झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,आज सिङ्गो मानवजाति कोभिड १९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिमारी सहित १३ लाखभन्दा बढीमा सङ्क्रमण फैलिएको छ । म यस महामारीमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सङ्क्रमितहरु निको भएर घर फर्किन सक्नुहोस् भन्ने कामना गर्दछु । हाम्रो पुस्ताले भोगेको सर्वाधिक गंभीर चुनौतीमध्येको यस महामारी विरुद्ध कठिन लडाइँमा रहेका सबै राष्ट्र र जनसमुदायप्रति नेपाली जनताको तर्फबाट ऐक्यवद्धता व्यक्त गर्दछु । नेपाल पनि कोरोना विरुद्धको लडाइँमा होमिएको छ।…

Read More

झापा, २५ चैत । कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको हो । पुर्वकार्यतालिकाअनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु हुने भएको थियो । यसअघि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परिक्षा पनि स्थगित गरेको थियो ।

Read More

काठमाडौँ, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सु’रक्षित रहौँ भन्दै स’ङ्कटका काला बादल अवश्य हटेर जाने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रका नाममा आज सम्बोधन गर्दै उहाँले मुलुक कोरोना वि’रुद्धको ल’डाईंमा होमिएको र देशमा सङ्क्रमणको पहिलो ‘केस’ पहिचान भएयताका साझा प्रयत्नले सङ्क्रमितको सङ्ख्या नौ जनामा मात्र सीमित गर्न सकिएता पनि मुलुक उच्च जो’खिम रहेको यथार्थ चित्रण गर्नुभएको छ । विकसित, सम्पन्न र सुदृढ स्वास्थ्य प्रणाली भएका देशहरुलाई समेत आच्छुआच्छु पारिरहेको यस महामारीवि’रुद्ध जुध्न हाम्रो जस्तो सीमित साधनस्रोत भएको मुलुकलाई हम्मेहम्मे पर्नु स्वाभाविक भएको बताउँदै प्रधानमन्त्रीले अहिलकोे सबैभन्दा ठूलो…

Read More

बिर्तामोड, २५ चैत । झापाको बिर्तामोड नगरपालिकाले विपन्न नगरबासीलाई राहत वितरणलाई तीव्रता दिएको छ । नगरपालिकाले नगरका १० वटै वडाको विपन्न नगरबासीको तथ्यांक संकलन गरी राहत वितरणलाई तीव्रता दिएको हो । विपन्न परिवारको संख्या र अन्य विवरण टेवलमा–

Read More

धरान, २५ चैत । सिंगो मुलुक कोरोना भाइरसले त्रसित बनेको बेला धरानबासीलाई भने डेंगुले पनि सताउन थालेको छ । गर्मि बढेसँगै धरानका केहि सर्वसाधारणमा डेंगुको संक्रमण देखिएको हो । समाचारमा उल्लेख गरिएअनुसार धरानको वीरेन्द्र मेडिकल हलमा स्वास्थ्य परीक्षण गर्न आएका धरान उपमहानगरपालिका–१२ का ५४ वर्षीय एक महिला र वडा नम्बर १५ का १९ वर्षीय एक युवकमा डेंगु भेटिएको डा. सुरेन्द्र यादवले जानकारी दिए । ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने डेंगु धरानमा गत वर्ष वैशाख अन्तिममा देखिए पनि यो पटक भने चैतमै देखा परेको छ । यसअघि धरानको सन्ध्या इन होटेलका चालकमा पनि डेंगु सङ्क्रमण भेटिएको थियो । अहिले उनी…

Read More

पाँचथर, २५ चैत । लकडाउनका कारण खाद्य सामग्री खरिदमा समस्या परेका आफ्ना सदस्य तथा स्थानीयवासीलाई लाभ पु¥याउन पाँचथरको फिक्चुखोला कृषि सहकारी संस्थाले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ । उक्त सहकारीले जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडामा सोमबारबाट सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको हो । उक्त पसलबाट दैनिक उपभोग्य सामग्री चामल, दाल, नुन र तेलसहित गाईलाई खुवाउने चोकर र ब्राण्ड सुपथ मूल्यमा उपलब्ध गराइनेछ । सहकारीले सवारी साधन भाडामा लिई झापाको बिर्तामोडबाट यी सामग्री खरिद गरी पसल सञ्चालनमा ल्याएको हो । उक्त सहकारीले फाल्गुनन्द गाउँपालिकामा व्यावसायिक पशुपालनमा सहयोग पु¥याउँदै आएको छ । फाल्गुनन्द–१ मा व्यावसायिक पशुपालन गर्ने ३२ कृषक परिवारले सहजरूपमा चोकर…

Read More

भद्रपुर, २५ चैत । झापाका स्थानीय तहले विपन्न परिवारको संख्या हेरेर न्यूनतम एक सातादेखि एक महिनासम्मका लागि राहत सामग्री उपलब्ध गराएका छन् । प्रतिपरिवार चार केजीदेखि ५० केजीसम्म विपन्न परिवारका लागि राहत सामग्री उपलब्ध गराउँदै आएको पाइएको छ । दमक नगरपालिकाले परिवार हेरेर १० केजीदेखि ५० केजीसम्म राहतका सामग्री उपलब्ध गराउँदै आएको दमक नगरप्रमुख रोमनाथ ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबैलाई परिवार सङ्ख्या हेरेर १० केजीदेखि ५० केजीसम्म चामल, सोहीअनुसार दुई केजीसम्म दाल, खानेतेल, नुन, हात धुने साबुन, चिउरालगायतका खाद्य सामग्री वितरण गरिरहेका छौँ । जसका लागि दमक नगरपालिकले ६७ हजार ६०० केजी चामल खरिद गरेको छ । यता…

Read More

झापा, २५ चैत । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि नेपाललाई लकडाउन गरेसँगै झापाका जनप्रतिनिधि अहिले विपन्न परिवार खोज्दै राहत बाड्न व्यस्त छन् । आठ नगरपालिकासहित १५ स्थानीय तह रहेको झापामा झण्डै ४५ हजार परिवारलाई राहत बाँड्ने तयारी भएको छ । कतिपय स्थानीय तहले विपन्न परिवारका लागि पहिलो चरणको राहत सामग्री वितरण गरिसकेका छन् भने कतिपय स्थानीय तहले राहत बाँड्ने तयारी गरिरहेका छन् । झापामा रहेका स्थानीय तहमध्ये बिर्तामोड नगरपालिकामा सबैभन्दा धेरै विपन्न परिवार रहेको पाइएको छ । बिर्तामोड नगरपालिकामा छ हजार ८०० विपन्न परिवार रहेको बिर्तामोड नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिनुभयो…

Read More

झापा, २५ चैत । लकडाउनका बेलामा अति विपन्न एवं ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई वितरण गरिने राहत हुनेखानेहरु नै लाइनमा बसेर लिन थालेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस् भनेर स्थानीय तहले शुरु गरेको राहत वितरणको लाइनमा करोडौँको सम्पत्ति भएकाहरु पनि बसेपछि वितरणमा सकस पर्न थालेको छ । हातमा आइफोन बोकेका, औँलामा सुनका औठी र घाँटीमा सिक्री लाउनेहरु लाइनमा बसेर राहत लिन थालेकाले सोचेभन्दा दोब्बर बढी राहत वितरण गर्नुपरेको पहिलो चरणको राहत वितरण सम्पन्न गरेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाभित्र सात हजार परिवारलाई…

Read More

विराटनगर, २४ चैत । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल रु. ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ जम्मा भएको छ । कोषमा सोमबार थप रु. ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको हो । कोषमा आइतबारसम्म रु. ११ करोड ५९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको थियो । कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । कोषमा बैंक,…

Read More