
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
लन्डन, २७ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट लन्डनमा थप एक नेपालीको मृ’त्यु भएको छ । पर्वत स्थायी घर भई लामो समयदेखि परिवारका साथ बेलायतको अल्पर्टनमा बस्दै आएका पूर्व गोर्खा सैनिक ५९ वर्षीय चेत प्रसाद गुरुङको कोरोनाबाट मृत्यु भएको हो । तमुधीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्षसमेत रहेका गुरुङको लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ नि’धन भएको तमु धीं लन्डनले जनाएको छ । गुरुङ १४ दिन देखि रोगसँग लड्दै आएका थिए । यसअघि बेलायतमा एकजना भूपू गोर्खा सैनिक लीलाबहादुर राई तथा प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण निधन भएको थियो । एजेन्सी
कचनकवल, २७ चैत । दक्षिणी झापाको कचनकवल गाउँपालिका र झापा गाउँपालिकामा राहत फरक तरिकाले बितरण गरिएको छ । राहत वितरणका क्रममा विपन्न परिवारको तस्वीर लिएर गरीवको पहिचान झल्काउँदै सामाजिक सञ्जालमा तस्बीर पोष्ट गर्ने क्रम बढेको प्रति चर्को आलोचना भएपछि दुई गाउँपालिकाले राहत वितरण गर्दा छुट्टै तरिका अपनाएका छन् । कचनकवल गाउँपालिका १ घेरावारीमा राहत वितरणका क्रममा जति जनालाई राहत सामग्री प्रदान गरिने हो त्यती नै संख्यामा छुट्टा ÷ छुट्टै राहत सामग्री तीन मिटरको दूरी कायम गर्दै राखिने र नाम वोलाएपछि राहत सामग्री लाने गरिएको छ । राहत पाउने व्यक्तिको टोल विकास संस्थाका पदाधिकारीले नाम वोलाएपछि राहत सामग्री लिने र हस्ताक्षरण…
विराटनगर, २७ चैत । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले लकडाउनका कारण समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी मजदुरलाई प्रदेश सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको बताउनुभएको छ । विभिन्न राजनीतिक दलको संयन्त्रले तयार पारेको अनुगमनको प्रतिवेदन बुधबार बुझ्दै उहाँले कोरोना भाइरसको सङ्क्रमण हुन नदिन सरकारले गरेको लकडाउनबाट प्रभावित विपन्न वर्गलाई वितरण गरिने राहत व्यवस्थित गर्ने अभियानमा सघाउन राजनीतिक दललाई आग्रह पनि गर्नुभयो । मुख्यमन्त्री राईले सामाजिक सङ्घसंस्थाले वितरण गरिरहेको राहत सहयोगलाई व्यवस्थित गर्न राजनीतिक दलले आफ्नो संयन्त्रमार्फत स्थानीय तहसम्म सहजीकरण गर्दा राहत वितरणमा सहयोग पुग्ने बताउनुभयो । नेपाल सरकारको निर्देशिकाअनुसार स्थानीय तहले संयन्त्र बनाएर एकद्वारबाट राहत वितरण गर्नुपर्ने…
बिर्तामोड, २७ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) उल्लंघन गर्ने ७० जनालाई बुधबार बेलुका कारबाही गरिएको छ । लकडाउनको अवधिमा अनावश्यक हिँड्डुल गर्ने ७० जनालाई कारबाही गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । कारबाही स्वरुप उनीहरुलाई सामाजिक दुरी कायमको चिह्न बनाएर एक घण्टासम्म सडकमा उभ्याइएको हो । ‘लकडाउनको पूर्ण कार्यान्वयनका लागि सचेनासँगै यो अभियान शुरु गरेका छौँ’, उहाँले भन्नुभयो, ‘बेलुका भएपछि बन्द खुल्छ भन्ने भ्रम पनि रहेको पाइयो, सचेतनासँगै लकडाउनको पूर्ण कार्यान्वयनका लागि यस्तो कदम अघि बढाइएको हो ।’ लकडाउनको पूर्ण कार्यान्वयन गराउन टोल समितिहरुसँग…
झापा, २६ चैत । प्रदेश नं १ मा आज साँझसम्म कोभिड–१९ को ‘थ्रोट स्वाब’ परीक्षणमा १०३ जनाको रिर्पोट नेगेटिभ आएको छ । प्रदेशमा हालसम्म १४५ जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकामा १०३ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जनाएको छ । परीक्षणका लागि पठाएका स्वाबमध्ये २९ महिला छन् । प्रदेशमा मङ्गलबारसम्म विभिन्न स्थान गरी २५४ क्वारेन्टाइनमा चार हजार १४८ श्यया रहेका छन् भने आइसोलेसन बेडको सङ्ख्या ४३२ छ । यसैगरी आजसम्म तीन हजार ३१ जना क्वारेन्टाइमा बसेका छन् भने आइसोलेसनमा बस्नेको सङ्ख्या १० छ । आइसोलेसनबाट आजसम्म…
बुद्धशान्ति, चैत्र २६ । झापाको बुद्धशान्ति गाउँपालिकाले अतिविपन्न ज्याला मजदुरी गर्ने नागरिकलाई राहत स्वरुप २१ लाख ७७ हजार २ सय ५२ रुपैँयाको खाद्य सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाका सबै ७ वटै वडाबाट अतिविपन्न नागरिकलाई खाद्यान्य वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अतिकृत इन्द्रप्रसाद चापागाईले बताउनु भएको छ । वडागत तथ्याङ्कको आधारमा गाउँपालिकाका अतिविपन्न १७ सय ३५ घरसंख्याको ६ हजार ७ सय २१ जनालाई १५ दिन पुग्ने खाद्यान्य उपलब्ध गराइने गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताउनु भयो । गाउँपालिकाले खाद्यान्न स्वरुप चामल, दाल, तेल, नुन, हात धुन सावुन उपलब्ध गराएको उपाध्यक्ष मीरा भूर्तेलले बताउनु भयो । बुद्धशान्ति गाउँपालिकाले जम्मा २१ लाख ७७…
झापा, २६ चैत । लकडाउनको बेला पत्रकार हुँ भन्दै मोटरसाइकल चलाउने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १७ का २८ वर्षीय मेघराज सुनार रहेका बताइएको छ । उनले आफू पत्रकार भन्दै बा ८७ प १००६ नम्बरको मोटरसाइकल चलाइरहेका थिए । पत्रकार हुँ भन्दै लकडाउनको उल्लंघन गर्ने सुनारलाई प्रहरीले तुलसीपुर ६ हात्तिखौवाबाट पक्राउ गरेको हो । बाटोमा प्रहरीले रोकेपछि पत्रकारको परीचयपत्र पनि उनले देखाएको तर त्यसबारे बुझ्दा उनी पत्रकार नभएको प्रहरीले जनाएको छ ।
काठमाडौं, २६ चैत । बैशाखदेखि लागू हुनेगरी वाणिज्य बैंकहरुले निक्षेप जम्मा गरेवापत सर्वसाधारणलाई दिने व्याजदर घटाएका छन् । हाल बचत खातामा साढे ६ प्रतिशतसम्म व्याज दिँदै आएकामा बैशाखदेखि बचत खातामा बैंकहरुले अधिकतम साढे ५ प्रतिशतसम्म मात्रै व्याज दिनेछन् । त्यस्तै मुद्दती खातामा व्यक्तिगततर्फ हाल ९.२५ प्रतिशतसम्म व्याज दिँदै आएकोमा बैशाखदेखि ८.२५ सम्म मात्रै दिने छन् । यो दरमा ०.५ प्रतिशतसम्म बैंकहरुले थपिदिन सक्ने व्यवस्था छ । त्यसकारण हाल व्यक्तिगत मुद्दतीमा ९. ७५ प्रतिशतसम्म व्याज पाएकाले अब वैशाखदेखि अधिकतम ९. ७५ सम्म पाउने छन् । त्यस्तै मुद्दतीमा संस्थागततर्फ बैशाखदेखि अधिकतम ७ प्रतिशतसम्म व्याज पाउने छन् । तीन महिनाभन्दा बढी अवधिको नवीकरणको…
झापा, २६ चैत । नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आज बसेकोे बैठकले १४।२ किलो ९पूरै भरी० को सिलिण्डर ग्यास बिक्रीवितरण खुला गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अुनसार बिहीबारदेखि नै उद्योगीलाई ग्यास भर्न दिइने छ । पछिल्लो केही दिनयता आधा सिलिण्डर ग्यासको बिक्री कम भएको जनाउँदै उद्योगीले भरी ग्यास वितरणका लागि निगमसँग आग्रह गरेका थिए । उद्योगीको माग र भण्डारगृह भरिएकाले निगमले भरी सिलिण्डर बिक्रीको निर्णय गरेको उहाँले बताउनुभयो । बजारमा ग्यासको अ’भाव सिर्जना भएको जनाई निगमले यही चैत १६ गते अपराह्न १ बजेदेखि आधा…
झापा, २६ चैत । प्रदेश १ मा क्वारेन्टाइनमा बस्नेको संख्या ३ हजार ३१ पुगेको छ । प्रदेश १ का २ सय ५४ स्थानमा ४ हजार १ सय ४८ क्वारेन्टाइन बेड तयार छन् । होम क्वारेन्टाइनसहित क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दो क्रममा छ । बुधबार ३३ क्वारेन्टाइन बेड थपिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सूचना डेस्कका अनुसार आइसोलेसन बेडको संख्या ४ सय ३२ छ । आइसोलेसन बेडमा बस्नेको संख्या १० छ । आइसोलेसनबाट ८ महिला र १४ पुरुष डिस्चार्ज भएका छन् । क्वारेन्टाइनबाट ३२ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजगर गर्दै प्रदेश १ मा निर्माण…