झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

दुबई, २३ चैत्र । कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोक्न युएई सरकारले दुबई शहर कम्तिमा दुई हप्ताका लागि लकडाउन गरेको छ । दुबईको संकट तथा प्रकोप व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिले शनिबार रातिदेखि दुई हप्ताका लागि लकडाउन घोषणा गरेको हो । लकडाउनको समयमा यापार–व्यवसाय, आवातजावत, कलकारखाना, यातायात सबै प्रतिबन्ध लगाएको गल्फ न्युजले लेखेको छ । लकडाउनको समयमा अत्यावश्यक काम बाहेक बाहिर निस्कन नपाउने निर्देशन भएको छ । भाइरस संक्रमण रोक्न सबैलाई घर भित्रै बस्न र खाद्यान्न लगायतका अत्यावश्यक किन्न परिवारको एक जना मात्र बाहिर निस्कन पाउने पनि बताइएको छ । सरकारको यो निर्णय संगै वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका लाखौ नेपालीहरु…

Read More

झापा, २३ चैत । मुलुकका विभिन्न कारागार र बाल सुधारगृहबाट ३०५ जनालाई रिहा गरिएको छ। कारागारमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम कम गर्न एक वर्षभन्दा कम कैद अवधि बाँकी रहेका बालबालिका तथा कैदीबन्दीलाई रिहा गरिएको कारागार व्यवस्थापन विभागले जनाएको छ। मुुुलुकका विभिन्न बाल सुधारगृहबाट एक वर्षभन्दा कम कैद अवधि बाँकी रहेका १७४ जना बालबालिका र कारागारबाट १३१ गरी जम्मा ३०५ जनालाई बिहीबारसम्म रिहा गरिएको जानकारी कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कणेलले दिए। उनका अनुसार सुधारगृहमा रहेका बालबालिकालाई अदालतको रोहबरमा आमाबाबु वा अभिभावकको जिम्मा लगाइएको छ। कारागारबाट छुट्न पाऊँ भन्दै बिहीबारसम्म ३४६ जनाले विभिन्न कारागारमा निवेदन दिएका थिए। बाँकी निवेदनमाथि आवश्यक…

Read More

झापा, १५ चैत । सुदूरपश्चिमका तीनजनामा कोराना भाइरस (कोभिड–१९) संक्रमण देखा परेको छ। यसअघि कोराना संक्रमित धनगढी उपमहानगरपालिका­–५ का युवाकी ३४ वर्षीया भाउजु, कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ वर्यीय पुरुष र कैलालीकै लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवामा कोरोना देखा परेको हो। कञ्चनपुरको बेदकोटका ४१ वर्षीया युवा भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाबाट कञ्चनपुरको ब्रम्हदेव हुँदै लुकेर नेपाल छिरेका हुन्। कैलालीको लम्कीका युवा चैत ११ गते धनगढीसँग सीमा जोडिएको गौरीफन्टा नाकाको भीडबाट नेपाल प्रवेश गरेका हुन्। कैलालीका कोरोना संक्रमित युवाका आफन्तमा पनि संक्रमण फैलिएको छ। चैत ७ गते दुबईबाट भारत हँुदै ती युवा नेपाल आएका थिए। सोही रात उनी काठमाडौंमा मामाको घरमा बसि…

Read More

झापा, २३ चैत । कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएको छ। यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ। त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन्। यस्तो किन ? आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ। यो विश्लेषण केही हदसम्म तर्कसंगत पनि छ। चुरोट बढी तान्ने, समयमै स्वास्थ सेवा लिन अनिच्छुक र तुलनात्मक रुपमा हात कम धुनेमा महिलाभन्दा पुरुष बढी भएकाले यस्तो तर्क गरिएको हो। तर यहाँ एउटा वैज्ञानिक तथ्यलाई बिर्सिएको छ। त्यो हो– जीवनको निरन्तर अस्तित्वको हिसाबले महिलाभन्दा पुरुष कमजोर लिंग हो। यो जीवनको कालखण्डमा एकपटक मात्र आउने महामारीका बेलाको प्रसंग मात्र होइन। लैंगिक हिसाबमा अन्तर्न्हिित जैविक…

Read More

एजेन्सी, २३ चैत । माहामरिका रुपमा फैलिएको कोरोनाभाइरसविरुद्ध औषधी र खोप बनाउन जुटिरहेका विश्वभरीका देशहरुलाई उछिन्दै चीनले ठूलो सफलता हात पारेको छ । चीनबाटै सुरु भएको यो भाइरस नियन्त्रण अभियानमा पनि चीन नै सबैभन्दा अगाडि देखिएको हो । बेलायती पत्रिका डेलिमेलका अनुसार चीनले यो भाइरसविरुद्ध बनाएको खोपको मानवमै गरेको परीक्षण सफल भएको हो । यससँगै अब यो भाइरस नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ । चीनले गएको १७ मार्चमा यो भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायल सुरु गरेको थियो । अहिले यो परीक्षणको एकदमै सकारात्मक रिपोर्ट आएको छ । चीनले यो भ्याक्सिनको क्लिनिकल ट्रायलको लागि १०८ स्वयंसेवकलाई छानेको थियो । यो…

Read More

काठमाडौँ, २३ चैत । कोरोना भाइरस कोभिड–१९ को संक्रमितको संख्या विश्वभर १२ लाख १ हजार ९ सय ६४ पुगेको छ । यो समाचार तयार पार्दा सम्म विश्वभर ज्यान गुमाउनेहरुको संख्या ६४ हजार ७ सय २७ पुगेको छ । भने २ लाख ४६ हजार ६ सय ३८ निको भएका छन । सबै भन्दा बढी कोरोना संक्रमित संयुक्त राज्य अमेरिकामा फेला परेका छन् । जहा अहिले सम्म ३ लाख ११ हजार ३ सय ५७ जनामा कोभिड–१९ पोजिटिभ देखिएको छ । अमेरिकामा ज्यान गुमाउनेको संख्या पनि ८ हजार ४ सय ५२ पुगेको छ । सबै भन्दा बढी संक्रमित भएको दोश्रो र तेस्रो देशमा…

Read More

झापा, २३ चैत । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा बताउन कसैले पनि सकेका छैनन् । अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न भन्दै विभिन्न टेलिफोन नम्बर दिएको छ भने दूतावासको वेबसाइटमा एउटा फर्मसमेत राखिएको छ । रासससँगको कुराकानीका क्रममा अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीले अमेरिकामा पर्यटन वा अन्य प्रयोजनका…

Read More

विराटनगर, २३ चैत । इस्लाम धर्म प्रचारका लागि पाकिस्तानबाट नेपाल आएका ९ जना पाकिस्तानी नागरिक नेपालमै रोकिएका छन् । उनीहरु नेपालमै रहेका बेला लकडाउन सुरु भएपछि मोरङको सुनवर्षी नगरपालिका(९ स्थित क्वारेन्टाइनमा राखिएको छ ।उनीहरु सबैलाई मोरङ प्रशासनको निर्देशनमा मुस्लिम टोलमा रहेको मस्जिदमै क्वारेन्टाइनमा राखिएको हो । बताइएअनुसार उनीहरु गत फागुन १२ गते सुनवर्षी आइपुगेका थिए । कोरोनाको जोखिम रोक्न सरकारले लकडाउन गरेपछि उनीहरु पाकिस्तान फर्किनबाट रोकिएका हुन् ।

Read More

भद्रपुर, २२ चैत । लकडाउन उल्लघंन गर्ने भद्रपुरबाट ४१ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरले नगर क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएर छाडेको प्रहरी कार्यालय झापाले जनाएको छ । वडा प्रहरीले शुक्रवार १८ र शनिवार २३ जनालाई नियन्त्रणमा लिएका थियो । उनीहरूले लकडाउन उल्लघंन गर्दै घरबाहिर निस्किएपछि वडाका प्रहरी निरीक्षक डम्बर पुरीसहितको टोलीले नियन्त्रणमा लिएका थिए । दुई घण्टा प्रहरी नियन्त्रणमा राखेर उनीहरूलाई लकडाउन अवधिभर आइन्दा घर बाहिर ननिस्किने, निस्किएको पाइए फेरि नियन्त्रणमा लिई मुद्दा चलाउने सर्तमा छाडिएको प्रहरीले जनाएको छ । त्यस्तै वडा प्रहरीले शनिवार बजारका दिन चार वटा सवारीसाधन पनि नियन्त्रणमा लिएको छ । एउटा…

Read More

झापा, २२ चैत । नेपालमा कोरोना भाइरसका संक्रमित बढेसंगै सरकारले लक डाउनलाई अझ कडाई गरेको छ । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।युवराज खतिवडाले लकडाउनलाई अझ कडाइ गर्न लागेको बताएका छन् । उनका अनुसार अब एउटा गाउँपालिकाबाट अर्को गाउँपालिकाको आवागमन रोक्ने सरकारले निर्णय गरेको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। अपरान्ह सवा ४ बजेदेखि बसेको मन्त्रिपरिषद् बैठकले एक स्थानीय तहदेखि अर्को स्थानीय तह, एउटा जिल्लादेखि अर्को जिल्ला र एउटा प्रदेशदेखि अर्को प्रदेशसम्म आवातजावतमा पूर्ण रोक लगाउने निर्णय लिएको हो ।

Read More