
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इटहरी, १३ भदौ । जियोमेट ट्रयाकिङ प्रणालीद्वारा सवारीसाधन र मानिसको गतिविधिसम्बन्धी यथार्थ जानकारी दिने उपकरण टेलिमेट्रिक्स टेक प्राइभेट लिमिटेडले बजारमा ल्याएको छ । शहरीकरणसँगै मानिसको जीवन व्यस्त बन्दै गएको तथा बढ्दो शहरीकरणले ल्याएको व्यस्ततामा थुप्रै आपराधिक क्रियाकलाप वृद्धि भइरहेका बेला यो प्रविधि बजारमा ल्याइएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । घरमै बसेर उक्त उपकरणले हरेक गतिविधिको जानकारी दिने उपकरणको मुख्य विशेषता भएको पनि जानकारी दिइएको छ । सवारीका सधानसहित अन्य उपकरणमासमेत यो प्रविधि जडान गर्दा सामान हराए वा सवारीसाधन प्रयोग गरी कसैले आपराधिक कार्य गरे पनि त्यो उपकरणले समय तालिकासहित सबै सूचना दिने भएकाले यो प्रविधि प्रभावकारी हुने…
इलाम, १३ भदौ । अग्र्यानिक चिया उत्पादनमा लागेका किसान र सहकारीले मजदुर अभाव झेल्न थालेका छन् । तेस्रो मुलुकमा अग्र्यानिक चियाको माग बढेसँगै त्यसअनुसार उत्पादनमा लागेका किसान कामदार नपाएर समस्या परेका हुन् । चिया टिप्ने कामदार अभावमा बगानै बेच्नुपर्ने अवस्था आएको सुन्दरपानी चिया उत्पादक सहकारीका सहव्यवस्थापक सोनाम योल्मूको भनाइ छ । यो सहकारीमा आबद्ध ७४ जना किसानले उत्पादन गर्ने अग्र्यानकि चिया गोर्खा टी–स्टेटमा ११ वर्षदेखि बिक्री गरिँदै आएको छ। प्रतिकिलो ४० रुपैयाँ दिँदा पनि मजदुर पाउन छाडेको योल्मूले सुनाए । ‘ए’ ग्रेडको हरियो पत्तीको मूल्य प्रतिकिलो ९०, ‘बी’ ग्रेडको ६५ र ‘सी’ ग्रेडको ४३ रुपैयाँसम्म पाउने गरेका छन् । ‘ए’…
गौरीगञ्ज, १३ भदौ । गौरीगञ्ज–६ स्थित आठमौजा बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गौरीगञ्ज शिवालय मन्दिरको सभाहलमा सम्पन्न साधारण सभामा चास सय जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो । संस्थामा कुल १ हजार ९ सय ३५ जना शेयर सदस्यहरु रहेका छन् । संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति अर्जुन दंगालले यस साधारण सभाबाट सदस्यहरुलार्ई सुरक्षामा प्राथमिकता दिने अवधारणा अन्र्तगत आगलागि, बाढी, कटान, तथा घरबार विहिन भएका सदस्यहरुलाई आपतकालीन अनुदान, सदस्य मृत्यु राहत, कडा रोग र दुर्घटना भई अस्पताल भएका सदस्यहरुलाई स्वास्थ्य राहत सेवा सहित निशुल्क मनिट्रान्सफर सुविधा सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।…
भद्रपुर, १३ भदौ । झापाको भद्रपुर नगरपालिकाले तीजमा दर खानकै लागि दुई लाख रुपैयाँ बजेट छुट्याएको पाईएको छ । त्यो पनि जनताबाट उठाएको करबाट । संस्कृति जर्गेर्ना, मठ मन्दिर, गुम्बा निर्माणका लागि छुट्याएको बजेटबाट तीजमा नगरका दिदीबहिनीलाई दर खुवाउने तयारी गरेको खुलेको हो । नगरले दर पकाउनै एक होटललाई ६५ हजार रुपैयाँ समेत दिएको छ । भदौ २२ गते नगरका करिब ४ सय महिलालाई तीजको नाममा भोजनै लगाउने तयारी नगरले गरेको स्रोतले बताएको छ । यसैबिच जनताको करबाट संकलित रकमले महिला उत्थानको नाममा तीज विषेश भन्दै दर खुवाउने चर्चा चले सँगै यसको बिरोध पनि सुरु भएको छ । मंगलबार मात्र…
विराटनगर, १० भदौ । मोरङ उत्तरी क्षेत्रको मिक्लाजुङ गाउँपालिका–५ की तिलमाया थापाले सामुदायिक वनबाट एक वर्षे निब्र्याजी ऋण लिएर बाख्रा पालन शुरु गर्नुभयो । त्यसबाट उहाँले राम्रो आयआर्जन गर्न थाल्नुभएको छ । गरीबी निवारण कार्यक्रमअन्तरगत उक्त गाउँपालिका –५ स्थित श्री नमूना हरियाली सामुुदायिक वनले निब्र्याजी ऋण प्रदान गरेपछि सो क्षेत्रमा वनसँग जोडिएका उपभोक्ताको जीवनस्तरमा सुुधार आउन थालेको छ । सोही वडाकी एकल महिला गोमा सिटौलाले सामुुदायिक वनबाट रु ५० हजार लिएर थालेको व्यवसायबाट मुनाफा लिन थाल्नुभएको छ । यस्तै सामुुदायिक वनका अध्यक्ष थलबहादुुर कार्कीले ऋण लिएर छ माउ बाख्रा पाल्न शुुरु गर्नुुयो । अहिले उहाँसँग ४० भन्दा बढी खसी, बोका…
इटहरी, १० भदौ । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा पशुमा खोरेत रोग फैलिएको छ । खोरेत रोग देखा परेपछि किसानमा पशु मर्ने त्रास बढेको छ । गाईमा सबैभन्दा बढी खोरेत देखिएको छ । दुई सयभन्दा बढी पशु चौपाया बिरामी परेको इटहरी–५ का बाबु घिमिरेले बताउनुभयो । पशु प्राविधिकलाई जाँचका लागि बोलाएपनि रोग नियन्त्रणमा आउन नसकेको उहाँले बताउनुभयो । रोग फैलिदै गएपछि किसान चिन्तत बनेका छन् । गाईवस्तुले घाँस नखाने र मुखबाट ¥याल काढ्ने गरेका छन् । रोगबारे जानकरी गराउँदा पनि पशु प्राविधिकले ध्यान नदिएको किसानको गुनासो छ । रोग लागेपछि गाईले दूध दिन छोडेको इटहरी हलगडाका लाल चौधरीले बताउनुभयो…
काठमाडौँ, १० भदौ । सरकारले युवा स्वरोजगारका लागि केही युवालाई विनाधितो ऋण लगानी गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा स्वरोजगार उत्पादन तथा उद्यमशीलताको विकासका लागि विनाधितो ऋण लगानी गर्ने बताउनुभयो । किङ्स कलेजले आयोजना गरेको ‘युनस सोसियल विजिनेस च्यालेञ्ज २०१८¬’ को यहाँ उद्घाटन गर्दै मन्त्री विष्टले भन्नुभयो, “हजारौँ युवामा श्रम र उद्यमशीलताबाट टाढिने मानसिकताका कारण बेरोजगारीको समस्या बढेको छ । सानो पूँजीको अभावमा पनि कोही युवा उद्यमशील बन्नबाट बञ्चित हुनु पर्ने छैन । केही हजार युवालाई स्वरोजगार बनाउने गरी विनाधितो पाँचदेखि १० लाख ऋण लगानी गर्न सरकार तयार छ ।” युवा स्वरोजगारका लागि चालू…
केदार मगर खोटाङ, १० भदौ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेर अलपत्र परेका खोटाङका १३ सहित ३८ नेपाली कामदारलाई कम्पनीले काम र दाम दुवै उपलब्ध गराउने सहमति भएको छ । साउदी अरबमा ३८ नेपाली कामदार अलपत्रसम्बन्धी समाचार राष्ट्रिय समाचार समिति ९रासस० मार्फत विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण भएको महिना दिनपछि वैदेशिक रोजगार विभागको रोहबरमा म्यानपावर सञ्चालक र कामदारको आफन्तबीच यस्तो सहमति भएको हो । सम्झौता पत्रमा सबै कामदारलाई सरसफाईको काम दिइने, एक दिनमा आठ घन्टा, महिनामा २६ दिन काम गर्नुपर्ने, तलब साउदी रियाल एक हजार र २०० खाना खर्च दिइने, बस्ने, यातायात, सुरक्षा आदि कम्पनीले उपलब्ध गराउने, परिचयपत्र…
लहान, १० भदौ । आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते सिरहाको लहान नगरपालिका–१८ मनर्वाका एक जनाको मृत्यु भएको छ । घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट गम्भीर घाइते भएका ४५ वर्षीय बुबा उमेश सदायको उपचारको क्रममा शनिबार साँझ विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । छोराको कुटपिटबाट गम्भीर घाइते भएका सदायको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । बाबुलाई कुटपिट गर्ने सञ्जयलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ…
अजयकुमार साह धनुषा, १० भदौ । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज मनाइरहेका छन् । मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षहरुमा पहाडी समुदायमा पनि आएको देखिन्छ । यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा बहिनीको रक्षा गर्ने वचन दिन्छन् । रक्षाबन्धनका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई याद गर्ने र सोहीअनुरुप दाजुभाइले पनि बहिनीलाई याद गरेर अनिवार्य रुपमा उनीहरु कहाँ पुगेर आफ्ना दिदीबहिनीसँग राखी ९रक्षासुत्र० बाँधेर एक…