झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २४ चैत । झापा गाउँपालिकाले आफ्ना विपन्न गाउँबासीलाई धमाधम राहत वितरण कार्य जारी राखेको छ । गत शक्रबार देखि सुरु गरिएको राहत वितरण कार्यलाई निरन्तरता दिइएको हो । आफ्ना गाउँपालीकामा रहेका ३००० विपन्न घरपरिवारलाई राहत वितरण गर्ने लक्ष्य लिएको गाउँपालीकाले आज सम्ममा त्यस्ता २,७१७ विपन्न परिवारलाई राहत वितरण गरिसकेको छ । पहिलो चरणमा प्रत्येक वडामा मास्क वितरण गरेको झापा गाउँपालिकाले दोस्रो चरणमा १० केजी चामल, १ केजी नुन, १ केजी दाल र एक थान साबुनको प्याकेज बनाएर आफ्ना विपन्न गाउँबासीलाई राहत वितरण गरिरहेको छ ।

Read More

ताप्लेजुङ, २४ चैत । चितवन इच्छा मनकामना–३ सौराह बस्ने २७ बर्षीय चित्र कुमार गुरुङको स्काभेटर दुर्घटनाबाट मृत्यु भएको छ । हिजो ताप्लेजुङ फक्तालुङ–६ फेदीखोला स्थित नयाँ निर्माणाधिन उत्तर दक्षिण दोभान(ओलाङचुङगोला सडक खण्डमा स्काईभेटर सडक देखी १०० मिटर तल झरी दुर्घटना हुदा स्काईभेटर चालक गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बैलगाडाबाट लडेर मृत्युयसैबीच, सुनसरी कोशी गाउँपालिका–२ का ४८ वर्षीय शिवु यादवको बैलगाडाबाट लडेर मृत्यु भएको छ । हिजो अपरान्ह ५ बजे सोही स्थानबाट यादवले बैलगाडा चलाई खेतमा गँहु लिन जाने क्रममा बैलगाडा नहरको खाल्डोमा परी पल्टदा गम्भिर घाईते भएका यादबको जिल्ला अस्पतला ईनरुवामा उपचारको क्रममा बेलुका…

Read More

भद्रपुर, २४ चैत । कोभिड–१९ को गरिएको लकडाउनको असर कृषि क्षेत्रमा पर्न थालेको छ । झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका ३० हजार भुइँकटहर यतिबेला पाकेर पहेँलपुर भएका छन् तर बजार ठप्प हुँदा बोटमै खेर जाने अवस्था आएको छ । “बोटमा फल पाकेर पहेँलै भइसके, सारा बजार बन्द छ अब कहाँ लगेर बेच्नु रु”, फार्मका सञ्चालक मनोज सिंह चिन्तित हुँदै भन्नुहुन्छ । स्थानीय बोलीचालीमा अनारस भनिने भुइँकटहर स्वास्थ्य र स्वाद दुवै दृष्टिले राम्रो मानिन्छ । तीन बिघा लिजको समेत पाँच बिघा जग्गामा सिंहले विगत चार वर्षदेखि भुइँकटहरको व्यावसायिक खेती गर्दै आउनुभएको छ । फार्ममा उत्पादित भुइँकटहर…

Read More

बिर्तामोड, २३ चैत । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले विपन्न नागरिकका लागि राहत कोषमा ५१ हजार रुपैयाँ सहयोग गरेको छ । बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना सङ्क्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा शिक्षा बहुउद्देश्यीय सहकारीले उक्त रकम सहयोग गरेको हो । आइतवार शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपाने र सचिव दीपेश धौरालीले बिर्तामोड नगरपालिका कार्यालय पुगेर सहकारी अधिकृत डिल्ली दाहाल समेतको उपस्थितिमा नगर प्रमुख ध्रुवकुमार सिवाकोटीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । बिर्तामोड मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका दुर्गापुर, शनिश्चरे र धाइजनमा तीनवटा सेवा केन्द्र सञ्चालनमा छन् । ती सेवा केन्द्रमार्फत सहकारीले २८ सय सदस्यलाई वित्तिय सेवा…

Read More

विराटनगर, २३ चैत । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले यो समय जिम्मेवार निकायहरुको प्रश्न गर्ने नभई काम गर्ने समय भएको बताएका छन् । आज मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सरकारका हरेक निकायहरुले प्रश्न गर्ने, आरोप प्रत्यारोप गर्ने र बाटो हेराहेर नगरी महामारी विरुद्ध लडने बेला भएको बताए । सरकारका हरेक निकाय, समाजिक संघ सस्था, वित्तिय क्षेत्र सबैसंग सहकार्य र समन्वय गरेर अगाडि बढ्ेमात्र कोरोना महामारी विरुद्धको अभियानमा सफलता पाइने उनको भनाई थियो । प्रदेश सरकारले कोरोना विरुद्धको अभियानलाई तिव्र रुपमा अगाडि बढाएको बताउँदै उनले नागरिकमा सचेतना फैलाउने,…

Read More

विराटनगर, २३ चैत । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा प्रदेश नं. १ का प्रमुख राजनीतिक दल एकठाउँमा उभिँदै चार बुँदे निर्णय गरेका छन् । आइतबार विराटनगरमा बसेको राजनीतिक दलको बैठकले लकडाउनको पूर्ण पालना गर्न प्रदेशबासीलाई आह्वानसहितको चार बुँदे निर्णय गरेका हुन् । लकडाउनबाट उत्पन्न परिस्थितिबारे प्रदेश सरकारलाई आग्रह गर्दै नागरिकमा आह्वान गर्नुपर्ने भएकाले बैठक बसेको राजनीतिक दलहरुले जनाएका छन् । चार बुँदे निर्णयमा सरकारी अस्पताल, मेडिकल कलेज र अन्य अस्पतालबाट प्राप्त हुने स्वास्थ्य सेवालाई नियमित रुपमा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको छ । यस्तै, अस्पतालहरुलाई पनि सर्वसाधारण जनताको उपचारका निम्ति सञ्चालन गर्न अनुरोध गर्ने, लकडाउनका कारण उत्पन्न…

Read More

बिर्तामोड, २३ चैत । दक्षिणी झापाको सीमावर्ती क्षेत्र झापा गाउँपालिका–२ मा आज ‘कोरोना भाइरस न्यूनीकरण समिति’ गठन गरिएको छ । भारतसँग सीमा जोडिएको झापा गाउँपालिकाको २ नम्बर वडाले सीमा क्षेत्रमा आवतजावत रोक्न समिति गठन गरेको हो । झापा–२ मा नेपालको लसुना छोटी भन्सार छ भने भारततर्फ डिगलबैंक बजार रहेको छ । सो नाकाबाट ठूलो संख्यामा नेपाल–भारत दुवै देशका नागरिक आवतजावत गर्ने गरेका छन् । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएकाले र भारतबाट नेपाल आएकासमेत कोरोनाको संक्रमण देखिएकाले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन समिति गठन गरिएको झापा गाउँपालिका–२ का वडाध्यक्ष नेत्रबहादुर खड्काले बताउनुभयो । वडाध्यक्ष खड्काकै अध्यक्षतामा १७ सदस्यीय…

Read More

अनिल वाग्लेबुद्धशान्ति, २३ चैत । झापाको बुद्धशान्तिमा रहेको नेपाल चिया विकास निगमको बर्ने चिया कमानले चिया टिप्ने कार्य रोकेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपनि हिजो केहि घण्टा मजदुर लगाएर चिया टिप्ने कार्य गरेको बर्ने चिया कमानले त्यसपछि भने सम्पूर्ण रुपमा काम बन्द गरेको जनाएको छ । हिजो हेड अपिसबाट मजदूरलाई पूर्ण सुरक्षित गराएका काम सुचारु गर्न आदेश आएकाले हिजो केहिबेर काम गरेपछि स्थानीय बुद्धशान्ति गाउँपालिकाका प्रतिनिधिले काम तुरुन्त रोक्न भनेपछि तथा यसबारे कमानका संचालकहरुसँग कुरा गरेपछि उहाँहरुले पनि बगानको काम रोक्न भनेपछि सम्पूर्ण काम रोकिएको बगानका मेनेजेर नितेशकुमार जैसवालले बताउनु भयो…

Read More

लीलाराज झापालीकनकाई, २३ चैत । कनकाई नगरपाकिला ४ कनकाई सामुदायिक वनको हाताभित्र बनाइएको सानो जंगलको झारपातले बारेको घर त्यहि घरमा बस्ने गर्छन ५१ ब्र्षिय ठाकुरसिंह राई जो बजारमा फालिएका प्लाष्ट्रिकका वोटल टिपेर गुजारा गर्ने गर्दछन । उनको लुगा लगाइको अवस्था हेर्दा पनि एक मगन्तेको भन्दा कम छैन । उनले लक डाउनका वेला बजारमा फोहोर टिप्न नपाएको र खाना खान नपाएको भन्दै कनकाई नगरपालिका ४ मा राहत लिने व्याक्तिको नाम पनि टिपाए । उनीभन्दा निक्कै हुनेखानेले समेत राहत भेटिरहेको वेला उनी ठाकुरसिंहले राहत नपाउने कुरै भएन वार्डअध्यक्ष गोविन्द पौड्यालले अरुभन्दा सुरुमै उनलाई राहत दिइपठाए । राहत बुझेर ठाकुरसिंह पनि घरमा राखे…

Read More

भद्रपुर, २३ चैत । डाक्टरको नक्कली परिचयपत्र बनाएर कार चढेर काठमाडौँबाट झापा आइपुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै जनालाई लकडाउन उल्लघंन गरेको आरोपमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको प्रहरी जिल्ला कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा ललितपुर बस्ने ३३ वर्षीय दिलकुमार श्रेष्ठ र काठमाडौँ बस्ने २८ वर्षीय गणेश अधिकारी रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । प्रहरीका अनुसार डाक्टरको नक्कली भेष धारण गर्दै बा ६ च ७०१९ नम्बरको कार चढेर उनीहरू काठमाडौँबाट धरान हुँदै झापाको काँकडभिट्टा आइतबार बिहान आइपुगेका थिए । उनीहरूले स्वास्थ्य शिविर चलाउन आएको बताउँदै डाक्टर लेखिएको नक्कली परिचयपत्र…

Read More