यान गएको छ । कोरोना भाइरसबाट रुपन्देही देवदह नगरपालिका–५ प्रगतिबजार घर भएकी ४० वर्षीय नेपाली महिलाको बर दुबईमा ज्यान गएको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । ‘नेपाली महिला निधन भएको दुःखद सूचना दूतावासले केही दिन अगाडि पाएको हो । शुरुमा नर्मल डेथ भनिएको थियो’, दूतावासकी नियोग उपप्रमुख रिता धितालले भनिन्, ‘पछि श’वको मेडिकल जाँच गर्दा कोरोना पोजेटिभ देखिएछ । हस्पिटलले त्यो सर्टिफिकेट परिवार सदस्यलाई दिएको छ ।’ ती महिला भारतीयको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आएको जनाइएको छ । एक…

Read More

रोहित काफ्लेभद्रपुर, २५ चैत । नोभल कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बेला समस्यामा परेका विपन्न समुदायलाई राहत वितरण गर्न झापाजिल्ला उद्योग संघ र रोटरी क्लव अफ भद्रपुरले सहयोग गरेको छ । भद्रपुर क्षेत्रका विपन्न परिवारलाई राहत उपलब्ध गराउन भद्रपुर नगरपालिकाको विपद व्यवस्थापन कोषमा झापा उद्याग संघले एक लाख रुपैयाँ नगद सहयोग गरेको छ भने रोटरी क्लव अफ भद्रपुरले एक लाख मूल्य बराबरकै चामल सहयोग गरेको छ । रोटरीले २२५० केजी चामल सहयोग गरेको हो । मंगलबार झापा उद्योग संघ तथा रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष टिकाराज ढकालले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ…

Read More